कालीकोट, १९ जेठ । नेपाल मजदुर किसान पार्टी तिलागुफा नगर समितिको आयोजनामा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले हरेक कार्यकर्ताको सैद्धान्तिक स्तर उठाउन प्रशिक्षण कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो ।
पार्टी कार्यकर्ता देशभक्तिपूर्ण भावनाका साथ अगाडि बढ्नुपर्ने बताउदै उहाँले पार्टीको गतिविधिलाई जनतासामु लानु जरुरी रहेको बताउनुभयो ।
देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्नेबाहेक नेमकिपाको अर्को कुनै स्वार्थ नरहेको स्पष्ट पार्दै उहाँल पुँजीवादी गणतन्त्रको विकल्प राजतन्त्र नभई
समाजवादी गणतन्त्र हो भन्नुभयो ।
नेमकिपा कालीकोटका अध्यक्ष खड्गराज शाहीले नेमकिपा एक अन्तर्राष्ट्रवादी पार्टी भएको बताउनुभयो ।
नेक्राशिसङ्घ केन्द्रीय समितिका उपाध्यक्ष नरदीप शाहीले सरकार शिक्षालाई पूर्णरूपमा निःशुल्क गर्नेतर्फ नलागेको बताउनुभयो ।
सूर्यबहादुर शाहीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा धनञ्जय अधिकारी, लक्ष्मीचन्द्र पाण्डेले पनि बोल्नुभएको थियो । भेलाले बन्धना शाहीको संयोजकत्वमा ७ सदस्यीय महादेव मावि फोइकोटको एकाइ सम्मेलन तयारी समिति गठन गरेको छ ।