के परराष्ट्र मन्त्रालयको काम राहदानी छपाइमा कमिसन खाने हो ?


काठमाडौँ, २५ असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाअन्तर्गतको परराष्ट्र तथा पर्यटन समितिमा परराष्ट्र मन्त्री नारायणप्रकाश साउदसँग कति वर्षमा सबै नेपालीलाई विदेश पठाउने सरकारको योजना छ भनी व्यङ्ग्य प्रश्न गर्नुभयो ।
यसअघि मन्त्री साउदले परराष्ट्र मन्त्रालयको काम कारबाहीबारे समितिमा रिपोर्ट दिँदै नयाँ पुस्ताको विदेश जाने फेसनजस्तै भएको हुँदा ६० लाख राहदानी छपाइ गर्ने तयारी गरेको उल्लेख गर्नुभएको थियो ।
सांसद सुवालले युरोप, अमेरिका, खाडी मुलुकलगायत कुन कुन देशमा के कति नेपाली गएका छन् र विदेशको निजी सेनामा नेपाली गएका कति छन् भनी मन्त्रीसँग थप प्रश्न गर्नुभएको थियो ।
मन्त्री साउदले सांसद सुवालको जिज्ञासालाई सम्मान गर्ने उल्लेख गर्दै विदेशमा गएका नेपालीको तथ्याङ्क शतप्रतिशत मिल्ने मन्त्रालयमा अभिलेख नभएको र फ्सस्थित नेपाली दूतावासमा सेनामा भर्ना भएका नेपालीको तथ्याङ्कबारे सोधनी भएको र अन्य देशबारे अध्ययनको चरणमा रहेको स्पष्टीकरण दिनुभयो ।
सांसद सुवालले एमसीसी सम्झौता पारित गरिँदा पेश भएको व्याख्यात्मक टिप्पणीको अवस्थाबारे जिज्ञासा राख्दै त्यसबेला देउवा, ओली र दाहाललाई फोनमा ‘धम्की’ दिएका अमेरिकी सहायक मन्त्री शुक्रबार नेपाल आउने सार्वजनिक भएको तर नेपालमा के–कस्तो कार्यक्रम हुने सार्वजनिक नभएको तर्फ मन्त्री साउदको ध्यानाकर्षण गराउनुभयो ।
मन्त्री साउदले यो प्रश्नबारे जवाफ दिनुभएन । सांसद सुवालले भारतीय नागरिक एउटा पालिकाको उपमेयर भएर राहदानी लिएको, नेपालीको खर्बौँ फ्पैयाँ बाहिरिएको, सुशासनको नाममा भ्रष्टाचार र कानुनको उल्लङ्घन बढेको, गुमाउनुपर्ने सम्पत्ति धेरै भएकाहफ्ले विदेशीसँग नेपालको हितविपरीत सन्धि–सम्झौता गर्ने, गरिब जनता मात्रै सरल हुने र उनीहफ्कै श्रमबाट राज्यको विकास निर्माण सम्पन्न हुनेतर्फ मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सुवालले सार्क बैठक गराउन अध्यक्षको हैसियतमा नेपालले अगुवाइ गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रमुख विपक्षी एमालेले प्रधानमन्त्री दाहालको राजीनामा माग गरी संसद् अवरोध गरेको बेला सत्ता पक्ष नेका र माओवादी तथा प्रमुख विपक्षी दल एमालेका सांसदहफ् संरा सङ्घको बैठकमा भाग लिन न्युयोर्क गएको उल्लेख गर्दै सांसद सुवालले त्यहाँ सत्ता पक्ष र प्रमुख विपक्षीको मत एउटै हुने हो कि संसद् अवरोध जस्तै दुई मत हुने हो भनी जिज्ञासा राख्नुभयो ।
सांसद सुवालले सत्ता पक्ष र प्रमुख विपक्षीको मत विदेशमा एउटै हुने भए समितिका बैठकहफ् पनि उतै बसाल्नुपर्ने हो कि भनी व्यङ्ग्य गर्नुभयो ।
मन्त्री साउदले विदेशमा ३३ ओटा राजदूतावास र नियोग भएको, सात ओटामा राजदूत रिक्त भएको छिट्टै पूर्ति गर्ने, सार्क बैठक बोलाउन आठ ओटै देशको सहमति हुनुपर्ने, परराष्ट्र नीतिमा एउटै मत हुनुपर्ने उल्लेख गर्नुभयो ।
सांसदहफ् धवलशमशेर राणा, नारायण खड्का, एकनाथ ढकाल, प्रभु साह, शिशिर खनाल, भीमप्रसाद आचार्य, देवप्रसाद भट्टचन, दामोदर पौडेल बैरागी, मोहन आचार्य र सुनिता बरालले रसुवा नाका, भैरहवा र पोखराको विमानस्थलको हवाई मार्ग, विदेश राजदूत शासक दलका नेताहफ्को घरमा चहार्ने, युक्रेन मामिलामा नेपालले फ्सविफ्द्ध मत दिन नहुने र प्रम दाहालको वक्तव्य आदि विषय उठाउनुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार