न्हू दँ ११४४ मा युद्धको विरोध गर्नु जरुरी


भक्तपुर, २९ कार्तिक । न्हू दँ ११४४ को अवसरमा चाँगुनारायण प्रगतिशील सांस्कृतिक समाजले कार्तिक २७ गते शुभकामना ¥याली तथा सभाको आयोजना ग¥यो ।
झौखेल लाकिलामा सम्पन्न सभामा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले भाषा, संस्कृति, संवत् मानव जातिको सभ्यताको सिलसिला भएकोले सरकारले नेपालीहरूको सबै भाषाभाषी र संस्कृतिको संरक्षण गर्नु जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सयौँ वर्षदेखि युद्धग्रस्त क्षेत्र इजरायलमा नेपाली युवा विद्यार्थीलाई सरकारले ‘अर्न एन्ड लर्न’ भनी काम गर्न पठाएको हुँदा हालै १० जना नेपाली विद्यार्थीको इजरायलमा मृत्यु भयो । नेपाली विद्यार्थीको मृत्युको दोषी सरकारका प्रम, मन्त्री र सम्बन्धित म्यानपावर कम्पनी नै हुन् । यसकारण, नेपाली युवालाई स्वदेशमै रोजगारीको बन्दोबस्त गर्नु जरुरी छ ।”
“हमासले बन्धक बनाएको नेपाली नागरिक विपिन जोशीलाई मुक्त गर्न नेपाल सरकारले हमाससँग वार्ता गरी इजरायली बर्बरताको विरोध तथा प्यालेस्टिनी जनताको समर्थन गर्नु जरुरी छ” उहाँले थप्नुभयो ।
सांसद सुवालले साम्राज्यवादले मध्यपूर्वको तेल खानी कब्जा गर्न इजरायललाई हतियार सहयोग गरी प्यालेस्टाइनमाथि आक्रमण गर्न लगाएको कारण अमेरिकी सरकारको इतिहास मानव रगतले लटपटिएको स्पष्ट हुन्छ भन्नुभयो ।
प्यालेस्टिनीलाई १० करोड डलरको राहत सामग्री सहयोग गरेजस्तो देखाएर संरा अमेरिकी सरकारले इजरायललाई १५ अर्बको हतियार बिक्री गरेको र संयुक्त राष्ट्रसङ्घमा विशेष अधिकार (भिटो) प्रयोग गरी प्यालेस्टिनमा युद्ध रोक्ने प्रस्ताव विफल पारेकोले अमेरिकी राष्ट्रपति युद्ध अपराधी नै भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “इजरायलको आक्रमणपछि प्यालेस्टिनी जनताले खाद्यान्न, खानेपानी, औषधि, बिजुली पाएका छैनन् । अन्तर्राष्ट्रिय अदालतले प्यालेस्टिनी जनतालाई मानवीय सहयोग रोक्नु अपराध हुने बताएको छ । संसारका न्यायप्रेमी जनता प्यालेस्टिनी जनतामाथि इजरायलले गरेको जातीय सफायाविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लगाएर नेतन्याहुलाई जेल कोच्नुपर्ने आवाज उठाउँदै छन् ।”
¥यालीको सुरुमा भाजुभैरव टोलमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशका सांसद सृजना सैँजूले यसपटकको नेपाल संवत् प्यालेस्टिनी जनताको पक्षमा आवाज उठाएर मान्नुपर्ने उल्लेख गर्दै संरा अमेरिका र इजरायलको कारण प्यालेस्टिनी जनताको नरसंहार हुने अवस्था रहेकोले नेपाली जनता यहुदीवादी इजरायली बर्बरताविरुद्ध उभिन जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “इजरायली आक्रमणबाट दिनदिनै प्यालेस्टिनी महिला तथा बालबालिकाहरू मर्दै छन् । प्यालेस्टिनीहरूले आश्रय लिइरहेका शिविर, विद्यालय र धार्मिक स्थलहरूमा बमबारी गरेर इजरायलले युद्ध अपराध गरेको छ । प्यालेस्टिनीहरूको अस्पतालमा समेत इजरायलले बमबारी ग¥यो । यसकारण, इजरायली प्रम नेतन्याहुलाई अन्तर्राष्ट्रिय अदालतको कठघरामा उभ्याउनु जरुरी छ ।”
कार्यक्रममा चाँगुनारायण प्रगतिशील सांस्कृतिक समाजका संयोजक मिनबहादुर बाटाले भन्नुभयो, “जाजरकोट र रुकुम पश्चिममा कार्तिक १७ गते शुक्रबार राति गएको भूकम्पमा परी धेरै गरिबको घर भत्कियो । “बिहान खाए बेलुका के खाऊँ” भन्ने अवस्थाका गरिबले कसरी घर निर्माण गर्लान् ? यसर्थ, भूकम्प पीडितहरूको घर सरकारले नै बनाइदिनुपर्छ ।”
न्हू दँ ¥याली व्यवस्थापन समितिका संयोजक रामकृष्ण लिगलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कृष्णराम सुलुले पनि बोल्नुभयो । छालिङ भाजुभैरवबाट सुरु भएको ¥याली कुन्यौटा, गुडी, दथेपुथे टोल, गैडागाउँ, भण्डारीगाउँ, साँखुमूल, बाटाटोल, गुसीटार, त्याटलगाउँ, कालिटार, पकुनेपाटी हुँदै झौखेल लाकिलामा समापन भएको थियो ।

