विदेशमा सिकेको ज्ञान, अनुभव र सीप स्वदेशमै खर्च गरेर देश विकास गर्नुपर्नेमा जोड
भक्तपुर, १५ जेठ । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले पुँजीवादी सरकारले तय गरेको बजेट मजदुर, किसान र कामदारवर्गको जनताको हित नहुने बताउनुभएको छ ।
भनपा वडा न. १० को नेमकिपाको प्रथम वडा सम्मेलनको मङ्लबार समुद्घाटन गर्दै सचिव सुवालले कच्चा सामान विदेश निर्यात गरेर र युवा विदेश पठाएर देशको विकास नहुने विचार व्यक्त गर्नुभयो ।
देशको रकम स्वदेशमै लगानी गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले विदेशबाट सिकेको ज्ञान, अनुभव र सीप स्वदेशमै खर्च गरेर देश विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
देश सम्मुनत बनाउन र जनताको स्तर माथि उठाउन देशमा आर्थिक, व्यापार, प्रविधि, सञ्चार, कृषि, राजनीति आदि राम्रो हुनुपर्ने विचार व्यक्त गर्दै सचिव सुवालले शासक दलहरूको राजधानीकेन्द्रित आन्दोलन सिंहदरबार कब्जा गर्न हो† देश र जनताको सेवा गर्न होइन भन्नुभयो ।
संसारमा भइरहेको हिंसा, अशान्ति र युद्धको कारक पुँजीवाद र साम्राज्यवाद रहेको विचार व्यक्त गर्दै उहाँले राजनीति मखमलको ओछ्यान होइन देश र जनताको सेवा गर्ने त्याग, तपस्या र बलिदान हो भन्नुभयो ।
समाजवादी व्यवस्थामा मानिस जन्मदेखि मृत्यु हुँदासम्म गर्नुपर्ने सबै काम राज्यले गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “समाजवादमा शिक्षा र स्वास्थ्य निःशुल्क हुन्छ, उत्पादनका मुख्य मुख्य साधन र सेवा राष्ट्रियकरण वा सामाजिकीकरण हुनेछ । रोजगार सुनिश्चित हुन्छ ।”
अन्तर्राष्ट्रिय मजदुर तथा कम्युनिस्ट आन्दोलनको अनुभवलाई आत्मसात गरी नेपालमा समाजवादी विचार र समाजवादी क्रान्तिको आवश्यकता औँल्याउँदै उहाँले संसारमा साम्यवादी समाजको स्थापना नभएसम्म कामदारवर्गको साँचो हित सुनिश्चित हुनेछैन भन्नुभयो ।
साम्यवादी समाज एक वर्गविहीन समाज हुने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “त्यस समाजमा किसान र मजदुरको भेद हट्नेछ† गाउँ र सहरको भेद हट्नेछ† शारीरिक र मानसिक श्रमको भेद हट्नेछ† मानव समाज एक राज्यविहीन समाज हुनेछ ।
समाजवादी क्रान्तिको सफलताको निम्ति समाजका विभिन्न समुदायमा कामदार जनता सैद्धान्तिक र राजनीतिकरूपले सचेत र सङ्गठित गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “माक्र्सवाद –लेनिनवाद अन्तर्राष्ट्रिय मजदुर कम्युनिस्ट आन्दोलनको सैद्धान्तिक र व्यवहारिक अनुभव र शिक्षा हो ।”
नेपालमा कम्युनिस्ट नाम गरेका शासक दलहरू संशोधनवादी र अवसरवादी भएको हुँदा देश र जनताले दुःख पाइरहेको चर्चा गर्दै उहाँले देशको अर्थतन्त्र कमजोर भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
पुँजीपतिवर्गले बेलायत र फ्रान्सका सामन्त वर्गलाई कारबाही गरेझैँ पुँजीपतिवर्गको विरोधमा मजदुरवर्गले सङ्घर्ष गरी समाजवाद ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
