कीर्तिपुरमा अध्ययन गोष्ठी


काठमाडौँ, ४ पुस । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकबारे बुधबार अध्ययन गोष्ठी भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले ‘श्रमिक’ र ‘मजदुर’ पत्रिकामा प्रकाशित आलेखबाट कीर्तिपुरका पाठकहरूको ध्यान गएको बताउनुभयो ।
‘मजदुर’ र ‘श्रमिक’ पत्रिकामा भएको आलेखले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे नेमकिपाको दृष्टिकोण बुझ्न मद्दत गर्ने र यथार्थ जानकारी दिने भएकोले उक्त पत्रिकाहरू नियमित अध्ययन गर्नु आवश्यक छ, उहाँले भन्नुभयो ।
पुस १० गते योमरी पूर्णिमाको दिन नगाउँमा हुने दसौँ नेपालभाषा साहित्य सम्मेलनको तयारीबारे जानकारी दिँदै केन्द्रीय सदस्य महर्जनले सम्मेलन भव्यरूपमा सफल पार्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा कीर्तिपुर नगर समितिका हरिकुमार महर्जनले राजनीतिक कार्यकर्तामा देशको वस्तुस्थिति र भूगोलबारे ज्ञान हुनुपर्ने बताउनुभयो ।
रामकृष्ण महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा अविरमान महर्जन र कान्छाबाबु महर्जनले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार