नेपालीलाई देशभित्रै रोजगारी दिनुपर्ने


काठमाडौँ, १५ जेठ । सामान्य अवस्थामा संसद् बैठक बन्द गरेर अध्यादेश जारी गर्नु बेठीक हो । लगानी सहजीकरण गर्ने भनी अध्यादेश आएको छ ¤ विदेशी लगानीले देशका युवालाई विदेश पठाएर, देशको कच्चा सामान विदेश पठाएर कुन देश विकास भएको छ । नेपालीलाई देशभित्र रोजगारी दिने र देशभक्त नेपालीको लगानीलाई सरकारले विश्वास दिएर काम गर्नुपर्दछ । हुन्दीका नाममा हरेक दिन कस कसले पैसा बाहिर लगेको छ ? सरकार के गर्दै छ ? सरकार भनेको झन्डावाल गाडीमा सिंहदरबार भित्रबाहिर गर्ने होइन । सरकारले जनताको गर्भदेखि चिहानसम्म हेर्नुपर्दछ । जनतालाई केही गर्न नसक्नेहरू सरकारमा किन बस्ने । हदबन्दीभन्दा बढी जग्गा जनताको भएकोले एक पटकको लागि बेच्न दिने होइन । विदेशी लगानीसँगै विदेशी पुँजी बचाउन विदेशी सेना आउँछ । विदेशी लगानी ल्याउनेहरूलाई जनताको सरकारले कठघरामा उभ्याउनेछ । इतिहासले यही भनिरहेको छ ।
घरेलु तथा साना उद्योग विकास नभइकन देशको अर्थतन्त्र विकास हुँदैन । निजी क्षेत्रलाई चालक सीटमा राख्ने भन्ने कुरा ध्त्इ र साम्राज्यवादीहरूको नीति हो । दोस्रो विश्वयुद्धपछि व्यापार अवरोध हटाउने नाममा साम्राज्य फैलाउनलाई यी संस्थाहरू स्थापना भएका हुन् । १९८० को दशकमा जापानी कार र सेमी कन्डकटरले अमेरिकी सरकारलाई चुनौती दियो । १९८५ मा अमेरिकाले न्युयोर्कमा प्लाजा सम्झौता गराइयो । जापानी मुद्रा येन दोब्बर गर्न लगायो । जापानी अटो कम्पनी अमेरिकामा स्थानान्तरण गरायो । सन् २००० मा रुसको कुल गार्हस्थ उत्पादन एक हजार प्रतिशतले बढ्दै थियो । त्यसपछि साम्राज्यवादी देशहरू मिलेर युक्रेनमा गडबड गर्न लगाइयो । तेलको भाउ घटाइयो । रुबलमाथि हमला गरियो । स्थिति अहिले हामीले देखिरहेका छौँ । हाम्रै युवाहरू युक्रेनमा छन् । सेनामा पठाएको सरकारलाई थाहा नहोला । सरकारको जानकारीबिना नजाने भएकोले यसमा कुन –कुन मन्त्री संलग्न छन् ? यसमा छानबिन हुनुपर्छ ।
जित्न नलाग्दासम्म साम्राज्यवादीहरू खुला बजार भन्छन्, जित्न लाग्यो भने संरक्षणवादको कुरा गर्छन् । १९७० मा अस्टे«लियामा सत्ता विद्रोह गराइयो र आफ्नो दलाललाई प्रधानमन्त्री बनाइयो । अहिले संसारको ७० प्रतिशत देशमा यो स्थिति छ । गैरप्रजातान्त्रिक सरकारलाई साम्राज्यवादी देशहरूले आर्थिक र हतियार सहयोग गरिरहेका छन् । इजरायलमा अमेरिकी हतियार नपुगेको भए प्यालेस्टिन ध्वस्त हुँदैन । भोलि हाम्रो देशमा त्यो स्थिति आयो भने कुन कुन प्रधानमन्त्री र मन्त्री जिम्मेवार हुने हो । यो विषयमा हामीले बोल्नुपर्दछ । साम्राज्यवादीहरूले शीत युद्धभरि कम्बोडिया, इन्डोनेसिया, दक्षिण कोरिया, थाइवान, ल्याटिन अमेरिका, मध्यपूर्व, अफ्रिकामा नरसंहारकलाई सत्तामा पु¥याए । संसार हामीले सोचेको जस्तो छैन । हामी नेपाली त गोर्खा भर्तीदेखि भाडाको सिपाही बनेको हुँदा गोर्खा भर्ती रोक्नु जरुरी छ । विदेशी पुँजी रोक्नुपर्दछ । नेपाली देशभक्तहरूको पुँजीलाई अगाडि बढाउनुपर्छ । यसरी अगाडि बढाउन सकेनाँै भने अध्यादेश जारी गरेर देश अगाडि बढ्दैन ।
विद्यालयमा अहिले शिक्षक बन्ने मान्छे छैन । नयाँ पुस्ता कसरी तयार हुन्छ ? गणित, विज्ञान, अङ्गे्रजी, नेपाली र अन्य विषयका राम्रा शिक्षक नभएसम्म, बीउ राम्रो नभएसम्म फल कसरी राम्रो हुन्छ ? राम्रो शिक्षक तयार गरौँ । हाम्रा छोराछोरीलाई राम्रो पढाएर देशभक्त बनाऔँ । राम्रो शिक्षक छैन, युवाहरूलाई विदेश पठाएर हाम्रो देश अगाडि बढ्दैन । सरकारको यो नीति मिलेको छैन; सच्याउनुपर्छ ।
(नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले मङ्गलबार लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ बारे व्यक्त विचार)

पार्टी गतिविधिहरु
समाचार