छिमेकी देश भारतले भन्दा राजनीतिक नेतृत्वका कारण चीनले हरेक क्षेत्रमा प्रगति गरिरहेको चर्चा गर्दै उहाँले चीनको व्यापार व्यवसायमा बाधा हाल्न संयुक्त राज्य अमेरिकाले व्यापार युद्ध गरेको स्पष्ट पार्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सृजना सैँजूले निष्ठा र इमानको राजनीति नेमकिपाले गरिरहेको उल्लेख गर्दै भन्नुभयो, “नेमकिपाको देश र जनताको सेवाबाहेक अर्को कुनै स्वार्थ छैन । नेमकिपा सिद्धान्त र विचारको आधारमा राजनीति गर्छ ।”
समाजवादी क्युवामा क्रान्तिपछि पनि क्रान्तिभित्र क्रान्ति गरेको विचार उहाँले व्यक्त गर्नुभयो ।
चीन र अमेरिकाबिच अर्थतन्त्रको मात्र होइन विचारको लडाइँ भइरहेको छ । संसारमा पुँजीवाद र समाजवाद तथा समाजवादी र साम्राज्यवादी मुलुकबिच लडाइँ भइरहेको छ, उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “संयुक्त राज्य अमेरिका अरु देशलाई ध्वस्त गर्छ । अरु देशलाई जुधाएर हतियार बेची आम्दानी गर्छ । प्राकृतिक स्रोत र साधन कब्जा गर्न आक्रमण गर्छ, युद्ध निम्त्याउँछ । तर, चीन शान्ति, विकास र सहकार्यमा जोड दिन्छ । चीन विचारमा अघि बढेको देश हो । चीन अरु देशलाई थिचोमिचो गर्दैन† उपनिवेश बनाउँदैन, आफ्नो देशझैँ अरु देशलाई पनि विकास गर्न साथ दिने देश हो ।”
विकासशील देशहरूको एकता र शक्तिले साम्राज्यवाद अन्त हुने विश्वास व्यक्त गर्दै उहाँले अध्यक्ष बिजुक्छेँको भनाइ स्मरण गर्दै भन्नुभयो, “एक्काइसौँ शताब्दी साम्राज्यवादी देशको अन्त र समाजवादको युग हुनेछ । विश्वमा दुःखको कारण अमेरिका हो । नेमकिपाले साम्राज्यवादी देश अमेरिका र विस्तारवादी देश भारतको विरोध गरिरहेको हो । नेमकिपा समाजवादी व्यवस्था स्थापना गर्न सङ्घर्षरत छ ।”
नेमकिपा नगर समिति भक्तपुरका अध्यक्ष नारायणबहादुर दुवालले नेमकिपा कामदारवर्गका जनता मिलेर सङ्घर्ष गरी कामदारवर्गको सरकार स्थापना गर्न सङ्घर्षरत रहेको विचार व्यक्त गर्नुभयो ।
उहाँले गरिबी पूर्वजन्मको फल होइन† सामन्त र पुँजीपतिवर्गले शोषण गर्दा भएको हो† वर्तमान सरकार पुँजीपतिवर्गको सञ्चालक समिति हो; यो सरकारले गरिब वर्गको पक्षमा काम गर्दैन भन्नुभयो ।
देश र जनताप्रति समर्पित र सही विचारको नेतृत्व गर्ने दलले देश र समाज राम्रो र समुन्नत गर्ने उल्लेख गर्दै उहाँले नेमकिपा नैतिकवान, चरित्रवान असल, योग्य, सक्षम, देशभक्त, अनुशासित जनसेवक नागरिक तयार गर्न लागिपरेको स्पष्ट पार्नुभयो ।
वर्तमान शासकहरूले नेपाली जनतालाई खुसी र सुखी होइन विस्तारवादी भारत र साम्राज्यवादी अमेरिकालाई खुसी पारिरहेको उल्लेख गर्दै उहाँले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार घर आँगनमा पु¥याई समाजवादी क्रान्तिको निम्ति पूर्वाधार तयार गर्नुपर्ने आवश्यकताबारे चर्चा गर्नुभयो ।
अग्रज कार्यकर्ता चन्द्रबहादुर उलकले आफू पार्टीमा लाग्दाको अनुभवबारे चर्चा गर्दै कार्यकर्ताहरूमा जातीय होइन वर्गीय दृष्टिकोण हुनुपर्ने, गलत काम गरे आलोचना गर्नुपर्ने, व्यक्तिगत स्वार्थ पूरा गर्न होइन देश र जनताको हितमा काम गर्नुपर्ने, शत्रुको अगाडि झुक्न नहुने, सिद्धान्तलाई व्यवहारमा लानुपर्ने, जनताको अगाडि धाकधम्की देखाउन होइन शिष्ट हुनुपर्ने, शोषक, सामन्तको गलत कार्य जनताबिच लानुपर्ने र देश विदेशमा भइरहेको आक्रमण, हत्या, हिंसा, दमन, शोषणको विरोध गर्नुपर्ने अनुभव बताउनुभयो ।
