एमसीसीविरुद्धको सङ्घर्ष अघि बढाउन आवश्यक


काठमाडौँ, १७ भदौ । नेमकिपा चन्द्रागिरी नगर समितिको आयोजनामा आइतबार ‘श्रमिक’ र ‘मजुदर’ बारे अध्ययन गोष्ठी भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले अमेरिकी साम्राज्यवाद र साम्राज्यवादका दलाल सत्तासीन पार्टीका नेताहरूले एमसीसी परियोजना कार्यान्वयनको मिति तय गरेको विरोधमा अब फेरि हिजोझैँ निरन्तर सङ्घर्ष गर्नको लागि तयार भएर बस्न आग्रह गर्नुभयो ।
एमसीसी परियोजना कार्यान्वयन गर्न दलाल सरकारले जग्गा अधिकरण खोजे पनि सफल नभएकोले अमेरिकी साम्राज्यवादले समयमै सम्पन्न नभएमा त्यसको क्षतिपूर्ति नेपाल सरकारले व्यहोर्नुपर्ने धम्की दिनु गलत छ भन्नुभयो ।
“एमसीसी अमेरिकी साम्राज्यवादको नेपालमाथि लगानी हो । लगानी व्यापारीले गर्दछ । अमेरिकी साम्राज्यवाद सहयोगको नाममा विद्युत् व्यापार गर्दै छ”, उहाँले भन्नुभयो ।
उहाँले एमसीसीको नाममा अमेरिकी साम्राज्यवादको अहिले र पछि बनिने कानुनको नेपालले पालना गर्नुपर्ने नीति नेपालको हितमा कसरी हुन्छ ? भनी प्रश्न गर्नुभयो ।
कार्यक्रममा नेमकिपा चन्द्रागिरीका विष्णु क्षेत्रीले माक्र्सवादी दर्शन, सिद्धान्त अध्ययन गरी समाजवादी भावनाले अगाडि बढ्नुपर्ने बताउनुभयो ।
हिराकाजी शाहीले ‘भक्तपुर काण्ड’ नेमकिपालाई नष्ट गर्न रचेको षड्यन्त्र हो भन्नुभयो ।
गुणदास महर्जनको सभापतित्वमा भएको कार्यक्रममा राजु कपाली, हरिशरण श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

 

पार्टी गतिविधिहरु
समाचार