अपिल


क्रान्तिकारी एवम् देशभक्त विद्यार्थी साथीहरू,
नेपालको विद्यार्थी आन्दोलनमा देखापरेको देउसीवाद (आत्मसमर्पणवाद) को विरोधमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ (नेक्राविसङ्घ) २०२६ सालमा स्थापना भएको हो । हाम्रो सङ्घले स्थापनादेखि देशको सार्वभौमिकता रक्षा तथा विद्यार्थीहरूको हक–हितका लागि सङ्घर्ष गर्दै आएको छ । यो सङ्घ देशभक्त एवम् कामदारवर्गका छोराछोरीको साझा सङ्गठन हो ।
निर्वाचनमा सिद्धान्तहीन गठबन्धन गरी सरकारको भागबन्डामा लागेका संसद्वादी दलहरूका विद्यार्थी सङ्गठनहरूले त्रिभुवन विश्वविद्यालयका कलेजहरूमा प्रत्येक वर्ष १० प्रतिशत शुल्क वृद्धि गर्ने सहमति गरे । नेक्राविसङ्घले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गर्न आवाज उठाउँदै छ ।
संसद्वादी दलहरू एकातिर पालैपालो सरकारमा पुग्ने र अर्कोतिर आफ्ना विद्यार्थी सङ्गठनहरूलाई विश्वविद्यालय र क्याम्पसहरूमा तालाबन्दी, हडताल, तोडफोड र आगजनी गराउनेलगायत दोहोरो भूमिकामा छन् । भएका कलेजहरूमा गुणस्तरीय शिक्षाको व्यवस्था नगरी सरकारहरूले वर्षको लाखाँै विद्यार्थीलाई अभिभावकको घरजग्गा बेच्न लगाएर विदेश अध्ययनमा पठाउँदै छन् । परिणामतः नेपालका ५०० हाराहारी क्याम्पस र कलेजहरू बन्द हुने अवस्थामा छन् । सरकारहरूले करोडौँ युवाहरूलाई वैदेशिक रोजगारीमा पठाएर देशलाई परनिर्भर बनाउँदै छन् ।
त्रिविअन्तर्गतका क्याम्पसहरूमा यही चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनमा नेक्राविसङ्घका उम्मेदवारहरूलाई विजयी गराउनु भएमा यो सङ्घले देश, जनता र विद्यार्थीहरूको हक–हितका देहायका विषयमा आवाज उठाउने छ :

  • विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गराउन,
  • स्ववियुमा गएर भ्रष्टाचार गर्नेहरूलाई कारबाही गराउन,
  • क्याम्पसका भ्रष्टाचारीहरूलाई कारबाही गराउन,
  • योग्य र सक्षमलाई विश्वविद्यालयका पदाधिकारी नियुक्ति गराउन,
  • संसद्वादी दलहरूबिच पदाधिकारी र प्राध्यापक नियुक्तिमा हुने भागबन्डा खारेज गराउन,
  • स्ववियुलाई शैक्षिक, सांस्कृतिक तथा राजनीतिक दबुको रूपमा अगाडि बढाउन,
  • स्ववियुलाई आर्थिक अनुशासनमा राखी पारदर्शी बनाउन,
  • योग्य तथा सक्षम प्राध्यापकहरूमार्फत कक्षा सञ्चालन गराउन,
  • निरन्तर प्रगतिशील–साहित्यिक तथा सांस्कृतिक गतिविधि गर्न÷गराउन,
  • पुस्तकालयका पुस्तकहरू विद्यार्थी आफँैले छनोट गर्न पाउने व्यवस्था गराउन,
  • एडभान्स कम्प्युटर तालिम, शोधपत्र, शोधप्रस्ताव, प्राज्ञिक लेखनलगायत शैक्षिक उन्नयनसम्बन्धी तालिम तथा प्रशिक्षण सञ्चालन गर्न÷गराउन,
  • स्वास्थ्य र अनुशासनको लागि १८ वर्ष पुगेका युवालाई सैनिक तालिमको व्यवस्था गराउन,
  • खेलकुद प्रशिक्षण तथा प्रतियोगिता आयोजना गर्र्न÷गराउन,
  • लाखौँ विद्यार्थीलाई अभिभावकको घरखेत बेच्न लगाएर विदेश पठाउने सरकारी नीति खारेज गराउन ।
  • नेपालका सार्वजनिक क्याम्पसहरूलाई स्तरीय बनाई स्वदेशमै पठनपाठनको बन्दोबस्त गर्र्न÷गराउन,
  • प्राज्ञिक छलफल गरी विद्यार्थीको शैक्षिकस्तर माथि उठाउन,
  • कलेज परिसरलाई विद्यार्थी र वातावरणमैत्री बनाउन,
  • स्ववियुको नाममा कलेज कोषको हिनामिना र प्राध्यापकहरूमाथि हुने दुव्र्यवहार रोक्न,
  • प्राध्यापकहरूको नियमित उपस्थिति र कक्षा सञ्चालन गराउन,
  • बीबीएम, बीबीए, बीसीए, बीएस्सी सीएसआईटीलगायत निजी कार्यक्रमलाई सरकारी कार्यक्रममा परिणत गराउन,
  • नेपाली युवालाई ‘भाडाको सिपाही’ बनाउने सन् १९४७ को गोर्खा भर्ती, नेपालको सुरक्षा मामिला भारतीय छातामुनि राख्ने सन् १९५० को सन्धिलगायत कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, एमसीसी, एसपीपी, सार्क विद्युत् ग्रीड, सैन्य गठबन्धन आदि देशघाती सन्धि–सम्झौता खारेज गराउन ।
  • युवालाई स्वदेशमै रोजगारी दिएर कृषि र उपभोग्य सामानमा आत्मनिर्भर बनाउन,
  • सरकारले उद्योग व्यापार गर्नु हुँदैन, नियमनमात्र गर्ने भनी उत्पादन र सेवा क्षेत्र निजीकरणको नाममा विदेशी पुँजीको हातमा दिने उदारवाद र नवउदारवाद (आक्रामक पुँजीवाद) विरुद्ध सङ्घर्ष गर्न,
  • देशको सार्वभौमिकता रक्षा गर्न,
  • खुला सिमानामा देशको भूमि अतिक्रमण तथा नेपाली भूमि डुबान हुने गरी विदेशीले अन्तर्राष्ट्रिय कानुनविपरीत बनाएका बाँध र तटबन्ध भत्काउन,
  • विद्यार्थीहरूमा देशभक्तिको भावना जगाउन,
  • विश्वका न्यायपूर्ण आन्दोलनलाई समर्थन गर्न,
  • साम्राज्यवादीहरूले हतियारको भरमा रुसविरुद्ध युक्रेन र प्यालेस्टिनविरुद्ध इजरायललाई युद्ध गराएको र संसारका सार्वभौम देशविरुद्ध नाकाबन्दी, युद्धको धम्की, सैन्य तैनाथ तथा आक्रमण गरेकोलाई विरोध एवम् भत्र्सना गर्न ।

आमूल परिवर्तन चाहने सम्पूर्ण विद्यार्थीहरूलाई चैत ५ गतेको स्ववियु निर्वाचनमा नेक्राविसङ्घका उम्मेदवारहरूलाई मत दिई विजयी गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ ।

२०८१ फागुन २६ गते
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