माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारा–जिन्दावाद !
समाजवादी प्रचार अभियानमा सहभागी होऔँ !!
सम्पूर्ण दिदीबहिनी र दाजुभाइहरू,
नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन २०७६ असोज ३, ४ र ५ गते भक्तपुरमा सम्पन्न हुँदैछ । पार्टीले मोहीयानी हक, भर्पाइ, बाली काट्ने आन्दोलन, भ्रष्टाचार र महँगीविरोधी आन्दोलनलगायत सुस्ता र सिक्किममा भारतीय विस्तारवादको हस्तक्षेप, भियतनाममा अमेरिकी साम्राज्यवाद र कम्बोडियामा रुसी सामाजिक साम्राज्यवादको आक्रमणको विरोधमा सङ्घर्ष गरेको थियो ।
पार्टीले पञ्चायती निरङ्कुशताको विरोधमा २०३६ चैत्र १२ गते भक्तपुर–काठमाडौँ पहिलो पैदल ¥याली ग¥यो । सो ¥यालीले पञ्चायती निरङ्कुशताविरुद्ध जनमत बढाउन ऊर्जा प्रदान ग¥यो । पार्टीले पञ्चायती निरङ्कुशताको विरोधमा भएको शान्तिपूर्ण जनआन्दोलन, २०४२ मा महŒवपूर्ण योगदान ग¥यो ।
पार्टीको देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्ने दृढ अडानसित आक्रोशित पञ्चायतका निरङ्कुश शासकहरूले पार्टीविरुद्ध राज्यस्तरको षड्यन्त्र रची २०४५ भदौ ९ गते पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लगायत ६७ जना नेता कार्यकर्ताविरूद्ध झूटा ज्यान मुद्दा चलायो । तर, आफ्नै षड्यन्त्रको आगोमा पञ्चायती व्यवस्था खरानी भयो । २०४६ को जनआन्दोलनले बहुदलीय व्यवस्था पुनःस्थापना ग¥यो ।
पार्टीले २०४७ कार्तिक २० गते जनताको संविधान घोषणाको मागसहित भक्तपुर–काठमाडौँ दोस्रो पैदल ¥याली सम्पन्न ग¥यो । यो दबाबलगत्तै २०४७ कार्तिक २३ गते नेपालको संविधान, २०४७ घोषणा गरियो ।
बहुदलीय व्यवस्था पुनःस्थापनापछि सरकारमा गएका पार्टीहरूले देश र जनताको इमानदारीपूर्वक सेवा गरेनन् । सत्तापक्ष नेका र प्रमुख प्रतिपक्ष एमाले मिलेर २०५३ असोज ४ गते भारतीय विस्तारवादसँग देशघाती महाकाली सन्धि गरे । पार्टीले यो सन्धि रोक्न २०५३ भाद्र २६ गते भक्तपुर–काठमाडौँ तेस्रो पैदल ¥याली सम्पन्न गरेको थियो भने देशघाती महाकाली सन्धि गरिएको भोलिपल्ट २०५३ असोज ५ गते यो सन्धिको विरोधमा भक्तपुर–काठमाडौँ चौँथो पैदल ¥याली ग¥यो ।
वि.सं. २०५७ मा तत्कालीन सरकारले आतङ्कवादको विरोध गर्ने नाममा सामान्य लठ्ठी बोकेका सर्वसाधारणसमेतलाई आतङ्ककारीको परिभाषाभित्र राख्ने कालो विधेयक संसदमा पेश ग¥यो । सो कालो विधेयकको विरोधमा पार्टीले २०५७ बैशाख १९ गते भक्तपुर–काठमाडौँ पाँचौँ पैदल ¥याली सम्पन्न ग¥यो ।
सरकारमा गएका पार्टीहरूको देशघाती कामकै परिणाम प्रतिगामीहरूले टाउको उठाए । सङ्कटकालमा प्रतिगामीहरूसँग मिलेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०५८ असोज १८ गते प्रतिनिधिसभा विघटन गरे । प्रतिगमन सुरु भयो । पार्टीले प्रतिगमनको विरोधमा प्रतिनिधिसभाको पुनःस्थापनालाई जोड दियो । नेमकिपा एक्लै र संयुक्तरूपमा प्रतिगमनविरोधी आन्दोलनमा अगाडि बढ्यो । आन्दोलन सुस्त हुँदै थियो । पार्टीले प्रतिगमनको विरोधमा २०६२ पुस २६ गते भक्तपुर–काठमाडौँ छैटौँ पैदल ¥याली सम्पन्न ग¥यो । यसले प्रतिगमनविरोधी जनआन्दोलनलाई देशभरि उठाउन ऊर्जा प्रदान ग¥यो । प्रतिगामीहरूले आन्दोलनकारी दलहरूलाई सरकार गठन गर्न २०६३ बैशाख ८ गते आह्वान गरे । प्रतिनिधिसभा पुनः स्थापनाको मागलाई जोड दिंदै पार्टीको नेतृत्वमा २०६३ बैशाख ९ गते भक्तपुर–काठमाडौँ सातौँ पैदल ¥याली सम्पन्न भयो ।
