काठमाडौँ, ११ फागुन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आइतबार संसद्को विशेष समयमा देशको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आफ्नो मन्तव्य राख्नुभयो । उक्त समयमा सांसद सुवालले राख्नुभएको मन्तव्यको सार सङ्क्षेप – सं.
देश र जनताका महत्वपूर्ण विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
बीपी कोइराला र पुष्पलाल श्रेष्ठले विदेशी पुँजीको सेवा गर्ने राणा शासनविरूद्ध आन्दोलन गर्नुभएको थियो । आज बीपी र पुष्पलालका शिष्य दाबी गर्नेहरू सरकारमा गएर विदेशी पँुजीको सेवा गर्दै तर मार्नु गलत हो । वाइडबडी जहाज खरिद, टेरामक्स खरिद, ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराई बिक्री, गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी बिघाका बिघा जग्गा व्यक्तिको नाममा दर्ता गराई बिक्री, पतञ्जली नेपालको नाउँमा अधिग्रहण गरिएको जग्गा निजी प्लटिङ गराइ बिक्री, नेपाल ट्रस्टको गोकर्ण रेसोर्ट र दरबारमार्गको सरकारी जग्गा कौडीको मोलमा व्यक्तिलाई बहालमा दिनेलगायत मन्त्रिपरिषद्को नीतिगत निर्णयको नाममा खर्बाँै घोटाला गरिएको सार्वजनिक भयो । यसका दोषीलाई कारबाही हुन जरूरी छ ।
मन्त्रिपरिषद्को खरिदसम्बन्धी नीतिगत निर्णयमा अख्तियार उपयोग दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन हुने विषय राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गतको उपसमितिले प्रतिवेदन तयार गरेकोलाई नेपाली काङ्गे्रस र एमालेका नेताहरूले विरोध गरेको सार्वजनिक भयो† यसबारे सम्बन्धित नेताहरूलाई संसद्मा बोल्न लगाउनु जरूरी छ ।
सम्पत्ति शुद्धीकरणको गे्र लिस्टमा नेपाल पर्नुको कारण सरकारी संस्थान कौडीको मोलमा व्यक्तिको नाममा निजीकरण गर्नु, मन्त्रिपरिषद्बाट नीतिगत निर्णयको नाउँमा अर्बौ अर्ब भ्रष्टाचार हुनु, सङ्घ र प्रदेश राजधानीमा जनसङ्ख्याकेन्द्रित गरी प्रधानमन्त्री र मन्त्रीहरूसमेत सङ्घ र प्रदेश राजधानीमा बसाइँ सर्नु, खेतीयोग्य जग्गा बाँझो राखी करोडौँ युवालाइ वैदेशिक रोजगारीमा पठाउनु, सरकारी पर्ती, कमलपोखरी, जङ्गल, नदी किनाराको जग्गा व्यक्तिको नाममा दर्ता गराउनु, दाल, चामल, तरकारी फलफूललगायत भारतसँग महँगोमा खरिद गर्दै जनतालाई बेच्नु, ५ सत्न्दा बढी पानी नभएका नदीमा जलविद्युत् परियोजना अनुमति दिएर त्यसको जनतालाई शेयर बिक्री गराई जनताको सम्पत्ति लुटेर केही व्यक्तिलाई रातारात अर्बपति बनाउनु आदि हो । यसकारण, ३५ वर्षयता मन्त्री भएकाहरूलाई यसको जवाफदेही बनाउनु जरूरी छ ।
भारतको केआईआईटीलगायत विदेशको कलेजमा विद्यार्थी पठाएर कमिसन खानेहरू युवालाई वैदेशिक रोजगारीमा पठाएर कमिसन खानेहरू को को हुन्, ती सबैको नाम बाहिर ल्याउनु जरूरी छ ।
अमेरिकी प्रशासनले नेपालको सङ्घीयताको लागि २१ मिलियन डलर, जैविक विविधता संरक्षणको लागि १९ मिलियन डलर पठाएको र ती सबै ठगी भएको सार्वजनिक ग¥यो ।
भारतको लोकसभाका सांसद निशिकान्त दुबेले नेपालमा इसाई धर्म प्रचार गराउन यूएसएडमार्फत मिलियन डलर खर्चिएको सार्वजनिक गरे । सरकारले यी सबै विषयमा पनि सत्यतथ्य सार्वजनिक गर्नु जरूरी छ । यो ठगीमा नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कका कुन कुन अधिकारीको हात रहेको छ ? यसबारे पनि छानबिन जरूरी छ ।