संसारका विभिन्न देशमा अहिले विशेषगरी दुई किसिमको शासन व्यवस्था छ; पुँजीवादी व्यवस्था र समाजवादी व्यवस्था । नेपाल, भारत र अमेरिकालगायत देशमा पुँजीवादी व्यवस्था छ; जहाँ गरिब जनता अझ महिलालाई बढी दुःख, पीडा छ; अपमानित छन् । जनताका समस्याबाट राज्य पन्छिन्छ । तर, चीन, क्युवा, प्रजग कोरियालगायत देशमा समाजवादी व्यवस्था छ; जहाँ जनताका समस्या समाधानमा राज्य केन्द्रित हुन्छ; महिला समानता व्यवहारमा लागु भएको छ । व्यापक काम गरी खाने महिलाको सम्मान र सुरक्षा पनि समाजवादमा मात्र हुन्छ ।
नेपाल मजदुर किसान पार्टी पुँजीवादी व्यवस्थाविरुद्ध कामदारवर्गका महिलाका निम्ति ‘स्वर्ग’ सरि समाजवादी व्यवस्था स्थापनाको निम्ति सङ्घर्षरत छ । यसर्थ, यो नेपालका सम्पूर्ण शोषित पीडित महिलाको साझा पार्टी हो । पार्टीमा आबद्ध भई समाजमा आमूल परिवर्तन अर्थात् समाजवाद स्थापनाको निम्ति सङ्घर्षरत सम्पूर्ण महिला दिदीबहिनीहरूप्रति आभार व्यक्त गर्दछौँ ।
पुँजीवादी व्यवस्थामा समाजसँगसँगै महिला पनि दुई वर्गमा विभाजित हुन्छन्–शोषक वर्ग र शोषित वर्ग । सरकारमा जाने पार्टीका महिला सङ्गठनका नेतृहरू, तिनका उम्मेदवार तथा सांसदहरू शोषक वर्गमै पर्छन् । त्यसकारण, तिनीहरू उम्मेदवार तथा सांसदहरू शोषक वर्गमै पर्छन् । त्यसकारण, तिनीहरू मन्त्री, सभामुख र राष्ट्रपति हुँदासमेत प्रजातन्त्र पुनःबहालीको ३५ वर्ष बितिसक्दा पनि व्यापक महिलाको जीवनमा कुनै परिवर्तन आएन । शासक पार्टीका महिलाहरू पनि भ्रष्ट पुरुषसरह नै भागबन्डा र पदको लुछाचुँडीमै लागे; भ्रष्टाचारमै लिप्त भए । त्यसकारण, संसारका सबै काग कालो हुन्छ भनेझैँ शोषक वर्गका महिला हुन् वा पुरुष तिनीहरू काम गरी खाने वर्गका विरोधी नै हुन्छन्; शत्रु नै हुन्छन् ।
पुँजीवादी व्यवस्था गरिब जनतालाई शोषण गरेर टिकेको हुन्छ । जबसम्म शोषण कायम रहन्छ; तबसम्म महिला पुरुषबिचको विभेदमात्र होइन; महिला महिलाबिचको विभेद पनि अन्त्य हुनेछैन । उत्पादनका साधनहरूमा कामदारवर्गका महिलाको स्वामित्व भएपछि मात्र कामदारवर्गका जनता शोषणबाट मुक्त हुन्छन् । यो पुँजीवादी व्यवस्थामा त्यो सम्भव छैन ।
पुँजीवादी दृष्टिकोण राख्ने महिलाहरूले लैङ्गिक मुद्दाहरूमा कामदारवर्गका महिलालाई अल्झाएर शोषण कायम नै राख्न चाहन्छन्; नेपालको महिला आन्दोलनलाई दिग्भ्रमित पार्न चाहन्छन्; कामदारवर्गका महिलाको वर्गीय आन्दोलनलाई मौनतामै मार्न चाहन्छन्; नेपालको महिला आन्दोलनलाई ‘कुहिरोको काग’ बनाउन चाहन्छन् । त्यस्ता छलछाम र कपटविरुद्ध नेमकिपा सम्पूर्ण शोषित–पीडित महिलालाई राजनीतिकरूपले शिक्षित गर्दै छ ।
