सांसद प्रेम सुवालको गृहमन्त्रीलाई प्रश्न


मिटरब्याजीलाई पक्राउ गरी कारबाही गर्न र तमसुक च्यातेर पीडितलाई क्षतिपूर्ति दिलाउन ठगी, जालसाजी र किर्तेसम्बन्धी भएको कानुन किन पर्याप्त छैन ? गृहमन्त्रीले आयोग र विधेयकको लामो चर्चा गर्नुभयो । यो पीडकलाई उन्मुक्ति दिने चाँजोपाँजो किन होइन ? २०६३ सालयता सरजमिन गराई जन्मको आधारमा विदेशीलाई दिइएको नागरिकता खारेज कहिले हुन्छ ? नेपालीले सर्जमिन गराएर नागरिकता लिनुपर्ने छैन । नेपालको खुला सीमा बन्द नगरिएसम्म नागरिकता समस्या समाधान हुनेछैन । विनाशकारी भूकम्प गएको ८ वर्ष भयो । काठमाडौँ उपत्यकाका पुराना बस्तीलगायत अन्य जिल्लाका कतिपय पीडितको क्षतिग्रस्त घर बनेको छैन । सरकारले पीडितलाई अनुदान र सहुलियत ब्याजदरको ऋण किन रोकेको हो ? (नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वैशाख १३ गतेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राख्नुभएको सार्वजनिक महत्वको वक्तव्यको सम्बन्धमा राख्नुभएको प्रश्नको सार–सं)
पार्टी गतिविधिहरु
समाचार