नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनको उद्घाटन ¥याली र समारोहमा उपस्थित हुन पाउँदा हामी सबैलाई खुसी र गौरव एकसाथ मिलिरहेको छ । नेपालको राजनीतिक इतिहासमा आजको दिन र यो आठौँ महाधिवेशन अविस्मरणीय रहनेछ । नेपाल मजदुर किसान पार्टी स्थापनाको ५१ वर्षमा आजको दिन अर्को एक महत्वपूर्ण दिन हो ।
नेपाली कामदार जनता र यो मातृभूमिको पक्षमा निःस्वार्थरूपले ५१ वर्षदेखि निरन्तर सङ्घर्ष गर्ने एकमात्र पार्टी नेपाल मजदुर किसान पार्टी हो ।
नेपाली कम्युनिस्ट आन्दोलनको बीउ जोगाउन र नेपाली कामदार जनताको आफ्नै क्रान्तिकारी सङ्गठन निर्माण गर्न आजभन्दा ५१ वर्ष अगाडि २०३१ साल माघ १० गते बिजारोपण गरिएको नेमकिपा आज राजनीतिक नैतिकता, विचार र सिद्धान्तको सतिसाल बनी संसारसमक्ष प्रस्तुत छ ।
यो देशमा नेमकिपाको स्थापना भएकैले हिमाल–पहाडको टाकुरोदेखि तराईका फाँटसम्म रातो झन्डा फरफर फहरिँदै छ । पेरिस कम्युनका कम्युनार्डहरूले अन्तिम एक गोली बाँकी भएसम्म समाजवादको प्रतिरक्षाका निम्ति लडेको कुनै काल्पनिक साहित्य या केबल पठनसामग्री नभई व्यवहारमा अनुदित गर्नका निम्ति कहिल्यै नसुक्ने ऊर्जाको स्रोत हो ।
आधा शताब्दी अगाडि यो भूमिमा साहसपूर्वक क्रान्तिको रातो झन्डा उठाउने र जस्तै शक्तिसामु यसलाई झुक्न नदिने हाम्रा अग्रजहरू तथा अभिभावकहरूप्रति हृदयदेखि रातो सलाम । सम्पूर्ण नेपाली कामदार जनताको तर्पmबाट अभिनन्दन ।
यो हाम्रो महाधिवेशन राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयमा गम्भीर छलफल गरी कामदार जनतालाई नयाँ विचारले सुसजित गर्ने र नयाँ विश्व दृष्टिकोण निर्माण गर्ने महत्वपूर्ण अवसर हो । हामी विश्वका मजदुर आन्दोलन, स्वाधीनता सङ्ग्राम, क्रान्तिहरूबाट सिकेर यो देशमा समाजवादी प्रचार अभियानलाई थप उचाइमा पु¥याउन प्रतिबद्ध छौँ । कामदारवर्गलाई राजनीतिक संस्कार दिने, मजदुर वर्गीय भावना दिने हाम्रो हेतु हो । नेमकिपा अन्तर्राष्ट्रिय कर्तव्यप्रति सदा प्रतिबद्ध रहँदै आएको छ ।
समाजवादी क्रान्तिका निम्ति राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल हुनुपर्ने शिक्षा हामीलाई कामरेड लेनिनले दिनुभएको हो ।
यतिखेर हाम्रो देश अत्यन्त जटिल राजनीतिक–आर्थिक मोडमा पुग्दै छ । विश्वमा नयाँ परिस्थिति तयार हुने सङ्केत देखा पर्दै छ । अमेरिकी साम्राज्यवाद युद्ध, हमला, हस्तक्षेप र सत्तापलटका खेलहरूलाई निरन्तरता दिँदै छ । डलरलाई अर्को शक्तिशाली हतियार बनाई विश्वमा प्रभुत्व कायम राख्न कसरत गर्दै छ ।
दस–बा¥ह वर्षको युद्ध तथा आन्तरिक हस्तक्षेपपछि सिरियामा असादको शासन गत डिसेम्बर ८ मा अन्त्य गरी अमेरिकी कठपुतली सरकार निर्माण गरियो । सिरियाको खनिज र तेलमा अमेरिकी गिद्धे नजरको दुष्परिणाम भोग्न आज सिरियाली जनता अभिशप्त छन् । सिरिया र सिरियाली जनताको भविष्य अनिश्चित बनेको छ । लिवियामा सन् २०११ अक्टोबर २० का दिन साम्राज्यवादविरोधी नेता कर्णेल गद्दाफीको हत्यापश्चात् सिरिया सिधै अमेरिकी निसानामा परेको थियो ।
अमेरिकाले युक्रेनमा जेलेन्स्किीलाई कठपुतली बनाई नाटो सैन्य सङ्गठनमा जबरजस्ती घिसार्न खोज्यो । रुसविरुद्ध युक्रेनलाई काँधमा बोकी अमेरिकाले सन् २०२२ को फेब्रुअरीमा छद्म युद्ध सुरु ग¥यो । रुस प्रतिरक्षामा उत्रियो । अमेरिकी छद्म युद्धले आज तीन वर्ष नाघिसकेको छ । धनजनको अकल्पनीय क्षति भइसकेको छ । युक्रेनको पुनर्निर्माणका लागि ५ खर्ब डलर लाग्ने प्रारम्भिक अनुमान छ ।
आज युक्रेनका निम्ति युद्धमा गरिएको सारा लगानी असुलउपर गर्न अमेरिका तम्सिँदै छ । युक्रेनको आधा खनिजमाथि अमेरिका हक दाबी गर्दै छ । जेलेन्स्की झस्किए तर समय निकै ढिलो भइसकेको छ । धेरै सम्भावना छ, जेलेन्स्कीको नियति पनि इतिहासका अन्य अमेरिकी कठपुतली शासकहरूको भन्दा फरक हुनेछैन !
