चिनियाँ जन-कम्युन


 

पहिलो अध्याय

पुरानो भूमिसुधार

पुरानो भूमि व्यवस्था
‘पारस्परिक सहयोग दल’ जस्ता साना अर्ध– समाजवादी खेती उत्पादक सहकारी संस्थाहरू र पूर्ण समाजवादी सहकारीहरूमाथि नियालेर हेर्नु अघि क्रान्तिभन्दा पहिलेको चिनियाँ खेती समस्या र त्यसबेलाका किसानहरूको सम्बन्धमा जान्नु अत्यन्त जरुरी देखिन्छ ।
सन् १९४९ को क्रान्तिभन्दा पहिले चिनियाँ जनता भित्री र बाहिरी शत्रुहरूबाट सा¥है शोषित थिए । जापान, बेलायत, फ्रान्स, संरा अमेरिका आदि साम्राज्यवादीहरूबाट क्रान्तिभन्दा पहिले चिनियाँ जनता कति शोषित थिए भन्ने कुरो एक दुई पन्ना लेखेर सकिने कुरा होइन । दर्जनाँैपटक चिनियाँ जनताले जापानी, बेलायती र अन्य साम्राज्यवादीहरूको आक्रमणबाट आफ्नो देश बचाउन युद्धको बलि बेदीमा होम्नु परेको थियो । यो कुरा त चीनको रातो र लामो इतिहासले बताउँछ । सन् १९४९ को क्रान्ति सफल हुनुभन्दा पहिले चिनियाँ जनताले कहिले पनि स्वाधीनताको सास फेर्न पाएका थिएनन् । आखिरमा १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा सफल भएको जनवादी क्रान्तिमा जापानी र अमेरिकी साम्राज्यवाद र तिनीहरूका पछि लाग्ने च्याङ काईशेकको शासन उल्टाएर फ्याँके । तैपनि, राष्ट्र सङ्घमा तथाकथित ‘राष्ट्रवादी चीनको’ नामले अमेरिकी साम्राज्यवाद एटम बमको शक्तिले च्याङ काईशेकलाई अगाडि राखेर चीनको अभिन्न अङ्ग थाइवान कब्जा गरेर चीनको मुख्य भूमिमा फेरि साम्राज्य फैलाउने कोसिस गर्दै थियो । तर, चिनियाँ जनता आफ्नो अभिन्न अङ्ग थाइवान स्वतन्त्र गर्न नसकेसम्म शान्तिको सास नफेर्ने अडानमा थिए ।
क्रान्तिभन्दा पहिले चीनको ७० देखि ८० प्रतिशत जग्गा जमिनदार, राजा–रजौटा र २० देखि ३० प्रतिशत जग्गा मध्यम वर्गको हातमा थियो । एकातिर जमिनदार र राजा रजौटाहरूसँग आँखैले नभ्याउने जग्गा थियो भने अर्काेतिर गरिब किसानहरूको आफ्नो पाइला टेक्न सक्नेसम्म पनि जग्गा थिएन । अर्को शब्दमा भनुँ भने सयकडा ९० प्रतिशत किसानहरूसँग जग्गा थिएन । फेरि बेलाबेलाका राजाहरूले अनगिन्ती जग्गा किसानहरूबाट खोसेर राजाका मानिसहरूलाई दिन्थे । किसानहरूले उब्जनीको ठुलो भाग जमिनदारहरूलाई कूतको रूपमा तिर्नुपर्दथ्यो । यसबाहेक सरकार कहाँ झाराजानु र कर तिर्नु पर्दथ्यो । यसरी त्यसबेलाका शासकहरूको शोषणले किसानहरूमा बर्सेनि कर्जा बढ्दै जान्थ्यो र ब्याज पनि बढ्दै जान्थ्यो । आखिरमा किसानहरूले आफ्नो जहान, छोराछोरी, घरखेत सारा कुरा जमिनदारलाई बेचेर आफू जन्मेको प्यारो गाउँबाट बिदा भएर जान बाध्य गरिन्थ्यो र ती किसानहरू यताउत्ता भडकेर आत्महत्या गर्थे । यस किसिमको क्रूर शोषणले चिनियाँ जनता अरु देशका जनताभन्दा धेरै पिछडिएका थिए र चिनियाँ जनताको आर्थिक र सामाजिक जीवनको उन्नति पनि धेरै पछि पर्न गएको मात्र होइन, चिनियाँ इतिहास किसान सङ्घर्षहरूले भरिए ।
तर, चिनियाँ जनता सामन्तहरूबाट मात्रै शोषित थिएनन्, देशका पुँजीपतिहरूबाट पनि शोषित थिए । यसरी चिनियाँ जनता भित्री र बाहिरी दुवै शत्रुहरूबाट शोषित थिए ।
साम्राज्यवादीहरूले सस्तोमा चीनको कच्चा माल लिएर मात्रै चिनियाँ जनतालाई शोषण गरेका थिएनन् बरु बैङ्क र सहरका कारखानाहरूमा पनि हात घुसारेर चीनको गाउँगाउँमा पनि जमिनदारहरूसँग मिलेर प्रत्यक्ष या अप्रत्यक्षरूपले चिनियाँ किसानहरूलाई चुस्थे । तर, १९४९ मा कम्युनिस्ट पार्टीको नेतृत्वमा सफल भएको क्रान्तिले देशको नसानसामा भिजेको सामन्तवाद, अर्ध–उपनिवेशवाद र दलाल पुँजीवादलाई जरैदेखि उखेलेर फ्याँके । सारमा, चिनियाँ समाजको ऐतिहासिक सङ्घर्षहरूको मूल कारण चीनको खेती समस्या थियो ।
भूमिसुधार
सन् १९४९ देखि १९५२ सम्ममा भूमिसुधार अथवा जग्गा वितरणको काम सिध्याइसकेको थियो । हुन त १९४९ भन्दा पहिले नै मुक्त क्षेत्रहरूमा भूमि वितरण सिध्याइसकेको थियो । प्रतिक्रियावादी च्याङका फौजहरूद्वारा कब्जा गरिएका युनान, क्वेचाउ, स्वेचाउ आदि प्रान्तहरू र जापानी साम्राज्यवादद्वारा कब्जामा राखेको जग्गा फिर्ता लिई १९५२ सम्ममा भूमि सुधारको काम सम्पन्न गरिएको थियो ।
तर, जग्गा वितरणले मात्रै चीनको खेती समस्या हल हुने विषय थिएन । चीनको बहुमत किसानहरूसँग खेतमा काम गर्ने कुटो–कोदालोजस्तो साधारणभन्दा साधारण ज्यावलसम्म पनि थिएन । तिनीहरूसँग खालि आफ्नो जीउको श्रमशक्तिबाहेक आफ्नो भन्ने अरु कुनै कुरो थिएन । यसरी खेतीको औजारको कमी, श्रम शक्तिको राम्रो उपयोग र खेतीलाई समाजवादीकरण गर्न (खेतीमा समाजवादीकरण गर्न) चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशनमा ‘पारस्परिक सहयोग दल’ को स्थापना गरियो । तर, क्रान्तिभन्दा पहिलेका चिनियाँ किसानहरू शोषण र गरिबीले मात्रै थिचिएका थिएनन्, बरु वर्षैपिच्छे ७२ देखि ८० प्रतिशत जनताले प्राकृतिक क्षति सहनु पर्दथ्यो । भूगोलका स–साना विद्यार्थीहरू पनि ‘चीनको शोक’ को नामले जानिने ह्वाङहोजस्ता डरलाग्दो नदीको बाढी, सुख्खा, असिना, कीरा पर्नेजस्ता अनेकौँ प्रकारका प्राकृतिक क्षतिले चिनियाँ किसानहरूले वर्षैपिच्छे ठुलठुला क्षति व्यहोर्नुपथ्र्यो । यी सबै किसिमका प्राकृतिक प्रकोपहरूबाट बच्न ‘पारस्परिक सहयोग दल’ मात्रै समर्थ थिएन । वैज्ञानिक खेती गर्न, प्राकृतिक प्रकोपबाट बच्न र समाजवादी खेती व्यवस्था कायम गर्न ‘पारस्परिक सहयोग दल’ ले क्रमशः ‘प्राथमिक सहकारी’ र ‘अगाडि बढेको सहकारी’ को स्थापनापछि जन कम्युनको प्रयोग भएको थियो । त्यसले माथिका समस्याहरूलाई सजिलैसित हल गर्न सकेको थियो ।
पारस्परिक सहयोग दल
पारस्परिक सहयोग दलको स्थापना नै चिनियाँ जनकम्युनको विजारोपन थियो । त्यस दलको स्थापनाको आन्दोलन खास गरेर १९५३ फेब्रुअरी महिनादेखि तीव्रगतिले सुरु भएको थियो । त्यस पारस्परिक सहयोग दलमा ७ देखि १५ घरसम्म सदस्यहरू हुन्थे । त्यस दलको मुख्य उद्देश्य उत्पादन बढाउनु र श्रममा सामूहिकताको विकास गर्नु थियो । त्यस दलका सबै सदस्यहरूले एकपछि अर्काको खेतमा गएर काम गर्थे । खेत आफ्नै हुन्थ्यो र आफ्नै इच्छाअनुसारको उत्पादन गर्न पाउँथे । तर, काम गर्दा सबै सदस्यहरूको औजारहरू काममा लगाउनुपर्दथ्यो । त्यो पारस्परिक सहयोग दलको काम नेपालको (उपत्यकाका नेवार) किसानहरूको ‘बोला वानेगु’ वा पर्म जाने प्रचलनसँग मिल्थ्यो । त्यसबेला आफ्नो खेतको उत्पादन आफ्नै हुन्थ्यो र कामको बदला कामैले अथवा कामको बदला ज्यालाले पनि परस्परमा काम चलाउँथ्यो । आज ‘क’ को खेतमा चौध जना ज्यामी गइदियो भने चौधै जनाको काममा पनि ‘क’ गइदिन्थ्यो । यदि ‘क’ ले तिनीहरू कहाँ काम गर्न गएन अथवा जान सकेन भने उसले सबैलाई श्रमको सट्टा उचित ज्याला दिनुपर्दथ्यो । तर, खास गरेर यस पारस्परिक सहयोग दलमा ज्यामीको सट्टा ज्यामी नै गइदिने नियम थियो र कसैले ज्यामी गइदिएको दिन बढी छ भने कसको खेतमा कति कति दिन बढी काम गरेको थियो त्यसअनुसार उसलाई अरुले ज्याला दिनुपर्दथ्यो ।
यसरी पारस्परिक सहयोग दलले आफ्ना दलका सदस्यहरूको खेतीको औजारको कमीलाई केही मात्रामा हल गरेर समयमै खेतको काम सिध्याउँथ्यो । साथै काममा निपुणता बढेर उत्पादनमा वृद्धि हुन्थ्यो र किसानहरूको आम्दानी पनि बढ्थ्यो । पारस्परिक सहयोग दल दुई किसिमका थिए – एक खनजोत र बाली काट्ने समयमा मात्र सङ्गठित हुने र अर्को वर्षभरि सङ्गठित भइरहने ।
पारस्परिक सहयोग दलको स्थापनाले व्यक्तिगत खेती गरेको बेलाभन्दा बढी सुविधा र फाइदा त अवश्यै हुन्थ्यो ।
तर, पारस्परिक सहयोग दलमा सामूहिक श्रम र अव्यवस्थित (विकेन्द्रित) प्रबन्धको बिचमा उत्पन्न हुने अन्तरविरोधलाई यसले मात्रै समाधान गर्न सक्दैनथ्यो किनभने अव्यवस्थित प्रबन्धमा सामूहिक श्रम राम्रोसँग सञ्चालन हुन सक्दैनथ्यो । उत्पादनका साधनहरूमा व्यक्तिगत स्वामित्व भएकोले हरेकले आफ्ना साधनहरूलाई इच्छाअनुसार उपयोगमा ल्याउँथे र सामूहिक श्रमको राम्रो उपयोग हुनसक्दैनथ्यो । काममा ल्याउन सक्ने गोरु, गधा आदि भएकाहरू अलि हुनेखाने किसानले बढी फाइदा उठाउँथ्यो । त्यसले गर्दा वर्गभेद अथवा आन्तरिक आर्थिक स्तरमा असमानता बाँकी नै हुन्थ्यो । यस किसिमको अन्तरविरोधलाई हटाउन र भएको वर्गभेदलाई समाप्त पार्दै लैजान पारस्परिक सहयोग दलभन्दा उँचो किसिमको खेती उत्पादन सङ्गठनको आवश्यकतालाई महसुस गर्न थालियो । त्यस आवश्यकता र मागअनुसार ‘प्राथमिक खेती सहकारी संस्था’ को स्थापना भयो ।
प्राथमिक सहकारी संस्था
प्राथमिक खेती सहकारी संस्थाहरूको स्थापनाको आन्दोलन १९५४ को अन्ततिर सुरु भएको थियो । यस प्राथमिक खेती सहकारी संस्था २०–३० घरहरू मिलेर बनेको हुन्थ्यो । त्यो प्राथमिक खेती सहकारी संस्था अर्ध–समाजवादी संस्था थियो । त्यसमा उत्पादनका केही साधनहरू सामूहिक प्रबन्धमा हुन्थे र खेती व्यक्तिहरूकै हुन्थ्यो र सबैका खेतहरूको आली भत्काएर ठुलो चक्ला बनाई काम गर्थे । अनि उत्पादनको केही भाग त्यस प्राथमिक खेती सहकारी संस्थाका सदस्यहरूलाई आफ्नो खेतको अनुपातमा वितरण हुन्थ्यो र उत्पादनको केही भाग संयुक्त प्रबन्धमा रहेका कुटो कोदाली, हल, गोरु, गधा, भैँसी आदि उत्पादनका साधनहरूलाई बहालको रूपमा वितरण गरिन्थ्यो । त्यसबाहेक सामूहिक उत्पादनको धेरै भाग कामको दिनको हिसाबले काम गर्नेहरूलाई वितरण गर्थे र अरु केही भाग सामूहिक कल्याणको लागि बचाउँथे र केही भाग आफ्नो संस्थाको ढुकुटीको लागि पनि बचाउँथे ।
राम्रोसँग सोच्ने हो भने त्यस प्राथमिक खेती सहकारीमा उत्पादनका साधनहरू व्यक्तिगत स्वामित्वबाट सामूहिक स्वामित्वतिर विस्तारै सङ्क्रमण भएको देखिन्थ्यो । उत्पादनको मुख्य साधन जग्गामा व्यक्तिगत स्वामित्व भने कायमै थियो । तापनि, जम्मा उत्पादनको केही भागमात्रै जग्गाको अनुपातको आधारमा पाउँथे ।
प्राथमिक खेती सहकारी संस्थाको सुरु सुरुमा उत्पादनका औजार या साधनहरू अर्थात् काममा ल्याउने जनावरहरू र कुटो, कोदाली, हल आदिमा व्यक्तिगत स्वामित्व भएको हुनाले त्यस काममा ल्याइएको वस्तुको भाग दिइन्थ्यो । तर, पछि विस्तार विस्तार संस्थाले आफ्नै ज्यावल किन्ने क्षमता राखेपछि व्यक्तिहरूको औजारको महत्व घट्न जाने स्वाभाविकै थियो । त्यसले गर्दा विस्तार विस्तार व्यक्तिगत स्वामित्व भएका औजारहरूलाई भाडा अथवा बहालमा दिन छोडियो ।
त्यस्तो उत्पादनका औजारहरूमा भाग अथवा बहाल नदिँदा पनि व्यक्तिहरूको आर्थिक जीवनमा केही अन्तर आउने भएन र विस्तारै पहिले आफ्नो औजारहरूको कम महत्व भएपछि भाडामा दाबी गर्न पनि छोडे र त्यही औजारहरू व्यक्तिगत स्वामित्वबाट विभिन्न प्रकारले सामूहिक स्वामित्वमा परिणत भए । त्यसरी उत्पादनका साधनहरूलाई भाग दिन नपर्दा सहकारी संस्थाको सम्पत्ति पनि बढ्दै जान थाल्यो, जसमा सबैको स्वामित्व हुन्थ्यो । यो अवश्य पनि समाजवादी चरित्रको स्वामित्व थियो ।
तर पनि उत्पादनको मुख्य साधन भूमिमा व्यक्तिगत स्वामित्व छँदै थियो । त्यसैले सामूहिक उत्पादनको केही अंश खेतको धनीले पाउँथ्यो र ‘हरेकलाई कामअनुसारको ज्याला’ को सिद्धान्तअनुसार पूर्णतया वितरण व्यवस्था लागु भइसकेको थिएन । उत्पादनको केही अंश बहालको रूपमा दिइसकेपछि बाँकी भएको उत्पादनको बढी भाग ‘कामअनुसार’ को सिद्धान्तअनुसार वितरण गरिन्थ्यो । त्यसैले, यस प्राथमिक खेती सहकारी संस्थालाई पूर्ण समाजवादी भन्न नसकेर अर्ध–समाजवादीमात्र भनिन्थ्यो ।
उक्त कुराहरूले स्पष्ट छ, प्राथमिक खेती सहकारी पारस्परिक सहयोग दलभन्दा धेरै अगाडि बढेको संस्था थियो । पारस्परिक सहयोग दलमा व्यक्तिगत आर्थिक प्रबन्ध हुन्थ्यो, जो धेरै सानो आकारको र अव्यवस्थित तरिकाले सञ्चालन गरिन्थ्यो । प्राथमिक खेती सहकारी संस्थामा केन्द्रित सामूहिक प्रबन्धको आधारमा व्यक्तिगत, सानो आकारको उत्पादनबाट ठुलो आकारको सामूहिक उत्पादनमा फेरिनुको साथै उत्पादनका साधनहरूको राम्रो र उचित प्रयोग गर्न सकियो । यसले गर्दा माटोको उब्जाउपनबाट बढी फाइदा लिन पनि सफल भयो । प्राथमिक खेती सहकारी संस्थामा पारस्परिक सहयोग दलमा काम गर्ने ढाँचाभन्दा बढी सामूहिक र ठुलो आकारको भएकोले श्रम शक्तिको राम्रो प्रयोगको लागि योग्यताअनुसार कार्य विभाजनको सिद्धान्तलाई लागु गर्न लाग्यो । कार्य विभाजनद्वारा श्रम शक्तिको राम्रो उपयोगले गर्दा उत्पादनमा वृद्धि हुनु स्वाभाविक थियो । पारस्परिक सहयोग दलमा भन्दा प्राथमिक सहकारी खेतीमा उत्पादन बढ्नुको एक अर्को कारण त्यसको समाजवादी वितरणको व्यवस्था थियो । उत्पादनको बढी भाग हरेकलाई कामअनुसार वितरण गर्नाले बढी काम गर्नेले बढी कामको ज्याला पाउन थाले, त्यसको राम्रो व्यवस्था पारस्परिक सहयोग दलमा थिएन । कामअनुसारको वितरण व्यवस्था लागु गर्दा पारस्परिक सहयोग दलको बेलाभन्दा बढी काम गर्ने उत्साह किसानहरूमा देखिन थाल्यो र साँच्चै धेरै बढी उत्साह र मन दिएर काम गरे । माथिका उत्पादनका साधनहरू, श्रम शक्तिको उचित प्रयोग तथा वितरण व्यवस्था समाजबाटै लागु गर्नाले किसानहरूको बढी काम गर्ने इच्छाले गर्दा पारस्परिक सहयोग दलको समयमा भन्दा प्राथमिक खेती सहकारीमा १६ देखि ३० प्रतिशतभन्दा बढी उत्पादन बढ्यो ।
यदि कसैले प्राथमिक खेती सहकारी संस्थाको सदस्यता कुनै कारणले त्याग्न खोजेमा, खुसीसाथ त्याग्न सक्दथ्यो । सदस्यता त्याग्दा खेती संस्थामा गाभेका आफ्ना सबै उत्पादनका साधनहरू फिर्ता पाउँथ्यो, साथै आफू सहकारी संस्थाको सदस्य भइरहँदासम्ममा संस्थाले पाएको अथवा आम्दानी गरेको धन वा मालसामान आफूले पाउनुपर्ने उचित भाग पनि नाफाको रूपमा पाउँथ्यो । त्यस संस्था त्याग्ने व्यक्तिलाई दिइने नाफा संस्थाको कुल नाफामा अरु सदस्यहरूले जतिकै अनुपातमा उसले पाउँथ्यो । त्यो प्राथमिक खेती सहकारी संस्थाको नियम हो । संस्था त्याग्न चाहने व्यक्तिको आफ्नो पहिलेको जग्गामा सहकारी संस्थाको घर वा सडक आदि निर्माणको कार्य भइसकेको रहेछ भने त्यसै किसिमको उत्तिकै जग्गा (खेत) उसलाई अरु पायक पर्ने ठाउँको दिइने नियम थियो ।
प्राथमिक खेती सहकारी संस्था अर्ध–समाजवादी संस्था थियो । त्यसमा समाजवादी अंशको साथसाथै व्यक्तिगत स्वामित्व पनि गाभिएको थियो । यी दुई परस्परविरोधी तत्वहरूमा अन्तरविरोध देखिनु स्वाभाविक थियो, जसले उत्पादनको कार्यमा बाधा उत्पन्न हुन्थ्यो । एकातिर जमिनमा व्यक्तिगत स्वामित्वको दाबा गर्ने हक थियो भने अर्कोतिर उत्पादनका अरु सामानहरू अर्ध–समाजवादी थिए । त्यस्तो बेलामा वैज्ञानिक खेतीको लागि जग्गामा लगाइने पुँजी, अरु चौपाया र उत्पादनका औजारहरूको उचित प्रयोग गर्नमा बाधाहरू आउनु स्वाभाविकमात्र होइन अनिवार्य पनि थियो । त्यति मात्रै होइन कुल उत्पादनको केही भाग खेत र औजारहरूलाई पनि बहालको रूपमा हिस्सा पाउने हुँदा काममा लगाइने चौपायाहरू र अरु औजारहरू हुने पहिलेका धनी किसानहरूले चौपाया र उत्पादनका औजार नभएका गरिब किसानहरूको भन्दा बढी मात्रामा उत्पादनको हिस्सा पाउँथे । उत्पादनका औजारहरू नभएका गरिब किसानहरू भने धनी किसानहरूलाई दिइने त्यस उत्पादनको भागबाट वञ्चित हुन्थे । त्यसले वितरणमा असमानता हुन्थ्यो र उत्साहपूर्वक काम गर्ने गरिब किसानहरूको काम गर्ने हौसलामा धक्का लाग्थ्यो र आर्थिक विषमता पनि बढ्दै जाने लक्षण पनि स्पष्ट देखिन्थ्यो ।
ती सबै बाधाहरू र अन्तरविरोधलाई हटाउन उत्पादनका साधनहरूमा भएको व्यक्तिगत स्वामित्वलाई जरैदेखि उखेल्नुपर्छ भन्ने कुरोलाई बुझे तथा उत्पादनको एक निश्चित मात्रा बढाउन उत्पादनका सबै साधनहरूमा सामूहिक स्वामित्व कायम हुनु जरुरी छ भन्ने कुरोलाई पनि अनुभव गरियो, किनभने प्राथमिक खेती सहकारीको केन्द्रित प्रबन्ध र सामूहिक श्रमको प्रयोगले भएको उत्पादनको वृद्धिसँग किसानहरू पर्याप्त मात्रामा परिचित भइसकेका थिए । यसका साथै उत्पादनका साधनहरूमा व्यक्तिगत स्वामित्व नभएर सामूहिक स्वामित्वमा आधारित ठुलो आकारको खेती गर्नाले उत्पादनमा धेरै वृद्धि हुने कुरोलाई बहुमत किसानहरूले महसुस गरिसकेका थिए । त्यसप्रकारको खेती गर्नाले उत्पादनका साधनहरूमा व्यक्तिगत स्वामित्व भएको अथवा व्यक्तिगत तरिकाले खेती गरेको बेलाभन्दा धेरै गुणा फाइदा भएको पाए र सहकारी संस्थाको सामूहिक सञ्चित धनको उत्तरोत्तर वृद्धि र सामूहिक उत्पादनका साधनहरूको वृद्धिले गर्दा व्यक्तिगत उत्पादनका साधनहरूलाई कम महत्व दिन थालियो । प्राथमिक खेती सहकारी संस्थाको केन्द्रित प्रबन्ध र सामूहिक श्रमद्वारा गरिएको ठुलो आकारको खेतीको फाइदाले किसानहरूमा समाजवादी चेतना बढ्दै गयो र उत्पादनलाई वृद्धि गर्न त्यो अर्ध–समाजवादी प्राथमिक सहकारी संस्थालाई पूर्ण समाजवादी सहकारी संस्थामा परिणत गर्नु आवश्यक थियो । किसानहरूले राम्ररी बुझेर अगाडि बढेको पूर्ण समाजवादी सहकारी संस्थाको माग गर्न लागे । यसरी अर्ध–समाजवादी सहकारीको विकासले नै समाजवादी सहकारीको लागि चाहिने अवस्थाहरूलाई विस्तार विस्तार तयार गर्दै लगेको थियो । साथै अर्कोतिर चिनियाँ कम्युनिस्ट पार्टीले जनतालाई समाजवादी खेती सहकारी संस्था बनाउनको लागि उत्साहित गर्दै पनि थियो । चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्सेतुङले किसानहरूलाई साना अर्ध–समाजवादी खेती सहकारी संस्थाहरू मिलेर ठुलठुला पूर्ण समाजवादी खेती सहकारी संस्था बनाएमा बढी फाइदा हुन्छ भनेर ‘चीनको गाउँतिर समाजवादको लहर’ भन्ने किताबमा सङ्केत गर्नुभयो । उहाँले भन्नुभयो, “खास गरेर अहिले हाम्रो अर्ध समाजवादी सहकारी संस्थाहरूमा २०–३० परिवारमात्र छन् । यस किसिमको सहकारी संस्थाहरू सञ्चालन गर्न सजिलो हुन्छ र तिनीहरूबाट चाँडै अनुभव प्राप्त गर्न र व्यवस्थापकहरू तथा सदस्यहरूलाई तालिम गर्ने मौका पाउनेछन् । तर, स–साना संस्थाहरूमा सदस्य, जग्गा र धनको कमी हुन्छ । तिनीहरूले ठुलो आकारको अथवा यन्त्रहरू उपयोग गर्न सक्दैनन् । तिनीहरूको उत्पादन शक्तिको उन्नति सधैँ अवरुद्ध नै रहन्छ । यही अवस्थामा तिनीहरू धेरै कालसम्म बस्नु हुँदैन, बरु अरु सहकारी संस्थाहरूमा मिल्न जानुपर्छ ।”
यसरी जनता आफैँ पनि ठुलठुला पूर्ण समाजवादी सहकारी संस्थाहरू बनाउन माग गर्दै थिए र अर्कोतिर चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओको नेतृत्वमा समाजवादी सहकारी संस्थाहरू बनाउन प्रेरणा दिइँदै थियो । सन् १९५५ को जन गणनाअनुसार १,६९,२०,००० अथवा १४.२ प्रतिशत परिवारले सहकारी खेतीमा भाग लिएका थिए । त्यसमध्ये १,६८,८०,००० अर्ध–समाजवादी र ४०,००० समाजवादी सहकारी संस्थाहरूमा सम्मिलित भएका थिए । तर, १९५६ को जूनसम्ममा ११,०५,१०,००० अथवा ९७.७ प्रतिशत चिनियाँ किसान परिवारले अर्ध–समाजवादी र समाजवादी सहकारी संस्थामा भाग लिइसकेका थिए ।
ती माथिका सङ्ख्याहरूले चिनियाँ किसानहरू धेरै छिटछिटो अर्ध समाजवादी व्यवस्थासँग परिचित हुँदै गएको स्पष्ट गर्छ ।

अगाडि बढेको सहकारी

सन् १९५६ को वसन्तदेखि अगाडि बढेको अथवा पूर्ण समाजवादी सहकारी संस्थाको स्थापनाको आन्दोलन तीव्रगतिले सुरु भएको थियो । हुन त यसको स्थापना सन् १९५५ को अन्ततिर नै भइसकेको थियो । त्यसबेला ४७,००,००० अथवा ४ प्रतिशत परिवारले मात्रै त्यसमा भाग लिएका थिए । तर, सन् १९५६ मा यो तीव्रगतिले बढ्यो र सन् १९५६ को जूनसम्ममा ७,५४,१०,००० अथवा ६२.२ प्रतिशत किसान परिवारले अगाडि बढेको सहकारी संस्थामा भाग लिइसकेका थिए ।
समाजवादी सहकारी संस्था दुई कारणले प्राथमिक सहकारीभन्दा अगाडि बढेको थियो– पहिलो आकारमा र अर्को समाजवादी चरित्रमा ।
प्राथमिक सहकारी संस्थामा २०–३० परिवारमात्र सम्मिलित भएको हुन्थ्यो । अगाडि बढेको सहकारी संस्थामा १७०–१८० परिवारहरू सम्मिलित थिए । अगाडि बढेको सहकारी संस्थामा यति नै परिवार हुनुपर्छ भन्ने केही कडा नियम थिएन । त्यो उनीहरूको भौगोलिक र स्थानीय परिस्थितिहरूमा निर्भर गर्दथ्यो । यसबारे अध्यक्ष माओले ‘चिनियाँ गाउँतिर समाजवादको लहर’ मा लेख्नुभएको छ, “केही ठाउँहरूमा हरेक सहर क्षेत्रको लागि एउटै सहकारी संस्था हुन सक्छ । थोरै ठाउँहरूमा एक सहकारीमा धेरै सहरहरू सम्मिलित गराउन सकिन्छ तर धेरै ठाउँहरूमा अवश्य पनि एक सहरमा धेरै सहकारी संस्थाहरू सम्मिलित हुनेछन् ।” साथै अध्यक्ष माओले त्यसमा के पनि भन्नुभएको थियो भने यो कुरो “अरु ठाउँमा पनि लागु हुनसक्छ । यो कुरो समतल ठाउँहरूमा मात्रै ठुलठुला सहकारी संस्थाहरू बनाउन सक्ने होइन, पहाडी इलाकाहरूमा पनि बनाउन सकिन्छ ।”
उक्त कुराले स्पष्टै छ, प्राथमिक सहकारीभन्दा अगाडि बढेको भन्नुको अर्थ त्यसको समाजवादी चरित्र हो । त्यसमा दुई विषय छन् – पहिलो, उत्पादनका साधनहरूमा सामूहिक स्वामित्व कायम हुनु र अर्को, वितरण व्यवस्थामा समाजवादी सिद्धान्त लागु गर्नु ।
अगाडि बढेको सहकारी संस्थामा उत्पादनका सारा साधनहरूमा भएको व्यक्तिगत स्वामित्व सामूहिक स्वामित्वमा परिणत भयो । साथै व्यक्तिगत मालिकत्व र सामूहिक स्वामित्वको बिचको अन्तरविरोधबाट उठ्ने बाधाहरू हटी उत्पादनका कार्यमा सामूहिक श्रम लगाउन सकिन्थ्यो ।
उत्पादनका साधनहरूमा व्यक्तिगत स्वामित्व नभएपछि सामूहिक श्रमको उत्पादनको केही अंश भाडाको रूपमा दिने गरेको बहाल दिन बन्द गरियो । त्यसले सामूहिक सम्पत्तिलाई अझ बढायो ।
अर्को विषय, उत्पादनका साधनहरूलाई दिइने बहाल नदिई सहकारी संस्थामा उत्पादनका सबै भाग (सामूहिक कल्याण, सञ्चय छोडेर) समाजवादी सिद्धान्तमा कामअनुसारको ज्याला वितरण गरिन्थ्यो । प्राथमिक सहकारी संस्थामा उत्पादनको अनुपातमा सामूहिक श्रमको केही भागमात्र वितरण हुँदा गरिब किसानहरू मर्कामा पर्थे । त्यस वितरण व्यवस्थाले किसानहरूको आर्थिक जीवनमा विषमता ल्याउँथ्यो र त्यो दोषपूर्ण थियो । तर, पनि उत्पादनको बढी भाग ‘हरेकलाई कामअनुसार’ को वितरण सिद्धान्त लागु गरेको उत्पादनका साधनहरूमा सामूहिक प्रबन्ध भएकोले प्राथमिक सहकारी अर्ध–समाजवादी भनिन्थ्यो । अगाडि बढेको सहकारी संस्थाका उत्पादनका साधनहरूमा सामूहिक स्वामित्व कायम भएको र वितरण व्यवस्था कामको गुण र मात्रा हेरेर अर्थात् ‘हरेकलाई आफ्नो कामअनुसार’ को समाजवादी सिद्धान्तअनुसार वितरण गर्नाले अगाडि बढेको सहकारी संस्थालाई पूर्ण समाजवादी सहकारी संस्था भनिएको हो ।
उत्पादनका साधनहरूमा सामूहिक स्वामित्व समाजवादी वितरण व्यवस्था र पहिलेको भन्दा ठुलो आकारको खेती भएकोले समाजवादी सहकारी संस्थाका सदस्यहरूको आम्दानी प्राथमिक सहकारी संस्थाको बेलाको भन्दा बढी भएर विस्तारै जनताको जीवनस्तर माथि उठ्न थाल्यो । अर्ध–समाजवादी सहकारीको समयमा परिवारको वास्तविक आम्दानी २७,४०० यान थियो भने समाजवादी सहकारीको बेलामा ४१३०० यानभन्दा बढी पुग्यो ।
अध्यक्ष माओको ‘अरु सहकारी संस्थाहरूसँग मिल्न जानुपर्छ’ भन्ने उक्तिमा विश्वास नराख्ने सहकारी संस्था र विश्वास राखेर साना साना सहकारीहरू मिलेर बनेको ठुलो एक सहकारी संस्थाको तुलनात्मक उदाहरण तल दिएको छ । त्यसबाट अध्यक्ष माओको उक्तिको साकार रूप देखिन्थ्यो ।
हुनान प्रान्तमा एक हजारभन्दा बढी सदस्य सङ्ख्या भएको शुशिह काउन्टीको ‘पहिलो जुलाई’ सहकारी संस्था, जुननान काउन्टीको ‘स्वाङमिङ सहकारी संस्था’, हसिंस्याङ काउन्टीको ‘छीली च्याङ सहकारी संस्था’, लु साङ, काउन्टीको ‘चीन–सोभियत मैत्री सहकारी संस्था’ र आन्चाङ काउन्टीको आङ फेङ सहकारी संस्था मिलेर एक समाजवादी सहकारी संस्था बनाइयो । त्यस सहकारी संस्थाको उत्पादन १९५६ र १९५७ को बिचमै १७० प्रतिशत बढ्यो र १६०,००० यान जम्मा गरेर पानी घट्ट, दुई जोडी हल, रबरको टायरको गाडासमेत गरेर ९६० नयाँ प्रकारका औजारहरू, १,६०४ पानी छर्ने, एक डिजेल जेनेरेटर, हरेक प्रकारको ४७ वटा पानी तान्ने पम्प, तीन ट्याक्टर, आठ पिठो पेल्ने मिल र ३९ सिउने कल संस्थाले किन्यो तथा केही नयाँ इँटाभट्टा बनायो । सन् १९५७ मा यस सहकारी संस्थाको प्रत्येक सदस्यको सालाखाला आम्दानी १५० यानसम्म पुग्यो ।
तर, अध्यक्ष माओको भनाइमा विश्वास नराख्ने केही मध्यम र धनी किसानहरूको बोलवाल भएको, आन्फेङ सहकारी संस्थासँगै १८५ परिवारको सहकारी संस्थाले एक वर्षमा सालाखाला हरेक सदस्यलाई ४१ यानमात्र दिनसक्यो । आकारमा सानो र धन सञ्चयमा पनि कमी भएकोले अध्यक्ष माओले भन्नुभएजस्तै उत्पादनको वृद्धि ढीलो भयो र केही उन्नत औजारबाहेक अरु पानी तान्ने कल आदि केही पनि किन्न सकिएन ।
उक्त उदाहरणले अध्यक्ष माओको भनाइ सानासाना सहकारीहरूमा जम्मा धन र सदस्यहरूको कमी हुन्छ । तिनीहरू ठुलो आकारमा अथवा मेसिनहरू प्रयोगमा ल्याउन सक्दैनन् । तिनीहरूको उत्पादनको शक्ति सबै अवरुद्ध नै हुन्छ । तिनीहरू यस अवस्थामा धेरै समय बस्नुहुँदैन बरु अरु अरु सहकारी संस्थाहरूसँग मिल्न जानुपर्छ भन्ने कुरा पूर्णतया सत्य प्रमाणित भयो ।
यसरी किसानहरूमा अनुभव र समाजवादी चेतनाको विकासले उनीहरू आपसमा मिलेर स–साना अर्ध–समाजवादी सहकारी संस्थाहरू मिलेर ठुलठुला अगाडि बढेको सहकारी संस्थाहरू बनाउँदै लगे ।
समाजवादी सहकारी संस्थाहरूमा प्राथमिक सहकारी संस्थाहरूको भन्दा बढी पुँजी, श्रम शक्ति, साधन र आर्थिक स्रोतहरू हुने भएकोले उत्पादनमा वृद्धि हुँदै जनताको जीवनस्तर बढ्न थाल्यो । साधन, श्रम शक्ति, पुँजी आदिको उत्तरोत्तर वृद्धिले सहकारी संस्थाहरूले विस्तारै साना व्यापार, शिल्प व्यवसाय, यातायात, कुलो खन्ने आदि निर्माणका स्रोतहरूमा पनि हात हाल्न सके । विस्तारै ठुलठुला आकारमा उत्पादन गर्ने अभ्यास बढेर ठुलठुलो सहकारीमै जनकम्युनको कोपिला फुलेको थियो ।
प्राथमिक सहकारी संस्थाभन्दा समाजवादी सहकारी संस्थाको अर्को विशेषता थियो – शोषणको काममा लागेका पहिलेका जमिनदार र धनी किसानहरूलाई सहकारी संस्थाको स्थापनाको सुरु सुरुमा सदस्य बनाइएन ।
सहकारी संस्थाको विकास र उत्पादनको वृद्धिले किसानहरूको आम्दानी बढेर मध्यम र गरिब किसानहरूको बिचको अन्तर घट्दै गयो । जमिनदार र धनी किसानहरूलाई सहकारी संस्थामा सदस्य नबनाउँदा उनीहरूको आम्दानी सहकारी संस्थामा भाग लिएका किसानहरूको तुलनामा बढेन । एकातिर सहकारी संस्थामा भाग लिएका साधारण किसानहरूको आम्दानी तीव्रगतिले बढिरहेको थियो, अर्कोतिर पहिलेको जमिनदार र धनी किसानहरूको आम्दानी उनीहरूको अनुपातमा बढ्न नसक्दा विस्तारै वर्गभेद हट्दै जान लागेको थियो ।
यसकारण, समाजवादी गणतन्त्र चीनको ३० जून १९५६ को पहिलो प्रतिनिधिसभाको तेस्रो सेसन (बैठक) मा स्वीकार गरिएको अगाडि बढेको सहकारी संस्थाको नियममा के बताइएको थियो भने खेती सहकारी नै एउटा स्पष्ट बाटो हो, जसले कामदार किसानहरूलाई अन्तिममा गरिबी र शोषणबाट मुक्त गर्नेछ । किसानहरू विस्तार विस्तार सहकारी संस्थाहरूमा सम्मिलित भएर गाउँतिर समाजवादको पूर्ण विजय हुनेछ ।

दोस्रो अध्याय

जनकम्युन किन र कसरी ?
चिनियाँ जनकम्युनलाई चिनियाँ भाषामा ‘रेन–मिन कुंशो’ भनिन्छ । ‘रेन मिन’ को अर्थ मानिसहरू र ‘कुंशो’ को अर्थ ‘ज्यासल’ भन्ने हुन्छ । कम्युन उद्योग र खेतीको मिश्रित सङ्गठन हो । चिनियाँ जनकम्युन चिनियाँ समाजवादी समाजको सबभन्दा तल्लो सङ्गठन हो जसमा खेती (किसान), उद्योग (मजदुर), शिक्षा र संस्कृति (विद्यार्थी), व्यापार र मिलिशियाका (जन सेना) आदि सबै क्षेत्र सम्मिलित छन् । जनकम्युन सहर र गाउँको एकै उत्पादनको सङ्गठनको साथै प्रशासनको एक अङ्ग पनि हो । चिनियाँ जनकम्युनको एक आफ्नै विशेषता छ, त्यो हो– जनकम्युन यो एक तल्लो सामाजिक सङ्गठन हुनुको साथै राज्य–शासनको एक तल्लो अङ्ग पनि ।
तर, कम्युन शब्दको अर्थ धेरै अर्थमा प्रयोग भएको देखिन्छ – जस्तै समुदाय, जाति, सोभियत रुसको सहकारी खेती, ‘पेरिस कम्युन’ आदि । तर, चिनियाँ जनकम्युन भने माथि अर्थ लगाइएका कुनै अर्थसँग पनि मेल खाँदैन, यसको आफ्नै विशेषता छ । त्यसैले अमेरिकी पत्रकार र लेखिका अन्ना लाउस स्ट्रङले आफ्नो किताब ’चिनियाँ जनकम्युनको उत्थान’ मा स्पष्टै भन्नुहुन्छ, “चिनियाँ जनकम्युन अरु जम्मै कम्युनहरूसँग फरक छ । त्यसैले चिनियाँ जनकम्युनलाई चीनको आफ्नै तथ्यहरूको आधारमा बताउनुपर्छ, पहिलेका जानकारीहरूको आधारमा होइन ।”
चीनमा जनकम्युनको स्थापनाको आन्दोलन सन् १९५८ को मध्यदेखि नै सुरु भएको थियो । त्यस आन्दोलनको लहरले चीनको सारा भू–भाग (एक दुई अल्पसङ्ख्यक जातिहरूको इलाका छोडेर) मा मात्र कम्युनको स्थापना भएन बरु त्यसले संसारको कुना काप्चामा पनि हल्लीखल्ली मच्चायो । संरा अमेरिका, बेलायत र फ्रान्सजस्ता चीनविरोधी साम्राज्यवादी देशहरू र तिनीहरूको ‘हो’ मा ‘हो’ मिलाउने पुँजीवादी देशहरूले चिनियाँ जनकम्युनको उल्टो अर्थ लगाएर चिनियाँ जनता, चिनियाँ जनवादी सरकार र चिनियाँ कम्युनिस्ट पार्टीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा सा¥है बदनाम गर्न खोजेका थिए । तर, एक दुई तटस्थ भनाउँदा देशहरूले पनि जनकम्युनको अर्थै नबुझेर पनि साम्राज्यवादीहरूको दलाल देशहरूले जस्तै चिनियाँ जनकम्युनलाई ‘व्यारेक’ को संज्ञा दिन पुगे । वास्तवमा चिनियाँ जनकम्युन एउटा यस्तो सङ्गठन हो, जसको विकासले चिनियाँ समाजमा सहर र गाउँ, मजदुर र किसान, शारीरिक र बौद्धिक श्रमको बिचको भेदलाई हटाएर चिनियाँ समाजमा ‘हरेकलाई कामअनुसारको’ समाजवादी सिद्धान्तबाट ‘हरेकलाई आवश्यकताअनुसार’ को साम्यवादी समाजको निर्माणमा लैजाने एउटा माध्यम बनाएको थियो । त्यसैले भारतका प्रसिद्ध लेखक र विद्वान् राहुल सांकृत्यायन भन्नुहुन्छ, “जनकम्युन साम्यवादको लागि एक गहिरो र लामो पाइला हो ।” त्यसैले जनकम्युनले खेतीको चौतर्फी विकास जस्तै खेती, पशुपालन, वन–उद्योग, माछा पाल्ने र अरु कुटीर व्यवसायमात्र होइन, उद्योग, व्यापार, शिक्षा र संस्कृति अनि भित्री र बाहिरी शत्रुहरूबाट देशको रक्षा गर्न सैनिक कार्यकलापको पनि तीव्रतर विकास गर्ने एउटा सजिलो माध्यम बन्यो ।
चिनियाँ समाजमा जनकम्युनको स्थापना चिनियाँ समाजको क्रमिक विकासको परिणाम हो । तर, केही पुँजीवादी देशहरूका नेता र लेखकहरू चीनमा चिनियाँ जनकम्युनको स्थापना चिनियाँ समाजको क्रमिक विकासलाई अस्वीकार गर्थे । तिनीहरू चिनियाँ जनकम्युनलाई चिनियाँ समाजको आन्तरिक विकासलाई नमानेर चीनमा जनकम्युनको स्थापना चिनियाँ कम्युनिस्ट सरकारको किसानहरूमाथिको दमनको फल हो भन्दथे । तर, फेरि आफूलाई कम्युनिस्ट भन्नेहरू (युगोस्लाभियाका केही नेताहरू र अरु देशका संशोधनवादीहरू) पनि साम्राज्यवादीहरूको राग अलाप्दै चिनियाँ जनकम्युनको स्थापना एक आकस्मिक घटना मान्थे । यसरी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि जनकम्युनको विरोध गर्ने र माक्र्सवादलाई पुरानो घोषणा गर्ने संशोधनवादीहरू घुमाउरो तरिकाले चिनियाँ कम्युनिस्ट पार्टीप्रति घृणा फैलाएर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा फुट ल्याउने र कमजोर बनाउन खोज्थे ।
वास्तवमा चिनियाँ जनकम्युनको स्थापना कम्युनिस्टहरूको दमनले होइन, न त कुनै आकस्मिक घटना नै थियो । त्यो त चिनियाँ समाजको आन्तरिक विकासको साथै चिनियाँ जनताको जनकम्युनको स्थापना गर्ने पूर्ण स्वेच्छाले स्थापना भएको थियो ।
सन् १९५७ र १९५८ को बिचमा चीनमा व्यापक सुद्धीकरण आन्दोलन सुरु गरियो । त्यस आन्दोलनमा देशले समाजवादको बाटो लाग्ने हो अथवा पुँजीवादी बाटो लाग्ने हो भन्ने कुरोमा चीनको कुनाकाप्चामा छलफल सुरु गराइएको थियो । पुँजीवादीहरू, पहिलेका जमिनदारहरू र च्याङ काईशेकका बाँकी रहेका प्रतिक्रियावादी तत्वहरूबाहेक अरु सारा जनताले समाजवादको बाटो रोजेका थिए । तर, समाजवादको निर्माण गर्न चीनमा पुरानै ढाँचाबाट सम्भव थिएन बरु त्यसलाई फेर्नु आवश्यक थियो । समाजवादको सफलताको लागि चीनको आकाशमा ‘लामो पाइला’ (Big Leap Forward) को नारा गाउँगाउँमा गुज्रिन थाल्यो । त्यसबेला चीनको खेती उत्पादन सहकारी संस्थाको तीव्र विकास हुँदै थियो । तर, पनि पुँजी, श्रम शक्ति, साधन र प्राकृतिक स्रोतको कमी भएको सहकारीले मात्रै चीनमा समाजवादको निर्माण गर्न सम्भव थिएन । समाजवादको निर्माणको लागि ‘लामो पाइला’ को नारालाई राम्रोसँग कार्य रूपमा ल्याउन खेती सहकारी संस्थाहरूले अझ ठुलो र राम्रो ढङ्गले (उच्च स्वभावको सङ्गठनमा) सङ्गठित हुनु आवश्यक देखियो । चीनको गाउँ–गाउँमा समाजवादको निर्माणको लागि खेतीलाई यान्त्रीकरण र विद्युतीकरण गर्नुको साथै उद्योग, यातायात, शिक्षा र संस्कृतिको पनि तीव्र विकासको अत्यन्त जरुरी थियो । त्यसलाई खेती सहकारीले मात्रै पूरा गर्न सक्ने सम्भावना थिएन । व्हाङ्हो, याङसी र सिक्याङजस्ता ठुलठुला नदीहरूको बाढीलाई रोक्न र सुख्खा जस्तो प्राकृतिक प्रकोपहरूसँग जुझ्न तथा काबुमा ल्याउन ठुलठुला पानीको योजना (पोखरी खन्ने, नहर आदि बनाउने) लाई कम श्रमशक्ति, कम पुँजी र थोरै साधनहरू भएको खेती सहकारी संस्थाहरूले मात्रै सम्भव थिएन । त्यसैले सचेत चिनियाँ किसानहरू देशका सम्पूर्ण गाउँहरूमा समाजवादको निर्माणको लागि कम्युनिस्ट पार्टी र सरकारको मद्दत र निर्देशनमा धेरै खेती उत्पादन सहकारी संस्थाहरूलाई मिलाएर एउटा ठुलो र राम्रो ढङ्गको (उच्च स्तरको) सहकारी संस्था निर्माण गर्न चाहन्थे । त्यसैलाई कम्युन भनियो । ‘लामो पाइला’ र समाजवादको झन्डा लिएर तिनीहरू अगाडि बढे ।
चिनियाँ जनकम्युनको स्थापनाबारे चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको सातौँ अधिवेशनको विस्तारित बैठकको पुस्तिकामा उल्लेख गरिएको छ, चिनियाँ जनकम्युनको स्थापना कुनै आकस्मिक घटना होइन, बरु चिनियाँ जनताको आर्थिक र राजनैतिक चेतनाको विकास, चिनियाँ कम्युनिस्ट पार्टीद्वारा चलाइएको सुद्धीकरण आन्दोलन, पार्टीको निर्णयअनुसार समाजवादको निर्माण र सन् १९५८ को समाजवादी निर्माणको लागि लगाइएको ‘लामो पाइला’ को फल हो ।
जनकम्युनका विरोधीहरूलाई जनताले तथ्य तथ्याङ्कबाट जवाफ दिएका थिए अर्थात् सन् १९५८ को केही महिनाभित्र मात्र सुरु भएको जनकम्युनको लोकप्रियताले दियो । जनकम्युनको स्थापनाको सुरुका केही महिनामा नै ७,४०,००० (सात लाख चालीस हजार) खेती उत्पादक सहकारीहरू मिलेर २६,००० (छब्बीस हजार) जनकम्युनको स्थापना गरे । यसरी कम्युनको स्थापना स्थानीय किसानहरूको पूर्ण स्वेच्छा र स्वतन्त्रतापूर्वक भएको थियो । त्यसमा बा¥ह करोड घर वा परिवार सम्मिलित थिए । जनसङ्ख्याको हिसाबले त्यो सङ्ख्या चीनका सबै जातिहरूको ९९ प्रतिशतभन्दा बढी थियो ।

