नेपालको कम्युनिस्ट आन्दोलनलाई संशोधनवाद र अवसरवादबाट जोगाउन नेमकिपा स्थापना


भक्तपुर, २८ माघ । नेपाल मजदुर किसान पार्टी स्थापनाको ५० वर्षको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिले अनलाइन प्रविधि जुममार्फत भएको एकहप्ते प्रशिक्षण शिविर कार्यक्रम माघ २३ गते सम्पन्न भयो ।
कार्यक्रमको अन्तिम दिन नेमकिपाका केन्द्रीय सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले भन्नुभयो, “नेपालको कम्युनिस्ट आन्दोलनलाई संशोधनवाद र अवसरवादबाट जोगाउन २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टी स्थापना भएको हो । माक्र्सवादलाई हेरफेर गर्ने संशोधनवाद हो । संशोधनवादीहरू वर्गसङ्घर्षलाई त्याग्छन् र पुँजीवादी चुनावमाा बहुमत प्राप्त गरेर सरकारमा जानु नै मुख्य ठान्छन् । ठुलो स्वार्थलाई छोडेर सानो स्वार्थमा केन्द्रित हुनु अवसरवाद हो । अवसरवादीहरू पुँजीवादी सरकारको मन्त्री खाएर ठुलो स्वार्थ समाजवाद र साम्यवादलाई छाड्छन् ।”नेपालको कम्युनिस्ट आन्दोलनलाई संशोधनवाद र अवसरवादबाट जोगाउन नेमकिपा स्थापना
“नेपाल मजदुर किसान पार्टी स्थापना भएपछि अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लाई भेट्न पुष्पलालजी दरभङ्गा आउनुभयो । पुष्पलालजीले अध्यक्ष बिजुक्छेँलाई आफू पनि भक्तपुर आउने बताउनुभएको थियो । यसले नेपालको कम्युनिस्ट आन्दोलनमा संशोधनवादी र अवसरवादीहरूको घुसपैठ भइसकेको देखाउँछ । त्यसैको परिणाम अहिले नेपालको कम्युनिस्ट आन्दोलन रक्षात्मक स्थितिमा पुग्यो । पार्टी अध्यक्ष बिजुक्छेँले कम्युनिस्टहरू पुँजीवादी सरकारमा जानु कामदारवर्गको विरोधमा शोषकवर्गसँग घूस खानुजतिकै हुने बताउनुभएको छ । अहिले एमाले, माओवादी, एकीकृत समाजवादी पार्टीहरू सरकारमा गएर कामदारवर्गलाई धोका दिँदै छन् ।
उहाँले कामदारवर्गको सरकार, उत्पादनका मुख्य मुख्य साधन, सेवा सामाजिकीकरण, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला, शोषण गर्न नपाउने समाजवाद हो भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “२०४६ सालको बहुदलीय व्यवस्था पुनःस्थापनालगत्तै नेपाल मजदुर किसान पार्टीले वाममोर्चामा तत्कालीन माले, माक्र्सवादी र संयुक्त नामका पार्टीलाई नेकाका कृष्णप्रसाद भट्टराई नेतृत्वको पुँजीवादी सरकारमा नजान सचेत गराएको थियो । त्यसबेला नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले उनीहरूलाई बहुदलको एक चम्चा पानीले जनताको प्यास नमेटिनेबारे स्पष्टसँग सम्झाउनुभएको थियो । तर, उनीहरू सहमत भएनन् र पुँजीवादी सरकारको मन्त्री खान गए ।”
उहाँले रूसमा फेब्रुअरी क्रान्तिपछि बनेको पुँजीवादी सरकारमा लेनिन नेतृत्वको बोल्शेभिक पार्टी सरकारमा गएन तर मेन्सेभिकहरू गए र उनीहरू समाप्त भए भन्नुभयो । उहाँले नेपालमा पुँजीवादी सरकारमा गएका माले र माक्र्सवादी एक भएर एमाले बन्यो भने संयुक्त (विष्णुबहादुर मानन्धर) बाट मन्त्री भएका नीलाम्बर आचार्य नेकामा गए, अहिले संयुक्त पार्टी माओवादीमा विलय भयो भन्नुभयो ।
