सर्वप्रथम यो चौथो अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकार र वाग्मती प्रदेशसँग सम्बन्धित केही कुराहरू म यहाँ राख्न चाहन्छु । यो चौथो अधिवेशनसम्म आइपुग्दा वाग्मती प्रदेशमा हँसिया—हथौडा अङ्कित रातो झन्डा बोक्ने तीनवटा दलको सरकार गठन भएको छ । तर, प्रश्न उठिरहेको छ के सरकार चलाउनेहरूले त्यो हँसिया—हथौडा अङ्कित झन्डा कहिले फुर्सद मिलाएर हेर्ने गर्नुभएको छ ? हँसिया र हथौडाले के भन्छ ? त्यो झन्डाले के चाहन्छ ? त्यो झन्डा बोक्दा हामीले के भन्यौँ ? जनताबिचमा जाँदा हामीले के भन्यौँ ? त्यो कुरा सोच्ने, सम्झने हामीसँग फुर्सद छ ? विशेषगरी मन्त्रीको झन्डा हल्लाएर हिँड्नेहरूसामु यी प्रश्न खडा छन् ।
संयोगले यहाँ माक्र्सको कुरा पनि उठ्यो । यो मे ५ को दिन कार्ल माक्र्सको २०६ औँ जन्मदिवस हो । केही दिन अगाडिदेखि माक्र्सको जन्मदिवस मनाउँदै छौँ । माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधाराको विषयमा संसार बहस गर्दै छ, छलफल गर्दै छ । त्यही विचार वरपर यो संसार अझै पनि घुम्दै छ । माक्र्सवादले यो सिङ्गो दुनियाँलाई हल्लाइदिएको थियो, छ र हल्लाउँदै जानेछ । माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा तबसम्म अगाडि बढ्नेछ, जबसम्म यो विश्वमा कामगरी खाने जनता, सर्वहारावर्ग रहिरहन्छ । त्यसकारण, अहिले माक्र्सलाई सम्झिरहँदा, माक्र्सवाद—लेनिनवादको झन्डा हल्लाउनेहरू सरकारमा रहिरहँदा प्रश्न उठ्नु अस्वाभाविक होइन ¤ हाम्रो सिद्धान्त र व्यवहारहरूबिच तालमेल मिल्छ कि मिल्दैन ? सिद्धान्तलाई व्यवहारमा अनुवाद गर्दै छौँ कि छैनौँ ? जनताको चासोको विषय पनि यही हो । त्यसमा हामी कहाँ छौँ ? आफैँले आफैँलाई परीक्षण गर्नुपर्ने, सोध्नुपर्ने अहिलेको विषय हो ।
कामदार जनताको मुक्तिको नारा दिँदै हामी लड्यौँ । हामीले अध्ययन ग¥यौँ, हामीले छलफल ग¥यौँ । आज सत्तामा पुगिसकेपछि हामीले माक्र्सवादलाई कति सम्झ्यौँ ? लेनिनवादलाई कति सम्झ्यौँ ? माओ त्सेतुङ विचारधारालाई कति आत्मसात् ग¥यौँ ? त्यो ज्ञान र सिद्धान्तलाई व्यवहारमा लागू ग¥यौँ कि गरेनौँ ? आज अरूतिर भन्दा पनि सत्तामा, शक्तिमा, सरकारमा पुग्नेहरूसामु यी प्रश्न छन् । सरकारमा पुगेर माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधाराबमोजिम देश र जनताको इमानदारीपूर्वक सेवा ग¥यौँ कि गरेनौँ ? हाम्रा हरेक दिन कामदार जनताको लागि खर्चियौँ कि बिचौलियाहरूका निम्ति ? हरेक दिन भ्रष्टाचारीहरूसँग उठबस ग¥यौँ कि मजदुर र किसानहरूका बारेमा चिन्तन र मनन गरेर योजना बनायौँ र काम ग¥यौँ ? यी विषयहरूमा जवाफ शब्दमार्पmत होइन; देश र जनतालाई व्यवहारबाट दिनुपर्छ ।
‘योग्यताअनुसारको काम र कामअनुसारको ज्याला’ – माक्र्सवादले त्यही भन्छ । अहिले हामी सरकारमा छौँ । योग्यता बोकेकाहरूलाई हामीले काम दिइरहेका छौँ कि छैनौँ ? नुवाकोटको हिजोको खबर छ । त्यहाँ नेपाली नागरिकता त्याग्नेहरूको लर्को छ भनेर ‘गोरखापत्र’ ले छाप्छ, अरू पत्रिकाहरू छाप्दै छन् । यो वास्तविकता बिचमा हामी छौँ । मानिसलाई काम हामीले दिइरहेका छौँ कि छैनौँ ? काम दिइरहेका छैनौँ तर बरु गफ दिइरहेका छौँ भने हामी गलत हौँ भनी आफैँले प्रमाण दिइरहेका हुन्छौँ । त्यसकारण, मजदुर र किसानहरूको हितमा हामीले जबसम्म काम गर्न सक्दैनौँ तबसम्म हामीले हल्लाइरहेको कम्युनिस्टको त्यो झन्डाप्रति हामीले काम र व्यवहारबाट सम्मान गरिरहेका छैनौँ भन्ने प्रमाणित हुन्छ ।