दोस्रो अध्याय कम्युनमा सदस्यहरूको दैनिक बन्दोबस्त

कम्युनमा सदस्यहरूको दैनिक बन्दोबस्त
चिनियाँ जनकम्युन आफ्ना सबै सदस्यहरूलाई खाने, लाउने, बस्ने, पढ्ने, स्वास्थ्य सुरक्षा, जाडोबाट बच्ने, विवाह, सुत्केरी र अन्तिम संस्कार आदि जीवनको तल्लो आवश्यकताहरूको निःशुल्क वितरण गरिदिने राम्रो तथा सङ्गठित व्यवस्था थियो । त्यसको लागि कम्युनको आफ्नै सामूहिक भान्छाघर, अस्पताल, सेनेटोरियम (स्वास्थ्य निवास), क्लिनिक, स्कूल, पुस्तकालय र प्रसूति गृह हुन्थ्यो । साथै मनोरञ्जनको लागि क्लवहरू, सिनेमा हल र नाटक घरहरू, पार्कहरू आदि कम्युनकै बन्दोबस्तमा थियो । सामूहिक लुगा सिउने पसल र सामूहिक कपाल काट्ने पसल पनि कम्युनकै हुन्थ्यो ।
सामूहिक भान्छाघरमा कम्युनका सारा सदस्यहरू गएर खान्थे । भान्छाघर सदस्यहरूलाई पायक पर्ने ठाउँमा जनसङ्ख्याको आधारमा ठाउँठाउँमा बनाइएको हुन्थ्यो । खानामा स्थानीय मानिसहरू अथवा कम्युनका सदस्यहरूको संस्कृति र इच्छाअनुसारको शारीरिक विकासको लागि चाहिने प्रोटिन, भिटामिन आदि पौष्टिक पदार्थहरू समावेश हुन्थ्यो । भान्छाघरको सफाइमा विशेष ध्यान दिइन्थ्यो र खाने बेलामा आ–आफ्ना घरका जहानबच्चाहरूसँगै एकै टेबुलको चारैतिर बसेर खान्थे ।
तर, त्यसबेला कम्युन र चीनविरोधीहरू विभिन्न देशका नेताहरूले कम्युनको सामूहिक भान्छाघरलाई ब्यारेकमा जस्तै ‘भतेर’ ख्वाउने, जातपात नभएको भान्छाघर आदि झूटा लाञ्छनाहरू लगाएर कम्युनको सामूहिक भान्छाघरलाई निन्दा गर्थे र बदनाम गर्न खोज्थे । छुवाछुत र जातीय प्रथालाई संसारका तमाम विवेकशील मानिसहरू असभ्यताको प्रतीक सम्झेर घृणा गर्छन् । चीनको कम्युनमा छुवाछुत प्रथा थिएन ।
भारतको एक सहकारी शिष्टमण्डल चीनको कृषि सहयोग समितिहरूको अध्ययन गर्न चीन गएको थियो । कम्युन र सहकारी संस्थाहरूबारे तिनीहरूको राय उद्धृत गर्नु उपयुक्त देखिन्छ –
“कृषि सहयोग समितिहरूको निर्माणमा चिनियाँहरूले सा¥है ठुलो सफलता पाए, जसबारे चीन र बाहिरका सबै मानिसहरू आश्चर्य चकित छन् । भारतबाट आउने हामीहरूलाई चीनको यो सफलता चटकको कुरोजस्तो लाग्छ । हरेक मानिसहरूको मनमा के प्रश्न उठ्छ भने यतिको छोटो समयमा यतिका जम्मै कुराहरू गर्न कसरी सम्भव भयो ? सहयोग आन्दोलनभन्दा पहिलेको सबभन्दा प्रमुख घटना चीनको आधारभूत भूमिसुधार थियो । यी सुधारहरूलाई लागु गर्नमा किसानहरूबाट सक्रिय सहयोग लिइयो । हरेक गाउँमा किसान समिति बनाइयो । यसरी व्यापक किसानहरूलाई सङ्गठित गरियो र तिनीहरू आफ्नो खुट्टामा उभे । तिनीहरू पनि सरकारको एक अङ्ग हुन् र सरकारमा तिनीहरूको पनि हिस्सा छ भन्ने भावना तिनीहरूमा उब्ज्यो । यस सिलसिलामा सरकार र कम्युनिस्ट पार्टी पहिलेदेखि नै जनताको नजिक थियो, किसानहरूतिर अझ नजिक गए र पछि तिनीहरूले चीनको कृषि अर्थ व्यवस्थामा परिवर्तन ल्याउनमा किसानहरूलाई मद्दत गरे ।”
गाउँमा एक क्रान्ति भइरहेछ र यसलाई ल्याउने प्रमुख शक्ति डर होइन, बरु जनताको मनको उत्तेजना हो र यसलाई उठाउन एक्लै कुनै पनि प्रशासनको शक्तिको कुरा होइन ।
“हामीले मानिसहरूलाई जस्तो उत्साहले काम गरिरहेको देख्यौँ, त्यो त्यस्ता मानिसहरूको निमित्त सम्भव छैन जो जबरजस्ती समातेर सहयोग समितिहरूमा ल्याइएको होस् । हामीले तिनीहरूमा देशभक्ति र देश सेवाको ठुलो उत्साह र जोश देख्यौँ, तिनीहरूमा आफैँ आफ्नो देशको स्वतन्त्रताको लडाइँका दिनहरूको १९३० र १९४० पछिका अवधिको हामीलाई सम्झना भयो । त्यसबेला जनता ठुलो उत्साहले देशको स्वतन्त्रताको लडाइँ लडिरहेका थिए ।”
भारतको सहकारी शिष्टमण्डलको रायले यो कुरोलाई स्पष्टसँग स्वीकार गरेको छ कि चीनको जनकम्युनको स्थापना जबरजस्ती, डर र धम्कीको आधारमा भएको होइन, न त यो कुनै आकस्मिक घटना नै हो । यो त स्पष्टरूपमा चिनियाँ समाजको आन्तरिक विकास हो, चिनियाँ सरकार र चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नै समाजको अर्थ व्यवस्थामा परिवर्तन ल्याउने ठीक र उचित कदमको पहिचान गरेको हो ।
वास्तवमा जनकम्युनको सामूहिक भान्छाघरले दाल, भात, नुन, तेल, अचार, तरकारी, दाउरा आदिको दैनिक झन्झट र टन्टाबाट चिनियाँ जनतालाई मुक्त ग¥यो । साथै जनकम्युनको सामूहिक भान्छा घरले गर्दा युगौँयुगदेखि चुलोको धुवाँले ध्वाँसिएका चिनियाँ महिलाहरूको मुखमण्डलमा हाँसोका रेखाहरू देखिए र कम्युनमै शिशुशाला, बालोद्यान, लुगा सिउने समूहको व्यवस्था आदि कुराले गर्दा चिनियाँ महिलाहरूले विनाहिच्किच्याई घरेलु टन्टाबाट मुक्त भई देशको समाजवादी निर्माणमा लोग्नेमानिसहरूसित काँधमा काँध मिलाएर काममा प्रतिस्पर्धा गर्ने मौका पाए । यसरी जनकम्युनको स्थापनाले हजारौँ हजार वर्षदेखि घरेलु दासताको सिक्रीले बाँधिएका आइमाईहरूले मुक्ति पाए ।
जनकम्युनमा उमेर पुगेका ज्येष्ठ नागरिकहरू, टुहुरा, टुहुरी (असहाय), विधवा, काम गर्न नसक्ने, लुला, लङ्गडाजस्ता पाँच ग्यारेन्टीलाई खाने, लाउने, बस्ने आदि कुराको राम्रो व्यवस्था छ । आफ्ना कोही नभएका पुरुष र महिला ज्येष्ठ नागरिकहरूको लागि ‘सुखी आदर निकेतन’ हुन्छ, जहाँ तिनीहरूलाई खाने, लाउने, स्याहारसुसार आदि जम्मै आवश्यक कुराहरूको लागि बन्दोबस्त मिलाइएको ‘आदर निकेतन’ हो ।
बालबालिकाहरू आफ्ना आमाहरूको कामको समयमा शिशुशाला (नर्सरी) र बालोद्यान (किनरगार्डेन) मा बसेर तालिम पाएका ‘दिदी’ (सुसारेहरू) बाट शिक्षा प्राप्त गर्छन् । शिशुशालामा बस्ने दूधे बालकहरूको लागि आमाले गर्ने जम्मै प्रकारका स्याहारसुसार पाउँछन् । बालोद्यानमा सानासाना नानीहरू दिदीहरूसँग गीत सिक्छन् र नाच सिक्छन् । आमाहरूको काम सकेपछि बालबालिकाहरू आमाहरूसँगै अथवा दिदीहरूको साथमा आ–आफ्ना आमाबाबुको घर अथवा डेरामा जान्छन् वा पु¥याइन्छन् ।
तर, साम्राज्यवादी र प्रतिक्रियावादीहरू चीनमा ‘बुढाबुढीको सुरक्षा छैन, बालबालिकाहरू आफ्ना हुँदैनन्, सरकारको हुन्छ, बुढाबुढी र काम गर्न नसक्नेहरूलाई गोली ठोकेर मार्छन्’ जस्ता झूटा कुराहरू प्रचार गर्छन् । अमेरिकी प्रसारणले ‘जनकम्युनमा किसानहरूलाई जबरजस्ती दिनको १८ घण्टा काम गर्न लगाउँछन् । जनताको स्वास्थ्यमा ध्यान दिइन्न,’ ‘चीनमा खान नपाई जनता भोकभोकै मर्दै छन्, कम्युन फेल (असफल) भयो’ भन्ने कुराहरू प्रचार गर्दै थियो । पश्चिमी प्रचारहरू जनतामा भ्रम पार्ने खालका हुन्छन् । त्यसैले राहुल सांकृत्यायनले आफ्नो ‘चीनको जनकम्युन’ मा लेख्नुहुन्छ, “पुँजीवादी लेखकहरू झूटा कुरा लेख्न सिद्धहस्त हुन्छन् ।”
यथार्थमा चीनको स्थिति पश्चिमी प्रचारको ठीक उल्टो छ । चिनियाँ जनकम्युनमा खेती र उद्योगमा यान्त्रिकीकरण र विद्युतीकरण गरेर उत्पादनमात्रै बढाउन जनतालाई प्रोत्साहित गर्दैन बरु सदस्यहरूको स्वास्थ्यमा पनि त्यतिकै राम्रो ध्यान दिइएको थियो । देशलाई समाजवादी समाजबाट साम्यवादी समाजमा रूपान्तरण गर्न, देशको औद्योगिक विकासमा तीव्रता ल्याउन र कृषिमा यान्त्रिकीकरण र विद्युतीकरण गरी देशलाई नयाँ प्रगतिशील उद्योग, खेती, विज्ञान र प्राविधिक ज्ञानले युक्त सुसंस्कृत समाजवादी देश बनाउँदै थिए । कामदार जनताको स्वास्थ्यको रक्षाको निम्ति जनकम्युनमा अस्पताल, क्लिनिक र स्वास्थ्य निवासहरूको राम्रो व्यवस्था गरेको हुन्थ्यो र महिलाहरूको लागि प्रसूतिगृहको पनि राम्रो व्यवस्था मिलाइएको थियो । गर्भवती महिलालाई सुत्केरी हुने केही महिना अगाडिदेखि नै गा¥हो काम गर्न निषेध गरिन्छ र सुत्केरी हुन एक महिना १५ दिनदेखि सुत्केरी भएको १ महिना ४५ दिनसम्म बिदा र भत्ताको व्यवस्था छ । अस्पताल, क्लिनिक र स्वास्थ्य निवासमा कुनै शुल्क लिइँदैन र औषधि निःशुल्क वितरण गरिन्छ । साथै गा¥हो र स्वास्थ्यलाई हानि पु¥याउने श्रम हेरेर ज्याला बढाउने र कामको घण्टा कम गर्दै लैजाने व्यवस्था पनि मिलाइएको हुन्छ । त्यसले गर्दा कम्युनको स्थापना भएदेखि पहिलेको दाँजोमा मृत्यु सङ्ख्या ज्यादै घट्यो र कम्युनका सदस्यहरूको आय बढ्दै गयो ।
कम्युनको स्थापनापछि गाउँगाउँका बेरोजगारहरूले काम पाए र बढी उत्पादनले गर्दा जीवनस्तर झन्झन् उकासिँदै गयो । तर, पुँजीवादी देशका लेखक, पत्रकार र नेताहरू कहिले पनि आफ्ना देशका गल्लीगल्ली र प्लेटफार्ममा भोकभोकै मरिरहेका, मागिरहेका, पेटीपेटीमा रोगले छटपटिरहेका जनताको उद्धारको लागि आँखासम्म पनि पु¥याउँदैनन् । ती महापुरुषहरूले नै किन चिनियाँ जनताको भोक र रोगको विषयमा गोहीको आँसु चुहाउँछन् ? कुरो यसैमा छ ।
शिक्षाबारे जनकम्युन बढी चासो लिन्छ । चीनको गाउँ क्षेत्रमा किसानहरूमा निरक्षरता हटाउन गाउँगाउँमा अनिवार्य प्राथमिक (प्राइमरी), सेकेन्डरी (माध्यमिक) स्कूलहरू र रात्रि स्कूलहरू खोलेर कामदार जनतालाई प्राविधिक र प्राथमिक विज्ञानको ज्ञान दिलाएर तिनीहरूको सांस्कृतिक स्तर उँचो उठाउँदै थिए । यस प्रकारको शिक्षाको व्यवस्था गरेर जनकम्युनले कामदारहरूको सांस्कृतिक स्तर उँचो उठाई जनतालाई ‘रातो र कुशल’ (Red and Expert) बनाउँदै शारीरिक र बौद्धिक श्रमको अन्तरलाई मेटाउँदै थिए । साथै चीनका बालबालिकाहरूलाई श्रमदेखि घृणा गर्ने पुँजीवादी बुद्धिजीवी रोगबाट बचाउन शारीरिक र बौद्धिक विकासको लागि कम्युनहरूमा ९ वर्षदेखि नै विद्यार्थीहरूलाई पनि श्रमलाई प्रेम गर्ने कुरो सिकाउँछन् र व्यवहारिक तालिम दिन्छन् ।
मजदुर र किसान, सहर र गाउँको बिचको भेदलाई हटाउन जनकम्युनमा उद्योग, यातायात र सञ्चार, बजार (स्टोर) र गृह निर्माण आदि कार्यहरूमा तीव्रता ल्याउँदै थिए । साथै जनकम्युनका सम्पूर्ण सदस्यहरूको मनोरञ्जनको लागि हरेक कम्युनहरूमा सांस्कृतिक सङ्गठनहरूको राम्रो व्यवस्था गरेको हुन्थ्यो र गाउँगाउँमा सिनेमा हल, नाटक, नाचगानजस्ता सांस्कृतिक क्रियाकलापको लागि छुट्टै टोली र सङ्गठनहरूको व्यवस्था गरेको हुन्थ्यो । खेल्ने क्लव, पार्कहरू, पौडी खेल्ने पोखरी, नुहाउने ठाउँ (स्नानगृह) आदि आवश्यक र मनोरञ्जनका साधनहरूको लागि पूरा व्यवस्था गरिएको हुन्थ्यो । यसरी जनकम्युनमा खेती, उद्योग, स्वास्थ्य, व्यापार र अर्ध सैनिक (मिलेसिया) जस्ता शिक्षा र सांस्कृतिक अनि जनकम्युनका प्रशासनिक विभागहरू पनि कार्यरत थिए ।

प्रशासन र लोककल्याण
जनकम्युन एक सामाजिक संस्था भएर पनि राज्य शासनको एक अङ्ग पनि थियो । त्यसमा केन्द्रीयता र प्रजातन्त्र दुवै सम्मिलित भएको थियो । कम्युनको काम सुरु गर्न जनताको पिरमर्का बुझ्न, जनताको वास्तविक समस्याहरू र सुख–सुविधाको राम्रो जानकारी हासिल गर्न जनताको इच्छालाई बुझ्न कम्युनले उँचो प्रजातन्त्रको सिद्धान्तलाई व्यवहारमा ल्याएको थियो । कम्युन राज्य शासनको एक अङ्ग पनि भएकोले केन्द्रीयतालाई त्यतिकै ध्यानमा राखिएको थियो । त्यसैले, कम्युन एउटा यस्तो सङ्गठन हो जहाँ केन्द्रीयता र प्रजातन्त्र, अनुशासन र स्वतन्त्रता, इच्छाको एकता र व्यक्तिगत सुविधा सँगसँगै गाँसिएको थियो ।
कम्युनको सबभन्दा ठुलो प्रबन्धक सङ्गठन कम्युनको प्रतिनिधि सभा हो । त्यो सभा कम्युनको मुख्यमुख्य विषयहरूमा छलफल गरेर निर्णयमा पुग्छ । सभा बालिग मताधिकारको आधारमा चुनिएका प्रतिनिधिहरूबाट गठन हुन्छ । त्यसमा आइमाई, विद्यार्थी, व्यापारी, शिक्षा र संस्कृतिकर्मी, स्वास्थ्यकर्मी, विज्ञान र प्राविधिक कामदार, अल्पसङ्ख्यक जाति आदि जीवनका हरेक क्षेत्रका प्रतिनिधिहरू रहन्छन् । कम्युनको सभाले कम्युनको प्रबन्धको लागि एक प्रबन्धक समितिलाई चुन्दछ । समितिमा प्रधानसञ्चालक, उपसञ्चालकहरू र सदस्यहरू हुन्छन् । त्यसमा खेती, उद्योग, शिक्षा र सांस्कृतिक, आर्थिक, यातायात र सञ्चार, स्वास्थ्य र न्याय, जनकल्याण र रक्षा आदि विभागहरूमा र त्यसका अधिकारीहरू हुन्छन् । प्रबन्ध समितिमातहत प्रबन्धक डिस्ट्रीक्ट अथवा उत्पादक ब्रिगेड पनि हुन्छन्, जसले प्रबन्धक समितिले दिइएको क्षेत्रभित्रको खेती, उद्योग, व्यापार, शिक्षा, सांस्कृतिक, न्याय र शान्ति–सुरक्षा आदि प्रबन्ध गर्छ । अनि उत्पादनको काम सुचारु राख्न हरेक बिग्रेडहरूमा उत्पादक दलहरू हुन्छन् । त्यो कम्युनको सबभन्दा तल्लो सङ्गठन हुन्छ ।
यीबाहेक हरेक कम्युनमा एक निरीक्षक समिति पनि रहन्छ, जो राज्य निरीक्षक अङ्गहरूको नेतृत्वमा सञ्चालन हुन्छ । त्यसमा अध्यक्ष, उपाध्यक्ष र सदस्यहरू हुन्छन्, तर कुनै कुनै कम्युनमा निरीक्षक समिति नहुन पनि सक्छ । यसरी कम्युन शासनको विकेन्द्रित रूप पनि हो ।
हरेक कम्युनको आ–आफ्नो जनसेना रहन्छ । त्यसले आफ्नो कम्युनको शान्ति–सुरक्षाको बन्दोबस्त गर्छ । जनसेनाले उचित र नयाँ ढङ्गले तालिम पाएको हुन्छ र जनसेनाका जवानहरूले उत्पादन बढाउने काममा पनि अरु कामदारहरूले जस्तै भाग लिन्छन् । जनसेनामा वर्ष पुगेका युवायुवतीहरूले स्वेच्छापूर्वक भाग लिन्छन् । जनसेना कम्युनकै मातहतमा रहन्छ र देशमा कुनै प्रकारको बाहिरी आक्रमण भयो भने सारा जनसेना राष्ट्रिय सेना (मुक्ति सेना) मा सम्मिलित भएर आफ्नो देश बचाउने काममा लाग्छन् । यसरी कम्युनको जनसेना (मिलेसिया) कम्युनको सेना हुनुका साथै सारा चीनको सेना पनि हो ।
विरोधीहरू कम्युनको काम गर्ने शैलीलाई पनि आलोचना गर्छन् । तिनीहरूको आलोचनालाई आलोचना नभनेर झूटा प्रचार भन्न उचित हुन्छ । किनभने, तिनीहरू कम्युनमा कम्युनका सदस्यहरू फौजी अनुशासनमा रहनुपर्छ र व्यक्तिगत स्वतन्त्रता छैन भनेर सरासर झूटा प्रचार गर्छन् । तर, चिनियाँ जनकम्युनका सदस्यहरू आफ्नो गाउँमा, देशमा, समाजवादको निर्माण र आफ्नो जीवन स्तर उँचो उठाउनमा सैनिकहरूजस्तै सङ्गठित भएर, लडाइँको मैदानमा जस्तै तत्परता र होशियारीसाथ काम गर्छन् र सामूहिक जीवन व्यतीत गर्छन् । यो कुरा चिनियाँ जनताको लागि सामान्य विषय थियो । त्यसैले चिनियाँ जनतामा सैनिकहरूजस्तै सङ्गठित होऊ, लडाइँको मैदानमा जस्तै तत्परता र होशियारसँग काम गर र सामूहिक तरिकाले जीवन बिताऊको नारा पुगेको थियो । त्यही कुरोलाई लिएर नै विरोधीहरूले कम्युनमा सैनिक अनुशासनमा बसेर जीवन बिताउन बाध्य गराउँछ भनेर प्रचार गरेका थिए ।
चीनमा समाजवादको निर्माणको लागि उत्पादनको पुरानो ढाँचालाई बदलेर नयाँ ठुलो आकारको लागि चाहिने दलहरूमा विभाजित गरी समाजवादी केन्द्रीयताको आधारमा काम गर्नु आवश्यक थियो । यसको ठीक उल्टो कम्युनमा सैनिक अनुशासनको आरोप लगाउने साम्राज्यवादी र पुँजीवादी देशहरूमा पुँजीपतिहरू नाफाको लागि कोर्राको भरमा बढी घण्टा काम गर्नुपर्छ भन्ने कुरा कसलाई थाहा छैन ? स्वेच्छापूर्वक आफ्नो र आफ्नो देशको लागि काम गर्ने कम्युनमा सैनिक अनुशासन छ अथवा पुँजीपतिहरूको नाफाको लागि कोर्राको भरमा बढी घण्टा काम गर्नुपर्ने पुँजीवादी देशका कारखानाहरूमा सैनिक अनुशासन लागु गरिएको सबैले बुझ्ने कुरा हो । व्यक्तिगत स्वतन्त्रताको नाउँमा कम्युनमा शोषण गर्न पाइन्न तर पुँजीवादी देशहरूमा पाइन्छ ।
दुई चीनको षड्यन्त्र रची चीनको अभिन्न अङ्ग थाइवान (फार्मोसा) कब्जा गरी चीनमा हमला गर्ने दाउमा बसेको अमेरिकी साम्राज्यवादलाई डर ‘लडाइँमा जस्तो तत्परता र होशियारसाथ काम गर्ने’ कामदारहरूले चीनमा बाहिरबाट हमला हुँदा सबै सैनिकहरू भएर आफ्नो देश बचाउनेछन् भन्ने चिन्ता हो । यसरी कम्युनमा चिनियाँ जनता आफ्नो देशमा समाजवादको निर्माणको लागि स्वेच्छापूर्वक सैनिकहरूजस्तै सङ्गठित होऊ, लडाइँको मैदानमा जस्तै काम गर, सामूहिक जीवन व्यतीत गरको नारालाई समाजवादी तरिकाले कार्यरूपमा ल्याइएको हुन्थ्यो, जहाँ कसैको आज्ञा र जबरजस्ती कसैमाथि थोपिँदैन जस्तो पुँजीवादी देशहरूको उत्पादनका केन्द्रहरूमा लागु हुन्छ ।

