“नेका र एमालेको वर्तमान ओली सरकारले नौ वटा सरकारी उद्योग निजीकरण गर्ने तयारी अर्को देशघात हो”
बाँके, १० कार्तिक । नेपाल मजदुर किसान पार्टी बाँके जिल्ला समितिको आयोजनामा पार्टीका सचिव प्रेम सुवालको आतिथ्यमा शनिबार कार्यकर्ता भेला भयो ।
भेलामा सचिव सुवालले नेमकिपाले फूलमाला र टीका लगाएर पार्टीमा प्रवेश नगराउने स्पष्ट पार्दै पार्टी प्रकाशन अध्ययन गराई कार्यकर्ताहरूलाई राजनीतिकरूपले सङ्गठित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “नक्कली कम्युनिस्ट पार्टी र पुँजीवादी पार्टीहरूले फूलको माला र टीका लगाएर पार्टीमा प्रवेश गराउने गर्छन् । त्यस्ता पार्टीहरूको ध्यान नै सरकारमा पुग्ने र विकासको नाममा ऋण ल्याएर भ्रष्टाचार गर्नेतर्फ केन्द्रित छन् ।”
बहुदलीय व्यवस्थाको पुनः स्थापनायता ३५ वर्षका सरकारहरूले सार्वजनिक ऋण २६ खर्ब रूपैयाँ पु¥याएको चर्चा गर्दै सचिव सुवालले ऋण ल्याएर सडक, पुल, विद्युत् आदि बनाउनु आत्मनिर्भर अर्थतन्त्र नभएको स्पष्ट पार्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “पुष्पलाल श्रेष्ठ र बीपी कोइरालाले भारतीय पुँजीको सेवा गर्ने राणा शासनविरूद्ध सङ्घर्ष गर्नुभएको थियो । अहिले पुष्पलाल र बीपीको कार्यकर्ता दाबी गर्नेहरू सरकारमा गएर भारतीय पुँजीको सेवा गर्दै छन् । नेका र एमालेको वर्तमान ओली सरकारले नौ वटा सरकारी उद्योगहरू निजीकरण गर्ने तयारी गरेको अर्को देशघात हो । मित्र देशहरूले सहयोगमा दिएका उद्योगधन्दाहरू सञ्चालन गर्न नसक्ने सरकारहरूले देशमा औद्योगिक विकासको नारा दिनु जनतालाई धोकामात्र हो ।”
“सोभियत सङ्घको कम्युनिस्ट पार्टीको सरकारले १८ वर्षमा देशलाई संसारको दोस्रो अर्थतन्त्र बनाएको थियो; नेपालमा कम्युनिस्ट दाबी गरेका पार्टीहरू सरकारमा गएको ३५ वर्ष भयो, ती सरकारहरूले देशलाई ऋणमा डुबायो”, उहाँले थप्नुभयो ।
रङ्गीन स्यालले अन्य स्याललाई रङ्गीन बनाउन खोज्ने कथाजस्तै नेपालका संसद्वादी कम्युनिस्टहरू क्रान्तिकारी कम्युनिस्टहरूलाई संसद्वादमा फसाउन लागिपरेकाले यसबाट नेमकिपाका कार्यकर्ताहरू सचेत हुनु जरूरी भएको सचिव सुवालले बताउनुभयो ।
समाजवादी मोर्चा, निर्वाचन र सत्ता गठबन्धन आदि सिद्धान्तहीन मोर्चा वा गठबन्धन भएको स्पष्ट पार्दै सचिव सुवालले ती सबै पँुँजीवादी सरकारमा जाने भ¥याङमात्र भएको प्रस्ट्याउनुभयो ।
उहाँले भन्नुभयो, “२०४६ सालको जनआन्दोलनमा फागुन ८ गते नेमकिपाका विद्यार्थीहरू नै पहिलो सहिद बनेका हुन् । सहिदको बलिदानपछि बनेको अन्तरिम सरकारले नेपालका नदीनाला भारतको हुने देशघाती सम्झौता ग¥यो ।”
सचिव सुवालले भन्नुभयो, “नेमकिपाका जनप्रतिनिधिहरूले पार्टीको घोषणापत्रअनुसार ख्वप कलेजहरू सञ्चालन गरी ७७ वटै जिल्लाका विद्यार्थीहरूलाई इन्जिनियरिङलगायत उच्च शिक्षा अध्ययन गराउँदै छन् । १०–१५ लाख रूपैयाँमा डाक्टर अध्ययन गराउने लक्ष्यसहित भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालयको विधेयक माग गरेकोमा १०–१२ वर्षका सरकारहरूले सो विधेयक संसद्बाट पारित गराएनन् ।”
“राणा शासनको बेला १०४ वर्ष अन्धकार युगमा परेको नेपाल बहुदल पुनः स्थापनाको ३५ वर्षपछि सर्वसाधारण जनताले उच्च शिक्षा अध्ययन गर्न पाएका छैनन् । विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क नगर्नेहरू कम्युनिस्ट होइनन्”, उहाँले भन्नुभयो ।
पार्टी जिल्ला अध्यक्ष बखत थापाको सभापतित्वमा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू सरोजराज गोसाई, सृजना सैंजू, नेपाल क्रान्तिकारी महिला सङ्घका रोशनमैया सुवाल, पार्टी जिल्ला समितिका पदाधिकारीहरू नवीनकुमार शाही र गौरीकान्त आचार्यले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा सपना शाहीले प्यालेस्टिनको पक्षमा गीत प्रस्तुत गर्नुभएको थियो ।