नेपाल क्रान्तिकारी मजदुर सङ्घको अपिल (१३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस)


मई १ श्रमिकहरूको अन्तर्राष्ट्रिय विजय दिवस
संसारको मजदुर आन्दोलनको इतिहासमा सन् १८७० देखि १८९० को अवधि महत्वपूर्ण थियो । त्यसबेला मजदुरहरूले दिनको १८ घण्टासम्म काम गर्नुपथ्र्याे । मजदुरहरूको कामको ज्याला सुख्खा रोटी र एक टुक्रा प्याज हुन्थ्यो । मजदुरलाई आधा पेट पनि खान पुग्दैनथ्यो । मजदुरहरूले छाप्रोमा रात बिताउनुपथ्र्यो । मजदुरका ९–१० वर्षका केटाकेटीसमेतलाई दिनका १२–१३ घण्टा काम गराइन्थ्यो ।
१ मई १८८६ बाट दिनको ८ घण्टा काम र ज्याला बढाउने माग राखी संरा अमेरिकाका मजदुरहरू देशव्यापी हडतालमा उत्रे । शिकागो सहर सङ्घर्षको केन्द्र थियो । पहिलो र दोस्रो मईको हडताल शान्तिपूर्ण थियो । ३ मईको दिन पुलिसले हडतालमा सहभागी निःशस्त्र मजदुरहरूमाथि गोली चलायो । पुलिसको गोलीबाट ५ जना मजदुर मारिए र ५० जना मजदुर गम्भीर घाइते भए । मजदुरहरूले ४ मईको दिन गोलीकाण्डको विरोधमा विशाल प्रदर्शन र सभा आयोजना गरे । सरकारकै एक गुप्ती पुलिसले उत्तेजना फैलाउन पुलिसमाथि बम हान्यो । त्यो मजदुर आन्दोलन दबाउने चाल वा जालसाजी थियो ।
पुलिसले मजदुर र जनताको सभामाथि दनादन गोली बर्साउन थाल्यो । गोलीकाण्डमा धेरै मजदुरहरू मारिए र अनगिन्ती सहभागीहरू घाइते भए । पुँजीवादी सरकारको न्यायालयले बम काण्डको झूटो आरोपमा पक्राउ गरी मजदुर नेताहरूलाई फाँसी दियो । मजदुर नेताहरूको फाँसीको समाचारसँगै सरकारको विरोधमा संरा अमेरिकाका सारा मजदुरहरू ज्वालामुखीको आगोझैँ उठे । मजदुर आन्दोलन अगाडि बढ्यो ।
मजदुरहरूको रगत पसिनाले मोटाएका पुँजीपति वर्ग मजदुर आन्दोलनको अगाडि घुँडा टेक्न बाध्य भयो । मजदुरहरूको आठ घण्टा कामको दिन र ज्याला बढाउने माग पूरा भयो । मजदुरहरूको आन्दोलन र बलिदान खेर गएन । सन् १८८९ मई १ मा फ्रान्सको राजधानी पेरिसमा विश्वका मजदुरहरूको एक बृहत् भेला भयो । भेलाले मजदुरहरूको विजय दिन १ मईलाई अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने निधो ग¥यो ।
अशान्ति, हिंसा, युद्धको कारक पुँजीवाद र साम्राज्यवाद
विश्वमा अशान्ति र युद्धको कारक पुँजीवाद र साम्राज्यवाद हो । संरा अमेरिकालगायत साम्राज्यवादी देशहरूले विश्व व्यापार सङ्गठन, विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैङ्कमार्फत गरिब देशहरूको प्राकृतिक स्रोत जनशक्ति र बजार कब्जा गरी लुट मच्चाउँदै छन् । अमेरिकी साम्राज्यवादले केही वर्षदेखि सिरियामा पैसाको लागि लड्ने विद्रोहीहरूलाई हतियार र डलर सहयोग गर्दै छ र ठुलो जनधनको क्षति गराउँदै युद्धमा घिउ थप्दै छ । इराक र लिवियाजस्ता सार्वभौम देशमाथि आक्रमण गरी तेल खानी कब्जा गरेका साम्राज्यवादीहरूले प्रजग कोरिया र क्युवाजस्ता समाजवादी देशविरुद्ध ७ दशक अघिदेखि नाकाबन्दी लगाउँदै युद्धको धम्की दिँदै छन् । अहिले संसारको ८० प्रतिशत स्रोत र साधन ०.