कीर्तिपुर, १८ मङ्सिर । नेपालभाषा साहित्य तःमुंज्या कीर्तिपुरको १२ औँ सम्मेलन बिहीबार एक समारोहबिच कीर्तिपुर नगरपालिका वडा नं. १० स्थित तःननीमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ
(रोहित) ले नेमकिपा जातीय पार्टी नभई कामदारवर्गको पार्टी हो भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “सिंहदरबार र गोरखापत्र संस्थान पहिले पनि जलाइएको थियो† दोषी पत्ता लगाइएन । अहिले चिनियाँ राजदूतावासले बनाइदिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नै जलाइयो ।”
लिम्पियाधुरासहितको नेपालको चुच्चे नक्सा भारतले स्वीकार नगरेको हो । संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालतको आगजनीमा अमेरिका र भारतको प्रत्यक्ष नभए पनि अप्रत्यक्ष हात रहेको हुन्छ”, उहाँले थप्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “भ्रष्टाचारको विरोध गर्नु स्वाभाविक हो । प्रम केपी ओलीलाई सेना, प्रहरी, गुप्तचरले सूचना दिएकै हुनुपर्छ । प्रम र मन्त्री पनि खाने, विदेशीको पिछलग्गू पनि हुनेहरूलाई जनताले मन नपराउनु पनि स्वाभाविक हो ।”
शासक दलका नेता तथा कार्यकर्ताहरू ३५ वर्षयता पटक–पटक प्रम र मन्त्री भए तर राज्य सत्ता के हो बुझ्न सकिएन ¤ चुनाव जितेर सरकारमा जानु नै सबथोक ठान्ने शासक दलहरूले देश र जनतालाई यो सङ्कटमा पु¥याएका हुन्, अध्यक्ष बिजुक्छँेले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिकाले आफ्नै खुट्टामा उभेर कलेज सञ्चालनलगायत स्वास्थ्य र सरसफाइ एवं विकास निर्माणको काम गर्दै आएको हो । तर, भक्तपुर नगरपालिकालाई शासक दलले ख्वप विश्वविद्यालय र मेडिकल कलेज सञ्चालन गर्न अनुमति दिएन । शासक दलहरू जनता शिक्षित होला भनी डराएको पुस्टि भयो ।”
अध्यक्ष बिजुक्छेँले थप्नुभयो, “राजनीतिमा उमेर मुख्य होइन विचार मुख्य हो; कम उमेरकालाई सरकारले राम्रो शिक्षा दीक्षा नदिएको हुँदा कतिपय युवाहरू जाँड–रक्सी, जुवा–तास, दुव्र्यसनी र कुलतमा परेको देखिन्छ । सरकारले कीर्तिपुरमा त्रिवि स्थापना गर्न स्थानीय जनताको जग्गा लिएको हो† विश्वविद्यालय सञ्चालनमा स्थानीय जनताको सहभागिता गराइएन, शासक दलबिच भागबन्डाको झगडा सधैँ भइरहेको छ । स्थानीय जनताका छोराछोरीले उच्च शिक्षा अध्ययन गर्न पाएका छैनन् ।”
नेमकिपाका सचिव प्रेम सुवालले नेमकिपाले संविधानसभामै शिक्षा, स्वास्थ्य निःशुल्क, देशभित्र रोजगारी, उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण, नेपालीको सम्पत्तिको सीमाङ्कन, विदेशमा सम्पत्ति राख्न नपाउने, भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने, ठुलठुला भ्रष्टाचारीहरूलाई मृत्युदण्डसमेत दिने कानुन बनाउन सुझाव दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारमा गएर घोषणापत्रअनुसार काम नगरेका शासक दलहरूलाई नेमकिपाले अर्को चुनावमा उठ्न नदिनेलगायतका संशोधनहरू राखेको थियो । नेका, एमाले र माओवादीका सांसदहरूले एकै स्वरमा ‘हुन्न’ भनेर नेमकिपाले राखेको संशोधन प्रस्तावलाई विफल पारे । यसकारण, शासक दलहरू देश र जनताको हितको लागि गठन भएका होइनन् । शासक दलहरूको आर्थिक र वैदेशिक मामिला भिन्न छैन । पालैपालो एक अर्कासँग गठबन्धन बनाएर प्रम, मन्त्री हुनेहरू पार्टी र नेता फरक भए पनि काम एउटै हो ।”
