“केही गर्न नसक्नेहरूमात्र व्यवस्थापन करार वा निजीकरणमा जान्छन्”


काठमाडौँ, ५ पुस । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाको परराष्ट्र सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा नेपालका वायु सेवाहरूलाई युरोपेली सङ्घले कालोसूचीमा राखेको त्यस सङ्घको दादागिरी नै भएको समितिमा उपस्थित जानकारहरूले नै बताएको उल्लेख गर्नुभयो ।
सांसद सुवालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई युरोपेली सङ्घको नेपालविरूद्धको दादागिरीलाई जवाफ दिन आग्रह गर्दै खुट्टा नकमाउन सचेत गराउनुभयो ।
युरोपेली सङ्घको कालोसूचीविरूद्ध दस वर्षयताका प्रधानमन्त्री र मन्त्रीहरूले कस्तो प्रतिवेदन पेस गरे† एक वर्षको आफ्नो कार्यकालमा मन्त्रीबाट नेपालका विमान सेवालाई कालोसूचीबाट हटाउन के कस्तो काम भयो ? जनतालाई स्पष्ट बताउनुपर्ने उल्लेख गर्दै सांसद सुवालले सिंहदरबारको नेतृत्वमा बस्नेहरूले गरेर देखाउने हो, गुनासो गरेर बस्ने होइन, सिंहदरबारमा बस्नुको औचित्य देखाउन सक्नुपर्छ भन्नुभयो ।
“जानकारहरू कतिपयले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको लागि इन्डियन सरकारले नेपाललाई उडान अनुमति नदिने पनि स्पष्टसँग राख्नुभयो । अब मन्त्रीले त्यस्तो ठाउँमा अर्बौँ अर्ब रूपैयाँ खर्च गरी विमानस्थल किन बनाइयो ? छानबिन गराउनु जरूरी छ ।” सांसद सुवालले उल्लेख गर्नुभयो
सांसद सुवालले थप्नुभयो, “३८ लाख रूपैयाँ पुँजीमा ६५ वर्ष अगाडि स्थापना भएको नेपालको विमान सेवाको अहिले ४९ अर्ब रूपैयाँ ऋण कसरी लाग्यो ? एउटा लोटा लिएर नेपाल आएको मानिस यही समयमा नेपालको सबभन्दा धनी मान्छे हुन्छ ¤ नेपाल वायु सेवा निगमको अर्बौँ अर्ब रूपैयाँ ऋण किन हुन्छ ? यो विषयबारे मन्त्रीले जनतालाई स्पष्टसँग बताउनु जरूरी छ ।”
“नेपाल वायु सेवा निगमलाई व्यवस्थापन करारमा दिने र प्राधिकरणलाई नियमन र सञ्चालन गरी अलग हुनुपर्ने सुझाव आएको मन्त्रीले उल्लेख गर्नुभयो । तर, प्रदेशको व्यवस्था भएपछि देश विकास हुने दाबी गरिएको थियो । अहिले मुख्य मन्त्रीहरू नै सन्तुष्ट नभएको र प्रदेश नै खारेज गर्नुपर्नेतर्फ जनताको आवाज उठिरहेको छ । मन्त्रालय, प्राधिकरण र निगमभित्रका गोमन सर्प नियन्त्रण नभएसम्म नेपाली वायु सेवा राम्रोसँग चल्नेछैन । मन्त्री आफैँ गोमन सर्पसँग मित लगाएर बस्नुभएन”, सांसद सुवालले उल्लेख गर्नुभयो ।
“इजरायली सरकारले प्यालेस्टिनी भूमि गाजापट्टीका अस्पतालहरूमुनि हमासले कमान्ड सेन्टर सञ्चालन गरेको झूटो आरोप लगाई बमबारी गरी ध्वस्त पारेझैँ, सर्वसाधारण प्यालेस्टिनी नागरिकको घर आवास विध्वंस गरी नरसंहार गरेझैँ अहिले युरोपेली सङ्घले नेपालको आकाश सुरक्षित नभएको आरोप लगाई नेपालको वायु सेवा समाप्त पार्न लागेको त होइन ? यसतर्फ मन्त्री सचेत हुनु जरूरी छ”, सांसद सुवालले मन्त्री किराँतीको ध्यानाकर्षण गराउनुभयो ।
“विश्व व्यापार सङ्गठनको सदस्य नेपाल भएपछि सार्वजनिक संस्थान निजीकरण गर्ने र विदेशी पुँजीलाई साँढेजस्तै पस्न दिने काम गरियो । हात्तीले मात्र रूख खान सक्छ, गाईवस्तुले पातमात्र खान्छन् । नेपालको अर्थतन्त्रलाई विश्व व्यापार सङ्गठनको सदस्य र निजीकरण उपयुक्त छैन । के बीपीको समाजवाद असान्दर्भिक भएको हो र ? के व्यवस्थापन करार भनेर सिंहदरबार र देशै ठेक्का दिने हो र ? मन्त्रीको मन्त्रालय नै ठेक्का दिने भए, मन्त्रीको काम बाँकी हुन्छ र ?” सांसद सुवालले प्रश्न गर्नुभयो ।
“आफू केही गर्न नसक्नेहरू व्यवस्थापन करार भनी कुद्छन् । पानीमरुवाहरूले सिंहदरबार पनि ठेक्कामा दिनेछन् । कि सिंहदरबारको नेतृत्वमा बसेको दाबी गरेकाहरूले स्वीकारनामा लेख्नुप¥यो, ‘हामी पानीमरुवा हौँ ¤’ हवाइजहाज दुर्घटना भएपछि प्रधानमन्त्री र मन्त्रीले जिम्मेवारी लिनु जरुरी छ । उड्डयन प्राधिकरण, वायु सेवा निगम र पाइलटलाई दोष पन्छाउन मिल्दैन ।” सांसद सुवालले सचेत गराउनुभयो ।
“चिनियाँ जहाज किन्दा ठीक तर अहिले भूमिस्थ राखी बिक्री गर्ने भनी टेन्डर आह्वान किन गरियो ? यसको छानबिन हुनु जरुरी छ । नभए मन्त्रीले पैसा खान खोजेको आरोप लाग्नेछ । राम्रो सिक्कालाई नक्कली सिक्काले लोप गराउने ‘ग्राम्सनको नियम’ हो । सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमलाई विदेशी पुँजीका विमान सेवाले समाप्त पार्न खोज्दै छ । त्यसो हुन दिनुभएन”, सांसद सुवालले स्पष्टसँग राख्नुभयो ।

पार्टी गतिविधिहरु
समाचार