युक्रेनमा अमेरिकी स्वार्थ छताछुल्ल भयो । अमेरिकाले फेरि एकपटक आफ्नो वास्तविक चरित्र आफैले उदाङ्गो पा¥यो । ट्रम्प नयाँ नयाँ जाल फिँजाउँदै छन् ।
ल्याटिन अमेरिकालाई आफ्नो मुट्ठीमा कैद राख्न संरा अमेरिकाले सारा तागत खर्च गर्दै छ । भेनेजुयलाको तेलखानी कब्जा गर्न त्यहाँको आन्तरिक राजनीति तथा राष्ट्रपति निर्वाचनमा अमेरिकाले गर्दै आएको हस्तक्षेपको श्रृङ्खला निकै लामो छ । यद्यपि, साम्राज्यवादविरोधी नेता ह्युगो चाभेजले सन् १९९९ देखि सन् २०१३ सम्म संसारसामु अमेरिकालाई हाँक दिए । मुन्रो नीति म्याद नाघिसकेको चाभेजले हाकाहाकी घोषणा गरे । त्यसैलाई निरन्तरता दिँदै आज वामपन्थी नेता माडुरो भेनेजुयलाको सार्वभौमिकता रक्षा गर्न नेतृत्व गर्दै छन् । साम्राज्यवादविरुद्ध भेनेजुयाली जनतालाई एकताबद्ध गर्दै छन् । भेनेजुयलामा अमेरिकी अन्तरध्वंसको निरन्तर जनमत एवम् जनएकतामार्पmत प्रतिकार गर्दै छन् । भेनेजुयला र समाजवादी क्युवाबिच इतिहासमै बलियो सम्बन्ध तथा एकता विकसित हुँदै छ । ल्याटिन अमेरिकी देशहरू संरा अमेरिकी दासताविरुद्ध जाग्दै छन् । क्युवा प्रेरणाको स्रोत बन्दै छ ।
समाजवादी देश क्युवाविरुद्ध अमेरिकी नाकाबन्दीले ६ दशक नाघिसकेको छ । नाकाबन्दी आर्थिक युद्ध हो । नाकाबन्दी नरसंहारको अर्को रूप हो । नाकाबन्दी मानवताविरुद्धको अपराध हो । यस्तो क्रूरता दशकौँसम्म जारी रहनु आधुनिक विश्व इतिहासको निम्ति नै कलङ्क हो । यसको अन्त्य हुनुपर्ने क्युवाली जनताको मात्र नभई विश्वका जनताको साझा मत तथा माग हो । संयुक्त राष्ट्र सङ्घमा पनि यो विश्व जनमत बारबार अभिव्यक्त भइसकेको छ । तर, त्यसको कुनै सुनुवाइसमेत नहुनुले संयुक्त राष्ट्र सङ्घको औचित्यमाथि प्रश्न उठ्दै छ । क्युवाविरुद्धको नाकाबन्दी यथाशीघ्र हटाउन हामी नेपाली जनता आज पनि पुनः माग गर्दछौँ । समाजवादी व्यवस्थाका निम्ति ‘विजय या मृत्यु’, ‘मातृभूमि या मृत्यु’ को दृढ भावनाका साथ अथक ढङ्गमा लडिरहेका वीर क्युवाली जनताप्रति हामी बलियो ऐक्यबद्धता जाहेर गर्दछौँ ।
ट्रम्पले दोस्रो कार्यकाल आरम्भ गर्नासाथ क्युवालाई पुनः आतङ्कवाद प्रायोजक राष्ट्रको समूहमा राखे । क्युवाले स्वास्थ्य क्षेत्रबाट विश्वभर मानवतावादी सेवा गरिरहेको जगजाहेर छ । संसारमा मानव जीवनको रक्षाका लागि क्युवाले निर्वाह गर्दै आएको भूमिका बेजोड छ । संसारमा इबोला महामारी, भूकम्प, प्रकोप, कोभिड महामारी आदि सङ्कटको घडीमा क्युवाले पु¥याएको योगदान विश्व आज पनि सम्झँदै छ । त्यस्तो देशलाई आतङ्कवादी देख्नु अमेरिकी प्रशासनको मानसिक सन्तुलनको अभाव र आपराधिक मनोवृत्तिबाहेक अरू केही हुनसक्दैन । यो मानवताविरुद्ध युद्धको हाँक पनि हो । कठोर नाकाबन्दी स्वयम् आतङ्कवादी गतिविधि हो ।
तसर्थ, नाकाबन्दी र आतङ्कवादी घोषणा अविलम्ब फिर्ता लिन र क्युवालाई क्षतिपूर्ति दिन नेपाली शान्तिकामी जनता माग गर्दछन् । साथै, दक्षिणपूर्वी क्युवाको ग्वान्टानामो खाडीबाट अमेरिकी जलसेनाको क्याम्प हटाउनु र ग्वान्टानामोलाई आप्रवासीहरूको जेल बनाउने योजना रद्द गर्नु क्यारिवियाको शान्ति तथा विश्व शान्तिको पक्षमा हुनेछ ।