जनआन्दोलनको बलमा २०६३ बैशाख ११ गते प्रतिनिधिसभा पुनः स्थापना भयो । २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभाको पहिलो बैठकबाट २०६५ जेठ १५ गते गणतन्त्र कार्यान्वयन गरियो, राजतन्त्र समाप्त भयो । तर, संविधान घोषणा नगरिकनै माओवादीबाट प्रम भएका बाबुराम भट्टराईले भारतीय विस्तारवादको इसारामा २०६९ जेठ १४ गते पहिलो संविधानसभा भङ्ग गरे । संविधानसभाको दोस्रो निर्वाचन २०७० मंसिर ४ गते भयो । नेमकिपाले छैटौँ महाधिवेशन
(२०७० चैत २१ – २४) चैत २१ गते भक्तपुर–काठमाडौँ आठौँ पैदल ¥यालीबाट सुरु ग¥यो ।
दोस्रो संविधानसभाले २०७२ असोज ३ गते नेपालको संविधान घोषणा ग¥यो तर संविधानमा प्रतिगमनविरोधी जनआन्दोलनको मागलाई सम्बोधन गरिएन । शासक दलहरूले पालैपालो प्रधानमन्त्री हुने उद्देश्यसहित संविधान घोषणा गरेको अहिले पुष्टि हँुदैछ । सरकारमा गएका पार्टीका नेताहरूको आत्मसमर्पणवादी व्यवहारको कारण भारतीय एकाधिकार पुँजीले नेपालको पारवहन अधिकार हनन गरी नेपालविरुद्ध नाकाबन्दी ग¥यो । भारतीय नाकाबन्दीको विरोधमा पार्टीले सडक र सदनमा सङ्घर्ष ग¥यो । पार्टीले काठमाडौँस्थित भारतीय दूतावासअगाडि विरोध, धर्ना र सभा आयोजना गरी नाकाबन्दीको भत्र्सना ग¥यो । त्यसबेला भारतीय नाकाबन्दीको समर्थन गर्ने पार्टीहरू उदाङ्गिएका थिए ।
नयाँ संविधानअनुसार २०७४ मंसिर १० र २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भयो । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको गोटी एमाले–माओवादीको संयुक्त चुनावी मोर्चाले झन्डै दुईतिहाइ स्थान हासिल ग¥यो । तर, ओली–दाहाल सरकारले जनआन्दोलनको भावनाअनुसार काम गरेन । २०४६ पछि सरकारमा गएका दलका नेताहरूमा देखिएको सामन्ती शैलीका कारण ‘निर्वाचित खान्दानी राजाहरू’ जस्ता भए भनी व्यापक जनताले आलोचना गर्दैछन् ।
भारतको मोदी सरकारले अलग झन्डा र फरक संविधान भएको विशेषाधिकार प्राप्त जम्मु–काश्मीरमाथि हस्तक्षेप गरी केन्द्र शासित दुई राज्य जम्मु–काश्मीर र लद्दाख बनायो । पाकिस्तान, चीन र भारतको विवादित क्षेत्र जम्मु–काश्मीर हो । नेपाल मजदुर किसान पार्टीले जम्मु–काश्मीरमाथि मोदी सरकारकोे हस्तक्षेप र मानव अधिकार हननलाई सडक र सदनमा विरोध गर्दैछ । भारतीय विस्तारवादले अन्तर्राष्ट्रिय कानुनविपरीत नेपालको सिमानामा बाँध र तटबन्ध बनाएको हुँदा बर्सेनी तराई डुबान र जनधनको क्षति भइरहेको हो ।
