भक्तपुर, १४ पुस । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मध्यपुर थिमि महोत्सवअन्तर्गत टिगनी र बोडेका प्रदर्शनीहरू अवलोकन गर्नुभयो ।
सांसद सुवालले टिगनीको परम्परागत चिउरा कुट्ने प्रविधि अवलोकन, स्थानीय सांस्कृतिक गतिविधिसम्बन्धी प्रदर्शनी र खाना महोत्सवबारे जानकारी प्राप्त गर्नुभयो ।
सांसद सुवाल बोडेका सांस्कृतिक प्रदर्शनी र घरेलु उद्योगका उत्पादन, अवलोकनका साथै खाना महोत्सवमा पनि सहभागी हुनुभयो ।
सांसद सुवालले स्थानीय सांस्कृतिक पर्व जिब्रो छेड्नेलगायत विषयमा पनि जानकारी प्राप्त गर्नुभयो । स्थानीय तस्बिर, चित्र र छ्वालीकला प्रदर्शनी स्थलमा पनि सांसद सुवालले अवलोकन गर्नुभयो ।
महोत्सवबारे स्थानीय जनतासँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै सांसद सुवालले पुर्खाले सिर्जेको सांस्कृतिक सम्पदा नयाँ पुस्तालाई हस्तान्तरण गर्न मद्दत पुग्ने बताउनुभयो ।
नेपालका अन्य जाति र भाषाका सांस्कृतिक सम्पदा संरक्षणको लागि मध्यपुर महोत्सवबाट प्रेरणा मिल्ने सांसद सुवालले बताउनुभयो । समय अभावको कारण नगदेश, थिमि, चपाचोलगायतको प्रदर्शनी अवलोकन गर्न नपाएको सांसद सुवालले बताउनुभयो ।
महोत्सव पुस १२, १३ र १४ गतेसम्म भएको थियो ।