काठमाडौँ, २८ माघ । प्रतिनिधिसभाको सोमबारको बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले देशभरि डढेलो लाग्नु र समयमा नियन्त्रण नहुनुको कारणमा रबर बारीमा रबर नकाटिनु, नियतवस आगो लगाउनु, वन्यजन्तु भगाउन आगो बाल्नु, सङ्घीय र प्रदेश राजधानी बसाइँसराइ बढ्नु, स्थानीय बासिन्दाबिच सहकार्य कम हुनु, नियन्त्रण गर्न साधन स्रोत कम हुनु हो भन्नुभयो ।
मन्त्री शाहीसँग जिज्ञासा राख्ने कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले स्पष्टीकरण सोध्नुभयो ।
वन डढेलो लाग्नु र नियन्त्रण नहुनुमा बसाइँसराइ एक कारक भएको मन्त्रीजीले बताउनुभयो । बसाइँसराइ जिल्लाभित्र मात्र हुन पाउने कानुन बनाउन विलम्ब भएको हो र ? साधन–स्रोत पर्याप्त नहुँदा समयमा वन डढेलो नियन्त्रण नभएको पनि उहाँले बताउनुुभयो । काठमाडौँ–बारा फास्ट ट्रयाकको ५ खर्ब, भ्यु टावरमा अर्बाँै रूपैया खर्चिनु भन्दा देशकोे सन्तुलित विकास गर्नु र वन डढेलो नियन्त्रण, तथा वन संरक्षणमा बजेट लगाउनुपर्ने होइन र ? नेपालमा १ लाख ८१ हजार हेक्टर सरकारी वन अतिक्रमणमा परेको सार्वजनिक भयो । सरकारले ती अतिक्रमित जग्गा फिर्ता ल्याउने योजना के बनाएको
छ ?
स्पष्टीकरण दिने क्रममा मन्त्री शाहीले सांसद सुवालको जिज्ञासाबारे जवाफ दिने साहस गर्नु भएन ।
(नेपाल मजदुर किसान पार्टीका सचिव एवम सांसद प्रेम सुवालले २०८१ माघ २८ गते प्रतिनिधिसभा बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग राख्नुभएको जिज्ञासाको सार–सं)