महिला समानताको नाममा पुँजीवादी महिला र कामदारवर्गका महिला एकै ठाउँ राख्नु बाघ र बाख्रालाई एकै खोरमा थुन्नुजस्तै हो । हामी प्रस्ट छौँ–शोषक र शोषित महिलाको बिचमा मेलको कुनै बिन्दु हुन्न । राजनीतिक चेतना र सङ्गठनले सबै समस्याको छिनोफानो गर्छ ।
राजनीतिक चेतनाले ओतप्रोत महिलाले मात्र समाज परिवर्तन र निरङ्कुशता राज्यको दमनविरुद्ध महिला आन्दोलन उठाउन सक्छन् भन्ने उदाहरण २०४५ सालको ‘भक्तपुर काण्ड’ पनि एक हो । जनताको सेवक नेमकिपालाई जरैदेखि उखेल्न लागिपरेको पञ्चायती राज्य व्यवस्थालाई मसानघाटमा पु¥याउन राजनीतिकरूपले सचेत भक्तपुरका सोझा किसान महिलाको सङ्गठित शक्तिले अर्थात् नेक्रामसङ्घले नेपालको महिला आन्दोलनलाई पहिलो पटक स्पष्ट दिशानिर्देश ग¥यो भन्दा अत्युक्ति नहोला !
यो पुँजीवादी व्यवस्थाविरुद्ध पनि देशभर त्यस्तै खालको राजनीतिकरूपले सचेत र सङ्गठित शक्ति तयार गर्न नेमकिपा लागिपरेको छ ।
कामदार वर्गीय महिला आन्दोलन नै श्रमिकवर्गको मुक्तिको पाइला हो† सम्पूर्ण श्रमजीवी महिला हाम्रो यो पाइलामा पाइला मिलाउँदै अघि बढ्न हामी आह्वान गर्दछौँ । महिला आन्दोलनलाई समाजवादी आन्दोलनकै प्रमुख हिस्सा मानेर अघि बढ्न सक्यौँ भने आमूल परिवर्तन टाढा छैन ।
अहिले कानुनले नै राजनीतिमा महिला सहभागी सुनिश्चित गरेको छ । तर, व्यक्तित्व विकासमा समान अवसर र निःशुल्क शिक्षाको बन्दोबस्त नहुँदा कामदारवर्गका महिलाले आफूले पाएको अधिकारको पनि उपयोग गर्न पाइरहेका छैनन् । शोषकवर्गका महिलाहरूले नै कामदारवर्गका महिलाको अधिकार खोसिरहेको अवस्था छ । हुने खाने महिलाहरूले भ्रष्टाचारकै भागबन्डाको पैसाले चुनावमा हुँदा खाने वर्गका महिलाको मत किनेर हाम्रै अहितमा कानुन निर्माणमा सघाइरहेका छन् । त्यसकारण, चुनावमा पैसा खर्च गर्नेहरूभन्दा जनताको माझबाट वा जनताको सङ्घर्षबाट खारिएकाहरूले मात्र देश र जनताको सेवा गर्छन् भन्ने यथार्थ हामीले बिर्सन हुन्न । नेमकिपा त्यसैमा विश्वास गर्छ ।
त्यसकारण, संसद् वा कानुन निर्माणको तहमा महिला गइन् कि पुरुष गयो भनेर बहस गर्नुभन्दा पनि शोषकवर्गको प्रतिनिधि गयो कि कामदारवर्गको प्रतिनिधि गयो भनी ध्यान दिनु आवश्यक छ ।
आज समाजमा महिला हिंसा, बलात्कार, दाइजो प्रथा, चेलीबेटी बेचबिखनलगायतका घटना बढ्नुमा संसद्मा पुगेको शोषकवर्गका महिला प्रतिनिधिहरू मुख्य जिम्मेवार छन् । बलात्कारी, मानव तस्कर एवम् महिला हिंसाका जघन्य अपराधीलाई मृत्युदण्डको माग उठ्दा हुन्न भनेर हात उठाउने तिनीहरू महिला हिंसा र हत्याका भागीदारहरू पनि हुन् । ती हातहरूविरुद्ध हाम्रा मुट्ठीहरू अझ कसिलो गरी उठाउन आवश्यक छ ।