पुँजीवादी सरकारमा गएका नेपालका कम्युनिस्ट दाबी गरेका एमाले, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, माले (सीपी मैनाली) को कारण नेपालको कम्युनिस्ट आन्दोलन कमजोर भएको उल्लेख गर्दै उहाँले बहुदल पुनःस्थापनालगत्तै पुँजीवादी सरकारमा गएको एमाले, काङ्ग्रेस साबित भयो भने २०६२÷६३ सालको प्रतिगमनविरोधी जनआन्दोलनलाई पुँजीवादी सरकारमा गएको माओवादी भारतको ट्रोजन हर्स साबित भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीले संसद् र स्थानीय तहको क्रान्तिकारी उपयोग देश र जनताको पक्षमा सङ्घर्ष गरिरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “खाद्य स्वच्छतासम्बन्धी विधेयकको छलफल, कृषि समितिका सभापति सांसद आरजु राणाले नेपाल मजदुर किसान पार्टीलाई बोल्न नदिने नियत राखेकी थिइन् । हामीले रूसको प्रतिवाद गरेका हौँ । हामीलाई बोल्न दिन सभापति राणा बाध्य भइन् । हामीले कसैको दबाबको अगाडि देश र जनताको हितको विषयमा राख्न छाडेका छैनौँ ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले नेपालको राजनीतिक डबलीमा साँचो कम्युनिस्ट पार्टीको कित्तामा नडगमगाई उभिन सफल एकमात्र कम्युनिस्ट पार्टी नेमकिपा भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, नेमकिपाले संशोधनवाद, अवसरवाद र अराजकतावादको विरोध गर्दै सैद्धान्तिक सङ्घर्ष गरी कम्युनिस्ट आन्दोलन माथि उठाउँदै छ† जनतामा राजनीतिक चेतना दिँदै आफ्नो कर्तव्य पूरा गर्दै छ ।”
संशोधनवाद र अवसरवादले पुँजीवाद र साम्राज्यवादलाई झनै बलियो बनाउँछ तथा कम्युनिस्ट आन्दोलनलाई झनै कमजोर बनाउँछ । नेपालका कम्युनिस्ट नामधारी पार्टीहरू संशोधनवादी र अवसरवादी भएका छन्, उहाँले स्पष्ट गर्नुभयो ।
केन्द्रीय अध्यक्ष थापामगरले भन्नुभयो, “संसदीय बाटोबाट समाजवादी व्यवस्था स्थापना हुन्छ भन्नु जनतालाई छलछाम र धोका हो† क्रान्तिकारी सशस्त्र सङ्घर्षको विकल्प छैन† नेक्रामसङ्घ व्यापक कामगरी खाने वर्गका महिलालाई वर्गसङ्घर्षबारे शिक्षित गर्दै छ ।”
एक हप्तासम्म निरन्तर चलेको प्रशिक्षण शिविरमा पार्टी स्थापनाका आधारहरूबारे सुनिल दुवाल, फासीवाद र र नाजीवादबारे सुजन माक, कम्युनिस्ट घोषणापत्रबारे नरेश खत्री, इन्डोनेसयाको कम्युनिस्ट पार्टीको शिक्षाबारे प्रकाश श्रेष्ठ र इजरायली फासीवाद प्यालेस्टिनी भूमि कब्जा इतिहास र नरसंहारबारे सुरेश परियारले प्रशिक्षण दिनुभयो ।
नेक्रामसङ्घ भजिस अध्यक्ष सृजना संैजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा समितिका पदाधिकारी र सदस्यहरूले बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार