चीन यात्रा - ( हाङचाउतिर )


नानकिङतिर

 

हाङचाउतिर – २

पहिलो खण्ड (सन् १९५९ सेप्टेम्बर–१९६० जुलाई)

फिङफङ कमकर स्वास्थ्य निवास
२० जुलाई बिहान ८ः३० बजे मोटर फिङफङ कमकर स्वास्थ्य निवासतिर दौड्यो । मोटर हाङचाउका राम्रा राम्रा दृश्यावलोकन गर्दै पहाड र जङ्गलको नागबेली सडक हुँदै शाङ्घाई मजदुर सङ्घको फिङफङसँगै कमकर स्वास्थ्य निवासमा पुग्यो । स्वास्थ्य निवास पश्चिमी झीलको दक्षिणतिरको एक पहाडमाथि स्थित छ । स्वास्थ्य निवास सा¥है राम्रो ठाउँमा बनेको छ । स्वास्थ्य निवासको चारैतिर हरियाली देखिन्छ र यसको प्राङ्गणको फोहरा र सजीसजावटले शारीरिक थकाइलाई समेत बिर्साउने खालको छ ।
क्रान्तिको समयमा यस स्वास्थ्यनिवास बनेको ठाउँमा च्याङ काईशेकको ग्रीष्म दरबार बनाउन जम्मै मालसामानहरू जोडिराखेको थियो । शाङ्घाईका मजदुरहरूले हाङचाउलाई मुक्त गरेपछि १९५४ अगस्टमा शाङ्घाई मजदुर युनियनले स्वास्थ्य निवास बनाउन सुरु गर्यो र १९५५ अगस्ट महिनामा सिध्याएको थियो । अपरेटिस, ब्रोन्काइटिश, आम हाइप्रोटेसन, नर्भस डिजिज आदि रोगहरूको उपचार गरिन्छ । यसको क्षेत्रफल ७६०० वर्गमिटर छ ।
यहाँ हरेक पूर्वी र पश्चिमी प्रकारको उपचार गरिन्छ । फिजियोथेरापी (प्राकृतिक), प्राचीन चिनियाँ उपचारहरू जस्तै चँच्यु (सुई घोच्ने), मेडिटेसन (पूर्ण आराम अथवा ध्यान) आदि बाहेक यहाँ पश्चिमी नयाँ नयाँ उपचारहरू पनि हुन्छ ।
यहाँ देशका हरेक ठाउँका मजदुरहरू आराम गर्न अथवा उपचार गर्न आउँछन् । एक हप्तासम्म आराम गर्न मजदुरहरूलाई सबै सेवाहरू निःशुल्क हुन्छ जो मजदुर सङ्घले नै मिलाएको हुन्छ । त्यसबाहेक आराम गर्नुपर्यो भने हप्ताको ५ युआन तिर्नुपर्छ । यात्रा र अरु सेवाहरूको लागि आधा पैसामात्र तिरे पुग्छ । त्यसको लागि कारखानाबाट जम्मै चाहिने कुराहरू मिलाइसकेको हुन्छ या मिलाइदिन्छ ।
यस स्वास्थ्य निवासमा २५० शøया छन् । स्वास्थ्य निवासका प्रशासन, उपचार, प्रयोगशाला, रसायन आदि विभागहरूमा काम गर्ने स्टाफहरूको सङ्ख्या १५० भन्दा बढी छ । सन् १९५९ सम्ममा यस स्वास्थ्य निवासले १९३७ बिरामीहरूलाई निको पारे र ६५०० मजदुरहरू यहाँ आएर आराम गरे ।
सत्कार गर्ने बैठक सा¥है नौलो किसिमको थियो । हामीलाई स्वास्थ्य निवासका अधिकारीले स्वागत सत्कार गर्नुभयो र कुराकानीमा हाम्रो स्वास्थ्य निवास (I.U.S. sanatorium) को विषयमा पनि प्रश्नहरू गर्नुभयो ।
आफ्नो कुराको सिलसिलामा उहाँले भन्नुभयो, “क्रान्तिभन्दा पहिले मजदुरहरूलाई यस्तो स्वास्थ्यसम्बन्धी कुनै प्रकारको पनि सहुलियत थिएन र कारखानामा काम गरेर बिरामी भयो अथवा दुर्घटना भएर घाइते भयो भने कामबाटै निकालिदिन्थ्यो । तर, अहिले क्रान्तिपछि पार्टी र सरकारले मजदुरहरूको स्वास्थ्यमा सा¥है ध्यान दिन्छ र बिरामी भयो भने अथवा दुर्घटना भयो भने निःशुल्क उपचार र भत्ता पाउँछन् । देशमा समाजवादको निर्माणको सुरु सुरुमै यस्तो सहुलियत पाएर मजदुरहरू उत्साहित भएर काम गर्छन् र पछि त्योभन्दा पनि राम्रो गर्न सकून् भनेर आफूले काम गरेर पाएको ज्याला पनि पार्टीलाई चन्दा दिन्छन् ।
“गएको सालसम्ममा १९३७ रोगीहरू र ६५०० आरामका लागि आएका मजदुरहरूको सेवा गथ्र्यो र यसपालि पनि लामो कुदाइमा भाग लिएर १२००० कामदारहरू आराम गर्न आउनेछन् । यस्तो सहुलियतको व्यवस्था महिला मजदुरहरूलाई पनि उस्तै छ । ६ पटकसम्म सुत्केरी भएकीले एक आईमाई कारखानाबाट निकालिएकी थिइन् । क्रान्तिभन्दा पहिले सुत्केरी र काम गर्न नसक्ने कामदारहरूलाई कुनै प्रकारको सहुलियत थिएन बरु कारखानाबाटै निकालिदिन्थ्यो । तर, अहिले क्रान्तिपछि ६ बालकका आमा पनि सुत्केरी हुँदा ५६ दिनसम्म सुत्केरी बिदा पाउँछिन् । स्वास्थ्य राम्रो भएपछि मात्रै काम गर्न पठाउँछन् र बिदाको भत्ता पनि पाउँछ । यहाँ आराम अथवा उपचार गर्न आउने यस्ता मजदुरहरू नै छैनन् जसको वजन २–४ किलोग्राम नबढेको होस् । स्वास्थ्य निवासको ९ वटा बस छ, जसले मजदुरहरूको निःशुल्क सेवा गर्छ । अहिले हाङचाउमा मात्रै मजदुरहरूको ४ स्वास्थ्य निवास र २ आराम निवास छन् जसमा १२०० शøयाभन्दा बढी छ । पार्टी र सरकारले जनताको स्वास्थ्यमा बढी ध्यान दिएको छ, जसले गर्दा सरकार र युनियनहरूले चलाएको जम्मै स्वास्थ्य निवासहरू गरेर हाङचाउमै २२ वटा जति छन् ।”
स्वास्थ्य निवासको विषयमा अधिकारीको तर्फबाट सुनिसकेपछि हामीले त्यस सम्बन्धमा प्रश्नहरू गर्न थाल्यौँ । के सबै मजदुरहरू एउटै प्रकारको सहुलियत पाउँछन् भन्ने प्रश्नको उत्तरमा उहाँले भन्नुभयो, “मजदुर नियमअनुसार ८ वर्षसम्म काम गरिसकेका मजदुरहरूको उपचार निःशुल्क हुन्छ र ८ वर्षभन्दा कम वर्ष काम गरिसकेका भए नियमअनुसार र समयअनुसार ६० देखि १०० प्रतिशतसम्म निःशुल्क सहुलियत पाउँछन् ।”
अधिकारीसँगको छलफलपछि हामी स्वास्थ्य निवासका हरेक विभागहरू हेर्न गयौँ । स्वास्थ्य निवास सा¥है राम्रो थियो र व्यवस्था पनि त्यतिकै राम्रो थियो । हाम्रो स्वास्थ्य निवास (अन्तर्राष्ट्रिय युवक विद्यार्थी स्वास्थ्य निवास) मा नभएका पानी उपचारजस्ता अरु प्रकारका उपचारका विभागहरू पनि हे¥यौँ ।
उपचार र आराम गर्न आइरहेका मजदुरहरूसँग पनि कुराकानी ग¥यौँ । कोही उत्तरबाट आएका थिए भने कोही दक्षिणबाट । त्यहाँ देशको कुना काप्चाको इस्पात, फलाम, जुत्ता, कपडा आदि कारखानाहरूबाट आएका मजदुरहरू थिए । उनीहरू कोही आरामसँग बसिरहेका थिए त कोही अखबार हेर्दै थिए, कोही बुद्धिचाल खेल्दै थिए कोही त पिङपङ खेल्दै थिए । कोही आफ्नो परिवारलाई पत्र लेख्दै थिए त कोही हाङचाउका सुन्दर दृश्यहरू हेर्दै थिए । स्वास्थ्य निवासका स्टाफहरू आ–आफ्नो काममा व्यस्त थिए ।
सबै विभागहरू हेरिसकेपछि सुन्दर फिङफङ सँगै स्वास्थ्य निवासका अधिकारीलाई धन्यवाद दिएर बिदा लियौँ ।
मोटर अर्को कार्यक्रमको लागि कुड्न थाल्यो ।
प्राचीन मन्दिरहरू
२० जुलाईमा दिउँसोको खानापछि हामी पाऊ चु पागोडा, योह फाईको मन्दिर र चिहान, पहेँलो ड्रागन गुफा, जेड फोहरा, लिन इन मन्दिर, चिन–त्ज मन्दिर, बाघे मूल (Tiger Spring), ६ तले पागोडा, यू हान हिल, नौ कुण्ड र अठार खहरे, ड्रागन कुवा, तेन चु मन्दिर र अरु गुफाहरू घुम्न गयौँ ।