भनपा वडा नं. १० को वडा समितिका अध्यक्ष लक्ष्मीप्रसाद चवालको सभापतित्वमाा भएको सो कार्यक्रममा भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखा, वडा सदस्य जितेन्द्र मुनंकर्मी, कृष्णनारायण दुमरुलगायतले बोल्नुभएको थियो ।
आभा प्रजापतिले वडा सम्मेलनको आवश्यकताबारे चर्चा गर्नुभयो ।
बन्द सत्रमा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले पार्टी कार्यकर्ताहरू सिद्धान्त र विचारबाट सुसूचित हुनुपर्ने आवश्यकता औँल्याउँदै पार्टीमा सङ्ख्यामात्र होइन गुण पनि हेर्नुपर्छ भन्नुभयो ।
पार्टी सदस्यहरूले गोप्यता भङ्ग गर्न नहुने उल्लेख गर्दै उहाँले जनताको हितविपरीत कार्य गर्न नहुने, कार्यकर्ताहरू शिष्ट, व्यवहारिक, मिलनसार, देशभक्त र समाजसेवी हुनुपर्नेमा जोड दिनुभयो ।
पार्टी जनवादी केन्द्रीयताअनुसार चल्ने स्पष्ट पार्दै उहाँले तल्लो तह माथिल्लो तहको अधीनमा हुन्छ, अल्पमत बहुमतको अधिनष्ठ हुन्छ भन्नुभयो ।
उहाँले राम्रो नेतृत्वले मात्र राम्रो सङ्गठन तयार हुने उल्लेख गर्दै पार्टी सदस्यहरूले व्यक्तिगत हितभन्दा पार्टीगत कार्यक्रम तथा क्रियाकलापलाई बढी प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
उहाँले पार्टीको विचार र सिद्धान्तको आधारमा पार्टी कार्यकर्ताहरू परिचालन हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले विचार र सिद्धान्तले समाज, देश र विश्वलाई नै परिवर्तन गर्ने उल्लेख गर्दै मेहनत र परिश्रमले मात्र पार्टी सङ्गठन विस्तार हुने विचार व्यक्त गर्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले पार्टीभित्र पार्टी प्रकाशनअन्तर्गत पत्रपत्रिका, पुस्तकबारे अध्ययन छलफल र अन्तरक्रिया गरे व्यक्तित्व विकास हुने र सुझबुझ हुने बताउनुभयो ।
हरेक कार्यकर्ताको बुद्धि, विचार र मेहनत समाज परिवर्तनतर्फ उन्मुख हुनुपर्नेमा जोड दिँदै उहाँले देश र जनताप्रति चासो नराख्ने व्यक्तिले जति पढेलेखे पनि समाजले चिन्दैन भन्नुभयो ।
उहाँले विद्यालय, कलेज, विश्वविद्यालयबाट शैक्षिक र सैद्धान्तिक ज्ञान प्राप्त हुने र राजनैतिक प्रशिक्षण, अन्तरक्रिया, सम्मेलनजस्ता पार्टी कार्यक्रमबाट व्यवहारिक ज्ञान प्राप्त हुने विचार व्यक्त गर्नुभयो ।
उहाँले पढाइ सँगसँगै राजनीतिक शिक्षा लिनुपर्नेमा जोड दिँदै समाजमा भिज्न र गन्तव्यमा पुग्न राजनैतिक र व्यवहारिक ज्ञान आवश्यक हुने बताउनुभयो ।
उहाँले हरेक पार्टी सदस्य र कार्यकर्ताहरूले आत्म मूल्याङ्कन गरे मात्र समाज विकास हुने विचार व्यक्त गर्दै पार्टीका हरेक आन्दोलन, सम्मेलन, जुलुस, अन्तरक्रिया, अभिमुखीकरण, नियमित पार्टी कार्यक्रम तथा बैठकमा सक्रियरूपमा सहभागी हुनुपर्नेमा जोड दिनुभयो ।
सम्मेलनले लक्ष्मीप्रसाद चवालको अध्यक्षतामा १७ सदस्यीय नेमकिपा १० वडा समिति गठन ग¥यो ।
बन्द सत्रमा चन्द्रबहादुर उलक, विष्णुराम दुमरु, विष्णुप्रसाद दुमरु र रामलक्ष्मी दुवालले पनि बोल्नुभएको थियो ।