चन्द्रगिरि नपाको दहचोकमा प्रवचन तथा प्रशिक्षण कार्यक्रम


काठमाडौँ, २४ वैशाख । नेपाल मजदुर किसान पार्टी चन्द्रागिरि नगरपालिका १ दहचोकको आयोजनामा शनिबार १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस र माक्र्सको २०५ औँ जन्म दिवसको अवसरमा प्रवचन तथा प्रशिक्षण कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले समाजमा दुःखको कारण शोषण भएको, माक्र्सले सर्वहारावर्गको राज्यसत्ता तत्काल जनताको प्रजातन्त्र हुँदै समाजवाद भएर साम्यवादसम्म पुगी सर्वहारावर्गको हुकुम स्थापना गर्ने उद्देश्य रहेको प्रस्ट पार्नुभयो ।
समाजवादी क्रान्तिले मात्रै व्यक्तित्व विकासमा समान अवसर पाउने, उत्पादनका मुख्य मुख्य साधनहरू सामाजिकीकरण हुने, शिक्षा र स्वास्थ्य सेवा निःशुल्क हुने, योग्यताअनुसार काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुने विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
चनपा नगर समितिका अध्यक्ष गुणदास महर्जनले पुँजीवादी र उदारवादी नीतिकै कारण नेपालमा व्यक्ति विशेषको अर्बौँ सम्पत्ति बढ्ने तर सर्वसाधारण जनता भोकभोकै बस्नुपर्ने अवस्था आएको हो भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ काठमाडौँका अध्यक्ष जितबहादुर महर्जनले मे १ श्रमिकहरूको अन्तर्राष्ट्रिय विजय दिवस हो भन्नुभयो ।
रामप्रसाद भट्टराईको सभापतित्वमा भएको सो कार्यक्रममा नेक्राकिसङ्घ काठमाडौँका अध्यक्ष हरिशरण श्रेष्ठ, उदयपुर काठमाडौँ सम्पर्क समितिका सुशील भट्टराई, नेमकिपा चनपा १ का विष्णुबहादुर खत्री र कीर्तिपुर नगर समितिका वासुमान महर्जनले पनि बोल्नुभएको थियो ।
भेलाले रामप्रसाद भट्टराईको अध्यक्षतामा ७ सदस्यीय चनपा १ नेमकिपा दहचोक वडा समिति, कृष्णबहादुर बस्नेतको अध्यक्षतामा ७ सदस्यीय नेक्राकिसङ्घ चनपा १ दहचोक समिति र रोसन बस्नेतको अध्यक्षतामा ९ सदस्यीय नेपाल क्रान्तिकारी मजदुर सङ्घ चनपा १ दहचोक समिति गठन ग¥यो ।

पार्टी गतिविधिहरु
समाचार