कम्युनिस्टहरू सरकारमा पुग्दा कृषिलाई प्राथमिकता दिइन्छ । उत्पादनलाई प्राथमिकता दिइन्छ । शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिइन्छ । रोजगारीलाई प्राथमिकता दिइन्छ । यी सरल कुरा हुन् । हामी सरकारमा छौँ । हामी शक्तिमा छौँ । हाम्रा योजनाहरू के छन् ? त्यसबारे अब हामीले जनतालाई व्यवहारबाट देखाउन आवश्यक छ ।
कार्ल माक्र्सको २०६ औँ जन्मदिवस कमसेकम नेपालमा नेपाल मजदुर किसान पार्टीले विविध गतिविधिका साथ मनाउँदै छ । हामीलाई थाहा छ, सन् १९९१ को सोभियत सङ्घको दुर्घटना, सोभियत समाजवादको अस्थायी हारपछि अब माक्र्सवादको म्याद नाघ्यो, माक्र्सवादको अन्त्य भयो भनेर पुँजीवादी विचारहरू, राजनीतिक चिन्तकहरू, फ्रान्सिस फुकुयामाहरू खूब नाचेका थिए, हाँसेका थिए । ३० वर्षपछि फेरि अर्को युग आयो । माक्र्सवाद नभई भएन । अहिलेको आर्थिक सङ्कटबारे विश्वमा छलफल हुँदै छ । आर्थिक सङ्कटको निवारण अब अरूले दिन सक्दैन । माक्र्सवादी दृष्टिकोण, माक्र्सवादी विचार, माक्र्सवाद—लेनिनवाद र माआ ेत्सेतुङ विचारधाराले मात्र यसको निकास दिन सक्दछ । विश्वलाई यो आर्थिक सङ्कटबाट जोगाउने अन्तिम सैद्धान्तिक अस्त्र या उपाय त्यही हो भनेर अहिले छलफल हुँदै छ अर्थशास्त्री, राजनीतिशास्त्रीहरूबिच र कामदार जनताबिच ।
हामीले भर्खरै मात्र मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस मनायौँ । हामीले मनमा राखेका थियौँ कमसेकम हँसिया—हथौडा अङ्कित झन्डा बोक्नेहरू र सरकारमा गएकाहरूले १ मेलाई अनेकरूपमा मनाउलान् ! उता समाजवादी देशहरूमा विशेष ढङ्गमा मनाइन्छ । अलिकति झिनो आशा थियो । तर, त्यो पूरा भएन ! १ मे र अन्तर्राष्ट्रिय श्रमिक दिवसको भावनाबमोजिम हामी कति अगाडि बढिरहेका छौँ ? हाम्रा गतिविधि, काम र योजनामार्फत कसरी अगाडि बढिरहेका छौँ ? हाम्रो प्रदेश सरकारले पनि आफ्नो आकार—प्रकार, ढाँचाबमोजिम भए पनि जवाफ दिनुपथ्र्यो ।
हो, हँसिया हथौडा अङ्कित झन्डा बोक्ने तीन वटा पार्टी सरकारमा छन् । प्रखर प्रतिपक्षमा छ, नेपाल मजदुर किसान पार्टी । यसलाई हामी हाँक भन्दैनौँ तर यो विनम्रतापूर्वक अनुरोध हो । हामीसँग अलिकति मात्र नैतिकता र सिद्धान्तप्रतिको बफादारी बाँकी छ भने व्यवहारमा देखाउन आवश्यक छ । अब हामीले योभन्दा ढिलाइ गर्नुहुन्न । ३४ वर्ष भइसक्यो नेपालमा बहुदलीय प्रजातन्त्र आएको ! यही बहुदलीय प्रजातन्त्र पुँजीवादी गणतन्त्रमा सीमित भइरहने कि हाम्रा हरेक तयारी समाजवादी गणतन्त्रको निम्ति गर्ने ? पुँजीवादी गणतन्त्रलाई नै मलजल गरेर अगाडि बढ्ने भए अरू पनि त पार्टीहरू थिए नि त ! हँसिया हथौडा अङ्कित कम्युनिस्ट पार्टीको आवश्यकता किन रह्यो र ? त्यसकारण, १ मे र माक्र्सको यो २०६ औँ जन्मदिवसको अवसरमा ती सबै जो जति वामपन्थी भन्छौँ, जो जति कम्युनिस्ट भन्छौँ, जो जति हँसिया र हथौडा अङ्कित रातो झन्डा बोक्छौँ, तिनीहरूले जनतालाई यी सवालको जवाफ दिनुपर्छ । नेपाली कामदार जनतालाई अब जवाफ दिन आवश्यक छ ।