पाउ चु पागोडा (मन्दिर) – ४३ मिटर उँचो छ । पहिले यो बनाउँदा ९ तले थियो । यो ९६८ (सन्) मा सुङ वंशको कार्ड पाऊको समयमा राजा ‘चेनच्युको रक्षा मन्दिर’ को नामले प्रार्थना गर्न बनाइएको थियो । तर, शेन्स पिङ (सन् ९९८–१००३) को समयमा ७ तल्ले ग¥यो । पछि सूत्र वंश र युन वंशले पनि मर्मत गरे । यो मन्दिर चिनियाँ गृह निर्माण शैलीमा आधारित छ ।
योह फाई मन्दिर र चिहान – दक्षिणी सुङ वंशको समयमा (सन् ११०३–११४१) जब चीन विदेशी आक्रमणहरूसँग मुकाबला गर्दै थियो, योह फाई त्यसबेलाका एक नामी राष्ट्रिय वीर थिए । शक्तिशाली सेनाको नायक भएर योह फाईले आफ्नो शत्रुहरूको विरोधमा गरेको लडाइँमा खुब बहादुरीसाथ देशको रक्षा गर्दै रहे । तर, पछि उनी विश्वासघातद्वारा मारिए । मन्दिर सन् १२२१ मा बनाइयो जुन ‘इमानदारी र बहादुरीको मन्दिर’ कहलाइन्थ्यो । साथै योह फाईको चिहानसँगै उसका जनरलहरूको पनि मूर्ति छन् । त्यसको तल अगाडि पट्टि योह फाईलाई विश्वासघात गर्ने चिनस्वे, उनकी स्वास्नी र अरु विश्वासघातीहरूको मूर्ति बनाई फलामको बारभित्र राखिएका छन् ।
योह फाईको मन्दिर र चिहानमा चिनियाँ जनता श्रद्धापूर्वक हेर्न आउँछन् र विश्वासघाती चिनस्वेहरूको मूर्ति हेरेर घृणा गर्छन् ।
पहेँलो वज्र (मना) र ड्रागन गुफा – पाऊ शिह शान पहाडको उत्तरी भागमा पर्छ । त्यहाँको ढुङ्गा अथवा धारालाई ड्रागनको आकारले बनाइएको छ र त्यसबाट पानीको निर्मल धारा खसिराखेको छ । यो हाम्रो ढुङ्गेधाराजस्तै हो । हाम्रो ढुङ्गेधारामा राम्रो कलाले सिँगारेको हुन्छ, त्यस्तै यस गुफालाई सिँगारेको छ । ड्रागनको तल सानो मनोहर कुण्ड बनाइएको छ । त्यहाँ एउटा देवताको मूर्ति पनि छ । दृश्य धेरै मनोरम छ । चारैतिर हरियाली छाएको छ । त्यहाँ हामीले एक दुईवटा फोटो पनि खिच्यौँ ।
चिङ लिन मन्दिर – जो उच्वान मन्दिरले प्रसिद्ध छ । त्यहाँ एउटा सानो पोखरी बनाइएको छ, चारैतिर ढुङ्गाहरू छापिएका छन् । त्यसभित्र स–साना पानीका मूलहरू फोहराजस्तै उठ्छन् । यो सन् ४८२ मा बनाइएको थियो । यसलाई ‘मोती फोहरा’ पनि भनिन्छ । यो चौकुने पोखरीको बिच एउटा सानो देवल बनाएको छ, जसमा सुनौला माछाहरू खेलिरहेका हुन्छन् । यसलाई मिङ वंशको बेलाको (सन् १५५५–१६३६) एक ख्यातिप्राप्त कालीगड तुङ ची–चाङले खुब राम्रो एउटा माछाको आनन्द अधिराज्य भनेर लेखेको थियो । सूर्यको किरणमा यहाँ उठ्ने पानीको फोहराहरू सा¥है राम्रा देखिन्छन् ।
लिन इन मन्दिर – यो एक राम्रो बौद्ध मन्दिर हो । सन् ३२६ भन्दा पहिले चिन वंशको शेन होको पालामा हुइ लि भन्ने एक महन्तले बनाएको थियो । १६०० वर्षको इतिहासमा धेरैचोटि यसको मर्मत भइसकेको छ । यो लिन इन मन्दिर लिन इन पहाडको काखमा बनेको छ । यसकारण, यो लिन इन मन्दिर प्रसिद्ध छ । यो मन्दिर हाङचाउको सबभन्दा ठुलो बौद्ध मन्दिर हो, चिङ वंश (सन् १६४४–१६६१) को शुन चिहको पालामा ३३.६ मिटर उँचो गरी बनाएको थियो । तर, नयाँ जनसरकारले ऐतिहासिक र पुरातात्विक ठाउँ र वस्तुहरूको संरक्षणको लागि एक मर्मत दल पठाएर पुनः निर्माण र नवीकरणको आन्दोलन सुरु ग¥यो । १९५६ मा त्यस दलले आफ्नो काम सिध्यायो । यस मन्दिरको मुख्य कोठाभित्र १९.६ मिटर उँचो शाक्य मुनिको एउटा ठुलो राम्रो मूर्ति छ । यो मूर्ति श्रीखण्डको काठमा कुँदिएको छ । यो बुद्धको मूर्ति हेर्दा धेरै राम्रो र विशाल देखिन्छ । आजसम्म मैले त्यत्रो बुद्धको मूर्ति देखेको छैन । मतलब मैले देखेको बौद्ध मूर्तिहरूमा यो सबभन्दा ठुलो हो । मूर्तिको पछाडि भागमा एउटा ठुलो चित्र लेखिएको छ । चित्रमा ठुलो समुद्र छ र समुद्रको टापुमा एक बालक देखिन्छ । कोठाको वरिपरि बौद्ध धर्मका सूत्रहरू पनि लेखिएका छन् । माथिको त्यस चित्रको मतलब होला, संसारको व्यावहारिक दुःख र पीडाको महासागरमा आफू बच्ने एउटैमात्र उपाय बुद्ध धर्मरूपी टापु ।
मन्दिर असाध्यै सफा थियो । धूप बाल्ने चलन त्यहाँ पनि रहेछ । धूप अहिलेसम्म पनि बाल्दै छ, मूर्तिको अगाडि । ठुलो मूर्तिको अगाडितिर एउटा सिंहमरमरको राम्रो बुद्धको मूर्ति छ । यो त्यस मूर्तिको मोडेल हो । त्यो नवीकरण गर्दा पूर्वी कला विश्वविद्यालयका प्राध्यापकहरूले बनाएका थिए । यही मोडेलअनुसार त्यो ठुलो मूर्तिको नवीकरण गरिएको हो । भनिन्छ, यस मन्दिरको पुनर्निर्माणमा प्रधानमन्त्री चाउ एन लाई आफैँले खुब चाख लिनुभएको थियो । मन्दिरको चारैतिर ठुलठुला रुखको हरियालीले मन्दिरलाई झन् आकर्षक र मनोहर बनाइदिएको छ । साथै मन्दिरको अगाडि लन फोहरा (चिसो फोहरा) पनि छ । जसको मधुर आवाज मन्दिरबाट पनि सुन्न सकिन्छ । यस मन्दिरको दक्षिण पूर्वतिर ‘आकाश जाने गुफा’ जस्ता गुफाहरू पनि छन् । ती गुफाहरूमा सूर्यको प्रकाश छिर्छ ।
‘आकाश जाने गुफा’ सँगै एक अर्को गुफा छ । त्यस गुफामा बुद्धका धेरै राम्रा राम्रा मूर्तिहरू कुँदिएका छन् । यो सबभन्दा पहिले चु वंश (सन् ९५१) मा बनाएको थियो । साँच्चै यो गुफालाई बुद्ध गुफा भनेको खण्डमा केही अत्युक्ति नहोला । यी सबै कुराले लिन इन मन्दिरलाई धेरै आकर्षक बनाएको छ ।
चिन जु मन्दिरको निर्माण सन् ९५४ मा भएको हो । यस मन्दिरको अर्थ हो पवित्रता र परोपकारिताको मन्दिर । यो नान पिङ पहाडको तल बनेको छ । चिन जु मन्दिर चि कुङ भन्ने एक बौद्ध महन्तलाई उपहार दिएको थियो । त्यो महन्त सा¥है परोपकारी थियो । त्यसबेला मानिसहरू उसलाई बहुला पनि भन्थे ।
मन्दिरको अगाडि एउटा चोक छ । चोकमा एउटा इनार छ । त्यो इनारलाई जादुको इनार भने पनि हुन्छ । त्यस इनारको विषयमा एक किंवदन्ती छ । एकचोटि यो मन्दिर आगो लागेर भस्म भयो । पछि मन्दिर बनाउन काठ वा टिम्बाको कमी भयो वा त्यसले रोक्यो । अनि चि कुङले खुब रक्सी खायो र तीन दिन तीन रात सुत्यो । पछि उसले उठेर भन्यो, टिम्बा या काठ आउँदै छ । सबैले इनारमा काठ देखे । मन्दिर पूरा नभएसम्म त्यही इनारबाट काठ झिकियो । इनार हे¥याँै । इनारमा अहिले पनि काठ देखिन्छ ।
चिन जू मन्दिर अगाडि एउटा ठुलो पहाड छ । त्यसलाई चिनियाँहरू सायद अस्ताचल पहाड भन्दछन् । यो पहाडमै एउटा लेई फग भन्ने देबल पनि छ । यो सन् ९६० मा निर्माण भएको थियो भन्ने विश्वास छ । त्यहाँ बौद्ध धर्मसम्बन्धी अनेक प्रकारका लिपिहरू छन् ।
