एमसीसी पक्षधरहरूलाई परास्त गर्नुपर्छ


भक्तपुर, १९ कार्तिक । सूर्यविनायक नगरपालिका वडा नं. १ सिरूटार निर्वाचन परिचालन समितिको आयोजनामा शनिबार सिरूटारमा चुनावी सभा सम्पन्न भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका उम्मेदवार अनुराधा थापामगरले निर्वाचन एक वर्गसङ्घर्ष हो भन्दै अबको निर्वाचन देशघाती र देशभक्तबिचको लडाइँ भएको बताउनुभयो ।
उहाँले देशघाती एमसीसी, एसपीपी र नागरिकता विधेयक पक्षधरहरूलाई परास्त गरी नेमकिपालाई जिताउन मादल चिह्नमा मतदान गर्न आह्वान गर्नुभयो ।
सभामा नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले मङ्सिर ४ को ४ को निर्वाचनमा जित्नेलाई भन्दा जिताउनैपर्ने पार्टीलाई मतदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा समानुपातिक उम्मेदवार श्याम विसुंके र निर्वाचन परिचालन समितिका इन्द्र मानन्धरले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार