दलीय भागबन्डा पु¥याउन संसदीय समितिको सङ्ख्या बढाउने प्रस्तावमा नेमकिपाको विमति


हेटौँडा, १५ असोज । वाग्मती प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सोमबार बस्यो । बैठकमा वाग्मती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरू, मुख्यमन्त्री, आन्तरिक मामिला मन्त्रीलगायतको सहभागिता थियो ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद सुरेन्द्रराज गोसाईले सत्ताको भागबन्डामा नेमकिपाले भाग नलिनेबारे स्पष्ट पार्नुभयो । वाग्मती प्रदेश सभामा हाल पाँच वटा संसदीय समिति रहेकोमा सङ्ख्या थप गरेर भागबन्डा मिलाउने मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको प्रस्तावप्रति प्रदेश सांसद गोसाईले विमति जनाउनुभयो ।
उहाँले भन्नुभयो, “जनता महँगीको मारमा छन् । प्रदेश सरकारप्रति जनताको विरोध बढ्दो छ । यस्तो बेला समितिको सङ्ख्या थप्नु आत्मघाती हुनेछ । नेमकिपा त्यसको विरूद्धमा छ ।”
प्रदेश सांसद गोसाईले अगाडि भन्नुभयो, “पर्याप्त अभ्यास तथा व्यापक छलफल नगरी हतार–हतारमा कानुन निर्माण गर्नु गलत हुनेछ । जनताको जीवनसँग जोडिएका कानुन निर्माण प्रदेश सभाको प्राथमिकताको विषय बन्नुपर्छ ।”
उहाँले सरकारको सुस्तता तथा गतिहीनताको आलोचना गर्नुघयो । उहाँले प्रस्ट पार्नुभयो, “सरकार सक्रिय रहेको स्वयमं सरकारले दाबी गर्दै हिँड्नुपर्ने अवस्था हुनु शोभनीय छैन । सरकारको उपस्थिति जनताले अनुभव गर्न पाउनुपर्छ ।”
वाग्मती प्रदेशसभाका सदस्य सृजना सैँजूले शिक्षा, स्वास्थ्य तथा सहकारी समितिको बैठकमा भाग लिनुभयो भने प्रदेश सांसद गीता काफ्लेले उद्योग, पर्यटन तथा वातावरण समितिको बैठकमा सहभागिता जनाउनुभयो ।
सोमबार २ बजेको लागि बोलाइएको वाग्मती प्रदेशसभाको बैठक एमालेले चिट्ठा विधेयकमा असहमति जनाउँदै अवरूद्ध ग¥यो । बैठक सुचारू गर्न मङ्गलबार बिहान सर्वदलीय बैठक बस्दै छ ।

पार्टी गतिविधिहरु
समाचार