००४ प्रतिशत शोषक वर्गको कब्जामा छ । यसरी धनी र गरिबको दूरी बढ्दै छ । पुँजीवादमा देखिएका आर्थिक सङ्कटबाट उत्पन्न भएको मजदुर आन्दोलनको धक्काले नै पुँजीवाद र साम्राज्यवाद बालुवाको घरझैँ भत्किनेछ । मजदुर आन्दोलनले समाजवादको स्थापना गरी छाड्नेछ ।
मजदुरवर्गका महान गुरु कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले आदिम साम्यवादी समाजबाहेक मानव समाजको आजसम्मको इतिहास वर्ग सङ्घर्षको इतिहास भएको बताउनुभयो । दास मालिकविरुद्ध दासहरूको विद्रोह, सामन्त र जमिनदारहरूको विरुद्ध भूदास र किसानहरूको विद्रोह, पुँजीपतिवर्गविरुद्ध मजदुर र सर्वहारा वर्गको विद्रोह र आन्दोलन वर्गसङ्र्षकै सिलसिला हो । पुँजीवाद र साम्राज्यवादको विरुद्ध विश्वका थिचिएका जनता र मजदुरवर्गको सङ्घर्ष संसारमा चालु छ ।
चार–पाँच सय वर्ष पुरानो पुँजीवादमा मानव जीवन झन् कष्टकर बन्दै छ । सन् १८३१ को फ्रान्सको लियोन सहरका मजदुरहरूले ‘काम गरेर जिऔँ वा लड्दा लड्दै मरौैँ लेखिएको कालो झन्डा बोकी सहर कब्जा गरेका थिए । सन् १८४८ मा बेलायतका ५० लाख मजदुरहरूले आफ्नो हस्ताक्षरसहितको मागपत्र (चार्टर) संसद्मा पेश गरे । संसद्ले मागपत्र स्वीकार गर्ने हो या राज्यशक्ति कब्जा गर्न कामदार वर्गलाई विद्रोह गराउने भन्ने प्रश्न त्यसमा उल्लेख थियो ।
अहिले युक्रेनमा रुसविरुद्ध अमेरिकी साम्राज्यवादको आक्रमणले संसारमा इन्धन, खाद्यान्न र आर्थिक सङ्कट बढाउँदै छ ।
मजदुर वर्गसँग हार्नको लागि बाँधिएका सिक्रीबाहेक अरू केही छैन
सन् १८४८ मा माक्र्स–एङ्गेल्सले कम्युनिस्ट घोषणापत्र लेखेर सर्वहारा वर्ग र मजदुर वर्गसँग हार्नको लागि बाँधिएको सिक्रीबाहेक अर्को नभएको तर जित्नको लागि सारा संसार भएको स्पष्ट पार्नुभयो । उहाँहरूले पुँजीवादको उत्थान, विकास र पतनको नियम (माक्र्सवादी दर्शन) प्रतिपादन गर्नुभयो र वैज्ञानिक समाजवाद र साम्यवाद ल्याउन विश्वका मजदुरहरूलाई एक हुन आह्वान गर्नुभयो । सन् १८७१ मा मजदुरवर्गको पहिलो राज्य पेरिस कम्युन स्थापना भयो । सन् १९१७ को अक्टोबर समाजवादी क्रान्तिले सोभियत सङ्घको स्थापना ग¥यो । त्यसको प्रकाश युरोप, एसिया, अफ्रिका र दक्षिण अमेरिकासम्म फैलियो । सोभियत सङ्घका नेता लेनिन र स्तालिनको निधनपछि त्यहाँका नेताहरूमा देखापरेको विश्वासघात (संशोधनवाद) र पिपलपाते (अवसरवादी) प्रवृत्तिको कारण सन् १९९१ मा सोभियत सत्ता विघटन भयो ।
