सरकार आफै फजुल खर्च बढाउनतिर लाग्नु गलत : नेमकिपा


हेटौँडा, २० असोज । वाग्मती प्रदेशसभाको प्रदेश मामिला समितिको बैठक आइतबार हेटौँडामा सम्पन्न भयो । बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन, २०८० पारित ग¥यो । आइतबार नै प्रदेशसभाको बैठकले सो विधेयक पारित ग¥यो ।
प्रदेश मामिला समितिको बैठकमा बोल्दै वाग्मती प्रदेशसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईंले भागबन्डा मिलाउनकै निम्ति सरकार संसदीय समितिको सङ्ख्या बढाउनेतर्फ लाग्दै छ भन्ने चर्चा कतिको सत्य हो भनी प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, “मितव्ययी हुनुपर्ने सरकार आफैँ फजुल खर्च बढाउनतिर लाग्नु गलत हुनेछ । त्यसमा नेमकिपाको विरोध छ ।”
प्रदेश मामिला समितिका सदस्य गोसाईंले प्रदेशसभाको बैठक हल चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँले भन्नुभयो, “अर्को दुर्घटना नघट्दै सरकारको चेत खुलोस् ।”
सामाजिक विकास मन्त्रालयले मनपरी पैसा बाँडिरहेको तुरून्त रोक्न माग गर्दै उहाँले भन्नुभयो, “मन्त्रीले आफू नजिकका एनजीओ सञ्चालकलाई मन्त्रालय बोलाई बोलाई योजना बाँडिरहेको खबर प्रकाशित भएको छ । शीघ्र छानबिन गरी रोक्न माग गर्दछु ।”
आन्तरिक मामिला मन्त्री गङ्गानारायण श्रेष्ठले ती सम्पूर्ण विषयतर्फ ध्यानाकर्षण भएको र सरकारसम्म पु¥याएर आवश्यक कारबाही बढाउने वचनबद्धता व्यक्त गर्नुभयो ।

पार्टी गतिविधिहरु
समाचार