जीवादी पार्टीहरू जनतालाई भ्रममा राख्दैछन् : सांसद सुवाल
भक्तपुर, २४ साउन । नेपाल मजदुर किसान पार्टीका अग्रज कार्यकर्ता एवं पूर्वजनप्रतिनिधि जयराम बासुकलाको २० औँ स्मृतिसभा बिहीबार सम्पन्न भयो ।
जयराम स्मृति अक्षय कोषको आयोजनामा भएको उक्त सभामा नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले पार्टीका एक इमानदार अथक कायकर्ता जयराम बासुकलाको २० औँ स्मृतिसभामा उहाँप्रति श्रद्धा व्यक्त गर्दै भन्नुभयो, “उत्पादनका मुख्य–मुख्य साधन र सेवा सामाजिकीकरण हुने, शिक्षा र स्वास्थ्य निःशुल्क हुने, देशभित्र रोजगारी हुने समाजवादी बन्दोबस्त नेमकिपाको गन्तव्य हो; यो समाजवादी गन्तव्यमा हिँड्नु नै जयराम दाइप्रति श्रद्धा जनाउनु हो ।”
जनतालाई भ¥याङ बनाएर सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउने संसद्वादी दलहरूको बाटो पुँजीवादी बाटो भएको स्पष्ट पार्दै सचिव सुवालले जनतालाई भ्रममा राख्न संसद्वादी दलका नेताहरू एकले अर्कोलाई भ्रष्टाचारीको आरोप लगाउँदै आएकोतर्फ सचेत गराउनुभयो ।
काम नगर्ने प्रवृत्ति बढ्नु, कामको उपलब्धि नदेखिनु, श्रमको सम्मान नहुनु, मुद्रास्फीति र गरिबी बढ्नु, बौद्धिक र शारीरिक श्रममा भेद्भाव बढ्नु, जनताको न्यूनतम आवश्यकता पनि पूरा नभई जीवन बाँच्नसमेत गा¥हो हुनु पुँजीवादी व्यवस्थाकै दोष भएको सचिव सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “समाजवादी संस्कृतिमा कृषि जमिनको संरक्षण गरी प्राङ्गारिक खेतीमा जोड दिइन्छ; समाजवादी बन्दोबस्तमा गरिब जनतालाई सहुलित र अवसर प्रदान गर्छ ।”
“नयाँ पुस्तालाई तयार गर्नु शिक्षक र अभिभावकहरूको कर्तव्य हो; समाजवादी बन्दोबस्तमा शिक्षक र अभिभावक दुवैलाई शिक्षित, जानकार गराउनुकौ साथै मस्तिष्कलाई स्मार्ट बनाउने तालिम एवं शिक्षा दिइन्छ; मजदुर र किसानले समेत विश्वविद्यालयमा अध्ययन गर्ने अवसर दिन्छ”, उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “सन् १९७१ मा पाकिस्तानबाट अलग गरी बङ्गलादेश जन्माउन भारतीय विस्तारवादले खेल खेलेको थियो । हालै बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले राजीनामा गरी देश छोडेर जानुमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको हात रहेको सार्वजनिक भइरहेको छ ।”
आफ्नै देशका जनताको भरमा आन्दोलन नभएसम्म देश स्वतन्त्र नहुने स्पष्ट पार्दै सांसद सुवालले भन्नुभयो, “नेपालमा २००७ साल, २०४६ साल र २०६१/६२ सालको आन्दोलनसम्म भारतीय विस्तारवादको परोक्ष हात रहेको खुलासा भएकै हो । नेपालका संसद्वादी दलहरूको सरकार साम्राज्यवाद र विस्तारवादको चङ्गुलमा परेको हुँदा ३५ वर्षको प्रजातन्त्र र गणतन्त्रमा कृषि र उद्योगमा परनिर्भर, युवालाई वैदेशिक रोजगारी, शिक्षा र स्वास्थ्य महँगो, सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ बढी, व्यापारघाटा बजेट जतिकै भएको छ ।”
“पुँजीवादी संसद्मा धेरै स्थान जितेर सरकार बनाउनेहरू संसद्वादी दलहरू हुन् । सच्चा कम्युनिस्टहरू पुँजीवादी सरकारमा जाँदैनन् । पुँजीवादी संसद्को चुनावमा बहुमत प्राप्त गर्ने बाटो माक्र्स र एङ्गेल्सको मृत्युपछि आफूलाई मजदुर र कम्युनिस्ट नेता दाबी गरेका बर्नस्टिनले खनेका हुन् । नेपालमा आफूलाई कम्युनिस्ट दाबी गरेकाहरू पुँजीवादी सरकारमा जानु बर्नस्टिनको बाटोमा हिँड्नु हो”, उहाँले भन्नुभयो ।
“नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरूले विश्वका मजदुर, किसान, कम्युनिस्ट र साम्राज्यवादविरोधी सङ्घर्षका योद्धाहरूको जीवनी अध्ययन गरी प्रेरणा लिनु जरूरी छ । नेमकिपा पुँजीवादी सरकारमा जानेछैन”, उहाँले भन्नुभयो ।
सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी नेका, एमाले, माओवादीका नेताहरूबिचको सहमति निहत्था जनतालाई हत्या गर्नेहरूलाई संरक्षण गर्ने चाजोपाँजो भए जनतालाई स्वीकार्य नहुने सचिव सुवालले भन्नुभयो ।
जयराम स्मृति अक्षय कोषका अध्यक्ष चन्द्रबहादुर थुयाजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला उपाध्यक्ष न्हुछेभक्त फोजू, नेमकिपा चाँगुनारायण समितिका केशवप्रसाद तिमिल्सिना, नारायणभक्त न्हेमाफुकी, रामचन्द्र वासी, एकबहादुर खत्री, केशरबहादुर खड्का, घनश्याम खड्का, राजाराम छुकांलगायतले जयराम बासुकलाको योगदानबारे बोल्नुभएको थियो ।