वर्ग रहेसम्म वर्गसङ्घर्ष चालु हुन्छ । सन् २०१६–१७ मा संरा अमेरिकी जनताले तिरेको करलाई पुँजीपतिवर्ग वा बैङ्कहरूलाई अनुदान दिइएपछि ‘वाल स्ट्रिट कब्जा गर’ आन्दोलन सुरु भयो । अहिले रुसी जनता सोभियत सङ्घ पुनःस्थापनाको लागि सङ्घर्ष गर्दै छन् । एक्काइसौँ शताब्दी मजदुर आन्दोलन र समाजवादको युग हुनेछ ।
देशको परिस्थिति र हाम्रो सङ्घर्ष
नेपाल मजदुर किसान पार्टीको एक जनवर्गीय सङ्गठन नेपाल क्रान्तिकारी मजदुर सङ्घ हो । यो सङ्घ नेपालको मजदुर आन्दोलनमा एक प्रकाशस्तम्भ हो । निर्दलीय पञ्चायती कालमा भूमिगतरूपमा २०२४ सालमा स्थापना भएको यो सङ्घले उत्पादनका मुख्य–मुख्य साधन र सेवा सामाजिकीकरण, शिक्षा र स्वास्थ्य निःशुल्क, नेपालीको सम्पत्तिको सीमा निर्धारण र विदेशमा सम्पत्ति राख्न नपाउने, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको लागि सङ्घर्ष गर्दै आएको छ । मानव जातिको सभ्य र सुसंस्कृत आदर्श समाज बनाउन जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवाद पुग्न यो सङ्घ सङ्घर्ष गर्दै छ । सङ्घका अग्रजहरूले विसं २०३६ सालको जनमतसङ्ग्रहमा बहुदलको पक्षमा प्रचार गर्नुभयो भने २०४६ सालको जनआन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।
नेपालको मजदुर आन्दोलनमा पनि विश्वासघाती र पिपलपाते प्रवृत्ति देखा प¥यो । नेकाको सरकारले सार्वजनिक संस्थान निजीकरण ग¥यो । नेका, एमाले, माओवादीलगायतको सरकारले रोजगारीको नाममा जनतालाई १११ देशका बहुराष्ट्रिय कम्पनीहरूको सस्तो ज्यामी बन्न बाध्य पारे† कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरुण तेस्रो, पश्चिमसेतीलगायत देशघाती सन्धि सम्झौता गरे । २०५२ सालबाट सुरु भएको माओवादी अराजकतावादको ‘सशस्त्र द्वन्द्व’ लाई यो सङ्घले तत्काल आलोचना ग¥यो । दस वर्षको ‘सशस्त्र द्वन्द्व’ र त्यसपछिको ‘शान्ति प्रकृया’ को समीक्षा गर्दा माओवादी भारतको ‘ट्रोजन हर्स’ साबित भयो ।
निर्वाचनमा पैसा (मनि), मुढेबल (मसल) र अपराधी समूह (माफिया) मार्फत भोजभतेर खुवाएका, नोटको बिट्टा र सामान बाँडेका, झूटो आश्वासन दिएर, राज्य संयन्त्र दुरुपयोग गरेर धेरै स्थान जितेका शासक पार्टीहरूले देश र जनताको हितमा काम गरेनन्, उल्टो शासन र शोषण गरे । टे«ड युनियनमा बहुमत जितेर पदाधिकारीहरूको अल्पकालीन स्वार्थमात्र हेर्ने र व्यक्तिगतरूपमा आर्थिक एवम् अन्य सुविधा लिने ट्रेड युनियनवादको यो सङ्घले विरोध गर्दै आएको छ ।
अर्थतन्त्र ध्वस्त : शासकहरू नै दोषी
