इजरायली फासीवादको जातिसंहारविरुद्ध राजधानीमा फोटो प्रदर्शनी

काठमाडौ, २९ साउन । नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको संयुक्त आयोजनामा प्यालेस्टिनमा इजरायली फासीवादले गरेको विभत्स जातिसंहारविरूद्ध फोटो प्रदर्शनी कार्यक्रम सोमबार सुनधारामा सम्पन्न भयो ।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय उपाध्यक्ष सुरेश परियारले कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुने भएकाले प्यालेस्टिनी जनताको सङ्घर्षप्रति ऐक्यबद्धता तथा इजरायली फासीवादको विरोध गर्दै नेपालमा पनि जातिवादी एवम् फासीवादी सोच राख्ने प्रवृत्ति बोकेका शासक दलका नेता–कार्यकर्ताविरूद्ध बोल्नुपर्ने बताउनुभयो ।
बितेको ९ महिनामा इजरायली फासीवादले एक लाख ८६ हजारभन्दा बढी प्यालेस्टिनी जनता मारिसकेको र त्यसमध्ये ७० प्रतिशतभन्दा बढी महिला, बालबालिका र भ्रुण भएको उहाँले बताउनुभयो ।
निराशाको व्यापार गर्ने शासक दलहरूले देशको युवाशक्ति वैदेशिक रोजगारीमा जान बाध्य पार्ने गरेको औल्याउँदै उहाँले नेपाली जनता सचेत नभए यहुदीले प्यालेस्टिन कब्जा गरेझँै एकदिन अङ्गीकृत नागरिकताधारीले देश कब्जा गर्न सक्ने खतरा छ भन्नुभयो ।
सहयोग र शान्तिको नाममा अमेरिका जहाँ छि¥यो त्यहाँ विध्वंस मच्चाउने र महत्वपूर्ण स्रोतसाधन कब्जा गर्ने, एकाअर्कालाई भिडाउने र हतियारको व्यापार गर्ने गरेको चर्चा गर्दै उहाँले देशघाती एमसीसी सम्झौता पारित गर्नेलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।
प्यालेस्टिनलाई सखाप पार्न दिनको १० लाख अमेरिकी डलर अमेरिकाले इजरायललाई दिने गरेको बताउँदै उहाँले प्यालेस्टिनमा भएको तेलमा उसको आँखा परेको औँल्याउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय सदस्य रमेश वैद्यले प्यालेस्टिनी जनता आफ्नै देशमा निर्मम नरसंहारको शिकार हुनुपरेको प्रति विरोध एवम् भत्र्सना गर्दै प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धता जनाउनुभयो । रगतको होलि खेल्दै शक्तिशाली कहलिएको नरपिशाच अमेरिकी साम्राज्यवादविरूद्ध विश्व एक हुँदै आइरहेकोले त्यसको पतन निश्चित भएको उहाँले बताउनुभयो ।
उक्त फोटो प्रदर्शनी र कोणसभा कार्यक्रममा नेक्राविसङ्घका साथीहरूले ‘जिन्दावाद जिन्दावाद, प्यालेस्टिन जिन्दावाद’ गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा विशोक डंगोलले पनि बोल्नुभएको थियो ।