आज विश्वविद्यालय तहसम्मको शिक्षा निःशुल्क नहुँदा समाजको शैक्षिक र सांस्कृतिक स्तर माथि उठ्न सकेको छैन; समाजमा अन्धविश्वास अझ बढ्दो छ; छुवाछुत कायमै छ । छाउप्रथा, बोक्सीजस्ता अन्धविश्वासले कामदारवर्गका महिला पीडित हुने सङ्ख्या बढ्दो छ । सार्वजनक स्थलमै बोक्सी आरोपमा गरिब महिलाहरू दिनदहाडै निर्घात कुटिन्छन् । सरकार र शासक दलहरूका कारण उल्टै पीडितले अपराधी र पीडकले सम्मानित जीवन बाँच्नु परेको अवस्था छ ।
गरिबी, निरक्षर र सांस्कृतिक स्तर नउठेका बहुमत जनताले अन्धविश्वासमा सजिलै विश्वास गर्नु स्वाभाविक हो । तर, पढेलेखेको समाजले पनि गरिब महिलालाई बोक्सी आरोपमा यातना दिएको समाचार दैनिकजस्तो आइरहेको छ । त्यसकारण, समाजलाई सांस्कृतिकरूपले पनि माथि उठाउन जरुरी छ । सरकारमा जाने राजनीतिक दलको भ्रष्ट चरित्र यसमा दोषी छ । नेमकिपाले अन्धविश्वासविरुद्ध जनतालाई सचेत बनाउने अभियान जारी राखेको छ ।
सांस्कृतिकस्तर नउठ्दा शिक्षित महिलाहरू पनि अन्धविश्वासमा लागेका छन् । स्वास्थ्य स्वयम्सेविका मात्र होइन; जनप्रतिनिधिसमेत छाउगोठमा बस्न बाध्य छन् । छाउगोठ भत्काउनुभन्दा छाउप्रथा हटाउन प्राथमिकता नदिएका कारण पनि छाउप्रथा अन्त्य हुन सकेन । स्वास्थ्य टोली र मनोचिकित्सकको टोली खटाई पहिले सचेत बनाएपछि मात्र छाउगोठ भत्काउनुपर्ने थियो । त्यतिञ्जेल बरु आधुनिक छाउघर बनाई छाउ भएका महिलाको दैनिकी सहज बनाइदिने पहल गर्नु उपयुक्त हुन्थ्यो ।
यस्ता विषयमा शासक वा शोषक महिला प्रतिनिधिको ध्यान जाँदैन । उल्टो तिनीहरू एनजीओ/आईएनजीओलाई सक्रिय बनाएर डलर खेती गरी पुँजीवादी व्यवस्था टिकाउन मद्दत गरिरहेका छन् । त्यसकारण, तिनका विरुद्ध पनि सङ्घर्ष चालु राख्न आवश्यक छ । कामदारवर्गको चेतनास्तर माथि उठ्दै गएपछि अन्धविश्वासविरुद्धको सङ्घर्ष पनि अघि बढाउन सहज हुँदै जानेछ ।
हाम्रो समाजलाई अन्धविश्वासबाट जोगाउन विद्यालयको पाठ्यक्रममै भौतिकवादी दृष्टिकोण पढाउन आवश्यक छ । यसैगरी छोराछोरीलाई समान व्यवहारमा हुर्काउँदै लग्यौँ भने पनि धेरै समस्या समाधान हुँदै जानेतर्फ हामी सचेत हुनुपर्दछ ।
नेमकिपा सम्पूर्ण श्रमजीवी जनताको हित चिताउने पार्टी हो, महिला, दलित, सिमान्तकृत सबै जनतालाई नेमकिपाले मात्र समानताको बाटोमा सँगै अघि बढाउन सक्छ भन्नेमा दुईमत छैन ।