सचिव सुवालले भन्नुभयो, “अहिलेसम्मका सरकारहरूले नेपाली जनतालाई २९ खर्ब ऋण बोकाए । विदेशी ऋणले देश नवउपनिवेश हुनेछ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय तहमा दलगत प्रतिनिधित्व गर्नुहँदैन भन्ने विचार निर्दलीय पञ्चायती सोच हो भन्नुभयो ।
स्थानीय तह पूर्ण स्वायत्त हुनुपर्र्छ, सङ्घ र प्रदेश नियन्त्रित निकाय हुनुहुँदैन, उहाँले स्पष्ट गर्नुभयो ।
“स–साना योजनासमेत सङ्घ र प्रदेशको योजनामा राख्ने, स्थानीय तहलाई कर्मचारी भर्ना गर्ने अधिकार नहुने, सशर्त बजेट बढाएर सामान्यीकरण अनुदान घटाउने जस्ता कार्य सङ्घीयता र संविधानको मर्मविपरीत छ”, प्रमुख प्रजापतिले भन्नुभयो ।
भनपाले शिक्षा र स्वास्थ्य क्षेत्रमा जनमुखी कार्य गरेर जनताको सेवा गरिरहेको उहाँले बताउनुभयो ।
सीमाविज्ञ एवं जलस्रोत अध्येता रतन भण्डारीले भन्नुभयो, “भदौ २४ गते सरकारी भवनहरूमा आगजनी गरिँदा स्थानीय जनताले विरोध गर्नुपर्ने थियो; यदि भोलिका दिनमा यस्तो ध्वंस भए त्यसको प्रतिकार गनु जरूरी छ ।”
उहाँले थप्नुभयो, “लिम्पियाधुरासमेतको नेपालको नक्सा छाप्ने नेपाली जनताको सार्वभौम अधिकार हो । अहिलेको अन्तरिम सरकारको बागडोर समाएकाहरूसँग नेपाली नागरिकता होला तर उनीहरू नेपालको हितविरुद्ध काम गर्ने पनि हुन् ।”
चीनविरोधी पुस्तक लेखेका व्यक्ति अहिले प्रमको प्रमुख सल्लाहकार भएका छन्; विश्व बैङ्कको ऋण ल्याउने र एमसीसी सम्झौता गर्ने सहयोगी तत्वहरू अहिले अर्थ र ऊर्जा मन्त्री भएका छन्, सीमाविद् भण्डारीले भन्नुभयो ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तारालाल श्रेष्ठले शिक्षक र प्राध्यापकहरू सार्वजनिक बुद्धिजीवी भएको हुँदा भ्रष्ट र मन्त्रीहरूको झोले बन्न नहुने धारणा राख्दै राजनीति पाका पुस्ताले गर्न नहुने, नयाँ पुस्ताले मात्र गर्नुपर्ने भन्नु गलत हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “साहित्य, संस्कृति, सभ्यता सबैमा राजनीति जोडिएको हुन्छ । शिक्षक प्राध्यापकहरू प्रत्यक्ष राजनीतिमा संलग्न नभए पनि देश र जनताको हितको राजनीति गर्ने पार्टीलाई समर्थन र प्रवद्र्धन गर्नु जरूरी छ ।”
नेपालभाषा साहित्य तःमुंज्या कीर्तिपुरका संस्थापक राजवीर डंगोलको सभापतित्वमा भएको सो सम्मेलनको उद्घाटन स्थानीय ज्येष्ठ नागरिक तथा वाद्यवादक गुरु पानबहादुर महर्जनले स्थानीय बाजाको मङ्गलधुनमा गर्नुभएको थियो ।
सम्मलेनमा वाग्मती प्रदेशसभाका सदस्य सृजना सैंजू, संस्कृति अध्येता कर्ण महर्जनलगायतले बोल्नुभएको थियो ।