भक्तपुर, २४ साउन । नेपाल मजदुर किसान पार्टीका तत्कालीन जिल्ला समितिका कोषाध्यक्ष जयराम बासुकलाको २१ औँ स्मृति सभा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले देश र जनताको निःस्वार्थरूपमा सेवा गर्नु नै सच्चा राजनीति भएको स्पष्ट पार्दै नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता जयराम बासुकलाले देश र जनताको सेवामा जीवन समर्पण गर्नुभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बुद्धले समाजमा रहेको असमानता र अशान्ति अन्त्य गर्न दरबारको ऐश–आराम त्याग्नुभयो । माक्र्स–एङ्गेल्सले परिवारसँगै व्यक्तिगत सम्पत्तिको विकास भएको र समाज वर्गमा विभाजन भएको उल्लेख गर्दै उत्पादनका मुख्य मुख्य साधन एवम् सेवा राष्ट्रियकरण हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।”
सचिव सुवालले थप्नुभयो, “अहिले अमेरिकी सरकारले भेनेजुयलाका राष्ट्रपति माडुरोलाई लागुपदार्थ कारोबारको आरोप लगाएको सार्वजनिक भयो । विश्वविद्यालयमा शिक्षक बनेर माक्र्स नयाँ पुस्तालाई शिक्षित गर्न चाहनुहुन्थ्यो । तर, जर्मनीका प्रतिक्रियावादी सरकारले उहाँलाई देश निकाला ग¥यो । नेपाल मजदुर किसान पार्टीविरूद्ध प्रतिक्रियावादीहरूले २०३५ सालमा भारतको गोरखपुर र २०४५ सालमा भक्तपुरमा षड्यन्त्र गरी समाप्त पार्न खोजेका थिए ।”
राजनीतिमा विचलित हुन नहुने र राजनीतिमा विराम भए हिमालयमा चिप्लेटी खेल्नुजस्तै हुनेबारे पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले कार्यकर्तालाई सचेत गराउँदै आउनुभएको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “एङ्गेल्स जर्मनी र बेलायतमा भएको आफ्नो उद्योग बिक्री गरी मजदुरवर्गको सेवामा लाग्नुभयो । तेरोमेरो सम्पत्ति भएसम्म समाजमा शान्ति कायम नहुने माक्र्स एङ्गेल्सको निष्कर्ष हो ।”
नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधि निर्वाचित भक्तपुर नगरपालिकाले सातओटा शैक्षिक संस्था सञ्चालन गरी ७७ ओटै जिल्लाका विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनको मार्गप्रशस्त गरेको उहाँले जानकारी दिँदै सचिव सुवालले देशका महानगरपालिका र उपमहानगरपालिकाले यसरी नै शैक्षिक संस्था सञ्चालन गरेको भए देशको सन्तुलित विकासमा धेरै मद्दत पुग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अफगानिस्तानमा रूसको विकास रोक्न अमेरिकाले साउदी अरबमा अलकायदा र पाकिस्तानमा तालिवान तयार ग¥यो । आफैले तयार गरेको विन लादेन अमेरिकी शत्रु भयो । अमेरिकाले २० वर्षसम्म अफगानिस्तान कब्जा ग¥यो । तर,हार खाएर फिर्ता भयो । अमेरिकाले लिविया, इराक, सिरियाका विद्रोहीहरूलाई हतियार र डलर सहयोग गरी त्यहाँका सरकारहरूलाई उल्टायो ।”