त्यस पछि हामी ‘बाघेमूल’ हेर्न गयौँ । ‘बाघेमूल’ पश्चिमी झीलको एक प्रसिद्ध सुन्दर ठाउँमध्ये एक हो । भनिन्छ, एकचोटि जोडा बाघले यहाँ गुफा खनेछ । खन्दा खन्दा यहाँ पानीको स–साना फोहरा निस्केछ । त्यसबेलादेखि यस ठाउँको नाम बाघेमूलले प्रख्यात भयो । यहाँ हरियाली र चरा चुरुङ्गीहरूको कलरब अनि मन्द पवनले मनलाई नै आनन्द पार्छ । यहाँ पानीमा खनिज पदार्थको मात्रा बढेकोले होला पानी घोलजस्तो बाक्लो छ । पूरा भरेको ग्लासको पानीमा पैसा राखेर हेर्दा त्यो पैसा डुब्दैन न त पानी नै विस्थापित भई पोखिन्छ । तर, पानीको सतह ग्लासको घेराभन्दा माथिसम्म गएको देखिन्छ ।
सँगै एउटा बुद्धको मन्दिर पनि छ, जो सन् ८१९ मा लाङ वंशको लाँन होको पालामा बनेको थियो । मन्दिरका ढुङ्गाहरूमा कुँदेका बुट्टाहरू सा¥है मिहीन र कलात्मक छन् । हामी यहाँ एकछिन आराम गर्यौँ । यहीँ चिनियाँ साथीले एकदम पानीले भरेको गिलासमा पैसा राख्दा पैसा नडुबिकन पानीमै उत्रिरह्यो र पानी पनि ग्लासबाट पोखिएन । यही थियो ‘बाघेमूल’ को पानीको गुण ।
षष्ठशील मन्दिर – यो हाङचाउमा हेर्न लायक ठाउँमध्ये एक हो । यो योह लुङ पहाडमा स्थित छ । यसको क्षेत्रफल करिब १.३ माऊ (०.२ एकड) छ र ५९.८९ मिटर उँचो छ । यो सुइ वंशको काई पाउको तेस्रो वर्ष (सन् ९७०) मा बनाएको थियो । पछि दक्षिणी सुङ वंश र चिह्न वंशको क्वाङ शुले पनि जीर्णोद्धार ग¥यो । अन्तमा क्रान्तिपछि यसको राम्रो मर्मत भयो र राम्रो संरक्षण पायो ।
बाहिरबाट हेर्दा यो मन्दिर १३ तला जस्तो देखिए तापनि भ¥याङ ७ वटामात्रै भएकोले यसलाई ७ तले नै मानिन्छ । मन्दिरको भित्री चैत्यमा सन् ११३२ र ११५९ को बौद्ध ग्रन्थसम्बन्धी कुराहरू र राम्रो कलात्मक चित्रहरू कुँदिएका छन् । खास गरेर यो मन्दिर बनाउनुको तीन लक्ष्य थियो – पहिलो, शेह ली (शारीरा भन्ने भगवान् बुद्धको अस्थि) राख्न, दोस्रो बाधाहरूबाट बच्न र तेस्रो अगाडिको चेताङ नदीहरूको डुङ्गाहरूलाई दिशा देखाउन ।
ल्यु हो अथवा षष्ठशीलको माने हो बुद्ध धर्मको ६ नियम अथवा ६ नियमको प्रतीक यो मन्दिर । नियम यसप्रकार छन् –
क) हिंसा नगर्नु,
ख) साँचो बोल्नु,
ग) पाप नचिताउनु,
घ) लोभ नगर्नु,
ङ) असल चिताउनु र
च) धनको सदुपयोग गर्नु ।
यो मन्दिर सा¥है राम्रो स्थानमा रहेको छ । यो येहलुङ पहाडमा रहेको छ । यहाँबाट उत्तर दक्षिणका सबै राम्रा हरियाली दृश्यहरू देखिन्छन् । यसको तलतिरबाट चेताङ नदी बगिरहेको छ । जो सा¥है रमाइलो देखिन्छ । मन्दिरभित्र बिजुली जडान गरेको छ । त्यसले सबै सामानहरू पनि राम्रो देखिने र सुरक्षित हुनेछ । यस मन्दिरले मलाई भक्तपुरको पाँचतले देवल (न्यातापोल्हँ) को सम्झना गरायो । यो मन्दिर पेचिङको पाताचुको मन्दिरसँग मिल्दोजुल्दो छ । मन्दिरबाट चेताङ नदीको माथि रेल हिँडेको हेर्न खुब आनन्द लाग्छ ।
षष्ठशील मन्दिरपछि हामी पश्चिमी झील र चेताङ नदीको बिचको ३०० मिटर उँचो व्हाङ पहाडमा गयौँ, त्यहाँबाट हाङचाउ र पश्चिमी झील अनि चेताङ नदी राम्रैसँग देखिन्छ ।
नौ खहरे १८ धारा – ड्रागन वेल (नागको कुवा) को दक्षिणी खोँचमा पर्छ । नाग–कुवा एक चाखलाग्दो ठाउँ हो । यो पहाडी ठाउँ लुङ चिङ हरियो चियाको लागि प्रसिद्ध छ । लुङ चिङ मन्दिर जसलाई शेङ शो यान पनि भनिन्छ, त्यसको १००० वर्षको इतिहास छ । यसको ख्याति मिङ वंश (ई. सन् १४३६–१४४९) को चेन तुङको पालामा थियो । यो नाग कुवालाई लुङ हुङ स्रोत पनि भनिन्छ । यो ठाउँमा पहिले देशमा सुब्बा पो भने मानिसहरू पानी माग्न आउँथे र अनि पानी पर्छ भन्ने किंवदन्ती छ । यसले हाम्रो देशको ‘हरहर माद्यो’ भनेर पानी माग्ने चलनको सम्झना गराउँछ । हाम्रो यहाँ पनि जङ्गलको वासी अथवा नागपोखरीमा गएर पानी माग्ने चलन छ ।
यही नाग–कुवाको दक्षिणी खोँचमा नौ खहरे १८ धारा पर्छ । त्यस नौ वटा खहरे र १८ धाराको पानी चेताङ नदीमा गएर मिल्छ । यस खहरेको पानी सा¥है निर्मल छ । खहरे र धाराको कलकल र झरझरले त्यस्तो शीतल हरियाली भएको ठाउँमा कस्तो रमाइलो होला, कल्पना गर्न सकिने कुरा हो । साँच्चै त्यस रमणीय स्थलमा अपार आनन्द आउँछ । यो ठाउँमा धेरै मानिसहरू र योङ पायनियोरहरू घुम्न आउँदा रहेछन् । बिदाको दिनमा र घुम्न आउने ठाउँको रूपमा यसको उपयोग भएको देखिन्छ । यहाँ पसल र आराम गर्ने ठाउँहरू पनि बनाएका रहेछन् ।
तैनच्यु मन्दिर– यो बौद्धहरूको एक तीर्थ स्थान हो । यो मन्दिर तीन मन्दिरहरू या तीन भागमा विभाजित छ । पहिलो सन् ३३० मा पहिलेको चिन वंशको र शिन हो को पालामा बनेको थियो । त्यसको नाम ‘फान चिन यान’ हो, जसको अर्थ बौद्ध सूत्रहरूको अनुवाद गर्ने संस्था ।
बिचको मन्दिर शुङ वंश (सन् ५९७) को काई हाङको पालामा बनेको थियो ।
चेन च मन्दिरको नाउँ फाहशी मन्दिर हो । जो तेनचु खान चिनयान कहलाउँछ । त्यसको अर्थ हो बौद्ध सूत्रहरूको संस्था । यो चिङ वंशको (सन् ८५१–९३२) चिङ लुङको पालामा ‘बौद्ध अधिराज्य’ को नामले प्रसिद्ध थियो । त्यही नाउँले एउटा मन्दिर बनायो । यहाँ अनेक देशहरूबाट बौद्धहरू श्रद्धापूर्वक यात्रा गर्न आउँछन् । यस सम्बन्धमा यहाँ एउटा शिलालेख पनि छ । यहाँबाट अनेक स–साना पहाड र छहराहरू पनि देखिन्छन् ।
यस्तै प्रकारले हामी सँध्या बादल गुफा भन्ने सधै कुहिरो जस्तो उठिरहने र राम्रा राम्रा चित्रहरू कुँदिएका ठाउँ हेर्न गयौँ, शुई इह जसको मतलब हो गीतको गुफा जहाँबाट सधैँ पानी झरेको आवाज आइरहन्छ । ६ ढुङ्गाको गुफा जहाँ शाक्यमुनि कुँदिएका आदि गुफाहरू पनि हामीले हेर्याँै ।
यसरी हामीले पूरा एकदिन हाङचाउका ऐतिहासिक मन्दिरहरू र रमणीय स्थलहरू हे¥यौँ ।

हाङचाउतिर – ३

पहिलो खण्ड (सन् १९५९ सेप्टेम्बर–१९६० जुलाई)

वेस्टलेन कम्युन
दिनभर प्राचीन मन्दिर र स्थलहरू हेरिसकेपछि हामी साँझतिर वेस्टलेन कम्युन हेर्न गयौँ । वेस्टलेन कम्युनको एक उत्पादक दल ड्रागन वेल गाउँमा पर्छ । यस नाग कुवा गाउँको उत्पादक दलमा १२२ घरको जम्मा ५२६ जवान मानिसहरू छन् । त्यसमध्ये २०२ जवान पूर्ण र अर्ध श्रमशक्ति छ । श्रमशक्ति भन्नाले काम गर्न सक्ने मानिस हो । यस दलले खास गरेर लुङ चिङ चियाको उत्पादन गर्छ, ४५० माऊ चिया बगैँचा छ । यस उत्पादन दलमा एक सामूहिक भान्छाघर, एक शिशुशाला, एक बालोद्यान, स्वास्थ्य केन्द्र, पसल, केही पशु फारम, चिया कारखाना, स्कूल आदि छन् ।
