nwpp@ntc.net.np +1 6610026
कञ्चनपुरमा कार्यकर्ता भेटघाट तथा अध्ययन गोष्ठी

कैलाली, ३१ वैशाख । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति कैलालीको आयोजनामा २०६ औँ कार्ल माक्र्सको जन्मजयन्तीको अवसरमा जानकी गाउँपालिका वडा नं.४ कञ्चनपुरमा कार्यकर्ता भेटघाट तथा माक्र्सको जीवनी अध्ययन गोष्ठी सोमबार भयो  ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले आमूल परिवर्तन गर्न एक ऐतिहासिक युग लाग्नेतर्फ कार्यकर्ताहरू सचेत हुनुपर्ने बताउनुभयो ।
माक्र्सवाद–लेनिनवाद र माओ विचारधारा नेमकिपाको मार्गनिर्देशक सिद्धान्त रहेको स्पष्ट पार्दै उहाँले कामदार जनताको भविष्य समाजवादी व्यवस्थामा मात्र राम्रो हुने बताउनुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले माक्र्सको जीवनी, जेनी माक्र्सको योगदान र माक्र्स सङ्घर्षशील जीवनबारे बताउनुभयो । कार्यक्रममा लक्ष्मी पुन, हिक्मत भण्डारी, गगन थापामगर र सङ्गम तारामीले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार