ख्वप विश्वविद्यालय विधेयक किन पारित भएन ?


काठमाडौँ, २१ जेठ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले ख्वप विश्वविद्यालयको विधेयक किन पारित भएन भनी सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।
प्रतिनिधिसभाको शून्य समयमा सोमबार सांसद सुवालले सर्वसाधारण जनतालाई उत्पादन श्रमसँग जोडेको शिक्षा दिन भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गर्न चाहेको उल्लेख गर्नुभयो ।
उहाले भन्नुभयो, “ख्वप विश्वविद्यालयको विधेयक २०७३ सालमै दर्ता भई सांसदहरूलाई वितरण गरिएको थियो । यो विधेयक किन पारित हुँदैन ? के प्रतिगामीहरूको रोकेका हुन् ? ”
सांसद सुवालले भन्नुभयो, “छिमेकी मित्र देश चीनले सन् २०२० मै गरिबी उन्मूलन ग¥यो । नेपालको गरिबी मन्त्रालय के गर्र्दै छ ? चीन एक्लैले विश्वको २५ प्रतिशत विद्युत्, ३३ प्रतिशत कार, ६० प्रतिशत सिमेन्ट, ४० प्रतिशत समुद्री जहाज, १३ प्रतिशत सुन, १७ प्रतिशत खेलौना उत्पादन गर्छ । चीनको विदेशी मुद्रा सञ्चिति विश्वमै बढी ३.१२ खर्ब डलर रहेको छ । अन्य देशमा ८ घण्टा लाग्ने काम चीनमा ४ घण्टामै हुन्छ ।”
उहाँले भन्नुभयो, “नेपालमा बहुदल र गणतन्त्रको ३५ वर्षमा १०–१२ जना प्रधानमन्त्री फेरिए । केही त ५ पटकसम्म प्रधानमन्त्री भए । सयौँ मन्त्रीहरू भए । तर, देशमा परिवर्तन आएन ।”

पार्टी गतिविधिहरु
समाचार