ओली–दाहाल नेतृत्वको वर्तमान सरकारमा महँगी दिन दुगुना रात चौगुना बढ्दो छ । वाइडबडी खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तार, एनसेलको पुँजीगत लाभकर असुली, ३८ क्वीन्टल सुन तस्करीलगायत काण्डै काण्डमा अर्बौँ रूपैयाँ भ्रष्टाचार भइरहेको छ । अहिले १८४८ वटा ठेक्काका योजनाहरू अधुरै छन् भने रु. २३ अर्बभन्दा बढी परिचालन पेश्की लिएका ठेकेदारहरूले कामै सुरु गरेका छैनन् । ती खराब ठेकेदारसँग एमाले–माओवादीकै नेताहरूको मिलिमतो भएको जनतामा चर्चा छ । बालुवाटारको सार्वजनिक जग्गालगायत सार्वजनिक पोखरी, पर्ती जग्गा, चौर व्यक्तिको नाममा दर्ता गरी बेचबिखन गर्ने भूमाफियाहरूको मिलिमतो पनि सरकारका ती नेताहरूसँग भएको जनतामा व्यापक चर्चा छ ।
देशको राजधानी काठमाडौँका जनता धुलो, धुवाँ प्रदूषण र फोहरमैलाबाट प्रताडित छन् । बढ्दो जनसङ्ख्यासँगै खानेपानीको हाहाकार, अपराध र दुर्घटना बढ्दो छ । कर्णालीलगायत तराईका कतिपय जिल्लामा स्वास्थ्य, शिक्षा र रोजगारीको बन्दोबस्त छैन । नेपालका ७० लाखभन्दा बढी युवा वैदेशिक रोजगारीको नाममा दासजस्तै बेचबिखन भइरहेका छन् । व्यापारघाटा १३ खर्ब रूपैयाँ पुग्यो । प्रतिव्यक्ति नेपालीको टाउकोमा रु. ३५ हजार ऋण पुग्यो । देशको सन्तुलित विकासले मात्र नेपालीका यी समस्या समाधान गर्नेछ । यसकारण स्थानीय तहका सबै सदरमुकामहरूलाई स्वास्थ्य सेवा, अध्ययन र रोजगारीको निम्ति राजधानी धाउन नपर्ने गरी भौगोलिक अनुकूलताअनुरूपको सहर विकास गर्नु आवश्यक छ ।
सरकारले काठमाडौँ–बारा दु्रतमार्ग निर्माणभन्दा रोपवे सञ्चालन गर्न उपयुक्त हुने यथार्थलाई पार्टीले जोड दिंदैआएको छ ।
अमेरिकी साम्राज्यवादले चीनको विरोधमा व्यापार युद्ध थोपर्दैछ, विगत ६० वर्षदेखि प्रजग कोरिया र क्युवाविरुद्ध आर्थिक नाकाबन्दी लगाउँदैछ, लिविया र इराकमा आक्रमण गरी त्यहाँको सत्ता पल्टायो र तेलखानी कब्जा ग¥यो, सिरियाका उपद्रवीहरूलाई हतियार र डलर सहयोग गर्दै गयो, भेनेजुयलाको निर्वाचित राष्ट्रपतिविरुद्ध विपक्षी नेतालाई आफै राष्ट्रपति घोषणा गरायो ।
अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोधमा संसारका न्यायप्रेमी जनता तथा दक्षिण एसियाका स्वतन्त्रतापे्रमी जनता सङ्घर्ष गर्दैछन् । देशको यो जटिल अवस्थामा पार्टीको सातौँ महाधिवेशन हुँदैछ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष कामरेड नारायणमान बिजुक्छेँ (रोहित) ले सातौँ महाधिवेशनको उद्घाटन गर्नुहुनेछ ।
पार्टीको सातौँ महाधिवेशन समाजवादी प्रचार अभियान र राजनीतिक कक्षाको रूपमा सम्पन्न हुँदैछ । महाधिवेशन भव्यरूपमा सम्पन्न गर्न नैतिक, भौतिक र आर्थिक सहयोगको लागि मजदुर, किसान, युवा, विद्यार्थी, शिक्षक, प्राध्यापक, उद्योगी, व्यापारी, पत्रकार, कर्मचारी आदि सबै जनतासँग हार्दिक अपिल गर्दछौँ र जुलुस एवम् उद्घाटन जनसभामा सहभागी हुन सम्पूर्ण जनतासँग आग्रह गर्दछौँ ।
कार्यक्रम
उद्घाटन ः असोज ३ गते, शुक्रबार
¥याली सुरु ः बिहान ११ बजे भक्तपुर, च्याम्हासिंह,
उद्घाटन समारोह ः दिउँसो १ बजे सल्लाघारी, खुला ठाउँ, भक्तपुर