वितरण व्यवस्था

कम्युनहरूमा ‘हरेकलाई कामअनुसार’ भन्ने समाजवादी वितरण व्यवस्था प्रचलनमा ल्याइएको थियो । जसले धेरै काम गर्छ, उसले त्यति नै बढी पाउँछ, जसले काम गर्दैन उसले केही पनि अथवा खान पनि पाउँदैन भन्ने साधारण सिद्धान्तलाई कार्य रूपमा ल्याइएको थियो । तर, यो नियम काम गर्न नसक्ने, ज्येष्ठ नागरिक, केटाकेटी, असक्षम, टुहुराटुहुरीहरूलाई लागु हुँदैन । हरेक कम्युनमा खान, लाउन, बस्न, पढ्न आदि जीवनको तल्लो र आवश्यकीय वस्तुहरू निःशुल्क वितरण हुन्छ । हरेकलाई ‘कामअनुसारकै’ सिद्धान्तअनुसार नगदी र जिन्सी दुवै रूपमा ज्याला पाउँछन् । कामदारहरूमा कामगर्ने उत्साह बढाउन र काममा निपुणता ल्याउन इनामको राम्रो व्यवस्था मिलाइएको थियो, जसमा मात्रा र गुणको आधारमा ‘कामअनुसार’ कै नियम कार्यरूपमा ल्याइएको थियो ।
वितरण व्यवस्था कम्युनको उत्पादनमा निर्भर गर्दछ । कम्युनको कुल उत्पादनको सयकडा १० (दस) राज्य सरकारलाई करको रूपमा दिएपछि बाँकी हुन आउने जम्मा रकमको सय कडा ३० भाग जति जनकल्याण, उपचार, बालोद्यान आदि लोककल्याणको क्षेत्रमा लगाइन्छ । सयकडा १० उत्पादन बढाउन कम्युनको कोषमा दाखिला हुन्छ र सयकडा ५० कामअनुसारको नियमअनुसार कम्युनका सारा सदस्यहरूमा वितरण गर्छ । तर, सबै कम्युनहरूमा यो नियम समान छैन । ‘कामअनुसार’ को समाजवादी सिद्धान्तलाई नछोडेर बजेट शीर्षकहरू घटबढ कम्युनको सभाले गर्नसक्ने भएको हुँदा कम्युनको उत्पादन र स्थिति हेरेर फरकफरक हुन्छ । कम्युन उत्पादनको वृद्धिकै अनुपातमा कामदारहरूको ज्याला र आवश्यकीय वस्तुहरू निःशुल्क वितरणमा पनि वृद्धि हुँदै जान्छ । यसरी कम्युनहरूमा वितरण व्यवस्था समाजवादी ढङ्गले सञ्चालन हुनुका साथै कामको ज्याला पुरानो चिनियाँ समाजमा जस्तो घरको मुलीलाई नदिई काम गर्ने व्यक्तिकै हातमा दिइन्थ्यो । पुरानो सामन्तवादी व्यवस्थामा ज्याला जम्मै घरको मुलीले लिने हुँदा काम गर्ने छोरी–बुहारी र जहानहरूको काम गर्ने उत्साह पनि कम हुन्थ्यो । तिनीहरूको सानोभन्दा सानो आवश्यकीय वस्तु किन्न पनि मुलीको मुख ताक्नु पर्दथ्यो । कम्युनमा त्यसो नभई काम गर्नेले नै ज्याला पाउने व्यवस्था गरेको हुँदा युवायुवतीहरू खुसी थिए ।
व्यक्तिगत सम्पत्तिको प्रश्न
विरोधीहरूले कम्युनको सम्बन्धमा विरोध गर्ने विषयमध्ये व्यक्तिगत सम्पत्ति पनि एक हो । देशका ठुलठुला समाजवादी नेताहरू पनि कम्युनमा व्यक्तिगत सम्पत्ति राख्न पाइन्न भनेर घाँटी सुकाएर कराउँथे । अरु विदेशी समाजवादी नेताहरूले भनेजस्तै नेपाली काङ्ग्रेसका नेताले पनि मिनेटैपिछे चिनियाँ कम्युनको विषयलाई लिएर बोल्दा ‘दाल, भात तरकारी अरु जम्मै सरकारी’ भन्ने गर्थे । वास्तवमा कुरा त्यस्तो थिएन ।
कम्युनमा आफूले कमाएको जम्मै सम्पत्ति आफूसँग खुसीसाथ राख्न पाउँथ्यो, तर व्यक्तिगत सम्पत्तिको नाउँमा त्यस सम्पत्तिबाट आफ्नो फाइदाको निमित्त अरुको शोषण गर्न पाइँदैनथ्यो । पुँजीवादी देशमा पाएको जस्तो सम्पत्तिको व्यक्तिगत स्वतन्त्रता भने कम्युनमा जरुरै थिएन भनेमा केही अत्युक्ति नहोला ।
मानिसले मानिसलाई शोषण गर्ने एउटा बलियो साधन उत्पादनका साधनहरू हुन् । जग्गा, जमिन र कलकारखानाहरू, खेतमा काम गर्ने ज्यावल, जोतिने जनावरहरू आदि उत्पादनका साधनहरू हुन् । यी उत्पादनका साधनहरूमा व्यक्तिगत स्वामित्व भएसम्म ज्यावल नभएका अथवा उत्पादनका साधनहरू नहुने किसानहरू अथवा मजदुरवर्ग सधैँ उत्पादनका साधनका मालिकहरूद्वारा शोषित भइनैरहने हुँदा चीनमा अर्ध–समाजवादी सहकारी खेतीको समयमै उत्पादनका साधनहरूमा व्यक्तिगत मालिकत्व हटाउँदै लाने कुरो विस्तार विस्तार कार्य रूपमा ल्याएका थिए ।
पूर्ण समाजवादी सहकारी खेतीको अन्त र कम्युनको सुरु सुरुसम्म पनि उत्पादनका साधनहरूमा आंशिक अथवा केही अंशमा व्यक्तिगत स्वामित्व कायमै थियो । तर, पछि कम्युनका सदस्यहरूको राजनैतिक चेतनाको विकास र कम्युनको उत्पादनको स्तर बढ्दै गएपछि उत्पादनका साधनहरूमा सामूहिक स्वामित्व कायम हुँदै गयो । यसरी जनकम्युन एक समाजवादी सङ्गठन थियो जसमा उत्पादनका साधनहरू र उत्पादन सबै सामूहिक हुन्थ्यो ।
माथि भनेझैँ कम्युनका सदस्यहरूमा राजनैतिक चेतनाको राम्रो विकास र कम्युनको उत्पादनको उत्तरोत्तर वृद्धिले उत्पादनका साधनहरूको सामूहिक स्वामित्वबाट सारा जनताको स्वामित्वमा परिणत हुँदै गएको थियो ।
सामूहिक स्वामित्व र सारा जनताको स्वामित्व दुवै समाजवादी स्वामित्व हुन् । त्यसबारे चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ केन्द्रीय समितिको छैटौँ विस्तारित बैठकको विज्ञप्तिमा पनि उल्लेख गरिएको थियो । सामूहिक स्वामित्व र सारा जनताको स्वामित्व दुवै समाजवादी स्वामित्व हो, तर सामूहिक स्वामित्वभन्दा सबै जनताको स्वामित्व अगाडि बढेको समाजवादी स्वामित्व हो । यस दृष्टिकोणले हेरियो भने चिनियाँ जनकम्युनमा सामूहिक स्वामित्व छ, जो सारा जनताको स्वामित्वमा परिणत हुँदै जानेछ । यसरी जनकम्युन सामूहिक स्वामित्वबाट सारा जनताको स्वामित्वमा परिणत गर्ने सबभन्दा राम्रो किसिमको सङ्गठन थियो, जसमा समाजवादको निर्माण पनि गाँसिएको थियो ।
चिनियाँ कम्युनमा ठुलठुला उत्पादनका साधनहरूमा बाहेक अरु जम्मै वस्तुहरूमा व्यक्तिगत स्वामित्व कायमै थियो । घर हुनेको घर र घरमा भएको सामान (फर्निचर), रेडियो आदि जम्मै उपभोगका सामानहरूमा व्यक्तिगत स्वामित्व छँदै थियो र कुनै व्यक्तिले चाहेमा आफ्नो तलब अथवा ज्यालाबाट आउने रकम सँगालेर राख्ने वा बैङ्कमा राख्ने अथवा अरु कुनै काममा लगाउन सकिन्थ्यो । तर, व्यक्तिगत सम्पत्ति र व्यक्तिगत स्वतन्त्रताको नाउँमा अरुको शोषण हुने कुनै किसिमको कामलाई अवैध गरिएको थियो । साथै कम्युनका सदस्यहरूले आफ्नो घरको वरिपरि केही सीमित जग्गा राख्न सकिन्थ्यो । सोभियत रुसमा पनि त्यस्तै थियो । त्यसबारे तिनीहरू व्यक्तिगत तरकारी लगाउने अथवा फूलबारीको काममा लगाउन सक्थे । यी कुराहरूले के स्पष्ट गर्छ भने चिनियाँ कम्युनमा पनि सम्पत्ति राख्न पाइन्थ्यो र चिनियाँ ‘कम्युनमा व्यक्तिगत सम्पत्ति भन्न पाइन्न’ भन्ने फोहोर प्रचारहरू सरासर गलत थियो ।
परिवारको प्रश्न
चिनियाँ जनकम्युनका विरोधीहरूका लागि चिनियाँ जनकम्युनमा परिवारको सवाल एक जल्दोबल्दो र महत्वपूर्ण प्रश्न थियो । तिनीहरूको प्रचार हेर्दा साधारण मानिसहरूलाई असाध्य आश्चर्यजनक र कौतुहलपूर्ण लाग्थ्यो । संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री डलेसले पनि चिनियाँ समाजको पारिवारिक जीवनलाई नष्ट पारेको गुनासो गरेका थिए । विरोधीहरूले जथाभावी भन्न पाउनुको एउटा कारण थियो, जनकम्युनका आइमाईहरूको सजिलोको निमित्त सञ्चालन गरिएका नर्सरी (शिशुशाला) र किनरगार्डेन (बालोद्यान) हरू । तर, वास्तविकता विरोधीहरूको भनाइको ठीक उल्टो थियो । जनकम्युनले न बालकहरूलाई सरकारको हातमा बेच्थ्यो, न त आइमाई र घरका जहानहरूलाई छुट्टाछुट्टै राख्थ्यो, न त कसैको दाम्पत्य जीवनमा नै बाधा पारेको थियो ।
चिनियाँ जनक्रान्तिभन्दा पहिले चिनियाँ समाज एक सामन्तवादी पितृसत्तात्मक व्यवस्था थियो । त्यो एक पिछडिएको जहानियाँ व्यवस्था थियो र त्यो व्यवस्था पुँजीवादी समाजमै आफैँ विस्तारै बिलाएर जाने थियो । सामन्तवादी पितृसत्तात्मक परिवारमा आइमाईहरू घरेलु दासताको जाँतोमा पिसिएको हुन्थ्यो, चुलोको धुवाँमा तिनीहरूको मुखमण्डलमा स्वतन्त्रताको एक सानो हँसिलो रेखासम्म पनि पाउन सकिँदैनथ्यो र युवायुवतीहरूले पनि सामन्ती अनुशासनको फिक्री लिनुपथ्र्यो । सामन्ती अनुशासनको नाउँमा घरका सदस्यहरूले आफ्नो इच्छा, स्वतन्त्रता र व्यक्तित्वलाई पनि तिलाञ्जली दिनुपर्दथ्यो । हो, यस्तो नसुहाउँदो अप्रजातान्त्रिक पारिवारिक व्यवस्थाको बदला जनकम्युनले चिनियाँ समाजमा एक समाजवादी प्रजातान्त्रिक पारिवारिक व्यवस्था कायम गरिदिएको थियो । समाजवादी र प्रजातान्त्रिक संयुक्त पारिवारिक व्यवस्थामा युवायुवती र अरु सबै परिवारका सदस्यहरूको अधिकारलाई सुरक्षित गरिएको थियो, जसलाई सारा युवायुवती र जनताले सहर्ष स्वागत गरेका थिए ।
कामको समयमा जनकम्युनका सदस्यहरू आफ्ना सानासाना बालबालिकालाई केटाकेटी स्याहार्ने तालिम पाएका धाईहरू (Sisters) भएको बालोद्यान र शिशुशालामा राख्ने गर्थे र काम सकिएपछि आफ्ना नानीहरू लिएर जान्थे । शिशुशाला र बालोद्यानको व्यवस्था जनकम्युन आफैँले गर्दथ्यो । यसै कुरोलाई लिएर विरोधीहरू केटाकेटीहरूलाई सरकारले लिन्छन् भनेर सरासर झूटा हल्लाहरू फैलाएका थिए । वास्तवमा बालोद्यान, शिशुशाला र सामूहिक भान्छाघरको सुरुवात समाजवादी देशमा भन्दा पहिले पुँजीवादी देशहरूमा भएको थियो । फरक यति हो कि पुँजीवादी देशको कामदारहरूको भान्छाघर, शिशुशाला र बालोद्यान पुँजीवादी तरिकाको थियो, जसमा शोषणको प्रचुरता हुन्थ्यो । यसबारे चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको छैटौँ विस्तारित बैठकमा पनि स्पष्टसँग प्रतिवाद गरिएको थियो ।
जनकम्युन चिनियाँ समाजको सबभन्दा तल्लो सङ्गठन हो । त्यसमा उद्योग, खेती, व्यापार, शिक्षा र संस्कृति, न्याय, स्वास्थ्य, सार्वजनिक कल्याण, सैनिक कार्यकलाप, यातायात र प्रशासकीय कार्यहरू आदिको प्रबन्ध एउटै सङ्गठनमा सम्मिलित छ, त्यसको विकासले चिनियाँ समाजमा सहर र गाउँ, मजदुर र किसान, शारीरिक र बौद्धिक श्रमको बिचको भिन्नता मेटिँदै क्रमशः सामूहिक मालिकत्वबाट सारा जनताको स्वामित्वमा, ‘हरेकलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला’ बाट ‘हरेकलाई आवश्यकताअनुसार’ को साम्यवादी समाजमा भित्रिने छ । त्यस उद्देश्यको निम्ति जनकम्युन एक लायक र राम्रो माध्यम हो ।
चिनियाँ जनकम्युनको स्थापनाले नर्सरी, किनरगार्डेन, सामूहिक भान्छाघर, लुगा सिउने दल आदि कुराहरूको व्यवस्था र आइमाईहरूले पनि काम पाएकाले पारिवारिक जीवन झन् सुखी भएका तथ्यहरूलाई विरोधीहरूले कम्युनले पारिवारिक जीवन नै खलबल्यायो भनेर सरासर झूटा कुराहरू प्रचार गरेका थिए । यसले घरेलु दासताबाट मुक्त भएर आफ्नो बौद्धिक स्तर उठाउने अवसर पाउनुको साथै घरको आर्थिक क्षेत्रमा पनि प्रगति भएर चिनियाँ आइमाई र तिनीहरूको घरेलु जीवनमा बढी सुखसुविधा ल्याइदिएको थियो ।
किनरगार्डेन दुई किसिमका छन् – पहिलो, दिनभर अथवा आमाबाबुको कामको समयमा मात्र केटाकेटीलाई राख्ने† दोस्रो, बोर्डिङ स्कूलजस्तै आवासीय । अर्को शब्दमा ‘पार्ट टाइमर’ र ‘होल टाइमर’, पार्ट टाइमर बालोद्यानमा आमाबाबुको काम सिधिएपछि आफ्ना छोराछोरी घरैमा ल्याउँछन् र होल टाइमरमा छोराछोरी त्यही खाने र सुत्ने गर्छन् र बेला मौकामा मात्र तिनीहरू घरमा आउँछन् र आमाबाबु पनि भेट्न जान्छन् । यस किसिमको बोर्डिङ स्कूल सबैजसो पुँजीवादी देशहरूमा पनि छन् । तर, विरोधीहरू यस्तै किनरगार्डेनमा राख्ने कम्युनको प्रबन्धलाई ‘केटाकेटी सरकारी हुन्छन्’ भनी नराम्रो र बङ्गयाइतिङ्गयाइ प्रचार गर्छन् ।
कम्युनको गुण र आकार
अगाडि बढेको सहकारी संस्थाहरूले व्यक्तिगत खेती, पारस्पारिक सहकारी दल, प्राथमिक खेती उत्पादक सहकारी संस्थाहरूले भन्दा उत्पादन वृद्धि गरी जनताको जीवनस्तर पनि पहिले अपेक्षा गरेभन्दा माथि उठाए । तर पनि हजारौँ वर्षदेखि थिचिएका र पिछडिएका चीनको गाउँ–गाउँमा समाजवादको निर्माण गर्न, ह्वाङहो, याङसी र सिक्याङजस्ता भयङ्कर नदीहरूको बाढीबाट आफ्नो देश र जनतालाई बचाउन र सुख्खा, असिनाजस्ता प्राकृतिक प्रकोपहरूबाट बालीनालीलाई जोगाउन सहकारी संस्थाहरूले मात्रै सम्भव थिएन । गाउँगाउँमा समाजवादको निर्माणको लागि उद्योग, यातायात र सञ्चारको विकास गरी खेतीमा यान्त्रिकीकरण र विद्युतीकरण गर्नुको साथै किसानहरूलाई वैज्ञानिक र उच्च प्राविधिक संस्कृतिले सुसज्जित गर्ने काम सहकारी संस्थाहरूले मात्रै गर्नसक्ने थिएन । त्यस आवश्यकतालाई पूरा गर्न पुँजी, पर्याप्त श्रमशक्ति, बढी साधनहरू र प्रचुर प्राकृतिक स्रोतहरू भएको र सहकारी संस्थाभन्दा उच्च प्रकारको सङ्गठनको आवश्यकता थियो । त्यही आवश्यकतालाई पूरा गर्न धेरै धेरै सहकारी संस्थाहरू मिलाएर एक ठुलो सहकारी संस्था जस्तो सशक्त सङ्गठन बनाउन अनिवार्य थियो । त्यस्तो सबल र सुसङ्गठित सङ्गठनको आवश्यकता नै जनकम्युनको स्थापनाको अनिवार्य कारण थियो ।
ठुलठुला योजना सफल बनाउन सहकारी संस्थाहरूले भन्दा कसरी जनकम्युनले सफलता पायो भन्नेबारे होनानको थान्सहुई कम्युनको एउटा उदाहरण उपयुक्त हुन्छ । १६ सेप्टेम्बर १९५६ मा होङ छी नं. ८ (रातो झन्डा) नामक पत्रिकामा चिनियाँ कम्युनिस्ट पार्टीका होनान प्रान्तीय समितिका प्रथम सचिव ऊ छीइ–फुले ‘खेती उत्पादक सहकारीबाट जनकम्युनमा’ भन्ने शीर्षकको लेखमा लेख्नुभएको थियो, ४८ वटा सहकारी संस्थाहरू मिलेर बनेको हसीह काउन्टीको थान्सहुई कम्युनको थान्सहुई नदीको दुवै किनारामा सहकारी संस्थाहरू हुँदा बाढी र सुख्खा रोक्न जम्मा ८० वटा स–साना पानी जम्मा गर्नुपर्ने पोखरीहरू बनाएका थिए । एउटै बाढीले हरेक पोखरीको ८० प्रतिशत भाग क्षति पु¥याइदियो । यसरी हरेक सहकारी संस्थाहरूको अगाडि सुख्खा र बाढी रोक्न पानी जम्मा गर्ने पोखरी निर्माण गर्नुपर्ने एउटा प्रश्न चिह्न खडा हुन्थ्यो । ती ४८ वटा सहकारी संस्थाहरू एक कम्युन बनिसकेपछि ८० वटा पोखरी बनाउने ठाउँमा खालि १३ वटा ठुलठुला पक्की पोखरी बनाएर समस्यालाई हल गरे । यस्तै नान छाऊ काउन्टीको खोइवाङ सहकारीसँग काँचो फलाम (खानी) को प्रचुरता थियो भने कोइलाको अभाव थियो । सँगैको थैछ्वाङ सहकारी संस्थाले प्रशस्त कोइला पूर्ति गर्नसक्थ्यो । तर, काँचो फलाम थिएन । यसरी यी दुई सहकारी संस्थाहरूले राम्रो व्यवस्था मिलाउन सकेका थिएनन् । तर, कम्युनको स्थापनापछि समस्या स्वतः समाधान भयो ।
यस किसिमले सहकारी संस्थाहरूको सबै कठिनाइ र असजिला कामहरू कम्युनको स्थापनाले सुल्झ्यो । त्यस्तै एक दुई ठाउँको उदाहरणले देशभरि जनकम्युन स्थापनाको आन्दोलनको तीव्र लहर फैलियो । सन् १९५९ को केही महिनाभित्रै १२,००,००,००० परिवार अथवा ९९ प्रतिशत किसानहरूले जनकम्युनमा भाग लिए । त्यसमा ७,४०,००० खेती उत्पादक सहकारी संस्थाहरू मिलेर २६,००० जनकम्युनको स्थापना गरेका थिए ।
जनकम्युनको स्थापनाभन्दा पहिले हरेक सहकारी संस्थाहरूको प्रतिनिधिहरूको संयुक्त सभा बस्थ्यो र सभामा सबै कुराहरूको छलफलपछि कम्युनको स्थापना हुन्थ्यो । जनकम्युनको क्षेत्रफल र जनसङ्ख्याको विषयमा धेरैलाई अस्पष्ट थियो । तर, जनकम्युनको क्षेत्रफल र जनसङ्ख्या यति भएपछि मात्रै कम्युन बन्ने र यतिभन्दा घटीबढ्यो भने कम्युन नबन्ने भन्ने कुनै नियम थिएन । त्यो त त्यस खास स्थान वा भौगोलिक अवस्था र स्थानीय परिस्थितिमा आधारित हुन्थ्यो । होफैमा ४२,१८३ सहकारी संस्थाहरूको २५१ जनकम्युन बने, त्यसमा १००० देखि २०,००० परिवारसम्म सदस्य छन् । सालाखाला ८,७०० घर थिए एक कम्युनमा । १९५८ को अप्रिल महिनामा स्थापना भएको होनान प्रान्तको स्वीपिङ काउन्टीको वईशिङ (स्पुत्नीक) कम्युन २७ सहकारी संस्थाहरू मिलेर बनेको थियो । त्यसमा ९,३६९ परिवार थियो र ४३,००० जनता थिए । होनानमा १९५८ को जनकम्युनको स्थापनाको आन्दोलनको सिलसिलामा जम्मा १,३५५ जनकम्युन स्थापना भएको थियो र सालाखाला हरेक कम्युनमा ७५,००० घर थिए । त्यसमध्ये ७९ कम्युनमा ५,००० देखि १०,००० सम्म र १०७ कम्युनमा १८,००० घरभन्दा बढी र बाँकी ५,००० भन्दा कमको थियो । साधारणतया समथर जग्गाको कम्युनमा १०,००० घरभन्दा बढी र पहाडी इलाकाको कम्युनमा २००० देखि ३,००० सम्म सम्मिलित थियो ।
४ सेप्टेम्बर १९५८ को ‘रेनमिन रिपाऊ’ (जन–दैनिक) को सम्पादकीयअनुसार सहरी क्षेत्रको कम्युनमा १०,००० भन्दा कम जनता सम्मिलित छन् । केही सहर मिलेर बनेको कम्युनमा १०,००० घर पनि हुनसक्छ । केही ठाउँहरूमा २०,००० घर भएको कम्युन पनि स्थापना भइसकेको छ । यसरी कम्युनको क्षेत्र र जनसङ्ख्याको कुनै सङ्ख्या तोकिएको हुँदैनथ्यो ।
त्यही सम्पादकीयको भनाइअनुसार केही कम्युनहरू मिलेर ‘जनरल कम्युन’ अथवा ‘काउन्टी कम्युन’ भनेर कम्युनको सङ्घ बनाउने सम्भावना पनि देखाइएको थियो । अध्ययनले कम्युनको उद्देश्य चाँडै र सजिलोसित पूरा हुने देखिन्थ्यो ।
यसरी जनकम्युन चिनियाँ समाजको क्रमिक विकास हो भन्ने कुरा स्पष्ट हुन्छ । चिनियाँ खेतीलाई समाजवादीकरण गर्न क्रमशः पारस्पारिक सहयोग दल, प्राथमिक सहकारी संस्था र अगाडि बढेको सहकारी संस्था हुँदै जनकम्युनको रूपमा परिणत भयो । त्यो चिनियाँ जनताको राजनैतिक चेतना र आर्थिक विकासको फल थियो ।