सचिव सुवालले भन्नुभयो, “प्यालेस्टिनमा यहुदीहरू शरणार्थी भएर पुगेका थिए । एकसय वर्षयता यहुदीहरूले प्यालेस्टिन कब्जा गर्न आमसंहार गर्दै छन् । दुई वर्षयता ६५ हजार प्यालेस्टिनीहरूको हत्या गरियो, ८० हजार घाइते भए, लाखौँ बेपत्ता छन्, लाखौँ छिमेकी देशमा शरणार्थी बन्न गइरहेका छन् । अमेरिकी सरकारले युक्रेनलाई हतियार दिएर रूसविरूद्ध लडाउँदै छ । साम्राज्यवादीहरूले इराक, लिविया, सिरिया, प्यालेस्टिन, युक्रेनको तेलखानी कब्जा गर्न ती देशमा युद्ध थोपरेका हुन् । पहिलो र दोस्रो विश्व युद्ध पनि गरिब देशका कच्चा सामान र बजार कब्जा गर्न गरिएका हुन् ।”
बहुदल र गणतन्त्रको ३५ वर्षयता सरकारमा गएकाहरूले नेपालका नदीनाला भारतको साझा हुने दस्ताबेजमा हस्ताक्षर गरेको चर्चा गर्दै उहाँले भन्नुभयो, “देशद्रोहीले विदेशीहरूलाई साथ दिएको हुँदा नेपाल पछाडि परेको हो । करोड हाराहारीमा नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाउने सरकारहरूले दाल, चामल, तरकारी, फलफूलसमेत महँगोमा भारतबाट किन्दै छन्, सावजनिक ऋण २७ खर्ब रूपैयाँ पु¥याए, कर्मचारीको पेन्सन र तलबसमेत ऋण ल्याएर खुवाउँदै छन्,वाइडबडी, नक्कली भुटानी शरणार्थी, पतञ्जली, टेरामक्स, सुन तस्करी, एनसेललगायतमा अर्बौँ अर्ब भ्रष्टाचार गरे, सार्वजनिक संस्थान निजीकरणको नाममा विदेशी समेतलाई बिक्री गरे । एक सरकारी सचिवले सिंहदरबार भ्रष्टाचारको अखडा भएको बताएको सार्वजनिक भएको थियो ।”
सचिव सुवालले भन्नुभयो, “नालापानीको युद्धमा अङ्ग्रेजसँग मित लगाएका नेपालीले धोका दिएपछि सुगौली सन्धि गर्नु परेको थियो । पृथ्वीनारायण शाहले भक्तपुरका तत्कालीन राजा रणजीत मल्लका छोरासँग मित लगाएर काठमाडौँ उपत्यका कब्जा गरेका थिए । २००७ सालको दिल्ली सम्झौतापूर्व भारतीय मिसन (दूत)नेपाल आएका थिए । नेपालीले विदेशीको सेवा गरेपछि नेपाललाई अप्ठेरो हुने हो ।”
उहाँले थप्नुभयो, “नयाँ पुस्ताले अध्ययनमा जोड दिनुपर्दछ । दुईसय वर्षअघि नै रूसमा १५ वर्षका नयाँ पुस्तालाई ५–७ ओटा विदेशी भाषामा पोख्त बनाइएको थियो । नयाँ पुस्ता सुर्तीजन्य पदार्थ र मदिरा सेवन, लागुपदार्थ दुव्र्यसनीबाट टाढा रहनुपर्दछ ।”
स्मृतिसभामा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजुले भन्नुभयो, “स्थानीय वडाका समस्याबारे चाँगुनारायण नगरपालिकालाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ भएको छैन । जनताको समस्या समाधान गर्न जनतामा सङ्घर्षको भावना आवश्यक छ । नगरकोट सडक पीच गर्ने नाममा नगरपालिकाको १७ करोड रूपैयाँ खर्च भएको छ । त्यो रकम जनताको शिक्षा, स्वास्थ्य, उपचारमा खर्च गर्नुपथ्र्यो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका सचिव पाण्डव सुवालले भ्रष्टाचारीहरू जनताको आँखा छलेर काम गर्ने भएकाले जनताको आँखा दूरबिन सहर हुनुपर्ने बताउनुभयो ।
जयराम स्मृति अक्षय कोषका अध्यक्ष चन्द्रबहादुर थुयाजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्थानीय पार्टी अध्यक्ष राजाराम छुकां, वडाध्यक्ष गणेश त्यात, समितिका सदस्यहरू एकबहादुर खत्री, केशरबहादुर खड्का, घनश्याम खड्काले जयराम बासुकलाको योगदानबारे बोल्नुभएको थियो ।
कार्यक्रममा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।