पूर्वप्रमहरूसँग बयान लिनु जरुरी


काठमाडौँ, ८ जेठ । नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले सोमबार बसेको प्रतिनिधिसभाको शून्य समयमा प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीहरूको काम कारबाहीको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने हुन्छ भन्नुभयो ।
उहाँले नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरू पूर्वउपप्रधानमन्त्रीहरू दुई जना प्रहरी अनुसन्धानमा छन्, पूर्वप्रधानमन्त्रीहरूलाई पनि बयानमा बोलाई अनुसन्धान पूर्ण बनाइनु जरुरी छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “एक पूर्वप्रधानमन्त्रीले ४ सय नेपालीलाई १० वर्षअगाडि नै भुटानी शरणार्थी बनाई अमेरिका छिर्न लगाइएको र त्यसको प्रमाणसमेत आफूसँग भएको सार्वजनिकरूपमै बताउनुभयो । अर्का पूर्वप्रधानमन्त्रीले आफ्नो श्रीमतीको नाम बयानमा नसमेट्न प्रहरी अधिकृतहरूलाई पाँचपटक फोन गरी दबाब दिएको बाहिरियो । के पूर्वप्रमहरूले प्रहरी अनुसन्धानलाई सहयोग गर्नुपर्दैन र ?”
जापानमा राजवंशी कोटा खुल्यो भनी झन्डै चार सय जनासँग ३ करोडभन्दा बढी ठगी गर्ने काममा के मन्त्रीहरूको संलग्नता नहोला र भन्ने जिज्ञासा राख्दै उहाँले भन्नुभयो, “भारतीय जनता पार्टीले नेपालका शासक दलका नेताहरूलाई हिन्दू राज्य बनाउन रूपैयाँ पठाएको अमेरिकी प्रतिवेदनबारे सरकारको भनाइ के छ ? भाजपाले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेकोलाई सरकारले विरोध र भत्र्सना गर्नु जरुरी छैन र ?”

पार्टी गतिविधिहरु
समाचार