सरकारले विदेशी लगानी सम्मेलन गर्नु गलत


भक्तपुर, ८ वैशाख । नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा एक मजदुर भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले हाम्रो देशमा सरकारले विदेशी लगानी सम्मेलन गर्न लागेको छ, यो गलत हो, भन्नुभयो ।
उहाँले विदेशी पुँजी लगानी गर्न आउनु भनी, लगानी गर्न दियो भने, स्वदेशी पुँजीको केही अर्थ लाग्दैन । सबै नाङ्लो पसलमा झर्ने छन् भन्नुभयो ।
विदेशीले जुन क्षेत्रमा लगानी गर्छन् त्यसको मूल्य उनीहरूले नै निर्धारण गर्छ । जसले गर्दा नेपाल परनिर्भर हुन्छ । त्यो नेपाली जनतालाई स्वीकार्य हुँदैन ।
उहाँले भन्नुभयो, सानोतिनो उद्योग विकास भएको ५०० वर्ष भयो । अलि ठुलो उद्योगको विकास भएको ३०० वर्ष जति भयो । उद्योगको विकास भएपछि दुई वर्गको जन्म हुन्छ । एक पुँजीपति वर्ग अर्को मजदुर वर्ग, मजदुर वर्गको आन्दोलन अगाडि बढ्यो भने त्यसलाई कुनै पनि शक्तिले रोक्न सक्दैन ।रोक्न खोज्यो भने त्यसलाई पन्छाएर अगाडि बधने छ । यदि कुनै आमाले बच्चा जन्माउन सहज तरिकाले भएन भने डाक्टरले अप्रेसन गरि बच्चा जन्माएजस्तै, मजदुर आन्दोलनमा पनि त्यस्तै हुन्छ । कार्ल माक्र्सले त्यही भनेको हो ।
“मजदुर वर्गले धुलो र घाममा काम गर्नुपर्ने भएकोले बौद्धिक मजदुरलाई भन्दा बढी तलब हुने गर्नुपर्दछ । समाजवादी देशहरूमा त्यहीअनुसार छन् । जबसम्म वर्ग हुन्छ त्यसबेलासम्म शान्ति कायम हुँदैन” उहाँले भन्नुभयो ।
कार्यक्रममा नेमकिपाको केन्द्रिय सदस्य सुरेन्द्रराज गोसाईले मजदुरको समस्या के हो ? जनसम्पर्क पनि महत्वपूर्ण पक्ष हो ठाउँ ठाउँमा गएर आर्थिक, राजनीतिक सामाजिक क्रियाकलाप गरि पहिल्यै पहिचान गरि राजनीतिक रुपले नै समस्या समाधान गर्नुपर्छ भन्नुभयो ।

सरकारले विदेशी लगानी सम्मेलन गर्नु गलत
आफ्नो समस्या समाधान भएपछि मतलब नगर्नु भनेको सङ्गठनको ज्ञान नहुनु हो । सिद्धान्त, विचार, नैतिकता, इमान, जमान, इतिहास र विश्वासबिनाको राजनीति पानीमाथिको फोका जस्तै मात्र उहाँले बताउनुभयो ।
अर्को मजदुर सङ्घमा बसेकाहरूको मजदुर वर्गीय भावना छ कि छैन त्यो महत्वपूर्ण कुरा हो । कसैलाई समस्या पर्दा अगाडि बढने हो, नदेख्ने गरि बस्ने होइन ।
साम्राज्यवाद, जिदेशी पँुजी, एकाधिकार पुँजी, के हो ? त्यसबारे मजदुरहरूले बुझ्नुपर्छ ।
घण्टीवालाहरूको चुरिफुरी बढेको कारण नै विदेशी पुजी हो । उनीहरूको विगत पनि अन्योल छ र भविश्य पनि अन्योल नै छ ।
नेपाली काङ्ग्रेस पनि विदेशी पँुजीलाई बधावा दिने राष्ट्रिय पुँजीपति वर्गका सत्रु हुन् उहाँले भनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्लाका अध्यक्ष उपेन्द्र सुवालको सभापतित्वमा भएको सो कार्यक्रममा स्वागत मन्तव्य आर्थिक संयोजक पुण्यराम न्हुछेले १३५ औँ मे दिवस परिचालन समितिका संयोजक विष्णुराम दुमरु र रमेश दुमरुले पनि बोल्नुभएको थियोे ।

पार्टी गतिविधिहरु
समाचार