सिद्धान्तहीन गठबन्धनः घुसलाई प्रसाद ठान्छ


काठमाडौँ, २४ फागुन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाको विशेष समयमा सिद्धान्तहीन गठबन्धन गर्दै शासक दलहरू घुसलाई प्रसाद र भ्रष्टाचारलाई पूजा ठानेको उल्लेख गर्दै ठुलो सम्पत्ति, उच्च पद र उच्च सम्मान असत्य बोल्दाको पारितोषिक ठान्ने तिनीहरू हिमालयमा चिप्लेटी खेलेजस्तै उठ्नै नसक्नेगरी पछारिने बताउनुभयो ।
भक्तपुर दरबार क्षेत्रको हाल चित्र सङ्ग्रहालय रहेको लिच्छविकालीन सिंहध्वाका दरबार लिच्छविकालीन शैलीमा पुनःनिर्माण गर्ने जिम्मा भक्तपुर नगरपालिकालाई दिनुपर्ने आवश्यकता औँल्याउँदै सांसद सुवालले कोभिड–१९ महामारी नियन्त्रण गर्न विश्व बैङ्कबाट अर्बौँ रूपैयाँको औषधि उपकरण खरिदमा करोडौँ भ्रष्टाचार भएको सम्बन्धित निकायबाट छानबिन हुनुपर्ने उल्लेख गर्नुभयो ।
बिहान ११ बजे सुरू हुनुपर्ने बैठक नेकाको संसदीय दलको बैठकको कारण मध्याह्न १२ बजेपछि सुरू भएको थियो ।
 

पार्टी गतिविधिहरु
समाचार