दोस्रो/तेस्रो अध्याय समाजवादी समाजबाट साम्यवादी समाजमा सङ्क्रमण

जन–कम्युनको स्थापनाको सुरु सुरुमा चिनियाँ जन–कम्युनलाई हरेक व्यक्तिले हरेक किसिमको नाउँ दिएका थिए । जन–कम्युनलाई कसैले ‘ठुलो सहकारी संस्था’ कसैले ‘अगाडि बढेको सहकारी संस्था’ आदि भिन्नभिन्न किसिमका नाउँ दिए । तर, अध्यक्ष माओ त्सेतुङले त्यसलाई ‘जन–कम्युन’ को नाउँ दिनुभयो । उहाँको भनाइमा जन–कम्युन सहकारी संस्थाभन्दा आकारमा धेरै ठुलो र बढी समाजवादी स्वभावको छ ।
अध्यक्ष माओले साँच्चै ठीक भन्नुभएको थियो– उहाँको ‘ठुलो आकार’ भन्नुको अर्थ हो, “जन–कम्युनको खेती उत्पादक सहकारी संस्थाहरूको भन्दा बढी आकारमा ठुलो हुनु हो किनभने खेती सहकारी संस्थाहरूमा सालाखाला बढीभन्दा बढी १००–२०० घर हुन्छन् । तर जन–कम्युनमा २,००० देखि २०,००० घरसम्म सम्मिलित भएको हुन्छ । त्यो खेती सहकारी संस्थाभन्दा आकारमा मात्रै बढी होइन कि श्रमशक्ति, जग्गा, आर्थिक स्रोतहरू र साधनहरू आदि सबै कुरोमा धेरै गुणा शक्तिशाली छ ।”
माओको ‘आकारमा ठुलो’ भन्नुको दोस्रो अर्थ हो– खेती सहकारी संस्था खालि कृषिको चौतर्फी विकास, पशुपालन, वन–उद्योग, मत्स्यपालन, कुटीर व्यवसाय आदि साना विकासमा मात्रै सीमित हुन्थ्यो । तर, कम्युनले खेतीको चौतर्फी विकासको साथसाथै उद्योग, व्यापार, यातायात र सञ्चार, शिक्षा र संस्कृति, ठुलठुला योजना, प्रशासन सैनिक कार्यकलाप आदि विविध क्षेत्रहरूको पनि चौतर्फी विकास गर्छ ।
उत्पादन सहकारी संस्थाहरू उत्पादनको कार्यहरूमा मात्र सीमित थिए तर कम्युनमा उत्पादनको कार्यसँगै सहर र गाउँको सहकारी वा राज्यको प्रशासकीय अङ्गको साथै कम्युनको प्रबन्ध पनि गाभिएको हुन्छ । यस किसिमबाट कम्युनमा सहर र गाउँ उत्पादनको काम र सहकारी प्रशासन पनि एकै ठाउँमा सम्मिलित भएको हुँदा यी उत्पादक खेती सहकारीभन्दा आकारमा ठुलो भएको हो ।
अध्यक्ष माओको ‘बढी समाजवादी स्वभाव’ भन्नुको अर्थ हो– कम्युनमा व्यक्तिगत उत्पादनका साधनहरू बिस्तारै सामूहिक मालिकत्वमा परिणत भएर सामूहिक मालिकत्व, सबै जनताको स्वामित्वमा परिणत हुनसक्ने सबभन्दा सजिलो माध्यम हुनु हो ।
दोस्रो, कम्युनले आइमाईहरूलाई उत्पादनको काममा भाग लिन लगाउन प्रोत्साहन दिन घरेलु कार्यबाट मुक्त गर्न, सामूहिक भान्छाघर, शिशुशाला, बालोद्यान, लुगा सिउने दल आदिको स्थापना गरेर ‘हरेकलाई कामअनुसार’ को ज्याला र इनामको व्यवस्था गथ्र्यो । साथै कम्युनले कामदारहरूको ज्याला घरको संरक्षकलाई नदिएर सोझै कामदारहरूलाई नै दिएर पुरानो सामन्तवादी प्रिति प्रथालाई अन्त ग¥यो ।
यसबाहेक कम्युनले बिनापैसाले खाने, लाउने, बस्ने, पढ्ने, अन्तिम संस्कारको व्यवस्था, विवाह, सुत्केरी, मनोरञ्जन, स्वास्थ्य रक्षा आदि जीवनका तल्ला आवश्यकताहरूलाई पूर्ति गर्ने व्यवस्था ग¥यो ।
उपर्युक्त कुराहरूले अध्यक्ष माओको उक्तिले आकार र बढी समाजवादी स्वभावलाई स्पष्ट गर्छ ।
तर, कम्युनमा समाजवादी स्वभावमात्र भएको होइन बरु चाहिए जति खानाको निःशुल्क वितरण, सबै जनताको स्वामित्व (सामूहिक सम्पत्तिमा), एउटै संस्थामा खेती, उद्योग, व्यापार, शिक्षा र संस्कृति, जनसेना र प्रशासकीय कार्य आदिले गर्दा चिनियाँ समाज साम्यवादी समाजमा भित्रिन चाहिने परिस्थितिहरू पनि विद्यमान देखिए । चिनियाँ गाउँहरूमा प्राथमिक सहकारीबाट अगाडि बढेको सहकारी संस्थामा परिणत भएजस्तै चीनको खेती व्यवस्थामा पूर्ण यान्त्रिक र विद्युतीयकरण भई उत्पादनका साधनहरूमा गुणात्मक परिवर्तन भइसकेपछि जन–कम्युन अगाडि बढेको कम्युनमा बदलिनेछ, त्यसबेला चिनियाँ समाजमा ‘हरेकलाई कामअनुसार’ को सिद्धान्तबाट ‘आवश्यकताअनुसार’ को वितरणको सिद्धान्त लागू भएर साम्यवादी समाजमा भित्रिनेछ । त्यसबेला चीनमा सहर र गाउँको फरक, किसान र मजदुर, बौद्धिक काम र शारीरिक काममा भेद देखिने छैन । अनि चिनियाँ जनता साधनहरूको प्रचुरता भएको समाजमा भित्रिने छन् । त्यो आदर्श समाजको कल्पना, धेरै वर्ष अगाडि साम्यवादका चिन्तक, प्रवर्तक, श्रमिक जनताका महान् नेता कार्ल माक्र्स र फेडरिक एङ्गेल्सले गर्नुभएको थियो ।

तेस्रो अध्याय

पेचिङको एक सहरी कम्युन
चीनमा सबभन्दा पहिले जन–कम्युनको स्थापना गाउँ–गाउँमा भएको थियो । पछि गाउँ–गाउँको जन–कम्युनको सफलताले सहर सहरमा पनि जन– कम्युनको स्थापनाको आन्दोलन चल्यो । आन्दोलनको सुरु सुरुमा सहरका पुँजीपतिहरू, उच्च मध्यमवर्ग र पुँजीवादी बुद्धिजीवीहरू कम्युन स्थापना गर्ने पक्षमा थिएनन् । बहुमत जनता कम्युन बनाउने पक्षमा थिए । सन् १९५९ को अन्त र १९६० को सुरु सुरुमा सहरी कम्युनको स्थापनाको आन्दोलन तीव्रगतिले चलिसकेको थियो । तर, सहरी कम्युनले त्यतिबेलासम्म गाउँका कम्युनहरूले जस्तो विकास गरिसकेको थिएन ।
सन् १९६० जून ९ मा बिहान हामीले अन्तर्राष्ट्रिय युवक–विद्यार्थी स्वास्थ्य निवास छोड्यौँ र पेचिङको छिङच्याङ होटलमा बस्यौँ । हामी स्वास्थ्य निवास छाडेका साथीहरू करिब करिब २०–२५ जना थियौँ, जसमा नेपाली, भारतीय, मंगोलियाली, कोरियाली र भियतनामी मित्रहरू थिए ।
पेचिङ चीनको राजधानी हो, जहाँ सन् १९४९ मा अध्यक्ष माओ त्सेतुङले जनवादी चीनको स्थापनाको बिगुल फुक्नुभएको थियो । पेचिङ एउटा ठुलो सहर हो । त्यसको बृहत्ताकारले हामीलाई अन्योलमा पा¥यो । स्वास्थ्य निवासबाट बिदा लिनुभन्दा केही महिना अगाडिदेखि नै हामीलाई बरोबर पेचिङका दर्शनीय स्थानहरू हेर्न लगिन्थ्यो । हामीले धेरै लामा लामा चौडा सडकहरूमा गयौँ, धेरै पुराना ऐतिहासिक स्मारकहरू हे¥यौँ । हप्तैपिच्छे र महिनैपिच्छे गइरहेको सडक र ठाउँहरू सधैँ नौलोजस्तो लाग्थ्यो र आश्चर्य लाग्थ्यो ।
आखिर पेचिङ छ कत्रो ? त्यसो भए के ड्रात्र र गाइड (द्वेभाषी) को चलाकी हो त ? अहँ, अवश्य होइन ।
पेचिङ साँच्चिकै ठुलो सहर रहेछ । तर, यो कुरो साँचो हो कि पुरानो पेचिङ आजको नयाँ पेचिङजस्तो थिएन । यस हप्ता या महिनामा भत्काइरहेको पुरानो बजारमा अर्को हप्ता वा महिनामा माइलाँै माइल लामो नयाँ बजार बनिसक्थ्यो । कस्तो आश्चर्यजनक कार्य द्रुतता ¤ त्यस्तै कार्य दक्षता र कार्य द्रुतताले नै त्यत्रो गरिब चीनलाई साम्राज्यवाद, पुँजीवाद र सामन्तवादको बलियो सिक्रीलाई चुँडालेर अत्याचार, व्यभिचार र अनाचारको अखाडामा शान्ति, सुन्दर र आनन्द स्थल बनाउन सके । हामीले पेहाई पार्क, ग्रीम दरबार, स्वर्गको दरबार, चन्द्रमाको आमन्त्रण स्थलजस्ता प्राचीन कलाकृतिपूर्ण दर्शनीय स्थानहरू र कामदार स्टेडियम, पिपुल्स काङ्ग्रेस हल (जन प्रतिनिधिसभा भवन) जस्ता आश्चर्य पार्ने नयाँ भवनहरू हेरिसकेका थियौँ र चिडिया खाना, बायोलोजिकल जू सङ्ग्रहालय आदि ठाउँहरू पनि गइसकेका थियौँ । तर, पनि पेचिङमा हेर्ने थुप्रै स्थानहरू बाँकी नै थिए ।
९ तारिखमा हामी पेचिङ विश्वविद्यालय र ऐतिहासिक सङ्ग्रहालय, चिनियाँ सांस्कृतिक केन्द्र, थेन–आनमन चोक, पेचिङ पुस्तकालय, कपडा कारखाना आदि ठाउँहरूको कार्यक्रम १०, ११ र १२ तारिखतिर थियो । तर, हामी समयको अभावले धेरै हेर्नलायक ठाउँहरूमा जान सकेनौँ । पुरानो पेचिङ सहर त्यति ठुलो थिएन, जति नयाँ छ । पुरानो सहरको चारैतिर ठुल–ठुला पर्खालले पेचिङ घेरिएको थियो । क्रान्तिपछि कति ठाउँका पर्खालहरू भत्काउँदै पुरानो साँगुरो पेचिङलाई फराकिलो बनाउँदै थिए । तर, हामीले सबैजसो ठाउँमा एउटा चीज राम्रो देख्याँै, त्यो हो – पुरानो स्मारकको राम्रो संरक्षण ।
पेचिङको प्रशंसा गर्नलायक चीजहरूमध्ये प्राचीन कला, अति राम्रो प्रतिनिधिसभा भवन, उपनगरहरू र सडकहरू हुन् ।
साँच्चै नयाँनयाँ उपनगरहरू, पेचिङ हवाई अड्डा र थेनआनमेन चोकको सडक र संसद् भवनजस्ता आश्चर्यजनक भवनले पेचिङको स्मृतिलाई सदा ताजा राख्नेछ ।
१० जूनको बिहानको खानापछि हामी होटेलबाट पेचिङको पुरानो सहरतिर गइरहेका थियौँ । सडकका दुवै पेटीहरूमा आ–आफ्ना काममा जान लागेका हट्टाकट्टा र हँसिला मुहारका चिनियाँहरू समूह समूहमा गइरहेका थिए । ठाउँ–ठाउँमा पुराना एकतले घरहरू भत्काउँदै ठुलठुला घरहरूको निर्माण खूब जोडतोडले भइरहेको थियो । क्रान्तिपछि बनेका नयाँ पेचिङका भवनहरू नयाँ प्रकारका थिए र पुरानो पेचिङ सहरका घरहरू आफ्नै चिनियाँ कलायुक्त थियो । नयाँ पेचिङको ट्रक र मोटर हिँड्ने सडकमा पार्कजस्ता बिचबिचमा फूलबारी बनाइएका र बगैँचाजस्तो र लहरै मिलेका नयाँ शैलीका घरहरू हेर्दा सा¥है नौलो लाग्थ्यो । बस पुरानो सहर हुँदै एक गल्लीमा गएर अड्यो । मोटरबाट ओर्लेर हामी अलि पर पुग्नासाथ दुई तीन जना युवा युवतीहरूले हात मिलाएर स्वागत गरे । पुरानो चिनियाँ कलाले युक्त एकतले घरमा सँगै गयौँ । ढोकाको दायाँबायाँ चित्रहरू लेखिएको थियो, काठमाडौँ उपत्यकाका नेवारहरूको पुराना घरहरूको ढोकामा लेखेजस्तै ।
एक दुई चोक हुँदै एउटा लाम्चो बैठक कोठामा पुग्यौँ । कोठाको एउटा भित्तामा दुई चिनियाँ राष्ट्रिय झन्डाको बिचमा अध्यक्ष माओको एउटा ठुलो तस्बिर झुन्ड्याइएको थियो । त्यो थियो– सहरी कम्युनको मुख्य कार्यालय । अगाडि पछाडिका अरू कोठाहरूमा कार्यालयसम्बन्धी र अरू उत्पादनका कामहरू भइरहेको थियो । बैठकको लामो टेबुलको चारैतिर हामीहरू आफ्ना द्वेभाषी लिएर बस्यौँ । हामी नेपाली र भारतीय साथीहरूको निम्ति द्वैभाषी मिस्टर लि थिए । उनी स्वास्थ्य निवासकै एक अङ्ग्रेजी द्वेभाषीहरूमध्ये एक थिए । उनको पूरा नाम हो–मिस्टर लि–च्याङ ह्वा ।
२०–२२ वर्षकी एक महिला त्यस कम्युनको सञ्चालिका थिइन् । उनीसँग हाम्रो परिचय कम्युनकै कोठामा भइसकेको थियो । तिनले एसियाका विभिन्न देशका साथीहरूको स्वागतका भावनाहरू व्यक्त गरिन् । टेबुलको बिचबिचमा चुरोटका बट्टाहरू, सलाइ र धुलो राख्ने भाँडाहरू थिए । २०–२२ वर्षकी एक अर्कै महिलाले चिनियाँ कलाले सिङ्गारिएको चिनियाँ माटाका चियाका भाँडाहरू ल्याइन् र राखिन् । उनी पनि कम्युनकै एक कार्यकर्ता थिइन् । का. सञ्चालिकाले आफ्ना स्वागतका शब्दहरू बोलिसकेपछि आफ्नो कम्युनको सम्बन्धमा बोल्दै गइन् । कम्युनको परिचयलाई मि.लिले अनुवाद गर्दै गए ।
यस जन–कम्युनमा जम्मा १३ हजार घर छन्, जहाँ ६० हजार निवासी छन् ।
क्रान्तिभन्दा पहिले यो क्षेत्र सा¥है पिछडिएको थियो । शिक्षाको क्षेत्रमा एक प्राइमरी स्कूल र तीन मिडिल स्कूलमात्र थिए । किनमेल गर्ने पसलहरू पनि सा¥है कम थिए । बेरोजगारी समस्या त झन् चर्को थियो ।
सन् १९५८ को वसन्तमा यस क्षेत्रमा शिक्षाको व्यापक प्रचार गरियो । शिक्षा प्रचारकै सिलसिलामा धेरै महिलाहरूले राजनैतिक र आर्थिक जानकारी पाए तथा आफ्नो देशको आवश्यकता र कठिनाइलाई राम्रैसँग बुझे, त्यसको फलस्वरुप कम्युनिस्ट पार्टीको ‘लामो पाइला’ को आन्दोलनको नारालाई कार्य रूपमा ल्याउन व्यवहारमा उत्रे । त्यस ‘लामो पाइला’ मा भाग लिनेहरू यस कम्युनमा धेरैजसो महिला नै थिए ।
कम्युनको स्थापनापछि धेरै महिलाहरूले काम पाए । तिनीहरू पहिले बेरोजगार थिए ।
कम्युनले सुरु सुरुमा स्थापनाका धेरै कठिनाइहरू भोग्नुप¥यो । तर, कम्युनिस्ट पार्टीको निर्देशन र सङ्गठनले गर्दा कठिनाइहरू सुल्झिँदै गयो । पहिले काम गर्न नजानेकाले अरू ठुल–ठुला कारखाना हेर्न र सिक्न पठाउने गरियो र पछि अरू कारखानाका कामदार साथीहरू कम्युनमे आएर सिकाउन थाले । यसरी कम्युनिस्ट पार्टीले मद्दत गर्दै गयो, कम्युनका कठिनाइहरू बुझेर त्यसको हल गर्ने उपाय पनि बतायो । सुरु सुरुमा यस कम्युनमा १२ जवान कामदारहरूले मात्रै कामको तालिम पाएका थिए र ३ जना पसलमा काम गर्थे । काम गर्ने दल (टीम) हरू पनि स–साना थिए । एक दलमा करिब ३ देखि ५ जनासम्मका हुन्थ्यो । यसरी यो कम्युनको पहिलेको काम गर्ने ढाँचा सा¥है सानो थियो ।
अघिकै युवती कामरेडले कपहरूमा चिया थप्दै ल्याइन् । चिया चिनियाँ चिया थियो, अर्थात् चिनी, र दूध नभएको सुवासयुक्त चियापछिको चिया । चियाको साना–साना पत्ताहरू र तातो पानी, बस यति हो चीनको चिया । चियाको रङ्ग हरियो हरियो र रातोरातो थियो । चियाको कुराले मलाई चिनियाँ धर्तीमा मेरो पहिलो कुमिङ हवाई अड्डाको एक घटनाको स्मरण गरायो । हामी कुमिङ हवाई अड्डामा फाराम भरिरहँदा चिया ल्याइयो । चिया र खालि तातोपानीमा साना–साना चियाका ‘पातहरू’ मात्रै थिए । चियामा दूध र चिनीको पर्खाइमा थिएँ । तर द्वेभाषी र विद्यार्थी फेडेरेसनका साथीहरूले चिया उठाएर पिउँदै मलाई पनि पिउन आग्रह गरे । फेरि एकछिनपछि विद्यार्थी साथीले भने, “चिया चिसो हुन लाग्यो, उनीहरूले खालि चिया पिएको देख्दा मलाई आश्चर्य लाग्नु स्वाभाविक थियो, मैले पनि चिया उठाएँ । चिया के पिउन लागेको थिएँ, तर हरेक घुट्काइमा आँखा चिम्लनुपथ्र्याे । तीतो न तीतो खाली चिया घाँटीमा अड्की अड्की जान्थ्यो । तैपनि, केही त पिएँ । यहाँ पनि त्यस्तै चिया थियो । तर, चीनमा बस्दा बानी बसिसकेकोले अब चिनियाँ चियाले अचम्म पार्न छोडेको थियो ।
श्री लिको अनुवादपछि तिनले भन्दै गइन्, “यो कम्युनमा काम गर्ने कामदारहरू धेरैजसो महिलाहरू नै छन् । सुरु सुरुमा महिलाहरूलाई घरको काम र बच्चा (नानी) राख्ने ठाउँ नभएकोले काममा असजिलो र बाधा अनुभव भयो । फेरि कम्युनको काम गर्ने ठाउँ सा¥है सानो थियो । खाली ५–६ वटामात्र कोठा थिए । यस उसले अर्कै एक भत्केको घरलाई जानी नजानी महिलाहरूले मात्रै एउटा घर बनाए र त्यसमा नर्सरी (नानीहरू राख्ने ठाउँ) को रूपमा काम लिइयो । अर्को यस्तै अलि अलि भत्केको र बनाउनुपर्ने एक दुई घर पनि मर्मत गरेर डायनिङ हल (सामूहिक भान्छा घर) आदि बनाइयो । पहिले भान्छा घरहरू पुरानै तरिकाको थियो तर पछि देशमा टेक्निकल तेल्युसन (प्राविधिक विकास) र टेक्निकल इनोभेसन (प्राविधिक आविष्कार) को अभियान चल्यो र भान्छा घर पनि नयाँ प्रविधिले नै बनाइए ।”
हामी चिया पिउँदै गर्यौँ र उनी आफ्नो कम्युनको प्रगतिको विषयमा भन्दै गइरहेकी थिइन्, “अहिलेसम्ममा यो कम्युनमा १० वटा ठुलठुला फ्याक्ट्री (कारखाना) छन् । अरू धेरै साना कल–कारखानाहरू पनि छन् । ठुलो कारखानाहरूमा कमसेकम ३०० र स–साना कारखानाहरूमा कमसेकम १०० मजदुरहरू हुन्छन् ।

तेस्रो अध्याय समाजवादी समाजबाट साम्यवादी समाजमा सङ्क्रमण

सन् १९५८ मा यसको उत्पादन (औद्योगिक वस्तु) को मूल्य १.३ लाख यान बराबरको थियो । (अहिले चीनको मुद्रा एक युआनको १०–११ नेरु हो ।) सन् १९५९ मा बढेर ३९ लाख युआन पुग्यो । सन् १९६० को तीन महिनाभित्र पहिलेको भन्दा १७१ प्रतिशत बढेको छ ।
यस कम्युनमा २० ठुलो र ५० साना थोअर्र्साे (शिशुशाला) छन् । ती थोअर्साेहरूमा १९५९ सालमा १५०० नानीहरू मात्र थिए, तर यो साल ४,००० नानीहरू पुगे । यस कम्युनमा थोअर्साे झन्झन् लोकप्रिय हुँदै आएको छ र बालकहरूको सा¥है राम्रो हेरचाह हुन्छ । यस साल पेचिङको नर्सरी शिक्षाको प्रतियोगितामा यस कम्युनले धेरै राम्रो स्थान पाएको थियो ।
यस कम्युनको जम्मा ८२ सामूहिक भान्छाघर छन् । ८२ वटा सामूहिक भान्छाघरमध्ये १२ ठुला र ७० साना भान्छाघर छन् । यी भान्छाघरहरूमा ७००० भन्दा बढी मानिसहरूले खाना खान्छन् । पहिले पहिले सामूहिक भान्छाघरमा २००० जवानले मात्रै खाने गरेका थिए । तर पछि सामूहिक भान्छाघरको फाइदा थाहा भएपछि लोकप्रियता बढ्दै गयो । भान्छाघरहरू १०– २० जनादेखि लिएर १०० जनासम्म खान सक्नेछन् । यी डाइनिङ हलबाहेक २९ सर्भिङ सेन्टरहरू (खाना पु¥याउन जाने केन्द्रहरू) पनि छन् । विशेष गरेर बुढाबुढीको लागि घरमा खाना पु¥याउन जाने बन्दोबस्त छ ।
कम्युनको कारखानाहरूमा साधारण मालसामानहरूमा जुत्ता, कपडाजस्ता मालसामानहरू र ठुलठुला सामानहरूमा इलेक्ट्रिक प्रोडक्टर, एरोप्लेनशिपजस्ता वस्तुहरू उत्पादन हुन्छ । यी कारखानाहरूमा दस भिन्नाभिन्नै मालसामानहरूको उत्पादन हुन्छ । ती दस भिन्नाभिन्नै मालसामानहरूमा ६० किसिमका सानाठुला डिजाइनका छन् ।
उनी आफ्नो कम्युनको शिक्षाको प्रगतिको सम्बन्धमा भन्दै गइन्, “क्रान्तिभन्दा पहिले त यो ठाउँ अशिक्षाको गढ नै थियो । क्रान्तिपछि शिक्षाको प्रचार भए पनि अशिक्षितहरू ठुलो सङ्ख्यामा थिए । सन् १९५८ मा यस कम्युनको क्षेत्रभित्र २७०० अशिक्षित व्यक्तिहरू थिए र सन् १९६० मा जम्मा १०० जति अशिक्षित व्यक्तिहरू छन् । कम्युनले पहिले शिक्षाको प्रचारको सिलसिलामा मानिसहरूलाई साक्षर बनाउनमा सबभन्दा बढी जोड दियो । पछि राजनैतिक र आर्थिक शिक्षाको प्रचार गरियो । पहिलेका निरक्षरहरू अहिले अड्डाहरूको काम गर्छन्, कहानी र कविता लेखपढ गर्न सक्छन् । कम्युनको स्थापनापछि महिलाहरूमा राजनैतिक र आर्थिक शिक्षा स्तरमा विकास गर्नुको साथै उनीहरूले उत्पादनको काममा र घरेलु काममा पनि धेरै सुधार गरे† राजनैतिक र आर्थिक चेतनाले वास्तविक स्वतन्त्रतालाई बुझे । घरेलु व्यवहार पनि झन्झन् परिष्कृत हुँदै गए । यसरी उनीहरूले घरेलु दासताबाट मुक्त हुने कुराहरू बुझ्दै गए । जनता शिक्षित भएपछि उत्पादनका तरिकाहरू बदल्न र प्राविधिक ज्ञान हासिल गर्न सजिलो भयो । प्राविधिक ज्ञानले उत्पादनको तरिकालाई केही अंशमा सुधार ग¥यो । त्यसले गर्दा उत्पादनमा ८० प्रतिशत वृद्धि भयो ।”
कुराकानी सकेपछि हामी कम्युनका कारखाना, भान्छाघर, नर्सरी, बालोद्यान आदि ठाउँहरू हेर्न गयौँ ।
हामीले नजिकका केही कारखानाहरू घुम्यौँ । धेरैजसो कारखानाहरूमा महिलाहरू नै काममा लागेका देख्यौँ । जुत्ताको एक कारखानामा हामी पहिले गयौँ । मलाई आश्चर्य लाग्यो मेसिनले जस्तै महिलाहरू खुब छिटछिटो काम गरिरहेका थिए । सबै कामदार स्वास्नी मानिस नै थिए । उनीहरूले प्रतियोगिता गरिरहेका थिए । एक उत्पादक दलले दिनको १७२ जोर जुत्ता उत्पादन गथ्र्यो ।
त्यसपछि हामी घुम्दै इलेक्ट्रोनिक मेलो भोल्टेजको प्रयोगशालामा पुग्यौँ । त्यहाँ लोग्नेमानिस र स्वास्नीमान्छेहरू सा¥है होशियारीपूर्वक काम गरिरहेका थिए । उनीहरूको काम गराएको ढाँचा र अङ्ग–प्रत्यङ्गबाट थाहा हुन्थ्यो – उनीहरू कसैको दबाबले यसरी ध्यान दिएर काम गरिरहेका होइनन्, स्वेच्छाले हो । सबैको मुखमण्डलमा मैले हाँसो र सन्तोषका रेखाहरू देखेँ ।
त्यसपछि हामी नर्सरी र किनरगार्डेनमा पुग्यौँ । नर्सरीमा नानीहरूलाई खाना ख्वाइँदै थियो । किनरगार्डेनका नानीहरू स–साना चोपस्टीकले कचौराबाट खाना खान सिक्दै थिए । केही नानीहरू बाहिर खेलिरहेका थिए । नानीहरू स्वस्थ थिए । तिनीहरूका गाला पाकेका स्याउझैँ राता थिए । मैले सँगै बसेकी एक ‘दिदी’ सँग प्रश्न गरेँ, “यहाँका बच्चाहरू एकदमै स्वस्थ देखिन्छन्, के कुनै रोग लाग्दैन उनीहरूलाई ?” उनले हाँस्दै उत्तर दिइन्, “नानीहरूलाई रोग लाग्नुअघि नै हामी रोगको उपचार गछौँ ।” हाम्रो पोशाक देखेर नानीहरू आश्चर्य मानेर हेरिरहेका थिए । ‘दिदी’ हरू नानीहरूको हेरचाहमा व्यस्त थिए ।
हामी त्यहाँबाट सामूहिक भान्छाघर हेर्न गयौँ । भान्छाघर र त्यसको वरपरसम्म सफा थियो । चुलोबाट धुवाँ आइरहेको थिएन – खाना पकाउने काम विद्युतीय चुलोमा भइरहेको थियो । खाना पकाउने भाँडाहरू ठुल्ठुला थिए । प्रायः सबै चुला विद्युतीकरण भइसकेको थियो । चुलाका भाँडाहरूबाट बाफ आइरहेको थियो । भान्छामा काम गरिरहेका धेरैजसो मानिसहरू अधबैँसे लोग्नेमानिसहरू थिए । यहाँ कति प्रकारको खाना तयार हुन्छ भन्ने मेरो प्रश्नको उत्तरमा एकजनाले जवाफ दियो, “यहाँ जम्मा दस प्रकारका खाना तयार गरिन्छ ।”
हामी डुलेका कम्युनका सारा ठाउँ सफा थियो । बच्चादेखि वृद्धसम्म हँसिला थिए । यसरी पेचिङको एक सहरी कम्युनबाट बिदा लिएर हामी दिउँसोको अरु कार्यक्रमका लागि हिँड्यौँ ।
पश्चिमी झीलको लोक–कम्युनको एक फार्म
रेलमा बसेर हामी शाङ्घाईबाट हाङचाउको निम्ति हिँड्यौँ । रेलको बन्दोबस्त हेर्दा हामी छक्क प¥यौँ । हामीले भारतको रेल व्यवस्थापनमात्र देखेका थियाँै ।
सबै मानिसहरू आ–आफ्ना ठाउँमा नियमअनुसार बसेका थिए । मालसामान राख्ने ठाउँमा मालसामान राखिएको हुन्थ्यो । रेलभित्र खाने पिउने अलग्गै कोठा थियो । एक डिब्बा (कोठा) बाट अर्को कोठामा जान बाटो बनाइएको थियो । सबै यात्रीहरू आ–आफ्ना स्थानमा बसेर अखबार र किताब पढ्दै थिए ।
हरेक कोठामा १५–२० वटा मेचहरू बस्ने ठाउँहरू थिए । त्यसबाहेक त्यसको सँगै एउटा एउटा मेच थियो । एउटा एउटा टेबुलसँगै थियो । टेबुलमा चियाको बट्टा, कप र रिकापी अनि तातो पानी भरेको एकएक वटा थर्मस थियो । २–३ वटा स्थान (सीट) को बिचमा एउटा लाउडस्पिकर राखिएको थियो । रेलमै एउटा प्रसारण केन्द्र थियो । यात्रीहरूको मनोरञ्जनको निम्ति विभिन्न कार्यक्रमहरू प्रस्तुत गरिरहन्थ्यो । क्रान्तिकारी गीत, समाचार, टिप्पणी आदि कार्यक्रम सुनाइरहन्थ्यो । समय–समयमा पेचिङ रेडियोको कार्यक्रमसँग जोडिदिन्थ्यो । प्रसारण केन्द्रले यात्रीहरूलाई रेल कति गतिले दगुरिरहेछ, हावापानीको स्थिति वा तापमान के कति छ, कुन जिल्ला वा सहरबाट रेल गुडिरह्यो आदि सूचनाहरू बेलाबेलामा दिँदै जान्थ्यो । कुनै कुनै सहर र जिल्लाको महत्वबारे पनि छोटो जानकारी दिइरहन्थ्यो । यस किसिमबाट प्रसारण केन्द्रले यात्रीहरूलाई रमाइलो बनाउँथ्यो । यदि प्रसारण सुन्न मन लागेन भने आफ्नो नजिकको लाउडस्पीकरलाई निभाउने या बन्द गरे हुन्थ्यो । खोल्ने र बन्द गर्ने स्वीच पनि सँगै राखिएको हुन्थ्यो ।
खाने बेला भयो भने प्रसारण केन्द्रले समय बताउँथ्यो, यात्रीहरूको लागि चाहिने आवश्यक सूचनाहरू दिइरहन्थ्यो ।
हामीले सुरुदेखि अन्तसम्म घुमेर हे¥यौँ । सबै कोठामा त्यस्तै राम्रो व्यवस्था थियो । विदेशीहरूको निम्ति राम्रो व्यवस्था होला भन्ने साथीहरू नाजवाफ भए । ५–६ घण्टाको यात्रापछि रेल हाङचाउमा बिसाइयो । १७ तारिखको दिन थियो । रेल्वे स्टेसनमा फेडरेसनका साथीहरू हामीलाई लिन पर्खिरहेका थिए । झमक्क साँझ परिसकेको थियो । एक होटेलमा लगियौँ । खाना खाइसकेपछि आराम ग¥यौँ । भोलिपल्ट बिहान फेडरेसनका साथीहरू आए । हाङचाउको कार्यक्रमबारे छलफल भयो । कार्यक्रम बन्यो ।
हाङचाउ चीनको सबभन्दा पुरानो सहरमध्ये एक हो । २१०० वर्ष पुरानो यसको इतिहास छ । यो चच्याङ प्रान्तको राजधानी हो । यसको क्षेत्रफल ३२०० वर्ग किलोमिटर छ । जनसङ्ख्या २२ लाख छ । हाङचाउ सहरको मात्रै जनसङ्ख्या ५ लाख ५ हजार थियो । इस्पात, फलाम, मेसिनरी वस्तु, रासायनिक वस्तु, लत्ता कपडा यहाँका औद्योगिक उत्पादन हुन् । रेशम, चिया, श्रीखण्ड, कपास, चामल, सनपात, धेरै किसिमका फलफुल आदि यहाँका खेती उत्पादन हुन् । हाङचाउ प्राकृतिक सुन्दरताले नै प्रसिद्ध थियो । श्रीखण्ड, रेशम र छाताको मसिना कालीगडीको यो केन्द्र हो । हाङचाउ सहरको सुन्दरताको केन्द्र नै सहरको पश्चिमतिरको ‘पश्चिमी ताल’ हो । त्यस पश्चिमी दहको लम्बाइ उत्तर–दक्षिण ३–३ किलोमिटर छ । पूर्व–पश्चिम चौडा २.८ किलोमिटर छ । गोलाइ १५ किलोमिटर छ । क्षेत्रफल ५.५९ वर्ग किलोमिटर छ । पानीको गहिराइ २ किलोमिटरसम्म छ । दहको बिचमा ठुलठुला टापुहरू पनि छन् । टापुहरूको बिचमा फेरि ताल या पोखरीहरू छन् ।
हाङचाउको तीनतिर हरिया पहाडहरू छन् । तालको बिचमा हरिया टापुहरू धपक्क फुलेका छन् । सिरीसिरी हावा बहिरहन्छ । हावाको हल्का हल्का स्पर्शले समेत तालमा स–साना लहरहरू उठ्छन् । एक किनारादेखि अर्को किनारासम्म लहरहरू पुग्छन् । स–साना लहरहरूसँग तालमा रङ्गीचङ्गी माछाहरू पौडिरहन्छन् । तालको चारैतिर वनकुञ्ज छ । जहाँतहाँ आँखै रमाउने हरियाली र राम्राराम्रा फूलहरू फुलेका छन् । हाङचाउका मसिना घाँसहरू गलैँचाभन्दा नरम र राम्रो छ । ठाउँ–ठाउँमा प्राचीन मन्दिरहरू छन् । ती मन्दिरहरू कलाले सजिएका छन् । हाङचाउलाई हामीले के नाउँ दिऊँ ? चिनियाँ जनता त्यसलाई भू–लोकको ‘स्वर्ग’ भन्थे । चीनको बिर्सनै नसकिने कुरामध्ये हाङचाउको सम्झना हो । साँच्चै त्यो हरियाली, पश्चिमी झीलका पानीमा खेलिरहेका लहरहरू, वनकुञ्जमा फुलिरहेका रङ्गीविरङ्गी फूल र चराचुरुङ्गीको चिरबिर, अनि स–साना फोहरा र झरनाहरू बिर्सन नसकिने छन् ।
भनिन्छ, पहिलेका चिनियाँ राजाहरूले त्यस सुन्दरतालाई पेचिङमा सार्न पैसाको खोलो बगाएका थिए– ‘ग्रीष्म दरबार’ बनाउन । पेचिङमा एक ‘ग्रीष्म दरबार’ छ । हाङचाउको पश्चिमी झीलजस्तै बनाउन त्यहाँ दक्षिणदेखि ढुङ्गाहरू ओसारिएको कथा सुनिन्छ । हुन त पेचिङको ‘ग्रीष्म दरबार’ पनि कम राम्रो छैन । तर, हाङचाउको ज्यान त्यसमा सार्न सकेको देखिएन ।
१८ जूनको दिनभरि पश्चिमी झीलमा बितायौँ । डुङ्गामा बसेर झील पार ग¥यौँ । वनकुञ्जहरू डुल्यौँ । चराचुरुङ्गीको गीत सुन्यौँ । खोलाको मधुरो कलकलमा नेपाल सम्झ्यौँ । गलैँचाजस्तो घाँसका चौरहरूमा लडीबुडी खेल्यौँ । हाङचाउमा १८, १९ र २० जूनसम्मको हाम्रो कार्यक्रम थियो ।
१९ तारिखको दिन थियो । कार्यक्रम पश्चिमी झीलको कम्युनको चिया खेतीको एक उत्पादक दल हेर्न जानु थियो । त्यो उत्पादक दल ड्रागनवेल (नागको इनार) गाउँमा थियो । उत्पादक दल या ब्रिगेड कम्युनको सबभन्दा तल्लो एकाइ या अङ्ग हुन्छ ।
पहाडको नागबेली बाटाहरू हुँदै कार एकपछि अर्को राम्रा राम्रा दृश्यहरू पार गर्दै गयो । कार विस्तारै एक गाउँको अगाडि अड्यो । २४–२५ वर्षका एक युवकले हात मिलाएर हाम्रो स्वागत गरे । उनी उत्पादक दलका सञ्चालक थिए । हामीलाई उनले उत्पादक दलको बैठकमा लगे । उनी हाङचाउको प्रतिनिधि भएर मस्कोमा भएको युवा महोत्सवमा भाग लिएका थिए । सोभियत सङ्घ, रुमानिया, पूर्वी जर्मनी, पोल्यान्ड आदि ठाउँको भ्रमण गरेर उनी फर्केका थिए ।
बैठक सफा सुग्घर थियो । तर, अरु कम्युनको बैठकको दाँजोमा सानो र चिटिक्क परेको थियो । कोठाको भित्ताहरूमा माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओ त्सेतुङ आदि अन्तर्राष्ट्रिय कम्युनिस्ट नेताहरूका फोटाहरू झुन्ड्याइएका थिए । सँगै चीनको राष्ट्रिय झन्डा र चिनियाँ नेताका तस्बिरहरू पनि झुन्ड्याइएका थिए ।
साथी सञ्चालकहरूले सुन्दर शब्दहरूबाट हाम्रो स्वागत गरे । त्यसपछि उनले आफ्नो चिया खेती उत्पादक दलको परिचय दिए । उनी परिचय दिँदै गए, “यो पश्चिमी झील (वेस्ट लेक) जनकम्युनको एक फार्म (खेती संस्था) हो । हाम्रो संस्थामा १३२ घर छन् । जनसङ्ख्या ५२६ छ । ५२६ जनसङ्ख्या आधा र पूरा दिन काम गर्ने सबै हिसाब गर्दा २०२ श्रमशक्ति छ । यस संस्थाको मुख्य उत्पादन चिया र फलफुल हो । यो फार्ममा ४५० माउ (एक माउ (mou) = १/१५ हेक्टर = १/६ एकड हुन्छ = तीन रोपनी) चियाको बगैँचा छ । यहाँको मुख्य उत्पादन लुङचिङ हरियो चिया हो ।”
हामी एक ठुलो टेबुलको चारैतिर बसेका थियौँ । सबैको अगाडि चिया पिउने भाँडो थियो । एक महिला कामदार साथीले चिया पिउने कपमा चिया थप्दै गइन् । भाँडोमा चियाका स–साना हरिया पातहरू पोखरीमा कमलको पातजस्तै तैरिरहेका थिए । भाँडोबाट मगमगाउँदो चियाको बासनाले वातावरणलाई मुग्ध पारिरहेको थियो । चिया पिउँदै गयौँ । साथी सञ्चालकको चियाको कपबाट वाफ माथि उडिरहेको थियो । आफ्नो टिपोटको कापी हेर्दै उनले आफ्नो फार्मको उत्पादनबारे बताउँदै गए, “क्रान्तिभन्दा पहिले यहाँको चिया उत्पादन सा¥है कम थियो । एक माउ खेतमा ४० क्याटिज (एक क्याटिज बराबर १.१ पाउन्ड . आधा किलोग्राम . २.५ साढे दुई पाउ हुन्छ ।) भन्दा बढी हुँदैनथ्यो । तर, सन् १९५८ को ‘लामो पाइला’ पछि एक माउमा १५२ क्याटिज उत्पादन भयो । कम्युनको स्थापनापछि एक माउमा २२२ क्याटिज र अहिले सन् १९६० मा एक माउमा ३०० क्याटिज उत्पादन हुन्छ ।”
विनम्र हुँदै उनले भन्दै गए, “चियाको उत्पादनमा मात्रा मात्र बढेको होइन कि चियाको गुण पनि राम्रो हुँदै गएको छ । क्रान्तिभन्दा पहिले असल चिया एक माउमा २ क्याटिज पनि हुन्नथ्यो । तर, सन् १९५८ मा यस क्षेत्रमा असल चिया ९०० क्याटिज उत्पादन गरियो । सन् १९५९ मा १५०० क्याटिज र १९६० सम्ममा २५०० क्याटिज उत्पादन भइसकेको छ । कम्युनको स्थापनाले सबै बन्दोबस्त भयो र त्यसले गर्दा उत्पादन पनि बढेको हो ।”
एकछिनपछि साथी सञ्चालकले चिया पिउन लागे । द्वेभाषी साथी श्री लिले उल्था गर्दै गए, “क्रान्तिभन्दा पहिले किसानहरूको जीवन सा¥है दुःखी थियो । त्यसबेला वर्षभरिमा एक परिवारले १०० युआन कहिल्यै कमाउन सक्दैनथ्यो । तर, क्रान्तिपछि सालाखाला ४ जवान भएको परिवारले वर्षमा सजिलैसित १०० युआनभन्दा बढी आम्दानी गर्नसक्ने भयो । १९५८ सम्ममा एक परिवारले ४५१ युआन आम्दानी गर्यो र १९५९ मा सालाखाला एक परिवारको आम्दानी ५०९ युआन पुग्यो । क्रान्ति र कम्युनको स्थापनाले किसानहरूको आम्दानी बढेको छ र जीवनस्तर उकासिँदै गएको छ ।”
म र मेरा साथीहरू ध्यान दिई सुनिरहेका थियौँ । फेडेरेसनका साथीहरू पनि मन लगाएर सुनिरहेका थिए । श्री लिले चुरोटको एक लामो सर्को ताने । धुवाँलाई फाल्दै चिया कारखानाको रिपोर्टलाई उल्था गर्दै गए, “देशको प्राविधिक आविष्कार र प्राविधिक क्रान्तिको आन्दोलनपछि फार्मको काम अलि हलुका भयो । उत्पादन पनि धेरै छिटो बढ्न थाल्यो । प्राविधिक आविष्कार र प्राविधिक क्रान्तिले चीनको उत्पादनका साधनहरूमा ठुलो हेरफेर र सुधार भयो । समाजवादको निर्माणको निम्ति उत्पादनको साधनहरूको मात्रा र गुणलाई फेर्नु आवश्यक थियो । (अर्थात् उत्पादनका ज्यावलहरूको धेरै आवश्यकता बढ्यो, त्यसबारे धेरै नयाँ नयाँ र राम्रो तथा सस्तोमा काम सिद्धिन्थ्यो, उत्पादन बढ्यो । प्राविधिक आविष्कार र प्राविधिक क्रान्तिको आन्दोलनभन्दा अघि दिनको २० क्याटिज मात्र चिया टिप्न सकिन्थ्यो । त्यस आन्दोलनपछि दिनको २०० क्याटिज चिया टिप्न सकियो । गएको साल यस फार्मले एक माउमा १८० क्याटिज उत्पादन गर्ने लक्ष्य राखेको थियो । तर, उत्पादन १८० बाट बढेर २०२ क्याटिज पुग्यो ।”
चियाको एक घुटको पिएर साथी सञ्चालकले भन्दै गए, “हाम्रो फार्ममा अहिले एउटा भान्छाघर, एउटा शिशुशाला, एउटा बालोद्यान, एउटा उपचार केन्द्र र एउटा सहकारी पसल छ । पशुपालन गर्ने केही फारमहरू, एउटा चिया कारखाना र एउटा स्वचालित कारखाना छ । कम्युनिस्ट पार्टीले ‘दुवै खुट्टाले हिँड्ने’ ठुलो नीति लिएको छ । त्योअनुसार उत्पादन कार्य चल्दै छ । समाजवादको निर्माणको निमित्त खालि पुरानो वा नयाँ तरिकाले मात्रै उत्पादन गरेर हुँदैन । सारा जनताको माग एउटै तरिकाको उत्पादनले मात्रै पूरा गर्नसक्दैन । यसकारण, एकातिर स्वचालित नयाँ किसिमको उत्पादनको साधनले उत्पादन कार्य भइरहेको हुन्छ र अर्कोतिर पुरानो ढङ्गको हातको कामले उत्पादन भइरहेको हुन्छ । तर, उत्पादनका सबै साधनलाई अहिले आधा कलपुर्जा वा अर्ध–यान्त्रीकरण हुँदै छ ।”

