नेमकिपाले ५०–६० वर्षदेखि देश र जनताको निःस्वार्थरूपमा सेवा गर्दै छ । यस पार्टीले शासक दलका जनविरोधी तथा देशघाती कार्यहरूको विरोध गर्दै छ; जनताका शत्रुविरुद्ध निरन्तर आवाज उठाउँदै छ । प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र गएर देश र जनताको सेवा गर्ने लेनिनवादी नीतिअनुरूप ६ दशकदेखि नेमकिपा सङ्घर्ष गर्दै छ । जनमतको आदेशअनुसार एक प्रखर प्रतिपक्षीको भूमिकामा छ, नेमकिपा ।
प्रदेशसभामा नेमकिपा रातो झन्डा फहराउँदै छ । प्रदेशहरू निर्माण भएको ७ वर्ष नाघ्यो । आजसम्मका कुनै पनि प्रदेश सरकार सफल देखिँदैनन् । जनताको विरोध बढ्दो छ ।
नेमकिपाका अग्रजहरूले आजभन्दा ६० वर्षअगाडि अमेरिकाले भियतनाममाथि गरेको साम्राज्यवादी युद्धको विरोध गर्नुभयो । यतिबेला अेमेरिकी साम्राज्यवादविरुद्ध सदन र सडकमा सङ्घर्ष गर्ने नेमकिपा मात्र हो । एमसीसीविरुद्ध नेमकिपाले लगातार देशव्यापी सङ्घर्ष ग¥यो । देशलाई अमेरिकी नवउपनिवेश तथा रणमैदान बनाउने एमसीसी र एसपीपीविरुद्ध नेमकिपा निरन्तर आवाज उठाउँदै छ । आत्मनिर्भर अर्थतन्त्र या आत्मनिर्भरताको विकल्प छैन भन्ने अध्यक्ष रोहितको विचार घटनाक्रमले सही साबित गर्दै छ ।
संसारमा संरा अमेरिकी साम्राज्यवादको आर्थिक युद्ध चालु छ । दोस्रो विश्वयुद्ध यता आर्थिक प्रभुत्व तथा बर्चस्वको लागि उसको युद्ध रोकिएको छैन । संरा अमेरिका दशकौँ दशकदेखि कतै बमबारुदको युद्ध, कतै हाइब्रीड युद्ध त कतै व्यापार युद्ध गर्दै छ । समाजवादी देशविरुद्धको नाकाबन्दी आर्थिक युद्धकै एउटा स्वरूप हो । पछिल्लो समय मध्यपूर्वमा संरा अमेरिकाले खनिज तथा प्राकृतिक स्रोत कब्जाका लागि युद्ध निर्यात ग¥यो । रुस–युक्रेन छद्म युद्ध युरोपको बजार कब्जाका निम्ति थियो भन्ने प्रमाणित भइसकेको छ ।
ट्रम्प दोस्रोपटक अमेरिकी राष्ट्रपतिले निर्वाचित भइसकेपछि युरोप आफ्नो तखतमा नबसेको भन्दै त्यहाँबाट आयात हुने वस्तुमा १० प्रतिशत भन्सार दर वृद्धिको धम्की दिए र चारैतिर व्यापार युद्धको घोषणा गरे । मेक्सिको र क्यानडाविरुद्ध २५ प्रतिशतको भन्सार दर वृद्धि गर्ने घोषणा ग¥यो तर पछि हट्न बाध्य भयो । चीनबाट आयात हुने वस्तुमा थप १० प्रतिशत भन्सार दर वृद्धि ग¥यो र ६० प्रतिशतसम्म भन्सार दर पु¥याउने धम्की दिए । ट्रम्पले युरोपियन युनियनविरुद्ध २५ प्रतिशत भन्सार कर वृद्धि गर्ने हिजैमात्र धम्की दियो । संसारको दोस्रो ठुलो अर्थतन्त्र र पहिलो निर्यातकर्ता देश चीनको लोकप्रियता ट्रम्पको ठुलो टाउको दुखाइको विषय हो यतिबेला । १४० भन्दा बढी देश या संस्थासँग चीनको बीआरआई सम्बन्ध या सहकार्यले अमेरिकालाई निकै पोलेको छ । त्यसैले, पनामा नहरमा चीनलाई रोक्ने प्रयास अमेरिकाले ग¥यो । त्यहाँ बीआरआई परियोजना रोकेको खबर छ ।