महिला सशक्तीकरणको नाममा, दलित मुक्ति वा आन्दोलनको नाममा राजनीति गर्ने सरकारी पार्टीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको पनि नेतृत्व गरिरहेका छन् । तिनीहरू शोषणविरोधी आन्दोलनलाई साम्प्रदायिक सङ्घर्षतिर मोडेर साम्राज्यवादीहरूको स्वार्थ पूरा गर्ने मूर्खता गर्दै छन् । त्यसको हतियार शासक पार्टीका महिला प्रतिनिधि र सङ्घसंस्थाहरू बनिरहेको यथार्थ हो । नेपाल कब्जा गर्न साम्राज्यवादी देशहरूले चारोको रूपमा बाँडेको डलरमा शासक राजनीतिक दलहरू फस्दै गइरहेका छन्; भोज गरिरहेका छन् । त्यस्ता गतिविधिमा नक्कली कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताहरूको हाली मुहाली रहेको तथ्य पुरानै हो । दलितको नाममा समाजमा हालीमुहाली रहेको तथ्य पुरानै हो । दलितको नाममा समाजमा द्वन्द्व सृजना गरी धमिलो पानीमा माछा मार्ने दाउमा रहेका शासक राजनीतिक पार्टीहरूले अन्ततः हाम्रो देश कब्जा गर्ने षड्यन्त्र बुनिरहेका साम्राज्यवादीहरूकै सेवा गरिरहेका छन्; त्यसैको दलाली भाग खाइरहेका छन् ।
दलितका नाममा अरबौँ रकम सकिसक्यो तर दलित झनै दलनमा परिरहेको छ । दलित शब्दलाई शासक राजनीतिक पार्टीहरूले कमाइखाने भाँडो बनाइरहेका छन् । गरिब जनता नै दलितको नाममा पीडित छन् । पुरानो समाजको अवशेषको रूपमा रहेको दलित, छुवाछूत जस्ता मूल्यमान्यताबाट समाजलाई माथि उठाउन पनि वर्गसङ्घर्षलाई जोड दिन आवश्यक छ । दलित आन्दोलनलाई कामदार वर्गीय आन्दोलनको रूपमा उठाउन सकेमात्र साँचो अर्थमा दलित मुक्ति सम्भव छ ।
महिलालाई पुरुषलाई भन्दा ४० थरी बढी रोग लाग्ने चिकित्सकहरूको भनाइ छ । पाठेघर र स्तन क्यान्सरका कारण कैयौँ महिलाको ज्यान गइरहेको छ । कतिपय जिल्लामा राम्रा अस्पताल र स्वास्थ्य चौकी नहुँदा बाटैमा महिलाहरू सुत्केरी हुन बाध्य छन्; परिवारले आमा र बच्चा दुवै गुमाउन विवश छन् । महिला चिकित्सकहरूको कमीले समस्या अझ बढ्दो छ । भएका चिकित्सक र स्वास्थ्यकर्मीको विदेश पलायन पनि बढ्दो छ । त्यसकारण, आफ्नै देशका बिरामीको सेवा गर्ने भावना भएका चिकित्सकहरू तयार गर्नु पनि आजको आवश्यकता हो । जिल्ला–जिल्लामा ठुलो सङ्ख्यामा महिला चिकित्सकहरू तयार गर्ने विषयमा राज्यले प्राथमिकता दिन आवश्यक छ । यस्ता विषयमा घरघरमा चर्चा चलाउन र सङ्घर्षको निम्ति तयार रहन अनुरोध छ ।

(नेपाल मजदुर किसान पार्टीको फागुन १६ गते भएको आठौँ महाधिवेशन उद्घाटन समारोहमा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरद्वारा व्यक्त मन्तव्यको सार–सं.)