अहिले हामी यसरी छलफल गरिरहँदा मानिसहरू आत्महत्या गरिरहेका छन् । हामी सबैलाई थाहा छ, सबैभन्दा बढी आत्महत्याको तथ्याङ्कमा वाग्मती प्रदेश अगाडि छ । अनेक कारणहरू होलान् । अहिलेको समयमा आर्थिक सङ्कट र सहकारीको सन्दर्भ होला या अन्य कारण होला ! त्यसमा हामीले समाधान गर्न सक्छौँ कि सक्दैनौँ ? कसरी तयारी गर्ने ? एकजना मनोचिकित्सक भन्नुहुन्छ, “कमसेकम प्रदेश सरकारले अरू केही गर्न सक्दैन भने स्वास्थ्य मन्त्रालयले मनोचिकित्साको क्षेत्रमा काम गरेको खण्डमा स्वास्थ्य उपचारसँग सम्बन्धित आधा अरू कुराहरू त गर्नैपर्दैन !” नयाँ स्वास्थ्यमन्त्रीज्यू आउनुभएको छ । यस क्षेत्रमा अलिकति भए पनि काम गर्नुहोला ! अरू नसर्ने रोगहरूका विषयमा त भन्नै परेन ! प्रदेश सरकारले जनताबिच आफ्नो उपस्थिति देखाउनको निम्ति स्वास्थ्य सेवा क्षेत्रबाट, शिक्षाको क्षेत्रबाट, स–साना उद्योगहरूको क्षेत्रबाट, स–साना कुटीर उद्योगको क्षेत्रबाट तयारीका साथ अगाडि बढ्न आवश्यक छ । त्यसो भएको खण्डमा जनताले अलिकति राहत अनुभव गर्नेछन् ।
साथै, अहिले जुन किसिमका भ्रष्टाचार काण्डका कुराहरू बाहिरिएका छन्, वाग्मती प्रदेश सरकार पनि जनताको आलोचनाको पात्र बन्दै छ । भ्रष्टाचारविरुद्ध हामीले काम गर्न ढिला भइसकेको छ ।
अहिले प्राकृतिक विपत्तिका घटनाहरू बढ्दै छन् । १ हजार १८ वटा डढेलोका घटनाहरू देशैभरि भए । त्यसमा ३० जनाभन्दा बढी नेपालीले ज्यान गुमाए । सामान्य डढेलो र आगजनीका विषयमा हामीले काम गर्न सक्दैनौँ भने हाम्रो क्षमतामाथि प्रश्न उठ्छ कि उठ्दैन ? हावाहुरीको मौसम छ । चट्याङको मौसम छ । डढेलोको मौसम छ । तर, यी समस्यालाई छोडेर हामी केमा गयौँ ? खालि पदको झगडामा ! यताको उता पुग्ने, उताको यता पुग्ने ! जनता त कता हो कता ! यताउता पिङ खेलेजस्तै ! बाँदरले एउटा रूखबाट अर्को रूखमा, अर्को रूखबाट अर्को रूखमा पुगेर आफूलाई संसारको बहादुर ठानेझैँ ! कृपया, हामी त्यो खालको प्राणी नबनौँ ! मान्छे बनौँ !
५/६ वर्षभन्दा बढी भइसक्यो, हामीले सन्तुलित विकासको विषयमा सुझावहरू राखेको । यस विषयमा काम गर्न ढिला भइसक्यो । गाउँहरू खाली हुँदै छन् । घरका ढोकामा भोटे ताल्चाहरू लाउँदै छन् । घरका दैलोहरू सुनसान छन् । यो विषयमा हामीले सोच्ने कि नसोच्ने ? साथै, नदीनाला मात्र होइनन्, हाम्रा नेपाली दाजुभाइहरू पनि दक्षिण बग्दा छन् भनेर अहिले चिन्ता छ । ‘वाग्मती प्रदेश बग्दो छ दक्षिण’ भनेर चिन्ता छ । विदेश बग्दो छ । यो विषयमा हामीले काम गर्ने कि नगर्ने ? नुवाकोटको प्रसङ्ग १३ वटै जिल्लामा देखिन्छ । त्यसकारण, यो अत्यन्त संवेदनशील विषय हो । कमसेकम प्रदेश सरकारले आगामी बजेटबाट तयारी थालोस् । यो बर्खे अधिवेशन बजेट अधिवेशन हो । यहाँ ब्युरोत्र्mयाट र टेक्नोक्र्याटका समस्याका प्रसङ्ग पनि उठे । त्यस्ता समस्या समाधान गरेर अगाडि बढ्न सक्नुलाई नै सायद सरकार भनिन्छ । जनताका गाँसबास, कपासका कुरा, शिक्षा स्वास्थ्यको कुरामा क्रमशः एक – एक पाइला गरी काम गर्दै अगाडि बढ्न सकेको खण्डमा यो ढिलाइलाई पनि जनताले माफी दिनेछन् । होइन, अझै पनि आफ्नै पद, आफ्नै सरकार र आफ्नै अवसरमा अल्मलिइरह्यौँ भने यो ३४ वर्षको हिसाब किताब असुलउपर गरेर जनताले दण्डित गर्नेछन् ।
(वाग्मती प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठक वैशाख ३१ गते आइतबार बस्यो । दलका नेताहरूको तर्पmबाट शुभकामना मन्तव्य राख्ने कार्यक्रमअन्तर्गत सो बैठकमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले राख्नुभएको मन्तव्य)