यस दलले क्रमिकरूपले विकास गर्दै गएको रहेछ । क्रान्तिभन्दा पहिले यस गाउँमा एक माउ खेतमा २० किलोग्राम चिया उत्पादन गथ्र्याे भने १९५८ सम्ममा एक माउमा १५२ क्याटिज चिया उत्पादन ग¥यो । लामो कुदाइको आन्दोलनले गर्दा १९५९ मा ३०० क्याटिज उत्पादन ग¥यो ।
हाम्रो सत्कार दलका एक युवक नायकले गरेका थिए । हामीले यस उत्पादक दलको कारखाना, बालोद्यान, शिशुशाला, खेत आदि हेर्यौँ र पूरा साँझ हुन लागेपछि हामी आरामको लागि होटलमा फक्र्यौँ ।
रेशमको कारखाना
२१ जुलाई बिहान ८ः३० बजे, हामी टेक्स्टाइल अथवा रेशमी कपडा कारखानामा पुग्यौँ । हाम्रो स्वागत सत्कार कारखानाका एक अधिकारीले गर्नुभयो ।
यस रेशमी कपडा कारखाना (शिल्क टेक्स्टाइल मिल) को नाम तु चिं सङ हो । यस कारखानाको मुख्य उत्पादन शिल्क फ्याब्रिक हो, जो ५०,००० वर्गमिटर उत्पादन हुन्छ । कारखानामा ३०० लूम (बुन्ने मेसिन) छन् । ती ३०० लूमलाई तीन दलमा विभाजित गरिएको छ र २४ घण्टा काम चालू रहन्छ ।
यस कारखानाको स्थापना १९२२ मा भएको थियो । त्यसबेला १७ वटा लूम र ४२ जनामात्रै कामदारहरू काम गर्थे । त्यसबेला साम्राज्यवाद, पुँजीवाद र च्याङ काइशेक प्रतिक्रियावादी शासनले गर्दा कारखानाले राम्रो उन्नति गर्न सकेको थिएन । साम्राज्यवादीहरू कारखानाको उन्नति देखेर डराउँथे र पुँजीपतिहरू बढी नाफा खोज्थे, जसले गर्दा कारखानाले राम्रो उन्नति गर्न सकेन । फेरि त्यसबेला सबैजसो कारखाना हातले नै चलाउँथे । रेशमको उत्पादनमा चीनको १,००० वर्षभन्दा पुरानो इतिहास छ । त्यसबेलादेखि संसारमा नै चीन रेशम उत्पादनमा प्रसिद्ध छ ।
१९४९ को क्रान्तिपछि कारखानाको कायापलट भयो । कम्युनिस्ट पार्टीको नेतृत्व र जन–सरकारको कोसिसले गर्दा कारखानाले धेरै प्रगति गर्यो भन्दै कारखानाका प्रमुखले आफ्नो उपलब्धिहरू बताउँदै जानुभयो । १९५२ सम्ममा कारखानाको उत्पादन ३.३ गुणा बढ्यो । १९४९ मै अथवा क्रान्तिको लगत्तै पछि पैसाको हिसाबले उत्पादनमा ५.०३ गुणा बढ्यो । क्रान्तिपछि मजदुरहरूले काम गर्ने तरिकामा नयाँ नयाँ प्रयोगहरू व्यवहारमा ल्याए र कारखानालाई अर्ध स्वचालित र विद्युतीकरण (बिजुलीले काम गर्ने) गर्ने प्रयासहरू गरेर उत्पादनमा ६ गुणा वृद्धि गराए । १९५८ को लामो कुदाइपछि उत्पादन १९५७ को तुलनामा ५० प्रतिशत र मूल्यको हिसाबले ६६ प्रतिशत बढ्यो । लामो कुदाइमा भाग लिएर १९५९ मा मजदुरहरूले कारखानामा सुधार ल्याउन १११४ प्रकारका सुझावहरू प्रस्तुत गरे, जसमा ११४ वटा स्वीकारेर लागु भयो । एक लाख २० हजार युआनको पुँजी थपेर एक लाख ३० हजारको उत्पादन बढ्यो ।
क्रान्तिपछि नयाँ मेसिनहरूको प्रयोग, पुँजीको विकास आदि कुराले गर्दा यस वर्ष १९६० को राष्ट्रिय लक्ष्य २ महिनाअघि नै पूरा गरियो । साथै प्राविधिक क्रान्तिले उत्पादन बढाउनुको अलावा गुणमा पनि धेरै राम्रो प्रगति गर्यो । विकासको साथै कपडाको चौडाइमा पनि प्रगति गरेको छ । पहिले २.२ मिटरको मात्रै चौडाइ हुन्थ्यो र अहिले ३.५ मिटरको भएको छ । पहिले २–३ रङ्गको मात्रै उत्पादन हुन्थ्यो त अहिले ३० रङ्गको कपडा उत्पादन हुन्छ ।
क्रान्तिभन्दा पहिले यस कारखानाले १०० प्रकारका माल सामानहरू उत्पादन गथ्र्यो । त्यसमा टेबुलपोस, कपडा, रेशमी चित्रहरू, कलात्मक वस्तुहरू, तकिया खोल, तन्ना आदि छन् । तर, अहिले टेबुलपोस, तन्ना, तकियाका खोलहरू, विश्वका ठुलठुला व्यक्तिका चित्रहरू, राजनैतिक, आर्थिक, सांस्कृतिक र विश्वका हरेक ठाउँ र विषयका सुन्दर चित्रहरू गरेर जम्मा १००० भन्दा बढी प्रकारका मालसामानहरू उत्पादन हुन्छ ।
मजदुरको जीवनबारे कारखानाका अधिकारीले भन्नुभयो, क्रान्तिपछि कामदारहरूको जीवनमा धेरै कुरामा परिवर्तन आएको छ । १९५४ मा मजदुरहरू बिरामी हुँदा निःशुल्क उपचार र भत्ता, रिटायर्ड (अवकास) हुँदा उचित भत्ता र सुरक्षाको ग्यारेन्टी दिइएको छ । साथसाथै ज्याला बढाउनुको अलावा कामको घण्टा पनि घटाइदिएको छ । ती सहुलियतहरूले मजदुरहरूमा काम गर्ने लगन र इच्छा बढेको छ । सामूहिक भान्छा घर, बस्ने क्वाटर, शिशुशाला, बालोद्यान क्लिनिक, आरामगृह आदिको पनि सहुलियत दिइएको छ ।
यस कारखानामा अहिले जम्मा मजदुरहरूको सङ्ख्या १७७० छ जसमा ३७ प्रतिशत महिला छन् ।
क्रान्तिपछि यस कारखानाका मजदुरहरूको सांस्कृतिक स्तर पनि धेरै उँचो छ । पुस्तकालय र वाचनालयको राम्रो व्यवस्था छ र मजदुरहरूको मनोरञ्जनको लागि नाटक दल, सिनेमा दलले बरोबर कार्यक्रमहरू प्रस्तुत गर्छन् । यस कारखानाको अवकासकालीन स्कूल (फुर्सती स्कूल) पनि छ ।
आफ्नो कारखानाको अँध्यारो पक्षलाई पनि यथार्थरूपमा राखेर हाम्रो प्रश्नको उत्तरमा अधिकारीले भन्नुभयो, हो, हाम्रो कारखानामा केही पुराना कमीहरू छन्, जसलाई हामी निकट भविष्यमै हटाउन सक्नेछौँ । हामीसँग अहिले पनि कति कलपुर्जा या कारखाना पुरानै छन्, त्यसले मात्रै देशको मागको पूर्ति गर्न उत्पादन गर्न सक्दैन । हाम्रो लक्ष्य जम्मै मेसिन र कलपुर्जाहरूलाई अर्ध–स्वचालित गर्ने हो, तर अहिले भइसकेको छैन तापनि धेरैजसो मेसिनहरू अर्ध–स्वचालित अवस्थामा परिणत भइसकेका छन् । त्यसकारण, उत्पादनमा पनि वृद्धि भएको हो ।
कुराकानीपछि हामी कारखाना हेर्न गयौँ । डिजाइन बनाउने, बुन्ने आदि कारखानाका विभिन्न विभागहरू हे¥यौँ । साँच्चै कलपुर्जा अर्ध–स्वचालित थिए र कुनै कुनै मात्रै हातले गरिरहेका थिए । कारखानाको भौतिक अवस्था (काम गर्ने ठाउँहरू) स्वस्थकर र राम्रो थियो । कलपुर्जाहरू करकर गर्दै देशविदेशका सुन्दर दृश्यहरू र संसारका ठुलठुला लोकप्रिय नेता, लेखक, कवि, कलाकारहरू र विभिन्न प्रकारका चिजहरू र राम्रा राम्रा रेशमी कपडाहरू बुन्दै थियो । डिजाइनर डिजाइन बनाउन व्यस्त थिए । अर्को कोठामा टेबुलपोसको गुलाफ साँच्चै गुलाफजस्तो फुलिरहेको थियो रेशमको । झट्ट हेर्दा त्यसलाई साँच्चिकै गुलाफ सम्झनेछ– बास्नाविनाको । धन्य कलाकारहरूको कला । अनेक प्रकारका राम्रा राम्रा बुट्टाहरू भएका रेशमी कपडाहरू पनि बुन्दै थियो । क्रेमलिन, पेचिङ, लेनिनग्राड र शाङ्घाई, स्तालिनग्राड र क्यान्टन, कालासागर र सुचाउ आदि संसारका विभिन्न सुन्दरतम स्थलका दृश्यहरू, माक्र्सदेखि माओ र प्याट्रिस लुमुम्बादेखि क्यास्ट्रोसम्मका रङ्गविरङ्गी रेशमी फोटोहरू पनि त्यहाँ थिए । अहिलेसम्म हामीले हेरेका कारखानाहरूमध्ये यो सानो आकारको थियो । तर, पनि मजदुरहरूलाई दिइने सहुलियतहरूमा कुनै त्रुटि देखेनौँ ।
कारखानाको एउटा कोठामा एउटा ठुलो रेशमको फोटो टाङ्गिएको थियो । चित्र अध्यक्ष माओको थियो । यस चित्रको लम्बाइ ६ फीट र चौडाइ ४ फीटको थियो । यसमा ३६ रङ्ग थियो । चित्र साँच्चै सजीवजस्तो थियो ।
कारखाना डुलिसकेपछि ‘भिजिटर बुक’ (आगन्तुक पुस्तिका) मा आफ्नो प्रभाव लेखिसकेपछि गहिरो छाप लिएर बिदा भयाँै, अधिकारीलाई धन्यवाद दिएर ।
हाङचाउको बजारमा
दिउँसो हामीले बजार घुम्यौँ । रेशमी चित्रहरू, कपडा र क्युरियो पसलहरू गयौँ । पसलमा बडो मिहीन र कलात्मक वस्तुहरू हे¥यौँ । श्रीखण्डको कलापूर्ण स–साना पङ्खा र चुरोटको बट्टा आदि अति राम्रो थियो । पङ्खा खोल्नासाथै श्रीखण्डको मगमग वासना आउँथ्यो । पसलको जम्मै मालसामानहरूको मूल्य पूर्ण निर्धारित थियो ।
सबै प्रकारका सडक र पसलहरूमा गयौँ । पसलहरूमा जतिसुकै हुल भए पनि मालसामान किन्न र हेर्न हामीलाई कुनै प्रकारको कठिनाइ झेल्नु परेन । सबै ठाउँमा हामीले अति शिष्ट व्यवहार पायौँ । अरु पुँजीवादी बजारमा जस्तो ठग्ने प्रवृत्ति मैले हाङचाउमा मात्रै होइन चीनको कुनै पनि ठाउँमा देखिन ।
दिउँसो ३ बजेतिर हामी हाङचाउको ७ नम्बर हाङचाउ मिडिल स्कूल हेर्न गयौँ ।
७ नम्बर हाङचाउ मिडिल स्कूल
मोटरको ढोका खुल्नासाथै स्कूलका प्रिन्सिपल (हेडमास्टर) वाङ हो–लीले हात मिलाएर स्वागत गर्नुभयो । हामी स्कूलको बैठक (सत्कारगृह) मा लगियाँै । बैठकको बिचमा एउटा लामो टेबुल थियो । टेबुलको चारैतिर १३–१४ वटा मेचहरू थिए । ठुलो टेबुलको एक छेउमा एक अफिस डेक्स र केही मेच र एक दराज थिए । भित्तामा अध्यक्ष माओ र अरु चिनियाँ नेताहरूका चित्रहरू टाँगिएका थिए । अनि दायाँबायाँ भित्ताहरूमा यस स्कूलले हरेक क्षेत्रको प्रतियोगितामा लिएका पुरस्कार र प्रमाणपत्रहरू टाँगिएका थिए ।
टेबुलको पहिलो लाइनमा हामी पाँच जना विदेशीहरू म, रत्ना र अरु ३ भारतीय साथीहरूसँगै द्वेभाषी मि. ली र हाङचाउ विद्यार्थी फेडरेसनका ४ जना साथीहरू थियौँ । टेबुलको अर्कोपट्टि प्रिन्सिपल वाङ हो–ली, अरु शिक्षकहरू र स्कूल युनियनका ३–४ जना विद्यार्थी साथीहरू थिए । प्रिन्सिपल वाङ हो–लीले सबभन्दा पहिले नेपाल र भारतका विद्यार्थीहरूलाई स्कूलमा स्वागत गर्न पाएकोमा खुसी प्रकट गर्नुभयो । आफ्नो स्वागत भाषणमा उहाँले एसियालाई एकता र विश्वशान्तिमा जोड दिनुभयो । त्यसपछि उहाँले आफ्नो स्कूलको परिचय दिनुभयो, “यस स्कूलको नाम नम्वर ७ हाङचाउ मिडिल स्कूल हो । यसको ६० वर्षको इतिहास छ । यस स्कूलमा जम्मा १४७० जना विद्यार्थीहरू पढ्छन् । त्यसमा ८०६ जवान विद्यार्थीहरू त किसान मजदुरकै परिवारबाट आएका छन् । स्कूलमा जम्मा ३० वटा कक्षाहरू छन् र ६० जवान शिक्षकहरू छन् ।”
प्रिन्सिपल वाङ हो–लीले यस स्कूलको इतिहास बताउँदै भन्नुभयो, “यस स्कूलमा पहिले जमिनदार र पुँजीपतिहरूका छोराछोरीहरू मात्रै पढ्न पाउँथे । यो स्कूल खास गरेर उनीहरूकै लागि मात्र खोलिएको थियो । तर, १९४९ को क्रान्तिपछि यस स्कूलमा अरु वर्गका छोरा–छोरीहरूले पनि पढ्न पाए । १९५८ देखि यस स्कूलले चौतर्फी विकास गरेको छ । क्रान्तिभन्दा पहिले यस स्कूलको शिक्षा व्यवस्था अव्यावहारिक र विदेशी किसिमको थियो । त्यो व्यवस्था पूर्णतया दोषले भरेको थियो । त्यस प्रकारको शिक्षा व्यवस्थामा विद्यार्थीहरूले आफ्नो ज्ञान र विद्यालाई उपयोगमा ल्याउन सक्दैनथे । साथै विद्यार्थीहरूको बढी सङ्ख्या परीक्षामा असफल हुन्थे । क्रान्तिपछि नयाँ जनवादी सरकारले प्रतिक्रियावादी शिक्षा व्यवस्था फेरेर देश सुहाउँदो, व्यावहारिक नयाँ शिक्षा नीति लागु गर्यो । त्यस नयाँ शिक्षा नीतिअनुसार यस स्कूलमा पनि १९५८ देखि नै शिक्षा उत्पादक भ्रमसँग मिलाउनुपर्छ भन्ने सिद्धान्तअनुसार स्कूलमा फलाम पगाल्ने ज्यासल, अरु मेसिनरी र शिल्पकलाको व्यवसाय सिकाउने र काम गराउने कार्यशालाहरू र खेतीको पनि व्यवस्था गरे । ज्यासलमा फलाम पगाल्ने, जोड्ने र अरु स–साना कलपुर्जाहरू बनाउने आदि काम हुन्छ । स्कूलको ३० माऊ खेतमा आलु, तरकारी, फलफुलको खेती हुन्छ । पशुपालन जस्तै सुँगुर, गाई पाल्नेजस्ता कृषिका अरु क्षेत्रहरू पनि यस स्कूलमा विकास भएको छ । विद्यार्थीहरूले पढ्नुको साथै त्यस विषयको व्यावहारिक कार्यमा पनि भाग लिन्छन् । सिनियर (माथिल्लो कक्षाका) विद्यार्थीहरूले दिनको ८ घण्टाको हिसाबले खेत, कारखाना र ज्यासलमा काम गर्छन् र जुनियर (तल्लो कक्षाका) विद्यार्थीहरूले ६ घण्टा काम गर्छन् । विद्यार्थीहरूले ‘लामो कुदाइ’ मा पनि भाग लिए । साम्राज्यवादीहरूको हाँकलाई स्वीकार गर्न, हमलावरहरूलाई हराउन स्कूलका हरेक विद्यार्थीहरूले ‘लामो कुदाइ’, ‘जनकम्युन’ र ‘आम दिशा’ लाई सम्पूर्णरूपले समर्थन गर्छन् । नयाँ शिक्षा नीतिले विद्यार्थीहरूमा सामूहिक जीवन र जनताको धनलाई माया गर्ने भावना बढेको छ ।
“छिमेकी र बाटोमा आउने बिरामीहरूलाई घर र अस्पताल पु¥याइदिने, एक आपसमा सहायता गर्ने भावना विद्यार्थीहरूमा बढेको छ । स्कूलको समयपछि विद्यार्थीहरू सिकेको ज्ञानलाई रिसर्च (अन्वेषण) गर्नेजस्ता गम्भीर अध्ययन, गणितमा राम्रो नम्बर ल्याउने, बायोलोजिकल (जीव विज्ञान) दल बनाएर ग्रुपको काम र अध्ययन आदि विभिन्न कार्यकलापमा व्यस्त हुन्छन् ।
“पढाइको साथसाथै विद्यार्थीहरूले आफ्नो स्वास्थ्यमा पनि धेरै राम्रो प्रगति गरेका छन् । पहिले सधै बिरामी मात्रै भइरहने विद्यार्थीहरूले अहिले ५५० मिटर दौडमा पहिला हुन्छन् र एक किलोमिटरको रेसमा पनि भाग लिन्छन् । विद्यार्थीहरूले हरेक दिन आधा घण्टा स्वास्थ्यको कक्षामा भाग लिन्छन् । विद्यार्थीहरू अहिले आफैँ अध्ययन गर्नुको साथै वैज्ञानिक अनुसन्धानको काममा बढी ध्यान दिन्छन् ।”
विद्यार्थीहरूको कार्यकलापको विषयमा बताउँदै प्रिन्सिपल वाङ हो–लीले भन्नुभयो, “क्रान्तिपछि र नयाँ शिक्षा नीतिले विद्यार्थीहरूमा राजनैतिक चेतना धेरै मात्रामा बढेको छ । अहिले यस स्कूलको विविध कार्यकलापमा भाग लिने प्रमुख ३३ जना विद्यार्थीहरू छन्, उनीहरू भान्छा तयार गर्ने काममा पनि भाग लिन्छन् ।”
बिहानको र दिउँसोको खाना विद्यार्थीहरू स्कूलमै खान्छन् र खानाको व्यवस्था शिक्षक र विद्यार्थीहरूको एक कमिटीले गर्छ । खानामा जम्मा ५ परिकारहरू हुन्छन् । खानाको पैसा स्कूलको उत्पादनबाटै व्यहोर्छ । विद्यार्थीहरूको किताबको लागि पनि राम्रो सहुलियत छ ।”
विद्यार्थीहरूले के के विषय पढ्नुपर्छ भन्ने हाम्रो प्रश्नको उत्तरमा प्रिन्सिपल वाङ हो–लीले भन्नुभयो, “विद्यार्थीहरूले चिनियाँ भाषा, गणित, राजनीतिशास्त्र, भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, इतिहास, भूगोल आदि मुख्य मुख्य पढ्ने विषय हुन् । त्यसको अलावा विद्यार्थीहरूले उत्पादक श्रममा भाग लिन्छन् ।” विदेशी भाषाको प्रश्नको उत्तरमा उहाँले भन्नुभयो कि उच्च शिक्षा हासिल गर्नेहरूले अङ्ग्रेजी र रसियालीमध्ये एक भाषा पढ्छन् । यसबाहेक तल्लो कक्षाका विद्यार्थीहरूलाई सङ्गीत र चित्रकला अनिवार्यजस्तै छ ।
प्रिन्सिपल वाङ हो–लीले स्कूलको विषयमा बोलिसकेपछि विद्यार्थी युनियनका सभापतिले नयाँ शिक्षा नीतिको समर्थनमा भन्नुभयो, चीन चाँडै एक उन्नतिशील देश हुनको लागि चिनियाँ जनतामा उच्च राजनैतिक शिक्षा र विज्ञानको जरुरी छ । समाजवादको निर्माण र साम्यवादी समाजको बाटो तयार गर्न चिनियाँ कम्युनिस्ट पार्टीले पुरानो अव्यावहारिक शिक्षा व्यवस्थाको बदलामा जुन व्यावहारिक शिक्षा व्यवस्था लागु गरेको छ, त्यो सा¥है खुसी र स्वागत गर्नुपर्ने कुरो हो ।
कोरियाली, जापानी, मिश्र आदि जनताको समर्थनमा साम्राज्यवादीविरोधी सभा र विश्वशान्तिको लागि गरिने सभा र जुलुसहरूमा हामी यस स्कूलका विद्यार्थीहरूसँग भाग लियौँ । यो राजनैतिक चेतना अथवा अन्तर्राष्ट्रिय भावना नयाँ शिक्षा नीतिको फल हो । नयाँ शिक्षा नीतिले गर्दा देशमा निरक्षरतालाई पूर्णतया हटाउन सफल भएको छ । साथै परिश्रम या शारीरिक श्रमलाई पहिले हेय दृष्टिले हेरिन्थ्यो । तर, नयाँ शिक्षा नीति लागु गरेदेखिन् शारीरिक श्रम गर्ने मानिसहरूलाई आदरको भावनाले हेर्छन् । यसरी नयाँ शिक्षा नीतिले मानिसहरूको हृदय परिवर्तन गरिदिएको छ । समाजवादी र साम्यवादी शिक्षा पाएर विद्यार्थीहरू काम गरेर खाने कामदार जनतासँग मिलेर काम गर्ने भावना, सानोलाई ठुलोले हेरचाह गर्ने, अनुशासनमा बस्ने, भूललाई सच्याउने, आफूभन्दा माथिको मानिसबाट सिक्ने आदि भावनाहरू विद्यार्थीहरूमा बढ्न गएको छ । फलाम र इस्पात कसरी बनाउने, रेडियोग्राफिक काम कसरी गर्ने भन्ने कुराहरू पनि विद्यार्थीहरूले सिके । यस्ता भौतिक कुराहरूको व्यावहारिक शिक्षा प्राप्त गर्नुबाहेक विद्यार्थीहरूले प्राविधिक क्रान्तिमा पनि भाग लिए । नयाँ शिक्षा नीतिले गर्दा विद्यार्थीहरूको सांस्कृतिक स्तर पनि माथि उठेको छ र जीवनलाई कसरी सुखी बनाउने भन्ने भावनातिर पनि चाख बढ्दै गएको छ ।
छात्र सङ्घका सभापतिको नयाँ शिक्षा नीतिद्वारा विद्यार्थीहरूले भौतिक र आध्यात्मिक क्षेत्रमा गरेको प्रगतिको रिपोर्टपछि नयाँ शिक्षा नीति लागु भएको ३ वर्षको आफ्नो अनुभव १८ वर्षकी एक छात्राले निम्न तरिकाले व्यक्त गरिन्, “म हाङचाउका सबभन्दा धनी अथवा सबभन्दा ठुलो पुँजीपतिकी छोरी हुँ । पुँजीपतिकी छोरी भएकीले पहिले म शारीरिक श्रमलाई मन पराउन्नथेँ । शारीरिक श्रम गर्नेहरूप्रति म घृणाको दृष्टिले हेर्थेँ । तर, १९५८ को नयाँ शिक्षा नीति लागु भएपछि सबै विद्यार्थीहरू शारीरिक श्रम गर्न खेत र कारखाना जान्थे । त्यसबेला स्कूल या कक्षामा म एक्कलै बाँकी हुन्थेँ । त्यसको मुख्य कारण एक त म श्रमलाई तल्लो दृष्टिले हेर्थेँ, दोस्रो कुरा, उनीहरू मलाई उत्पादक श्रममा भाग लिन कर गर्दैनथे । पछि अति असजिलो अनुभव हुँदै गयो । मलाई एक्कलै स्कूलमा बसिरहन मन लागेन । बस्ने पनि कसरी ? घरमा पनि एकलै बस्न मन लाग्दैनथ्यो । एकदिन म पनि उनीहरूसँगै उत्पादन श्रममा भाग लिन जान खोज्दा एक जना साथीले भन्यो, “तिमी धेरै धनी पुँजीपतिकी छोरी, तिमी काम गर्न सक्दैनौ । तिम्रो हात खुट्टा दुःख्नेछ, फेरि तिमीलाई घरमा गाली पनि गर्ला ।” उनको भनाइले मलाई सा¥है छोयो । अनि मैले भने, “हो म घरमा काम केही पनि गर्दिनँ । त्यसकारण, मैले एकैचोटि काम गर्न नसकुँला, तर कमसेकम तिमीहरूले खाने बेलामा चियासम्म त हाल्न सकुँला ।” यसरी मैले सँगै काम गर्न जान जिद्दी गरेँ । मेरो भनाइमा जम्मै सहमत भए र त्यस दिनदेखि उत्पादक श्रममा मैले पनि भाग लिएँ । पछि मैले पनि बिस्तारै काम गर्न थालेँ र सिकेँ । उत्पादन श्रममा भाग लिएर मेरो शारीरिक कमजोरी पनि हटेर गयो । परिश्रमले गर्दा मेरो टाउको दुख्ने रोग पनि निको भयो । म झन्झन् स्वस्थ हँुदै गएँ र खेलकुदमा पनि भाग लिन थालेँ । गएको साल मैले लङ जम्प, हाई जम्प र दौडमा भाग लिएँ । ती प्रतियोगिताहरूमा म पहिलो भएँ । यति भनेर तिनीले भित्तामा टाँगिएका तिनका प्रमाणपत्रहरू सङ्केत गरेर देखाइन् । यसो हेरेँ, उनले खेलकुदमा ५–६ वटा प्रमाणपत्रहरू पाएकी थिइन् । उनी भर्खर १७–१८ वर्षकी खूब राम्री केटी थिइन् ।
उनको बोलाइमा अलिकति पनि कृत्रिमता झल्केको थिएन ।
तिनले आफ्नो कुरो अगाडि बढाउँदै गइन्, “उत्पादन श्रममा भाग लिएर मेरो शरीर स्वस्थ हुनुको साथै मेरो व्यावहारिक ज्ञान पनि बढ्दै गयो । बिदाको बेलामा कम्युनमा किसानहरूसँग जीवन बिताउँदा मलाई खुब आनन्द र काम गर्नमा उत्साह आउँथ्यो । उनीहरूसँग काम गरेर कृषि सम्बन्धी मेरो धेरै ज्ञान बढ्यो । उनीहरू हामीहरूबाट किताबी या सैद्धान्तिक ज्ञान सिक्थे । हामीहरू उनीहरूबाट व्यावहारिक ज्ञान सिक्थ्यौँ । हामीले उनीहरूसँगै काम गर्यौँ । मलाई उनीहरूबाट छुट्नै मन लाग्दैनथ्यो । अब म कम्युनमा गएर किसानहरूसँग जीवन बिताउन सा¥है मन पराउँछु । यसरी कम्युनिस्ट पार्टीको नयाँ शिक्षा नीतिले गर्दा मजस्तो पुँजीपतिको परिवारबाट आएको व्यक्तिलाई पनि फाइदा भएको छ र भविष्यमा पनि पार्टी र अध्यक्ष माओको नेतृत्वमा झन्झन् राम्रोसँग काम गर्दै जाने छु ।”
यति भनेर तिनले आफ्नो कुरालाई टुङ्गयाइन् । तर, हामीले उनीसँग प्रश्न गर्न छोडेनौँ । हामीले सोधिहाल्यौँ, “तपाईँ कम्युनमा गएर बस्दा घरमा आमाबाबुले विरोध गर्नुहुन्नथ्यो ?”
“अँ, पहिले त गर्नुहुन्थ्यो । तर, मैले आमाबाबुलाई सम्झाउँदै गएँ कि सबै साथीहरू जान्छन् र म मात्रै एक्कलै कसरी बस्न सक्थेँ । फेरि उहाँहरूले पनि समयको लहरलाई बुझिसक्नुभएको छ । मेरो कुरो सुनेर आमाबाबु भन्नुहुन्थ्यो, “हामीले कमाएको नै आफ्नै छोराछोरी, तिमीहरूको लागि हो र तिमीहरू आफैँ यसरी स्वेच्छाले काम गरेर खान खोज्छौ र त्यसैमा आनन्द मनाउँछाँै भने ठिक्कै छ ।”
तिनको भनाइले बङ्गालका महिला साथीहरू धीरा र कणिका सा¥है प्रभावित भइन् ।
कुराकानी र प्रश्न उत्तरपछि हामी स्कूलका अरु विभागहरू हेर्न गयौँ । हामी स्कूलको वर्कशप (कार्यशाला या ज्यासल) मा गयौँ । त्यहाँ विद्यार्थीहरू एप्रोन र पञ्जा लगाएर एउटा डाइनामो बनाउँदै थिए । कोही मोडेल तयार गरिरहेका थिए । कोही मोडेलको लागि हिसाब गर्दै थिए ।
विद्यार्थीहरू खुब उत्साहित र हँसिला देखिन्थे र आ–आफ्ना काममा व्यस्त थिए । उनीहरू कारखानाका मजदुरहरूजस्तै लगनशील भएर काम गर्दै थिए ।
डाइनिङ हलमा एक दल विद्यार्थीहरू खाजाको तयारीमा लाग्दै थिए । अर्कोतिर केही विद्यार्थीहरू खेलकुदमा व्यस्त थिए । विद्यार्थीहरूको सङ्ख्या र विभागहरू अनि उनीहरूका कार्यकलापहरू हेरेर म मिडिल स्कूलमा होइन कुनै विश्वविद्यालयमा डुलिरहेको सम्झेँ ।
करिब १ घण्टा स्कूलका विभागहरू सरसरती हेरिसकेपछि हामी प्रिन्सिपल वाङ हो–ली, शिक्षकवर्ग र विद्यार्थी युनियनका साथीहरूलाई धन्यवाद दिएर बिदा लियौँ ।
मोटर क्यान्टनको लागि रेलवे स्टेसनतर्फ दौडिरहेको थियो ।

दोस्रो खण्ड (३ भदौ, २०५२–११ भदौ, २०५२)

भदौ ७, २०५२ दिउँसो १२ः४० मा हामी निङपो हवाई अड्डाको निम्ति हिँड्यौँ र १ बजे पुग्यौँ । साथी चेन होङ वेइसँग बिदा लियौँ र समयलाई पख्र्यौँ । ठीक १ः४५ मा हवाईजहाज (पूर्वी चीन) ले निङपो छोड्यो र २ः४५ मा विमानले नानकिङको धर्तीलाई छोयो ।
हवाई अड्डामा ३ बजे चियाङसु प्रान्तीय जन–सरकारको परराष्ट्र मामलाको एसियाली विभाग (Division of Asian Affairs, Foreign Office Jiyangsu Provincial People’s Government) का प्रमुख शाओ सिफिङ (SHAO XIPING) र चियाङसु प्रान्तीय जन–सरकारको विदेश मामिलाका विभागीय प्रमुख गाओ यान (GAO YAN) ले स्वागत गर्नुभयो । शाओ सिफिङले मोटरमा बस्दै चियाङसु प्रान्तबारे परिचय दिँदै जानुभयो । उहाँ फ्रान्सेली भाषामात्रै बोल्ने भएकोले अङ्ग्रेजीमा अनुवाद गर्दै जानुभयो गाओ यानले ।
“चियाङसु प्रान्तको क्षेत्रफल १,००,००० वर्ग किलोमिटरसम्म फैलिएको छ । चीनका अन्य प्रान्तहरूको तुलनामा त्यति ठुलो प्रान्त भने होइन । यसको जनसङ्ख्या ७ करोड छ अर्थात् फ्रान्सको जति छ । आर्थिक दृष्टिले यो एक महत्वपूर्ण प्रान्त हो । औद्योगिक उत्पादनमा चियाङसु प्रान्त शाङ्घाईपछि दोस्रो हो र विदेशी व्यापारमा क्वाङचाउ र शाङ्घाईपछि यो तेस्रो हो । अहिले यहाँ २०,००० संयुक्त लगानीको कारोबार चालु भएको छ ।
नानकिङ चियाङसु प्रान्तको राजधानी हो, चीनको ६ प्राचीन राजधानीहरूमध्ये एक हो । मुक्तिभन्दा पहिले अर्थात् १९४९ भन्दा पहिले नानकिङ चीनको राजधानी थियो । चियाङसु उत्तर र दक्षिण दुई भागमा विभाजित छ । उत्तर चियाङसुको भन्दा दक्षिण चियाङसुको आर्थिक स्तर र प्रतिव्यक्ति आम्दानी बढी छ । दक्षिण चियाङसुको प्रतिव्यक्ति आम्दानी १,००० अमेरिकी डलर पुग्दछ । चियाङसुको भनाइ छ– विज्ञान, प्रविधि र शिक्षामा अगाडि जानु, दोस्रो, आर्थिक स्तरलाई समान गरौँ । (उहाँले माओ त्सेतुङको उदाहरणसमेत दिँदै भन्नुभएको थियो ।)
नानकिङको चारैतिरको जनसङ्ख्या ५० लाख पुग्छ तर नगरको मात्रै २५ लाख छ । यस ऐतिहासिक र आर्थिक महत्वको ठाउँमा स्वागत गर्न पाएकोमा हामीलाई धेरै खुसी लागेको छ । अहिले हामी तपार्इँलाई चिनलिन होटल (Jinling Hotel) मा लैजाँदै छौँ । चिनलिन होटेल देशको सबभन्दा पुरानो पाँचतारे होटलमध्ये एक हो । अहिले एक अर्को नयाँ पाँचतारे होटल छ तर यो तपाईँको निम्ति आरामदायिक होला भन्ने अनुमान गर्छु ।”
सन यात सेन सडक पार गर्दै हामी चिनलिन होटलमा पुग्यौँ । त्यहाँ पुग्नासाथै होटेलका महाप्रबन्धक र अन्य कर्मचारीहरूले स्वागत गर्दै २५ तलाको २५०३ नं. को कोठामा पु¥याउन आए र साँचो तथा होटलको पासपोर्ट दिए ।
चाउ एनलाई स्मृति भवन
४ः३० बजे चियाङसु प्रान्तीय जन–सरकारको विदेश मामलाका विभागीय प्रमुख गाओ यान (GAO YAN) ले मोटरमा भन्दै जानुभयो, “हामी अहिले १९४६ मई महिनादेखि १९४७ को मार्च महिनासम्मको गृहयुद्ध रोक्न कोमिङताङ (च्याङकाई शेक) सँग वार्ता गर्न चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरी चाउ एन–लाई आउनु हुँदा उहाँले प्रयोग गर्नुभएको कार्यालयमा जाँदै छौँ । त्यो कार्यालय अहिले चाउ एन–लाई स्मृति भवनको रूपमा संरक्षित र प्रदर्शित छ ।
नानकिङ वा चियाङसु प्रान्त देशको एक महत्वपूर्ण शिक्षा केन्द्र हो । यहाँ ७० वटा विश्वविद्यालय छन् । ४० वटा विश्वविद्यालयले विद्यावारिधि अर्थात् पी.एच.डी. सम्मको डिग्री प्रदान गर्दछ । अन्य विश्वविद्यालयहरूले स्नातकोत्तर वा एम. ए. सम्मको उपाधि प्रदान गर्दछ । प्राविधिक, मेडिकल, हवाई (Aronoctical), औषधि (Pharmalogical) सम्बन्धी आदि विषयमा यहाँका विश्वविद्यालय बढी प्रख्यात छ । यहाँका विश्वविद्यालयमा १ लाख २५००० छात्रछात्राहरू पढ्छन् ।”
मैयान सिनकुन (Meiyuan Xincun) भन्ने नानकिङ नगरको पूर्वतिर चीनको गृहयुद्ध रोक्न १९४६ मई महिनादेखि १९४७ मार्च महिनासम्म कोमिङताङ (राष्ट्रवादी पार्टी) को सरकारसँग वार्ता गर्न चाउ एन–लाईको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको एउटा प्रतिनिधिमण्डलले यस ठाउँमा कार्यालय बनाएको थियो । यही कार्यालयलाई आज चाउ एनलाई स्मृति भवन सङ्ग्रहालय भन्ने गरिन्छ ।
चिनियाँ भाषामा त्यस प्रतिनिधिमण्डललाई आन्तरिकरूपले ‘नानकिङ समिति’ पनि भन्दा रहेछन् । प्रतिनिधिमण्डलले त्यहाँ बस्दा जीवनका हरेक क्षेत्र र वर्गका मानिसहरू भेटेर च्याङ काईशेकको विरोधमा, गृहयुद्धको विरोधमा र मुक्तियुद्ध विजय गर्न ‘दोस्रो बाटो’ को निम्ति काम गरेको थियो । कम्युनिस्ट पार्टीको त्यस प्रतिनिधिमण्डलमा अर्का महत्वपूर्ण नेता तोङ पि–उ (Dong Pi–wu) र उहाँको जहान हे लियान चि (He Lian – Zhi), लियाउ चाइ चि (Liau Chang–zhi) र उहाँको जहान लि वई हान (Lei Wei– han) पनि हुनुहुन्थ्यो । चाउ एनलाईसँग उहाँको जहान तङ यिङ–चाओ (Teng Ying–chao) पनि हुनुहुन्थ्यो ।
स्मृति भवनको अगाडि नै चाउ एनलाईको ३.२ मिटर अग्लो तामाको सालिक छ । त्यसको भित्र सानो चोकमा चाउ एनलाई र उहाँको प्रतिनिधिमण्डलका सदस्यहरू भएको एउटा सिंहमर्मरमा कुँदिएको मूर्ति छ । २–४ वटा चोक र घरहरू जोडिएको त्यस स्मृति भवनमा त्यसबेला चाउ एनलाई र प्रतिनिधिमण्डलले भेटेका मानिसहरूको चित्र, त्यसबेला छापिएका पत्रिकाहरू, पर्चाहरू, पुस्तकहरू, लगाउने गरेका पोशाकहरू, प्रयोग गर्ने गरेका सामानहरू, ओछ्यान, मोटरकार आदि त्यहाँ प्रदर्शित थिए ।
त्यहाँ चाउ एनलाईसँग सम्बन्धित अन्य चित्रहरूसमेत प्रदर्शित थिए । एकपछि अर्को कोठा, चोक र घर हुँदै हामी निस्क्यौँ तर बाहिर सडकको किनारमा चाउ एन–लाईका विदेश भ्रमणका चित्रहरू पनि प्रदर्शित थिए । महत्वपूर्ण ऐतिहासिक समयका माओ त्सेतुङ, कोमोरो, अमेरिकी राजदूतहरू र अन्य नेताहरूसँगको भेटघाट, मस्को बैठकबाट फर्कँदा हवाई अड्डामा अध्यक्ष माओ र अरु नेताहरूसँगको फोटो श्रीमती भन्दारनायकसँगको फोटो आदि चित्रहरू पनि प्रदर्शित थिए ।
विभागीय प्रमुख श्री गाओ यानले भन्नुभयो, “यी घरहरूको चारैतिर च्याङ काईशेकका गुप्तीहरूको २४ सै घण्टा आँखा गाडिएको हुन्थ्यो ।”
प्रदर्शित पुस्तिकाहरूमा स्तालिनका पुस्तक, सोभियत संविधान, प्राचीन कालका चीनको अध्ययन, क्रान्ति र व्यवहार, जापानी आक्रमणको बेलाका र महिलासम्बन्धी अनेक पुस्तकहरू थिए । तर, त्यहाँ बताइदिने गाइडको अति कमी अनुभव भयो । त्यहाँ सहिद भएका र अन्य देशभक्तहरूको चित्र पनि प्रदर्शित थिए । त्यसबेलाको ‘जन–समूह’ र सिन्ह्वा भन्ने पत्रिकाको अङ्क पनि प्रदर्शित थियो ।
एउटा कोठामा चाउ एनलाईका राजनैतिक सचिव सुङ फिङोको चित्र पनि थियो । उहाँ एकपटक चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको स्थायी समितिका सदस्य र अहिले पनि जीउँदै हुनुहुन्छ भन्ने कुरा बताइयो । वार्ता असफल भएपछि चाउ एनलाई येनान फर्कनुभएको चित्र पनि थियो ।
सङ्ग्रहालयभित्र पसल देख्दा भने अचम्म लाग्यो । साथै त्यहाँ चियाङसुमा मात्रै पाउने विभिन्न रङ्ग र प्राकृतिक चित्र भएका ढुङ्गाहरू, चिनियाँ माटाका भाँडाको कचौरामा पानी राखेर प्रदर्शित गरिएको देखेँ । ती ढुङ्गाहरू व्यक्तिगतरूपले सँगालिएका थिए । बाहिर पुस्तक पसलमा राजनीति मात्र होइन विभिन्न प्रकारका पुस्तकहरू पनि प्रदर्शित थिए ।
उ तोङह्वाबाट रात्रिभोज
६ः३० बजे चिनलिन होटलको दोस्रो तलामा राष्ट्रिय जनप्रतिनिधि सभाको प्रतिनिधि, चियाङसु प्रान्तीय जनसरकारको विदेश मामलाको निर्देशक (Deputy of the National People’s Congress, Director of the Foreign Affairs office, Jiangsu Provincial People’s government) उ तोङह्वा (Wu Donghua) ले रात्रिभोजको आयोजना गर्नुभएको थियो ।
स्वागत गर्न पाउनुभएकोमा खुसी व्यक्त गर्दै उहाँले दुई देशको पुरानो मित्रताको चर्चा गर्नुभयो । चियाङसु प्रान्तीय जन सरकारको विदेश र एसिया विभागको प्रमुख शाओ सिफिङ र विभागीय प्रमुख गाओ यान पनि उपस्थित हुनुहुन्थ्यो ।
राष्ट्रिय जनप्रतिनिधि सभाका सदस्य र चियाङसु प्रान्तीय सरकारको विदेश विभागको निर्देशक श्री उ तोङह्वाले चियाइसु प्रान्तबारे बताउँदै जानुभयो, “कृषि, उद्योग र सेवामा यो प्रान्त अगाडि छ । कृषिमा अन्नबाहेक, मत्स्यपालन, फलफुल, कपास, रेशम कीरापालन, खानेतेल (तोरी), चिया, भेँडापालन आदिबाट यसले प्रशस्त कृषिजन्य सामान उत्पादन गर्दछ । रासायनिक उद्योग, पेट्रोल, कोइला र नुन आदिमा तथा मेसिनरी, कपडा, इलेक्ट्रोनिक्स, घर निर्माणको लागि चाहिने सामान, खानेकुराको उद्योग फस्टाउँदै गएको छ । खनिजमा कोइला र पेट्रोल मुख्य हुन् भने सेवामा पर्यटन, बैङ्क र व्यापार पर्दछ । यहाँ वर्षको ७ लाख पर्यटकहरू आउँछन् र व्यापारमा भन्ने हो भने १३ अर्बको विदेश व्यापार हुन्छ । पार्टी र सरकारले आर्थिक सुधारको नीति लागु गरेको हुँदा यस प्रान्तमा २०,००० भन्दा बढी संयुक्त लगानीका कलकारखानाहरू खुल्दै छन् । त्यस मध्ये ८,००० संयुक्त लगानी चालु भइसकेको छ । चियाङसु प्रान्तमा खास गरेर सानो र मध्यम उद्योगको बाहुल्यता छ । यहाँ ठुलो रासायनिक मल कारखाना पनि छ । तर, भोलि तपाईँलाई एउटा सानो मल कारखाना हामी देखाउँदै छौँ ।”
हिजो निङपोका जनसरकारका विदेश विभागका निर्देशक ह–चाई चेङले जस्तै आज चियाङसु प्रान्तका विदेश मामलाका निर्देशक र प्रतिनिधिसभाका सदस्य उ तोङह्वाले पनि नेपालको मुख्य मुख्य उत्पादन र कच्चा मालबारे सोध्नुभयो । मैले उहाँहरूलाई पहिले नेपाल भ्रमण गर्नुहोला, हामी तपाईँहरूको स्वागत गछौँ, चीनको प्रविधि, पुँजी र अनुभवबाट नेपाली जनता पनि फाइदा उठाउन चाहन्छन् भनेँ । उहाँहरूले हाम्रो निमन्त्रणालाई खुसी भएर समर्थन गर्नुभयो र सकारात्मक उत्तर दिनुभयो ।
खानाका नयाँ नयाँ परिकारहरू चाख्दै कुराकानी अगाडि बढ्दै गयो । नेपाल र चिनियाँ जनताको मैत्री अगाडि बढाउन र चिनियाँ जनताको उत्तरोत्तर प्रगति र स्मृतिको कामना गर्न दोस्रो टोस्ट प्रस्ताव राखेँ ।

पार्टी गतिविधिहरु
समाचार