तेस्रो अध्याय शाङ्घाइको माछ्याऊ जनकम्युन

का. च्याइङ मिङले गर्वसाथ आफ्नो कम्युनको प्रगतिबारे भन्दै जान्थे र मि. ली र मिस् लि वाँ शा अनुवाद गर्दै जान्थे ।
अहिले यो कम्युनमा खेतीसम्बन्धी ज्यावल बनाउने, रासायनिक मल बनाउने आदि कारखानाहरू र सिमेन्ट कारखाना, इँट पोल्ने भट्टा र अरु मालसामानका कारखानाहरू गरेर जम्मा २६ वटा कारखानाहरू छन् । कम्युनले सुरुमा रासायनिक कारखानाको योजनाको लागि खालि २५० यानबाट सुरु गरेको थियो । तर, अहिले सबै कारखानाको एक महिनाको जम्मा उत्पादनको मूल्य ६० लाख यान छ । कम्युनले खेतीका कारखानाहरूमा मात्र प्रगति गरेको होइन बरु प्राविधिक सामानहरूमा पनि धेरै प्रगति गरेको छ । अहिले कम्युनसँग २१ वटा ट्याक्टरहरू छन् । यी २१ ट्रयाक्टरमध्ये केही अरु समाजवादी देशहरूमा बनेका छन् र केही चीनमै बनेको टुङ फाङ होङ (पूर्व रातो छ) मार्काको छ । ‘टुङ फाङ होङ’ चीनको असल ट्याक्टरमा पर्छ । ३ वटा माल बोक्ने ट्रक र लहरी एवं अरु धेरै विद्युतीय साधनहरू र अपरेटरहरू छन् । आज यी सबै कुराहरूले पूर्ण भएको कम्युनमा सहकारी खेतीको बेलामा एउटा सानो कारखानासम्म पनि थिएन । व्यक्तिगत खेतीको बेला खेती औजार सा¥है पिछडिएको थियो र उत्पादनमा खास कुनै प्रगति हुन सकेको थिएन । साथै पारस्परिक सहयोग दलको बेलामा पनि मलको केही प्रबन्धबाहेक औजारमा त्यतिको प्रगति हुनसकेको थिएन र ससाना प्राथमिक सहकारी खेती हुँदा पानी पम्पजस्ता सानातिना कुराहरूको मात्र वृद्धि भएको थियो । तर, अगाडि बढेको सहकारी खेतीको बेलासम्म एउटा ट्रयाक्टर पनि थिएन, जसले श्रमको बचत र उत्पादनमा वृद्धि गरोस् । कम्युनको स्थापनाको केही समयमै भएको उत्पादन र सामूहिक सम्पत्तिको वृद्धिले सारा किसानहरूमा कम्युनप्रति विशेष विश्वास बढ्न थाल्यो र झन् सक्रिय भएर उत्पादनको काममा सबै जुट्न लागे । त्यसैको फलस्वरूप उत्पादनले दिन दुगुना रात चौगुना वृद्धि गर्यो । का. च्याइङ मिङ बोलिसकेर चिया पिउँदै थिए र मि. लि र मिस् ली वाँ शाले अनुवाद गर्दै गए ।
“उत्पादनको क्षेत्रमा प्रगति गरेजस्तै यस कम्युनले शिक्षा र संस्कृतिको क्षेत्रमा पनि धेरै प्रगति गरेको छ । अहिले यो कम्युनमा ७३ प्राथमिक विद्यालय, ४ माध्यमिक विद्यालय र ३२ माध्यमिक प्राविधिक शिक्षालयहरू छन् । सबै गरी १०९ विद्यालयहरू छन् । क्रान्तिभन्दा पहिले यो ठाउँमा शिक्षितहरू सा¥है कम थिए । यस इलाकामा निरक्षरता र अशिक्षाको राज्य थियो । अहिले यहाँ ९५ प्रतिशत जनता साक्षर र शिक्षित छन् । क्रान्तिपछि सबै किसानहरूले पढ्ने मौका पाए तथा कम्युन स्थापनापछि किसानहरूले यस कम्युनमा १० जनाभन्दा बढी विश्वविद्यालयका विद्यार्थीहरू पाएका छन् ।
क्रान्तिभन्दा पहिले यो कम्युनको क्षेत्रभित्र एउटा पनि अस्पताल थिएन । डाक्टर थियो, तर पैसाको । यदि कसैले आधा पैसा दियो भने उसले आधी औषधिमात्रै पाउँथ्यो । मतलब आधा पैसाले अथवा अलि गरिब मानिसले औषधि गर्नु बेकार थियो । बिनापैसाले डाक्टरको घरभित्र पनि जान पाउँदैनथ्यो । क्रान्तिपछि यो क्षेत्रमा चारवटा उपचार केन्द्र खोलियो । तर, अहिले कम्युनको एउटा केन्द्रीय अस्पताल र ३३ उपचार केन्द्रहरू एवं ८ प्रसूतिगृह छन् । ती अस्पताल, उपचार केन्द्र र प्रसूतिगृहमा औषधि, खाना आदि जम्मै निःशुल्क छ । यतिमात्र होइन उपचारको लागि डाक्टर घरघरसम्म पनि पुग्छन्, पहिले बिरामीहरू डाक्टरको लागि कोसौँ धाउनुपर्दथ्यो ।
कम्युनको स्थापनापछि कम्युनले सदस्यहरूको सुविधा र स्वास्नीमानिसहरूलाई उत्पादनको काममा भाग लिने मौका दियो, सामूहिक भान्छा घर र कामको बेलामा नानीहरू राख्न शिशुशाला र बालोद्यानको पनि राम्रो प्रबन्ध ग¥यो । अहिले कम्युनमा जम्मा ३१८ सामूहिक भान्छाघर, ३१० शिशुशाला र ६१ बालोद्यान छन् ।
कम्युनको स्थापनापछि ३०० आइमाईहरूले घरको कामबाट मुक्ति पाई उत्पादनको काममा भाग लिन पाए । कम्युनको उत्पादनमा भाग लिने स्वास्नीमानिसहरू कम्युनको जम्मा श्रमशक्तिको १२ भागको १ भाग मात्र छ । कम्युनको जम्मै श्रमशक्ति १८००० छ । अर्ध श्रमशक्ति फेरि छुट्टै छ । कम्युनको स्थापनाभन्दा पहिले स्वास्नीमानिसहरू खालि घरको मात्रै काम गर्थे । भान्छाको काम र केटाकेटीको स्याहार गरेर मात्रै दिन काट्थे र देशको उत्पादन बढाउने काममा भाग लिने मौकै पाउँदैनथे । तर, कम्युन बनिसकेपछि खाना सामूहिक भान्छाघरमै खाने भयो र नानीहरूलाई कामको बेलासम्म बालोद्यान र शिशुशालामा राखेर उत्पादनको काममा भाग लिन पाए । उदाहरणको लागि याऊ स्याऊ मेन हुन् । याऊ स्याऊ मेन यस कम्युनका एक सदस्य हुन् । उनका चार छोराछोरी छन् । कम्युनको स्थापना हुनुभन्दा पहिले उनी खालि बच्चाहरू र घरकै काममा व्यस्त हुन्थिन् । तर, कम्युनको स्थापनापछि दुइटी छोरीहरू शिशुशाला र एउटा छोरी बालोद्यानमा राखेर कम्युनको उत्पादनमा भाग लिइन् । अर्का ठुली छोरीलाई निम्न माध्यमिक विद्यालयमा पढ्न पठाइन् । यसरी छोराछोरीलाई आआफ्नो ठाउँमा राखेर आफू काममा लाग्छिन् र खाना सामूहिक भान्छा घरमै खाने गर्छिन् । १९५९ मा तिनले ३०० दिन उत्पादनको काममा भाग लिएर कामको दिनको रेकर्ड उछिन्न सफल भइन् ।
आइमाईहरूलाई कम्युनको स्थापनाले पाएको सुविधा र प्रगतिले गर्दा कम्युनका लेखक, कवि र कलाकारहरूले त्यसै विषयमा कथा, कविता र गीत लेख्न थाले । एउटा कविताको केही पङ्क्ति यहाँ प्रस्तुत छ । यस माछ्याऊ जनकम्युनमा त्यो कविता सा¥है चर्चित छ । कविता त्यहाँकै एक कविले लेखेका हुन् । त्यसको भावानुवाद यसप्रकार छ –
नानीहरू थुप्रै थिए, काम गर्न दिँदैनथे,
कम्युन बन्यो, काम बन्यो, दुःख पनि हट्यो ।
छोरी हाँस्छे ‘दिदी’ सित शिशुशालामा,
छोरो खेल्छन्, हाँसीहाँसी बालोद्यानमा ।
ठुली जान्छिन् स्कूलमा पिर केही छैन,
खान, लाउन, पढ्न पनि पैसा चाहिँदैन ।
यसरी स्वास्नीमानिस र लोग्नेमानिस दुवैले उत्पादनको काममा भाग लिँदा घर घरको आम्दानी पनि बढ्यो । सन् १९५७ मा एक परिवारको वर्षको बाहिरी आम्दानी २५४ यानमात्र थियो भने १९५८ मा २५४ बाट बढेर ३८३ यान पुग्यो र १९५९ मा ४३५ यानसम्म पुग्यो । तर, १९६० को अन्तसम्ममा यो अझ धेरै बढ्ने सम्भावना छ ।
‘कम्युनको जम्मा उत्पादनको १० प्रतिशत सरकारी कर र २० प्रतिशत सार्वजनिक कल्याण, १० प्रतिशत खेती उत्पादनको लागि अथवा बीउबिजन, जल, मल, हल आदिको निमित्त बचाउँछ । अरु बाँकी उत्पादन वितरण व्यवस्थामा खर्च गर्छ । कुल वितरण अङ्कमध्ये ३० प्रतिशत निःशुल्क वितरणमा र ७० प्रतिशत हरेकलाई कामअनुसारको सिद्धान्तको आधारमा वितरण गरिन्छ, त्यसमा इनाम पनि गाभिएको छ । निःशुल्क वितरणमा खाना, औषधि, नर्सरी, बालोद्यान आदि जीवनको तल्लो आवश्यकीय कुराहरू सम्मिलित छन् ।
कम्युनको स्थापना र वितरण व्यवस्थाबाट प्रभावित भएर कम्युनकी एक कवयत्रिले लेखिन् –
कम्युनले सुनमा सुगन्ध छ¥यो,
अरु संस्थाभन्दा धेरै सुन्दर बन्यो ।
स्वर्गमा स्वर्ग बनाउने बाटो बन्यो,
समाजवादभन्दा साम्यवाद राम्रो ।
बाटो खोल्यो साम्यवादको कम्युनले,
समाजवादको सुनौला बाली रे ।
कामअनुसार पाउनेबाट जहाँ,
आवश्यकताअनुसार पाउनेमा ।
का. च्याइङ मिङले आफ्नो कम्युनको प्रगति र इतिहासको सम्बन्ध छोटकरीमा बताइसकेपछि केही बेरसम्म प्रश्न उत्तर भयो । हाम्रा प्रश्नहरूको उत्तर दिइसकेपछि एकछिन कुराकानी भयो र त्यसपछि कम्युन अवलोकन गर्न गयौँ ।
कम्युनका सदस्यहरू बस्ने आवासहरू कम्युनको अफिसबाट नजिकै थियो र हामीहरू उतैतिर गयौँ । आवास भवनहरू नयाँ प्रकारका थिए । घरहरूको वरिपरि फूलबारी थियो । घरहरू तीनतले र ती सबै घरहरू कम्युनले निर्माण गरेको थियो । हामीहरू घरमा गयौँ । घरको भुइँ तलामा लुगा धुने केही सामानहरू थिए । माथि उक्ल्यौँ । एउटी बुढी महिलाले आफ्नो नातिलाई भात खुवाइरहेकी थिइन् । हामीलाई देखेर बुढी अनकनाई परिचयपछि भारतकी महिला साथी धिराले सोधिन्, “के बुढी आमै आफ्नो नातिलाई शिशुशाला पठाउनु हुन्न ?” बुढी आमैले हाँस्दै उत्तर दिइन्, “नानीलाई मैले भर्खर शिशुशालाबाट ल्याएकी हुँ ।” अर्को एक साथीले प्रश्न गरिहाले, “के भ्रमणको क्रममा लेखक र धिरा एक चिनियाँ बालकसँग शिशुशालामा नानीहरूलाई खुवाउने बन्दोबस्त छैन ?” मि. लिले अनुवाद गर्दै भने, “नानीहरूलाई शिशुशालामा खुवाउने गर्छ, तर चुप लागिरहनुभन्दा नानीहरूलाई खुवाउनु बेस सम्झन्छु । किनभने मेरो केही काम छैन, अर्कोतिर शिशुशालाका ‘दिदीहरू’ लाई मद्दत दिने जस्तो पनि हुन्छ ।”
तिनी ६७ वर्षकी थिइन् । तिनले कम्युनबाट भत्ता पाउँछिन् । बिदा लिने बेला मैले प्रश्न गरेँ, “तपाईँलाई कम्युनिस्टहरू आउनुभन्दा अथवा क्रान्तिभन्दा पहिले सुविस्ता थियो कि अहिले कम्युनिस्टहरूको शासनमा ?” तिनी आश्चर्य चकित दृष्टिले मलाई हेर्दै उत्तर दिइन्, “कहाँ हुन्थ्यो अहिले र उहिले । क्रान्तिभन्दा पहिले मलाई मर्नु न बाँच्नु थियो । बस्नलाई सानो छानो पनि थिएन, मेरो तीन चारजना छोराछोरी थिए । त्यसबेला मैले तिनीहरूलाई राम्रोसँग दुई छाक पनि खुवाउन सक्दिनथेँ । तर, अहिले म यस्तो राम्रो घरमा बस्छु, मैले राम्रोसँग खान लाउन पाइरहेकी छुँ । अगाडिको कोठातिर औल्याउँदै थपिन्, यो कोठामा म बस्ने गर्छु, ऊ ती कोठाहरू मेरा छोराहरूको हो ।” उनले सँगैको अर्को केही कोठातिर औँल्याइन् ।
घर ठुलो थियो । सफा सुग्घर थियो । हरेक जवानलाई एक कोठा थियो । एक तलामा झन्डै २०–२५ भन्दा बढी कोठाहरू ठिक्क ठिक्कको थियो । त्यसमा झन्डै ५–६ परिवार बस्थे । दुई–तीन कोठाको बिचबिचमा स–साना लाउडस्पीकरहरू झुन्ड्याइएको थियो । कोठाका झ्याल ढोकाहरू खुला थिए । जम्मै कोठा खाट, दराज, मेच–टेबुल आदि सामानले सजिएका थिए । कम्युनका सदस्यहरू बस्ने कोठाहरू सन्तोषजनक लाग्यो । प्रतिक्रियावादीहरूले भनेजस्तै कम्युन गोठजस्तो थिएन, बरु मानिसहरू बस्ने राम्रो आवास नै थियो । हाम्रो देशमा सयकडा १० को पनि यस स्तरको जीवन बिताउन पाएका थिएनन् ।
अनि हामी बालोद्यान र शिशुशाला हेर्न गयौँ । बालोद्यानमा केटाकेटीहरू खेलिरहेका थिए । हामी देख्नासाथै तिनीहरू एकै आवाजमा कराउन लागे, ‘सुसु हाऊ, सु सहाऊ ।’ त्यसको अर्थ हो ‘काका नमस्ते’ । बालोद्यानमा स–साना नानीहरूको नाचगान र खेलपछि हामी शिशुशाला हेर्न गयौँ । शिशुशालामा नानीहरूको सुत्ने बेला भएको हुँदा एकैछिन पछि हामी कम्युनको अस्पताल हेर्न गयौँ ।
अस्पतालमा २०–३० शøयाको राम्रो प्रबन्ध थियो । रोगीहरू कुनै वार्डमा एकजना र कुनै वार्डमा दुई–तीन जना थिए । वार्डमा रोगीको सङ्ख्या रोगीको रोगअनुसार राखिएका थिए । अस्पतालमा एक्सरे विभाग, चिरफार विभाग (सर्जरी डिपार्टमेन्ट) र अरु रिसर्च डिपार्टमेन्टहरू पनि थिए । यस्तो गाउँको अस्पतालमा यस्तो राम्रो प्रबन्ध देख्दा मैले आफ्नो देशका अस्पतालहरू सम्झेँ – रोगीले आफ्नो रोग निको गर्दागर्दै अस्पतालको अस्वस्थकर वातावरणले अर्को रोगलाई निम्त्याउने स्थिति थियो । फेरि नर्स र डाक्टरहरूको स्याहार–सुसारको के बयान ! आकाश पातालको फरक ¤ आफ्नो देशको केन्द्रीय अस्पताल अर्थात् वीर अस्पतालमा डाक्टर र नर्सहरूको आगमनले रोगीहरू थरथर काँप्थे । अस्पतालमा भर्ना हुन डाक्टर र कम्पाउन्डरहरूको जी हजुरी गर्नुपथ्र्यो । अरु तल्ला कर्मचारीहरूलाई टक्य्राउनुपर्ने पान–सुपारीको त कुरै छोडूँ ! तर, त्यस्तो गाउँको कम्युनमा यस्तो कुनै प्रकारको भ्रष्टाचारको नामोनिशान देखिन्न । तिनीहरू डाक्टरको आगमनले हाँस्छन्, डाक्टर र नर्सहरूले पनि रोगीहरूलाई आफ्नो साथीभाइलाई जस्तै सम्झाउने बुझाउने र उत्साहित गर्छन् । त्यस अस्पतालको मुख्य डाक्टर २५–२६ वर्षका युवा थिए ।
अस्पताल हेरिसकेपछि हामी कम्युनको प्रसारण केन्द्र (ब्राउडकास्टिङ सेन्टर) मा पुग्यौँ । कम्युनको प्रसारण केन्द्रले रेडियो स्टेसनझैँ काम गर्दै थियो । त्यस केन्द्रले पेचिङ रेडियोको कार्यक्रम पनि बजाउँछ । हाम्रो बङ्गाली साथी कणीकाले त्यहाँ रवीन्द्रनाथ टैगोरद्वारा रचित एक बङ्गाली गीत गाइन् । गीतको टेप रिकर्डिङ भइसकेको थियो । हामीले रिकर्ड गरेको गीत सुन्यौँ । कणिका लजाइन् । अरु कम्युनमा जस्तै यहाँ पनि नृत्य मण्डली र सांस्कृतिक टोलीले कम्युनका सदस्यहरूको निम्ति नाचगान, सिनेमा र अरु सांस्कृतिक कार्यक्रमहरूको प्रबन्ध गथ्र्यो ।
कम्युनको मध्यमा एउटा प्रदर्शनी स्थल छ । हामी त्यहाँ हेर्न गयौँ । प्रदर्शनीस्थल सङ्ग्रहालयजस्तै थियो । अरु ठाउँका मानिसहरू पनि हेर्न आइरहेका थिए । प्रदर्शनीमा कम्युनको नक्सा थियो । त्यसमा सङ्केतले कम्युनका स्वास्थ्य केन्द्रहरू, कम्युनको जिल्ला, उद्योग केन्द्रहरू आदि महत्वपूर्ण ठाउँहरू सङ्केत चिह्नमार्फत प्रदर्शित थिए । अनि ग्राफहरूमा कम्युनको खेती, उद्योगको उत्पादन, शिक्षा र संस्कृतिको प्रगति आदि सबै देखाइएको थियो । अब आउने योजनाहरूको स्केच (खेस्रा) पनि प्रस्टसित चार्टमा तस्बिर बनाएर देखाइएको थियो ।
खेतीको विभागतिर कम्युनको कृषि विकासको प्रगतिको बारे प्रदर्शित थियो । त्यहाँ हरेक वर्षका धानका बालाहरू राखिएका थिए । वषैपिच्छे ती धानका बालाहरू ठुल्ठुला हुँदै गएको प्रस्ट थियो । सिसीहरूमा राखिएका धानका गेडाहरूले पनि वषैपिच्छे गेडाहरू पुष्ट र ठुलो हुँदै गएका दानाहरू देखाउँथ्यो । त्यसकै अगाडि कम्युनको जीवनस्तरको ग्राफ थियो । एक कुनामा चाउ थि चिङ भन्ने एक किसानको जीवनको एक झाँकी देखाइएको थियो । चाउ चि चिङ क्रान्तिभन्दा पहिले सा¥है गरीब थिए । उनको लुगा फाटेको र टालेको थियो । भाँडाकुँडा सबै माटाका र फुटेका थिए । ती सामानको माथितिर लेखिएको थियो, ‘क्रान्तिभन्दा पहिले ।’ अर्कोमा लेखिएको थियो, ‘कम्युनको स्थापनापछि ।’ त्यस लेखोटको तल एउटा खाट थियो । त्यसमाथि राम्रा राम्रा लुगा राखिएको थियो । लुगामध्ये जाडोमा न्यानो हुने लुगा र कोट पनि थियो । भाँडाकुँडा राम्रो थियो र माटाका थिएनन् । कलम, कापी, किताब, जुत्ता आदि वस्तुहरू पनि प्रदर्शित थिए । ती वस्तुहरू कम्युनको स्थापना र क्रान्तिभन्दा पहिले उनीसँग थिएनन् ।
त्यहाँ कम्युनको जनसङ्ख्या, जन्म र मृत्यु दर आदि सबै आवश्यक तथ्य–तथ्याङ्कहरूको ग्राफ र स्केचहरूको तस्बिर प्रदर्शित थियो । कम्युनले आगामी दिनमा बनाउने योजनाहरूको मोडेल (नमुना) राम्रो लाग्यो । स–साना बिजुली निकाल्ने पानीको बिजुली घर, नहरहरू, सहर आदिको नमुना प्रदर्शित थियो । प्रदर्शनीघर सङ्ग्रहालयजस्तै थियो । त्यो प्रदर्शनी स्थल वा भवन स्केच, ग्राफ पछिको योजनाका सबै नमुनाहरू हिउँदे बिदामा आएका विद्यार्थीहरूले बनाएका थिए । तिनीहरू शाङ्घाई प्राविधिक विश्वविद्यालयका छात्रछात्राहरू थिए ।
कम्युन एक किसिमले फूलबारीको भवनजस्तो लाग्दथ्यो । कम्युनको चारैतिर अरु भवनहरू थिए । भवनको दायाँ–बायाँ, अगाडि पछाडि बगैँचा बनाइएको थियो । कम्युनका केही सदस्यहरू मन लगाएर काम गरिरहेका थिए । तिनीहरूको मुखमा सन्तोष र आनन्दका रेखाहरू देखिन्थे ।
हामीले कम्युनको विभिन्न विभागहरू हेर्दै फेरि सांस्कृतिक कार्यालयमै पुग्यौँ । त्यहाँ हामीले कम्युनबारे एक–दुइटा प्रश्नहरू सोध्यौँ । उत्तरहरू पनि राम्रै आयो । हामीले नयाँ जानकारीहरू पाएको अनुभव गयौँ । अन्तमा, हामीले माछ्याऊ जनकम्युनको उत्तरोत्तर उन्नति र सुख समृद्धको कामना गर्दै बिदा लियौँ ।
कारको ढोका खुल्यो । का. च्याइङ मिङ र कम्युनका अरु साथीहरूसँग बिदाइको हात मिलाउँदै कारभित्र पस्यौँ । कार गुड्यो र झ्यालबाट बाहिर चियाएँ । कम्युनका चिनियाँ साथीहरू बिदाइका हातहरू हल्लाउँदै थिए । हाम्रो मोटर ११ महिनाभित्र बनेको मजदुरहरूको मिहो फाङ टीङ सहरको दृश्यावलोकन गर्न कम्युनलाई छोड्दै दौड्यो ।
कम्युन देखिसकेपछि मैले नेपालका एक भूपू यातायात मन्त्री गणेशमान सिंहलाई सम्झेँ । कार दौडिरहेको थियो । मेरो मनमा उनको कम्युनप्रतिका नकारात्मक टिप्पणीहरू खेलिरहेको थियो । मैले आफ्नो आँखाले देखेँ– कम्युन ‘सुँगुरको खोर’ होइन, जनताको राम्रो जीवनको नमुना थियो ।
सुनसान, फराकिलो सडकमा कार बेतोडले दौडिरहेको थियो । सडकले क्षितिज छोइरहेको थियो ।
समाप्त

