भक्तपुर, २१ फागुन । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन (२०८१ फागुन १६–२०) को केन्द्रीय समितिको पहिलो बैठक फागुन २१ गते पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा बस्यो ।
बैठकले केन्द्रीय समितिको बैठक नभएको बेला आवश्यक निर्णय गर्न अध्यक्ष बिजुक्छेँको अध्यक्षतामा पार्टी केन्द्रीय सचिवालय गठन ग¥यो ।
केन्द्रीय सचिवालयको सदस्यमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति र नन्दबहादुर शाही रहनुभएको छ ।