प्रतिनिधिसभामा फासीवादी इजरायलको विरोध एवम् निन्दा


अन्तर्राष्ट्रिय परिस्थितिले राष्ट्रिय परिस्थितिलाई पनि प्रभाव पार्छ । मध्यपूर्व रणनीतिकरूपले महत्वपूर्ण छ । यो क्षेत्रमा विश्वको तेल भण्डार (खानी) को तीनचौथाइ रहेको छ । अमेरिकाले दोस्रो विश्वयुद्धपछि यस क्षेत्रको तेल भण्डार कब्जा ग¥यो । त्यसयता अमेरिकाको सहयोगमा यहुदीवादी इजरायलले प्यालेस्टाइनी जनतालाई विस्थापन गर्ने र भूमि कब्जा गर्ने कामलाई तीव्र पा¥यो । इजरायलको बालुवा (मरुभूमि) को कण कणमा अमेरिकी सरकारले एक एक डलर खन्याएको छ ।
गएको असोज ५ गते संयुक्त राष्ट्र सङ्घको महासभामा इजरायलका प्रम न्येतन्याहुले प्यालेस्टाइनी भूमि मेटेर इजरायलको नक्सा देखाए । यसको विरोधमा असोज २० गते प्यालेस्टाइनीहरूको सैनिक सङ्गठन हमासले इजरायलमा प्रत्याक्रमण ग¥यो । यो प्रत्याक्रमणमा परेका ‘सिक्न र कमाउन’ इजरायल पुगेका १० जना नेपाली विद्यार्थीको मृत्यु भयो भने एकजना हमासको बन्धकमा रहेको सार्वजनिक भयो । यसका दोषी युद्धभूमि इजरायलमा नेपाली विद्यार्थी र युवालाई रोजगारीमा पठाउने प्रम, मन्त्री, उच्च अधिकारी, सरकारका सल्लाहकार र म्यानपावर कम्पनीहरू नै हुन् ।
अमेरिकी सहयोगमा फासीवादी इजरायलले २३ लाख प्यालेस्टाइनी जनता बसोबास रहेको गाजापट्टीमा बमबारी गरी नरसंहार गर्दैछ । गाजापट्टीका प्यालेस्टाइनी जनता अहिले खानेपानी, औषधि, खानेकुरा, बिजुली नपाएर तड्पिरहेका छन् । त्यहाँका ५० प्रतिशतभन्दा बढी घर, विद्यालय, अस्पताल र अन्य संरचना ध्वस्त भइसकेको छ ।
कार्तिक १ गते इजरायल पुगेका अमेरिकी राष्ट्रपति बाइडेनले प्यालेस्टाइनी जनताविरुद्ध लडाइँ चालु राख्न इजरायललाई उक्साए भने लगत्तै १५ अर्ब डलरको हतियार इजरायललाई बिक्री गरे ।
संयुक्त राष्ट्र सङ्घको महासभामा पेस भएको प्यालेस्टाइनी भूमिमा युद्ध अन्त्य गर्ने र मानवीय सहयोग पु¥याउने प्रस्ताव १२० सदस्य देशको समर्थनमा पारित भयो तर अमेरिकी राष्ट्रपति बाइडेनले सुरक्षा परिषद्मा विशेषाधिकार लगाई सो प्रस्तावलाई असफल पारे ।
एक बेलायती सांसद्ले आफ्नो सरकारसँग सोधे – इजरायलले गाजामा कति निर्दोष प्यालेस्टाइनी जनताको हत्या गरेपछि इजरायलविरुद्ध नाकाबन्दी लगाउने ? इजरायलका राजदूतलाई निकाला गर्ने ? इजरायली प्रमविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दिने ?
बोलिभियाले गाजापट्टीमा भइरहेको फासीवादी इजरायलको बर्बरताको निन्दा र भत्र्सना गर्दै इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्ने निर्णय ग¥यो । बोलिभियाले प्यालेस्टाइनमा इजरायलको नरसंहारको विरोध गर्दै आफ्नो राजदूत फिर्ता बोलायो ।
इजरायलले मानवीय कानुनको उल्लङ्घन गरेको उल्लेख गरी चिलीले पनि आफ्नो राजदूत फिर्ता बोलायो । ब्राजिलले इजरायललाई युद्ध विरामका लागि आग्रह ग¥यो ।
प्यालेस्टाइनी जनताविरुद्ध इजरायली यहुदीवादको नरसंहारको निन्दा गर्दै अमेरिका, बेलायत, इन्डिया, क्यानडा, अस्ट्रेलियालगायत ५–७ दर्जन देशमा जनताको प्रदर्शन भइरहेको छ । यो युद्धको पक्षमा अमेरिका, इजरायलसहित १४ देशमात्र थिए । प्यालेस्टाइनमा इजरायली नरसंहार रोक्न लगाउन र तत्काल युद्ध विराम गराउन नेपालस्थित इजरायली राजदूतलाई निष्काशन गर्नेबारे नेपाल सरकारले पनि छलफल गर्नु जरुरी छ ।
प्रधानमन्त्री भएकाहरूसँग विकासको खाका नभएपछि देश विफल हुन्छ । कम्युनिस्ट दाबी गरेकाहरू पुँजीवादी सरकारमा गएर मजदुर र किसानविरोधी काम गरेपछि विदेशी पुँजीको दलाल भएपछि देश असफल हुन्छ । प्रधानमन्त्री भएकाहरूले आफ्नो जिल्लामा एउटा पुल बनाएको बाहेक अरु कुनै कामको उदाहरण दिन नसकेपछि देश विफल हुन्छ, भ्रष्टाचारमा चुर्लुम्म डुब्छ । दास मालिकहरूले दास मारे पनि मुद्दा चल्दैनथ्यो । यहाँ त्यस्तै भइरहेको हुँदा देश विफल हुन्छ ।

(नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाको दोस्रो अधिवेशनको समापनको दिन कार्तिक १६ गते राख्नुभएको मन्तव्यको सार–सं)

पार्टी गतिविधिहरु
समाचार