भक्तपुर, ५ माघ । चाँगुनारायण प्रगतिशील सांस्कृतिक समाजको आयोजनामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको आतिथ्यमा नेपाल संवत् ११४५ न्हँुदया भिन्तुना ¥यालीमा सहभागी दाफा भजन, सहयोगी सङ्घ संस्था र आर्थिक, भौतिक एवं नैतिक सहयोग गरेका महानुभावहरूलाई कदरपत्र, धन्यवादपत्र तथा प्रशंसापत्र वितरण कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले मानव समाजको विकासलाई अगाडि बढाउने अवस्था प्रगतिशील हुनुभएको बताउँदै रामायण र महाभारतका कथा अध्ययन गर्दा दरबार कसले कब्जा गर्ने भन्ने विषयमा मारकाटको झगडा हो । यसले समाजजस्तै साहित्य पनि वर्गीय हुने पुष्टि गर्छ । अत्याचारी र देशद्रोहीहरूलाई ‘महान्’ र ‘देशभक्त’ देखाएको साहित्य प्रतिक्रियावादी हो । हाम्रो कला र साहित्य जनतालाई निद्राबाट ब्युँझाउने हुनुपर्दछ भन्नुभयो ।
उहाँले भन्नुभयोे, “सभ्यताको विकाससँगै जङ्गलहरू फाडेर खेतीयोग्य भूमि बनाउने कामदार जनता हुन् तर जग्गा जमिन सामन्त वर्गले कब्जा ग¥यो । जग्गा जोत्नेलाई मोहीयानी हक भएन । जनताको साहित्यमा नायक र नायिका हातमा ठेला उठेका र गोडामा हिलो लागेका हुनु जरुरी छ । हाम्रो साहित्य बौद्धिक हातहतियारजस्तै हुनु आवश्यक छ ।”
उहाँले भन्नुभयो, “जनता भनेको नलेखिएका कागजजस्तै हुन् । लाखौँको सङ्ख्यामा युवा–विद्यार्थीलाई विदेश पठाउने सरकारका नेताहरू राजनीतिझँै देश र जनताको अवस्थालाई राम्रो भएको दाबी गर्छन् । आफ्नै देशमा पढ्न र काम गर्न नपाउने, खानको लागि दाल, भात, तरकारी र फलफुलसमेत भारतबाट ल्याउनुपर्ने अवस्था कसरी राम्रो भन्न सकिएला ?”
उहाँले प्रतिप्रश्न गर्नुभयो ? “नयाँ पुस्तालाई सानो उमेरदेखि सुसंस्कृत नबनाउने भएसम्म र तिनका नेताहरू कसरी हाम्रो होलान् ?
भारतको जीएमआर आफूले माथिल्लो कर्णाली जलविद्युत् परियोजना कब्जा गरेको १७ वर्ष भयो । सतलज र इजेजरको उदाहरण देखाएर जीएमआरले माथिल्लो कर्णाली कब्जामै राख्ने जालसाजी गर्दैछ । अधिकांश पत्रपत्रिका र लेखकहरूले जीएमआरको जालसाजीलाई उदाङ्ग्याउन चाहेको देखिएन । जसको सिता खान्छ, उसकै गीत गाउँछ’ भनेको यस्तै होइनन् र ?”
कार्यक्रममा नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजूले सांस्कृतिक समाजले कला र संस्कृति, वाद्यवादनलगायत विषयमा समयसापेक्ष अभिमुखीकरण तालिम, प्रतियोगिता सञ्चालन गरी संरक्षण संवद्र्धन एवम् जगेर्ना गर्न तल्लीन हुनुपर्ने बताउनुभयो । उहाँले स्थानीय निकायले जनसरोकारका पक्षमा बृहत्तर सोच राखी कृषि, शिक्षा, रोजगारमूलक कार्यका साथै विविध पक्षमा कटिबद्धताकासाथ काम गर्नुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष रामकृष्ण लिगलको सभापतित्वमा भएको उक्त कार्यक्रममा साहित्यकार दीनानाथ पोखरेल, कविराज घिमिरे, सम्झना काफ्लेले कविता वाचा गर्नुभयो भने कृष्णहरि फोजू र सूर्यबहादुर फोजूले पनि बोल्नुभएको थियो ।