काठमाडौँ, १ मङ्सिर । निर्वाचन आयोगले २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि मङ्सिर १ गतेदेखि १० गतेसम्म र २०८२ माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मङ्सिर १ गतेदेखि ७ गतेसम्म दल दर्ता गर्ने कार्यतालिका सार्वजनिक भयो ।
सोही कार्यतालिकाअनुसार नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्य निर्वाचन, २०८२ मा भाग लिन मङ्सिर १ गते दल दर्ता गरेको छ । पार्टी सचिव पे्रम सुवाल निर्वाचन आयोगमा दल दर्ता गर्न पुग्नुभएको हो । नेपाल मजदुर किसान पार्टी प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि दर्ता नं. ५ मा र राष्ट्रियसभा सदस्यका लागि दर्ता नं. १ मा दर्ता भएको हो ।