वैशाखको पहिलो हप्तासम्म राजस्व सङ्कलन ६ खर्ब ९१ अर्ब ६६ करोडमात्र भयो भने चालु खर्च नै १० खर्ब ४४ अर्ब पुग्यो अर्थात् राजस्वभन्दा चालु खर्च ३ खर्ब ५३ अर्ब बढी भयो । यो अवधिमा आयात १० खर्ब नाघ्यो भने निर्यात १ खर्बको मात्र भयो । सरकारले ऋण उठाएको ७२ अर्ब तलबमा खर्च ग¥यो भने अवकाशप्राप्त शिक्षकलाई निवृत्तिभरण दिएको छैन ।
नेकाको समर्थनप्राप्त माओवादीको दाहाल सरकारले किसानलाई रासायनिक मलको व्यवस्था गरेको छैन† उल्टो माओवादी लडाकुलाई २–२ लाखको दरले रकम दिने कार्यविधि बनायो । अर्बौँ रुपियाँको भ्यु टावर निर्माणमा खर्च गरेको सरकारले ख्वप विश्वविद्यालयको विधेयक पारित गरेन । नेपालको मुख्यमुख्य नदीनाला भारतीय एकाधिकार पुँजीलाई दिएका सरकारहरूले नेपालमा विद्युतीय गाडी निर्माण गर्ने कम्पनीलाई दर्तासमेत गरेनन् । शासक दलका नेताहरू सिद्धान्तहीन गठबन्धन गरेर निर्वाचनमा धेरै स्थान जितेर पालैपालो सिंहदरबार कब्जा गर्दै छन् । किसानले मल पाएका छैनन् । विषादी भएको दाल, चामल, तरकारी भारतबाट किनेर नेपाली जनता खान बाध्य छन् ।
नेपाली युवालाई भाडाको सिपाही बनाउने गोर्खा भर्ती, नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को नेपाल–भारत सन्धि, वर्तमान र भविष्यको अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता, अमेरिकी सेना आएर नेपालको सैनिक व्यारेक कब्जा गर्ने एसपीपी साझेदारी, जन्मको आधारमा नेपाली नागरिकता लिएका विदेशीका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिने नागरिकता विधेयक खारेज गराउन सङ्घर्ष नगरेका राजनीतिक पार्टीहरू नेपाली जनताका होइनन, हुने छैनन् ।
यस सङ्घले देशभरी यही वैशाख १८ गते १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस छलफल, गोष्ठी, प्रवचन, प्रदर्शन, सभा गरी मनाउँदै छ । सङ्घका कार्यक्रमहरूमा सम्पूर्ण क्रान्तिकारी मजदुर साथीहरूको सहभागिताको लागि आग्रह गर्दछौँ ।
नाराहरू
– माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारा – जिन्दावाद !
– संसारका मजदुर – एक होऔँ !
– अमेरिकी साम्राज्यवाद – मुर्दावाद !
– बाँच्न पाउने ज्यालाको – बन्दोबस्त गर !
– भ्रष्टाचारीहरूलाई – मृत्युदण्ड दे !
– कालाबजारियालाई – कारबाही गर !
– बढ्दो महँगी – नियन्त्रण गर !
– भारतीय विस्तारवाद – मुर्दावाद !
– लगानी बोर्ड – खारेज गर !
– नेपाल मजदुर किसान पार्टी – जिन्दावाद !
– नेपाल क्रान्तिकारी मजदुर सङ्घ – जिन्दावाद !
– एमसीसी सम्झौता – खारेज गर !
– गोर्खा भर्ती – खारेज गर !
– सन् १९५० को सन्धि – खारेज गर !
– रासायनिक मल – व्यवस्था गर !
– देशघाती नागरिकता विधेयक – खारेज गर !
नेपाल क्रान्तिकारी मजदुर सङ्घ केन्द्रीय समिति

पार्टी गतिविधिहरु
समाचार