संरा अमेरिकाले चीनविरुद्ध व्यापार युद्ध गरेको यो पहिलोपटक होइन । उसले २०१९ मा व्यापार कचिङ्गल सुरु ग¥यो । चीनसँगको कचिङ्गल व्यापार युद्धमा मात्र सीमित छैन, किटाणु युद्ध, प्राविधिक युद्ध हुँदै इलेक्ट्रिकल गाडीको ओभरप्रोडक्सनको आक्षेपविरुद्ध चीनले धैर्यपूर्वक लड्यो । अमेरिकी व्यापारी–उद्योगीहरू भने ट्रम्प प्रशासनको विरोधमा उत्रिए । व्यापारमा वीन–वीन सिद्धान्त चीनको होइन, डब्लुटीओको हो । खुला व्यापार पुँजीवादी विचार हो । संरक्षणवाद विश्व बजारमा अक्षम्य छ भन्ने धारणा अमेरिका स्वयम्को हो । तर, अमेरिका आफ्नो विचारमा अडेन र चीनसँग व्यापार युद्ध ग¥यो । उदीयमान देशमाथि आर्थिक युद्धको अमेरिकी इतिहास निकै लामो छ । हिजो रुस र जापानलाई पनि संरा अमेरिकाले व्यापार युद्ध गरी पछाडि धकेलेको थियो । आजको चीन हिजोको रुस या जापान होइन भन्ने हेक्का सायद अब अमेरिकालाई छ ।
भर्खरै ट्रम्पको व्यापार युद्ध अर्थात् १० प्रतिशत भन्सार दर वृद्धिको जवाफमा चीनले पनि अमेरिकाबाट आयात हुने वस्तुमा १० प्रतिशतकै भन्सार दर वृद्धि ग¥यो । मेक्सिकोका राष्ट्रपतिले पनि अमेरिकी आर्थिक युद्धको जवाफमा भनिन्, “तिमीले बनाएको पर्खाल बाहिर ७ अर्ब मानिस छन् । अमेरिकाको विकल्प अब संसारसँग छ । अमेरिका सबैथोक होइन ।” चारैतिर पर्खालहरू बनाउँदै गरेको ट्रम्पलाई हेक्का होस् अब ७ अर्ब मानिस बहुध्रुवीय विश्व चाहन्छन्, अमेरिकी प्रभुत्व होइन । ट्रम्पको अमेरिका महान् बनाउन कुनै पनि देश अब समाप्त हुन तयार छैनन् । कुनै पनि देशको सार्वभौमिकता बिक्रीमा छैन ।
यो ग्लोबल साउथको आवाज हो । संसारको ८० प्रतिशत मानिस ग्लोबल साउथमा बस्छन् । एसिया, अफ्रिका, ल्याटिन अमेरिका र ओशिनियाका देशहरू अर्थात् उपनिवेश र अल्पविकासको साझा इतिहास बोकेका देशहरूको एकता हो, ग्लोबल साउथ । साम्राज्यवादी युद्धविरुद्ध विकास र शान्तिका निम्ति ग्लोबल साउथको एकता यो समयका लागि संसारको सबैभन्दा उज्यालो पक्ष हो । ग्लोबल साउथको सारथी ब्रिक्स विश्व जगत्मा अर्को आशाको पुञ्ज हो । ब्रिक्सको विस्तार र विकास जारी छ । पछिल्लो समय मध्यपूर्व, ल्याटिन अमेरिका र अफ्रिकाका देशहरू जोडिएका छन् । तथ्याङ्कमै भन्ने हो भने ब्रिक्सले विश्व कुल गार्हस्थ उत्पादनमा ४४ देखि ५० प्रतिशत हिस्सा ओगट्दै छ । जबकि ग्लोबल नर्थ अर्थात् जी–७ देशको हिस्सा २० प्रतिशतमा खुम्चँदै छ । जनशक्ति, ऊर्जा, खाद्यान्नमा अब्बल बन्दै छ, ब्रिक्स ।
ब्रिक्ससँगै डि–डलराइजेसनको अन्तर्राष्ट्रिय आन्दोलन सशक्त बन्दै छ । डलर प्रभुत्वविरुद्ध लड्न सक्ने एउटै मात्र एकता अब ब्रिक्स हो । ब्रिक्स बैङ्क, न्यू डिभेलप्मेन्ट बैङ्कले संरा अमेरिकी ज्यावल विश्व बैङ्क, आईएमएफ र एडीबीहरूको आर्थिक, वित्तीय दादागिरीविरुद्धमात्र लड्ने होइन पुँजी आवश्यक देशहरूको साझा विकास निश्चय गर्नेछ । ब्रिक्स मुद्रा डलरको उत्तम विकल्प हुने विमर्श चल्दै छ । यति नै बेला ट्रम्पको धम्की आयो, “डलरमा आधारित अन्तर्राष्ट्रिय मौद्रिक प्रणालीमा कसैले विकल्प खोज्छ भने, कसैले विकल्पमा कुनै मुद्रा विकास गर्छ भने ती देशहरूविरुद्ध १०० प्रतिशतको भन्सार कर लागु गर्नेछु ।”
यो धम्कीबाट प्रस्ट हुन्छ संरा अमेरिका आफ्नो चिहान आफैँ खन्दै छ । अमेरिका एक्लिँदै छ । पतन हुँदैछ । अध्यक्ष रोहितले भन्नुभएको स्मरण हुन्छ, “२१ औँ शताब्दी साम्राज्यवादको पतनको शताब्दी, समाजवादको उदयको शताब्दी हुने छ ।”
(नेमकिपाका केन्द्रीय सदस्य सृजना सैंजूले फागुन १६ गते पार्टीको आठौँ महाधिवेशनको उद्घाटन समारोहमा व्यक्त गर्नुभएको मन्तव्यको सार – सं.)