नेपाली जनताले प्यालेस्टिनी जनताको समर्थन गर्नु जरुरी

भक्तपुर, २९ कार्तिक । न्हू दँ ११४४ को अवसरमा चाँगुनारायण नपा वडा नं ३ झौखेलले कार्तिक २७ गते शुभकामना आदानप्रदान तथा भिन्तुना ¥याली आयोजना ग¥यो ।
उक्त कार्यक्रमको समापनमा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले भन्नुभयो, “मानव जाति जङ्गलमा बस्थ्यो । सभ्यताको विकाससँगै आजको खेतीपाती, पशुपालन, उद्योग–व्यापारको विकास भएको हो ।”
“भारतले देवनागरी लिपि राखेर संयुक्त राष्ट्र सङ्घमा सदस्यता लिएपछि नेपालले नेपाल भाषाको रञ्जना लिपि राखेर यो अन्तर्राष्ट्रिय संस्थाको सदस्यता पाएको हो । संयुक्त राष्ट्र सङ्घमा सूचिकृत नेपालीहरूको भाषा ‘नेपालभाषा’ भएकोले यसको संरक्षण गर्नु सरकारको कर्तव्य हो” सांसद सुवालले थप्नुभयो ।
सांसद सुवालले नेपालमा १२५ जाति र १२६ भाषा रहेकाले सबै भाषा, संस्कृतिलाई सरकारले संरक्षण गर्नु जरुरी रहेको उल्लेख गर्दै आ–आफ्नो मातृभाषामा लेख्ने र पढ्ने व्यवस्था भए छिटो सिक्न सकिने बताउनुभएका शिक्षा प्रचारक मास्टर जगतसुन्दर मल्ललाई मातृभाषामा लेखपढ गराएको आरोप लगाई राणा शासकहरूले जेलनेलको सजाय दिएको उल्लेख गर्नुभयो ।
“शिक्षाले मानिसको भित्री आँखा खोल्छ । यसकारण, हामीले शिक्षालाई जोड दिएका हौँ । ख्वप इन्जिनियरिङ कलेजमा चाँगु नपाबाट सयौँ विद्यार्थीले स्नातक तह अध्ययन गरे । हामी ख्वप विश्वविद्यालय खोलेर सस्तोमा चिकित्सा शिक्षा पढाउन चाहन्छौँ तर अहिलेका शासकहरूले ख्वप विश्वविद्यालयको विधेयक पारित गरेनन् । जनताका छोराछोरीलाई पढ्नबाट वञ्चित गराउने अहिलेका शासकहरू राणा शासकजस्तै शिक्षाविरोधी हुन्” सांसद सुवालले बताउनुभयो ।
अतिथि सुवालले प्यालेस्टिनमा अमेरिकी साम्राज्यवादको सहयोगमा भइरहेको इजरायली फासीवादी बर्बरता एवम् जातीय नरसंहारविरुद्ध विश्वभरका न्यायप्रेमी जनताले ठुलठुला प्रदर्शनहरू गरिरहेको उल्लेख गर्दै प्यालेस्टिनी जनताको पक्षमा नेपाली जनताले पनि आवाज उठाउँदै इजरायली बर्बरताविरुद्ध प्रदर्शन गर्नु जरुरी रहेको बताउनुभयो ।
उहाँले यहुदीवादी इजरायलको कारण प्यालेस्टिनमा ५० हजार गर्भवती महिलाको अवस्था नाजुक रहेको र प्यालेस्टिनी जनताले औषधि, खानेपानी, खाना खानसमेत नपाएको बताउँदै संरा अमेरिकाको हतियार सहयोग पाएको इजरायलले प्यालेस्टिनी जनताको सफाया गर्न थालेकोले यसको विरोध गर्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।


युरोपबाट गएका यहुदीहरूले सन् १८४३ मा प्यालेस्टिनीहरूको भूमि कब्जा गरी सन् १९४७ मा बेलायती साम्राज्यवादको दबाबमा संयुक्त राष्ट्र सङ्घले इजरायल देश घोषणा गरेपछि प्यालेस्टिनी जनता आफ्नो खोसिएको भूमि फिर्ता लिन सङ्घर्षरत रहेको अतिथि सुवालले बताउनुभयो ।
“पहिलो र दोस्रो विश्वयुद्ध युरोप भएकोले साम्राज्यवादीहरू तेस्रो विश्वयुद्ध एसियामा गराउने तयारीमा छ । यसकारण हामीले युद्धको विरोध गर्नु जरुरी छ” सांसद सुवालले भन्नुभयो ।
सांसद सुवालले स्पष्टसँग भन्नुभयो, “गएको असोज ५ गते इजरायली प्रम बेन्जमिन न्यातन्याहुले संयुक्त राष्ट्र सङ्घको महासभामा प्यालेस्टिन भूमि नभएको नक्सा देखाए । यसको जवाफमा प्यालेस्टिनीहरूको राजनीतिक तथा सैनिक सङ्गठन हमासले असोज २० गते इजरायलमा प्रत्याक्रमण गरेको हो । यसकारण, नेपाली जनताले प्यालेस्टिनमा इजरायली आक्रमणको विरोध गर्नु जरुरी छ ।”
सांसद सुवालले बेलायती साम्राज्यवादले भारतमा हिन्दू र मुसलमानलाई लडाएर २१० वर्ष उपनिवेश कायम गरेको र अमेरिकी साम्राज्यवादले मुसलमानको सिया र सुन्नीबिच फाटो ल्याएर लडाएको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि सरकारमा गएका कम्युनिस्टहरूलाई साम्राज्यवादीहरूले लडाइरहेको उल्लेख गर्नुभयो ।
यापी भैरवबाट ¥याली सुरु भएर झौखेल कोल्पाकोटमा सभामा परिणत भएको उक्त कार्यक्रम शिवराम सुलुको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा वडाध्यक्ष श्यामसुन्दर धिमाल, तुल्सीभक्त आगञ्जा, रामबहादुर श्रेष्ठ, पशुपति गैँडा र इन्द्रकुमार साखले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार