जलविद्युत् र पानी कब्जा गरेको भारत अब सौर्य ऊर्जा कब्जा गर्दै


काठमाडौँ, १८ चैत । प्रतिनिधिसभाको बैठकमा नेका, एमाले, माओवादी, रास्वपालगायतको समर्थनमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौता बहुमतबाट पारित गरियो । यो सम्झौतामा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालको मात्र विपक्षमा मत परेको थियो ।
सांसद सुवालले सौर्य ऊर्जा उत्पादन र वितरणको ग्रीडसमेत भारतको नियन्त्रण हुने यो सम्झौता नेपाललगायत अन्य देशहरूको हितमा नभएको उल्लेख गर्दै भारतको सहमतिबिना सौर्य ऊर्जा उत्पादन गर्न नपाउने सो सम्झौतालाई पारित गर्न नहुनेतर्फ संसद्को ध्यानाकर्षण गराउनुभयो ।
साम्राज्यवादी देशहरूको बजार र नाफाको लागि पहिलो र दोस्रो विश्वयुद्ध भएको उल्लेख गर्दै सांसद सुवालले सौर्य गठबन्धन सम्झौताको कारण अर्को विश्वयुद्ध भएमा नेपालका ऊर्जामन्त्रीसमेत जवाफदेही हुनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
संसद्को विशेष समयमा सांसद सुवालले भ्रष्टाचारको अनुसन्धानको क्रममा पेरूका राष्ट्रपति दिना बोर्लुआर्टेको घरमा चैत १८ गते सरकारी अधिकारीहरूबाट छापा मारिएको उल्लेख गर्दै नेपालमा २५ पैसा पर्ने स्टिकर ९० पैसामा छाप्न लगाउने, इम्बोस्ड नम्बर प्लेटको सम्झौता ढिलो कार्यान्वयन भएबापत एक अर्ब रूपैयाँ थप व्यय भार पु¥याउने मन्त्री र प्रधानमन्त्रीको घरमा छापा मार्ने कहिले भनी प्रश्न उठाउनुभयो ।
पार्टी प्रतिबन्धको बेला संशोधनवाद शब्दमा सीमित भएको, अहिले संशोधनवाद व्यवहारमा देखिएको, मजदुर आन्दोलनभित्र देखा परेको पुँजीवादी विचार नै संशोधनवाद भएको उल्लेख गर्दै सांसद सुवालले सत्तापक्ष र प्रमुख विपक्षीबिच संवैधानिक आयोगका पदाधिकारी र प्रदेशका मुख्यमन्त्रीसमेत भागबन्डा गरिएको समाचारतर्फ बैठकको ध्यानाकर्षण गराउनुभयो ।

पार्टी गतिविधिहरु
समाचार