प्रजग कोरियाविरुद्धको आर्थिक नाकाबन्दी र कोरियाली प्रायःद्वीपमा युद्धउत्तेजना पैmलाउने गतिविधि बन्द गरी क्षेत्रीय शान्तिको प्रत्याभूति दिलाउन ढिलो भइसकेको छ । दक्षिण कोरिया र अन्य देशमा तैनाथ अमेरिकी सेना फिर्ता लगी प्रजग कोरियासँग स्थायी शान्ति सम्झौता गर्नु नै एक मात्र व्यावहारिक उपाय हो । नाकाबन्दीबिच कोरियाले गरेको आश्चर्यजनक विकास अमेरिकाका निम्ति अर्को हाँक हो ।
प्यालेस्टिनमाथि इजरायली–अमेरिकी हमलाको १५ महिनापश्चात् युद्धविराम भयो । यद्यपि, पश्चिम किनाराका सहरहरूमा हमला जारी छ । १५ महिनामा पु¥याइएको भौतिक क्षति पुनःनिर्माण गर्न १५ वर्ष लाग्ने अनुमान गरिएको छ । करिब ५० हजार प्यालेस्टिनीहरूले ज्यान गुमाए र एक लाख बढी घाइते भए । कैयौँ बेपत्ता छन् या भग्नावशेषमा हराइरहेका छन् । गाजापट्टीमा गरिएको जातीय संहार एक्काइसौँ शताब्दीकै ठुलो बर्बरता हो । त्यसका निम्ति जिम्मेवार नेतान्याहु, बाइडेन र ट्रम्प हुन् ।
रणनीतिक महत्वको प्यालेस्टिनी भूमि कब्जा गर्ने र त्यहाँको खनिजमाथि आधिपत्य जमाउने अमेरिकी स्वार्थ रहेको जगजाहेर छ । अरब देशहरूलाई आफ्नो तखतमा राखिराख्ने र मध्यपूर्वमा अन्य कुनै शक्तिलाई प्रवेश गर्न नदिने अमेरिकी उद्देश्य अब कसैबाट लुकेको छैन । आज अमेरिकी राष्ट्रपति ट्रम्प गाजापट्टीबाट २१ लाख प्यालेस्टिनीहरूलाई पूर्णरूपमा विस्थापित गर्ने र त्यहाँ नयाँ बस्ती निर्माण गर्ने बहुलट्ठीपूर्ण योजना बुन्दै छन् । तर, त्यसको चौतर्फी विरोध हुँदै छ । प्यालेस्टिनको स्वतन्त्रता र सार्वभौमिकताको कदर गर्न र सबैखाले हमला पूर्णरूपमा बन्द गरी स्थायी युद्धविराम सम्झौता गर्न विश्वका शान्तिप्रेमी जनता माग गर्दै छन् । नेपाल मजदुर किसान पार्टी र हामी सचेत नेपाली जनता इजरायली फासीवादी नीतिको निरन्तर विरोध गर्दै छौँ । अमेरिकी साम्राज्यवादको युद्धपिपासु नीतिविरुद्ध हामी सङ्घर्षरत छौँ । प्यालेस्टिनको भाग्य र भविष्य प्यालेस्टिनी जनताले नै कोर्न पाउनुपर्छ ।
संसार अमेरिकी प्रभुत्वको पञ्जाबाट मुक्त हुन प्रयास गर्दै छ । अमेरिका आफ्नो लूटको स्वर्ग गुम्ने भयले आक्रान्त छ । यद्यपि, पैँतीस वर्षपछि अनेकौँ हन्डर–ठक्कर खाँदै बहुध्रुवतर्पm संसार लम्कँदै छ । अमेरिकी साम्राज्यवादको पराजयसँगै विश्वमा नयाँ परिस्थिति निर्माण हुनेछ । समाजवादी नवयुगको उदय अवश्य हुनेछ ।
संसारका मजदुरहरूसँग हातेमालो गर्दै हामी नेपाली कामदार जनता पनि साम्राज्यवाद, फासीवाद तथा विस्तारवादविरुद्ध निरन्तर सङ्घर्षमा जुटौँ ! विजय हाम्रो निश्चित छ । विजय समाजवादको अवश्यम्भावी छ ।
(नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले फागुन १६ गते भएको पार्टीको आठौँ महाधिवेशन उद्घाटन समारोहमा व्यक्त मन्तव्यको सार– सं.)