तेस्रो अध्याय हाङचाउबाट शाङ्घाईको माछ्याऊ जनकम्युनमा

एक छिन कुराकानी भयो र हामी कारखानातिर गयौँ । खलामा धान सुकाएजस्तै कारखानाको खलामा चियाका पातहरू सुकाउँदै थियो । झल्लमल्ल घाम लागेको थियो । कारखानाभित्र एक कुनामा मजदुरहरू चुलोमा चियापत्ता भुट्दै थिए । अर्कोतिर भुटिसकेको चियापत्तालाई ठुलठुला चाल्नीहरूमा चाल्दै थिए । बिचमा एक जना चिया मिलाउँदै थिए । चिया छान्ने तरीका आधा– कलपुर्जे ढङ्गको थियो । अरु काम हातले नै गरिरहेको थियो ।
हामी अर्को कारखानामा गयौँ । त्यो कारखाना स्वचालित थियो । चुलो तातिरहेको थियो । चियापत्ता खस्ने भाँडाबाट चिया खस्दै थियो । कराही जस्तो भाँडोमा चियापत्ता थुप्रिँदै थियो । कलपुर्जा आफैँ चियापत्तालाई पकाउने काम गथ्र्यो । अर्कोपट्टि भुटिसकेको चिया खस्दै जान्थ्यो । त्यहाँ त्यो छान्ने चाल्नी पुर्जामा खसेर चालिँदै जान्थ्यो । छानिएको चियापत्ता तयार भएको टीनमा भरिन जान्थ्यो ।
स्वचालित कारखानामा काम गर्ने मजदुरहरू थोरै थिए । उत्पादन भने पहिलेको कारखानामा भन्दा बढी र छिटछिटो भइरहेको थियो । हामीले चीनमा धेरै कारखाना हेर्यौँ, त्यसमध्ये धेरै मजदुरहरू काम गर्ने कारखाना चीनकै थिए । साथी सञ्चालकले अर्को वर्षमा सबै कारखाना स्वचालित बनाउने योजना भएको कुरो बताए ।
कारखानाबाट हामी चिया बारी हेर्न उकालो लाग्यौँ । १० मिनेट जति गएपछि ‘शाही चिया’ बारी पुग्यौँ । चियाबारी १५–२० गजको घेरा भएको एक खोँचमा थियो । त्यहाँ २–३ हात जति अग्ला अग्ला १८ वटा चियाका बोटहरू थिए । बोटहरूमा स–साना पातहरू झ्याम्म लागेका थिए । बारीको एक कुनामा काठको एक सानो पाटी ठडिएको थियो । त्यसमा रातो चिनियाँ अक्षर लेखिएको थियो, ‘चियाको राजा ।’
हाङचाउ फेडरेसनका सभापतिले हामीलाई ‘चियाका राजा’ को इतिहास बताउन थाले । ती चियाका बोटहरू पुरानै छन् । पहिलेका चीनका बादशाहहरू विदेशी राजाहरूलाई ती बोटका चिया कोसेली पठाउँथे । पहिले त्यो चिया जनताले उपभोग गर्न पाउँदैनथे ।
‘चियाको राजा’ कहाँ एकछिन आराम गर्यौँ । अनि फेरि हामी उत्पादक दलकै बैठकतिरै पुग्यौँ । बाटोमा एक बालोद्यान रहेछ । हामी त्यहीँ भित्रियौँ ।
बालोद्यानमा १५–२० जना नानीहरू थिए । एउटी दिदी तिनीहरूलाई केही सिकाउँदै थिइन् । हामी देख्नासाथै नानीहरूले ‘काका नमस्ते’, ‘सुसु हाऊ’ भनेर हात हल्लाउन लागे । हामीले हेरेका बालोद्योनहरूमध्ये यो सबभन्दा सानो थियो । अर्थात्, यसमा थोरै केटाकेटीहरू थिए । हामीसँग हात मिलाइसकेपछि केटाकेटीहरूले एउटा स्वागत गीत सुनाए । अनि हामी सबैले एकै स्वरमा भन्यौँ, “अर्को पनि !” दिदीको सङ्केत पाउनासाथै स–साना नानीहरूले गाए, ‘चीनको आकाशमा माओ त्सेतुङ, सूर्यजस्तो उदाउनुभयो ।’ नानीहरूका स्वरहरू सा¥है रहर लाग्दा र बोली तोते थिए । ४–५ जना नानीहरू यत्ति राम्रो मिलाएर सामूहिक गीत गाउन जानेकोमा सबै आश्चर्य मान्दै थिए ।
अब नानीहरू हामीसँग हात समातेर नाच्न आए । सामूहिक नाचमा पनि नानीहरू खप्पिसै थिए । हामीले अर्को एउटा गीत गाउन अनुरोध गर्यौँ । नानीहरूले मिलेशिया (जनसेना) को गीत गाएर सुनाए । गीत गाउँदै नानीहरू बन्दुक बोकेको र परेड खेलेको अभिनय गर्थे । गीतको अर्थ थियो, ‘संरा अमेरिकी साम्राज्यवादको हातबाट आफ्नो थाइवान मुक्त गर, आ–आफ्नो देश बचाउन एक होऊ, तयार होऊ ।’ बालोद्यानका नानीहरूको नाचगानमा चिनियाँ जनताको जीवन र उद्देश्य झल्किन्थ्यो । स–साना नानीहरू बडो जोशिएर साम्राज्यवादको विरोधमा गाएको गीतको हुँकार आज पनि मेरो मनमा गुञ्जिरहेको छ । साँचो हो, चीनका एक एक जना बालक पनि देशलाई पूर्ण मुक्त गर्न सङ्कल्पवद्ध हुने शिक्षाबाट दीक्षित हुँदै थिए ।
बालोद्यानका नानीहरूसँग बिदा लिई हामी फार्मकै बैठकमा पुग्यौँ । अँ हो ! केहीछिन सँगै बसेर नानीहरूसँग बिदा लिँदा छोड्न मन लाग्दैनथ्यो । सा¥है मायालु नानीहरू ! तिनीहरू हामीलाई साँच्चै आफ्ना काका र फुपूहरूलाई जस्तो माया गर्दै थिए ।
फार्मको बैठकमा पुगेर एकछिन उत्पादन दलबारे छलफल भयो । ‘शाही चिया’ खायौँ । मगमगाउँदो बासना, हरियो हरियो रङ्ग, चिटिक्क परेको चियाका पातहरू, मिठो स्वाद नै ‘शाही चिया’ थियो । तर, हामीमध्ये कोही पनि चियाका पारखी थिएनन् । ‘च्याउ खाए पो स्वाद पाउँथ्यो’ भन्ने जस्तै भयो । साथी सञ्चालकले सबैलाई चिया उपहार दिए । मैले सञ्चालक साथीसँग प्रश्न गरेँ, “यो ‘शाही चिया’ को विशेषता के हो ?” साथी सञ्चालकले जवाफ दिए, “राम्रो रङ्ग, मधुरो बासना, मीठो स्वाद र स–साना हिस्सी परेका चियाका पातका ढाँचा ‘शाही चिया’ को विशेषता हो ।” मेरो अर्को प्रश्नको उत्तरमा उनले भने, “यहाँको हावापानी आदिले नै यहाँको चियाको गुणलाई राम्रो बनाएको हो ।”
एकपछि अर्को प्रश्नउत्तर हुँदै गयो । प्रश्नकर्ताहरू सन्तुष्ट भए । पश्चिमी झीलको कम्युनको राम्रो प्रगतिको कामना गर्दै बिदा लियौँ । राम्रा–राम्रा दृश्यहरू हेर्दै हामी अगाडि बढिरह्यौँ । पहाडको टुप्पोमा ‘फिङ फङ’ (स्वास्थ्य निवास) थियो । त्यो मजदुरहरूको स्वास्थ्य निवास सा¥है रमाइलो ठाउँमा बनेको थियो । मोटर गएर स्वास्थ्य निवासको आँगनमा अड्यो ।
शाङ्घाईको माछ्याऊ जनकम्युन
१२ जून १९६० को दिन, चीनको एक विशाल औद्योगिक सहर शाङ्घाईको लागि रेलमा चढ्यौँ । १३ जून दिउँसो शाङ्घाईको रेलवे स्टेसनमा पुग्यौँ । स्टेसनमा शाङ्घाई विद्यार्थी फेडरेसनका साथीहरू स्वागतका लागि उपस्थित थिए । झमझम पानी परिरहेको थियो । मोटर बेतोडसित फराकिलो सडकको दायाँबायाँ गर्दै दौड्यो । झन्डै एक घण्टापछि मोटर शान्ति (Peace) होटलको अगाडि अड्यो । होटल नदी किनारमा थियो । होटलको एकातिर नदीमा सानासाना जहाजहरू तैरिरहेका थिए, अनि अर्कोतिर उँचो भवनहरूको बिचको साँघुरो देखिने सडकमा मोटर, ट्राम र अन्य बाहनहरू गुडिरहेका थिए । चारैतिरका उँचो भवनका चुचुराहरू आकाशमा बादलसँग खेल्न खोजिरहेका थिए ।
रातको आरामपछि फेडरेसनका अध्यक्ष ऊ थुङ मिङले शाङ्घाई सहरको इतिहास, उद्योग, शिक्षा र संस्कृति आदि विषयमा बताए । सेक्रेटरी लिङ च्युन हुले भोलिदेखिको हाम्रो कार्यक्रमबारे बताए तथा त्यसमा हाम्रो अनुमति मागे । त्यहाँ एक किसिमको गोष्ठी नै भयो । चिनियाँ चियाले सत्कार गरियो । टेबुलमा सलाइ र चुरोट, चुरोटको धुलो राख्ने भाँडाहरूमा पानी पनि थियो । चुरोट खान डाक्टरको अनुमति थिएन । चिनियाँ साथीहरूको सौहार्दपूर्वक गरेको अनुरोधलाई अस्वीकार गर्न गा¥हो थियो । चुरोटमा सलाइ बाल्दै लिङ च्युन हुले भने, “यहीँ बनेको चुरोटको यस्तै गोल्टीनमा बेलायती साम्राज्यवादीहरूले ‘बेलायतमा बनेको’ भन्ने कागज टाँसेर चिनियाँ जनता र अरु देशका जनतालाई पनि ठग्ने गर्थे । डुमोरीजस्ता स्तरीय चुरोट पहिले यहीँ बन्थ्यो तर बट्टामा लेखिन्थ्यो ‘बेलायतमा बनेको ।’
त्यस रातको २ घण्टाको चिनियाँ साथीहरूको व्यवहारले मैले उनीहरू धेरै सरल भएको अनुभव गरेँ । उनीहरूको व्यवहारले हामी धेरै प्रभावित भयौँ । छोटोमा शाङ्घाई चीनको एक ऐतिहासिक सङ्घर्षशील सहर हो । यो संसारको सबभन्दा ठुलो सहरमध्ये एक हो । सन् १८४० देखि ४२ सम्मको अफिम युद्धमा चीन हारेपछि शाङ्घाई बेलायती, फ्रान्सेली, अमेरिकी र जापानको उपनिवेश बन्यो । ती सबै साम्राज्यवादी देशहरूले शाङ्घाईलाई धेरै टुक्रामा विभाजित गरेर आ–आफ्नो कब्जामा राखेका थिए । तर, त्यहाँका कामदार, विद्यार्थी र तमाम जनताले साम्राज्यवादको विरोधमा निरन्तर सङ्घर्ष गर्दै गए । अन्तमा कम्युनिस्ट पार्टीको नेतृत्वमा १९४९ मे २८ को दिन शाङ्घाईलाई साम्राज्यवाद र प्रतिक्रियावादी च्याङको पञ्जाबाट मुक्त गरिएको थियो । शाङ्घाईको १२ जिल्ला र ११ काउन्टी छन् । शाङ्घाईमा जनसङ्ख्या एक करोडभन्दा बढी छ । यसको क्षेत्रफल ५९.१० वर्ग किलोमिटर छ । शाङ्घाई उद्योग, खेती, शिक्षा र संस्कृति आदि क्षेत्रहरूमा धेरै अगाडि छ । १४, १५ र १६ जूनमा शाङ्घाईको धेरै दर्शनीय ठाउँहरू हेर्यौँ र १७ जूनमा शाङ्घाई सहरको बाहिर ‘माछ्याऊ कम्युन’ हेर्न निस्क्यौँ ।
मोटर हावाको गतिमा कुद्यो । शाङ्घाई महानगरलाई मोटरले धेरै पछाडि छोडेर अगाडि निस्क्यो । समतल धरतीमा हरियाली लहलहराइरहेको थियो । सडकले विस्तारै आफ्नो रूप फेर्दै गएको अनुभव भयो । सडकको दुवै किनारामा राम्राराम्रा रुखहरूको लाम देखियो । फेरि रुखहरू पातलिँदै गयो र फूलबारीको सडक देखियो । रङ्गबिरङ्गी फूलहरू फुलिरहेका थिए । वातावरण सा¥है रमाइलो देखियो । मोटर आफ्नै गतिमा बढ्दै थियो । सडकको चौडाइ तीन चार भाग ‘लेन’ मा बाँडियो । आउने र जाने दुई भिन्न भिन्न बाटाको बिचमा फूलबारी अनि पेटी अगाडि फूलबारी, अनि पेटी आफैँ पनि फूलबारी थियो । सडकको दायाँ बायाँतिर टम्म मिलेका बिरुवाहरू रङ्गीचङ्गी फुलेका फूलहरू सानासाना फोहरासहितका पोखरीहरू, अनि ससाना कृत्रिम पहाडबाट झरेका छहराहरू देखिए । पोखरीहरूमा रङ्गबिरङ्गी माछा बिचबिचमा आराम गर्ने गलैँचाजस्तो मसिनो हरियो घाँसका मैदानहरू र सडकभन्दा पनि पार्कहरू देखिए । ट्रामले हामीलाई नाघेर गयो । मोटर फेरि हावाकै गतिमा कुद्यो ।
सडकको दुवैतिर धानका बालाहरू झुलेका दृश्यहरू देखिए । आँखैले नभेट्ने समतल धानका बालाहरूको बिचबिचमा हावाको बेगले अनेक आकार लिएको देखियो । झण्डै २ घण्टापछि मोटरले आफ्नो गति कम गर्न थाल्यो । मोटरको झ्यालबाट चियाएँ, अलि पर केही घरहरू देखिए । एकछिनपछि दुवै मोटर एउटा भवन अगाडि अड्यो । मोटरको ढोका खुल्यो, २५–२६ वर्षका एक युवकले हात मिलाए । मिस लि वाँ शाले उनको परिचय दिँदै भनी, “उहाँ का. च्याइङ मिङ हुनुहुन्छ । का. च्याइङ मिङ यस कम्युनको शिक्षा र संस्कृति विभागका प्रमुख (इन्चार्ज) हुनुहुन्छ ।” मिस लि वाँ शा दुडछी विश्वविद्यालय, शाङ्घाईका एक प्राविधिक विषयका विद्यार्थी हुन् । उनी हामीलाई द्वेभाषीको काममा मदतको लागि आएकी थिइन् ।
ठाउँ माछ्याऊ कम्युनको केन्द्र थियो । शिक्षा र संस्कृति विभागको एक लाम्चो (बैठक) कोठामा पुग्यौँ । घर सानो थियो, तर नयाँ शैलीको । त्यस भवनमा ठिक्कको ८–९ कोठाहरू थिए । घर भुइँतले र चिनियाँ झिङ्गटी छाएको थियो । बैठकको दक्षिणतिर बरन्डा थियो, पूर्वतिरको भित्तामा अध्यक्ष माओ त्सेतुङ र राष्ट्रपति ल्यू शाऊ चीका ठुलठुला तस्बिरहरू झुन्ड्याइएका थिए र बैठकको पश्चिम दिशामा भित्र आउने ढोका थियो । हामी टेबुलको चारैतिर बस्यौँ । हामी नेपाली र भारतीय साथीहरू गरी पाँच जना र द्वेभाषी मि.ली, मिस् लि वाँ शा र फेडेरेसनका साथीहरू ऊ थुङ मिङ र लिङ चुन हु गरेर जम्मा ९ जना थियौँ । पूर्वतिरको टेबुलको चौडाइतिर का. च्याइङ मिङ बसे । १८–२० वर्षकी दुई महिला साथीहरूले चिया ल्याए । चीन एउटा बहुजातीय र फरकफरक हावापानी भएको विशाल देश भएर पनि जाडो होस् या गर्मीमा तातो पानी पिउने र खाली चिया पिउने चलनमा एकरूपता थियो ।
का. च्याइङ मिङले आफ्नो स्वागत भाषणमा नेपाली र भारतीय साथीहरूलाई कम्युनमा स्वागत गर्न पाउँदा ज्यादै खुसी लागेको बताए तथा कम्युनको उन्नतिको विषयमा पाहुनाहरूलाई सुनाउन पाउँदा आफूलाई ज्यादै सन्तोष लागेको पनि बताए । हाम्रो कम्युनको बारे चाख लिनुभएकोमा हामी तपाईँहरूप्रति आभारी छौँ ।
“यो जनकम्युनको नाउँ ‘माछ्याऊ रेन–मिन कुँशो’ हो । यसको स्थापना २९ सेप्टेम्बर १९५८ मा भएको हो । यो माछ्याऊ जनकम्युन ३३ वटा खेती उत्पादक सहकारी संस्थाहरू मिलेर बनेको हो । यसमा १० हजारभन्दा बढी परिवार छन्, यसको कुल जनसङ्ख्या ५० हजार छ । यसमा जम्मा ७२ हजार मू जग्गा छ । (एक मू बराबर ३ रोपनी जति हुन्छ ।)
क्रान्तिभन्दा पहिले यो ठाउँको ७० प्रतिशतभन्दा बढी जग्गा जमिनदारहरूको हातमा थियो । जग्गाविहीन किसानहरूले बाध्य भएर जमिनदारहरूको जग्गा जोत्नु पर्दथ्यो । फेरि बाढी, सुख्खा, असिना, कीरा पर्ने आदि प्राकृतिक प्रकोपले बा¥ह वर्षमा एक वर्षमात्रै साबुत बाली काट्न पाउँथे । किसानहरू भोकभोकै मर्थे र आफ्नो पेटको लागि बालीनाली गर्न जमिनदारहरूसँगै कर्जा लिन बाध्य हुन्थे । जमिनदारहरूले बढी ब्याज र बढी कुत लिएर सा¥है अन्याय गर्थे । बाबु बाजेदेखिको कर्जा, बढी तिरो र चर्को ब्याजले किसानहरूको टाउकोमाथि सधैँ ३ वटा नाङ्गा तरबारहरू काँचो धागोमा झुण्डिरहेको हुन्थ्यो । त्यस्तै तीनवटा मात्रै उनीहरूको लागि बाटो खुलेको हुन्थ्यो – मागेर खानु, आत्महत्या गर्नु र जेल जानु ।
यसरी क्रान्तिभन्दा अघि यहाँका किसानहरू साहै नराम्रोसँग शोषित थिए । तर, कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको क्रान्तिले यस्तो अत्याचारी जमिनदारी व्यवस्थालाई जरैदेखि उखेलेर फ्याँक्यो । १९४९ मा क्रान्ति सफल भएपछि अध्यक्ष माओ र कम्युनिस्ट पार्टीको नेतृत्वमा भूमिसुधार भयो । यहाँका सबै किसानहरूले जग्गा पाए । १९५२ मा पारस्परिक सहयोग दलको स्थापना भयो र १९५४ मा प्राथमिक खेती उत्पादक सहकारी संस्थाहरूको स्थापना भयो । १९५६ मा कम्युनिस्ट पार्टी र अध्यक्ष माओकै आह्वानमा अगाडि बढेको खेती सहकारी संस्थाहरूको स्थापना भयो, जो पूर्ण समाजवादी ढङ्गको थियो ।
खेती सहकारी संस्थाहरूले मात्रै ठुलठुला पानी पोखरी (रिजरभायर), ठुलठुला नहरहरू वा ठुलठुला योजनाहरू बनाउन सक्दैनथे । सहकारी संस्थाहरूसँग आवश्यक पुँजी, श्रमशक्ति र साधनहरूकोकमी हुनथ्यो । १९५८ भन्दा अघि नै देशभर राजनैतिक सुद्धीकरण आन्दोलन चलायो । त्यस आन्दोलनमा पुँजीवादी अथवा समाजवादी कुन बाटो देशले अङ्गाल्ने हो भन्नेबारे व्यापक छलफल भयो । त्यस राजनैतिक शुद्धीकरण आन्दोलनले जनतामा राजनैतिक चेतना बढायो र खेतीमा समाजवादीकरण गर्ने प्रेरणा पनि दियो । तर, सहकारी संस्थाहरूले मात्रै ठुलठुला योजनाहरू लागू गर्न र खेतीमा समाजवादीकरण गर्न नसक्ने हुँदा अध्यक्ष माओको समर्थनमा स्थापना भएको हुनानको ‘स्पुत्नीक कम्युन’ बाट प्रेरणा पाएर यहाँ पनि १९५८ को सेप्टेम्बर महिनामा कम्युनको स्थापना भयो । त्यसमा अध्यक्ष माओको बलियो समर्थन थियो ।”
का. च्याइङ मिङ बिचबिचमा टिपोट हेर्दै भन्दै जान्थे र मि. ली र मिस लि वाँ शाले अनुवाद गर्दै जान्थे । हामी आफ्नो टिपोट कापीमा लेख्दै जान्थ्यौँ र चिया पनि बिचबिचमा पिउँदै गयौँ । उनले आफ्नो कम्युनको प्रगतिको विषयमा भन्दै गए, कम्युनको स्थापनापछि यहाँ सा¥है स–सानामात्रै बाढी आयो । तर, पनि एक वर्षमा एक माऊ (मू) मा ४३ क्याटीज उत्पादन बढ्यो । क्रान्तिभन्दा पहिले यो ठाउँमा ३ माऊ (मू) मा १ औस मात्र उत्पादन हुन्थ्यो । यहाँको जग्गा धान र तोरीको लागि धेरै उपयुक्त छ । क्रान्तिपछि उत्पादन बढ्दै गयो र १९५७ मा एक माऊ (मू) मा ९० क्यारीज धान उत्पादन भयो । कम्युनको स्थापनापछि श्रम, जल, मल, हलको सुव्यवस्थित प्रयोग र व्यवस्थित प्रवन्धले उत्पादन झन्झन् बढ्दै गयो । कम्युन स्थापनाको सुरुको वर्षमा अर्थात् १९५८ मा एक माऊ (मू) मा ११८ क्याटीज उत्पादन भयो र १९५९ मा ११८ क्याटीजबाट २५१ क्याटीजसम्म पुग्यो । यसरी क्रान्तिभन्दा अघि र क्रान्तिभन्दा पछिको उत्पादनमा धेरै फरक देखियो र कम्युनको स्थापनापछि त उत्पादमा झन् तीव्रगतिले वृद्धि भयो । पहिले यो ठाउँको उत्पादन आफ्नो लागि मात्रै पुग्थ्यो । तर, अहिले आफू (स्थानीय जनता) लाई राखेर पनि २ करोड क्याटीज धान सरकारलाई दिन समर्थ भयो । खेतीको उत्पादनमा जस्तै पशुपालन र हाँसकुखुरा पाल्ने काम (पोल्ट्री फार्म) मा पनि कम्युनले धेरै प्रगति गरेको छ । १९५९ भन्दा अहिलेसम्ममा सुँगुर दुगुना बढेको छ र कुखुरामा १९५८ भन्दा १९५९ मै तीन गुणा बढेको थियो ।
यस्तै तरकारी खेतीमा पनि यस कम्युनले धेरै राम्रो प्रगति गरेको छ । यस प्रकारको प्रगति यो ठाउँको इतिहासमा कहिले पनि भएको थिएन । तरकारीको उत्पादनमा भएको प्रगति देखेर स्थानीय ज्येष्ठ नागरिकहरू आश्चर्य मानेर भन्छन्, “यस्तो उत्पादन हामीले आफ्नो जीवनमा कहिले पनि देखेका थिएनौँ, न त कहिले सुनेकै थियौँ ।”
“फलफुलको लागि कम्युनले यस साल १५०० माऊ (मू) जग्गा बढाएको छ । त्यसले उत्पादनमा धेरै गुणा वृद्धि गर्नेछ र अर्को साल हामी तपाईँहरूलाई फलफुलले मात्रै स्वागत गर्नसक्नेछौँ ।”

पार्टी गतिविधिहरु
समाचार