काठमाडौँ, २२ पुस । नेपाल क्रान्तिकारी महिला सङ्घ टोखा नगर समितिको आयोजनामा मङ्गलबार टोखामा भेटघाट कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगरले महिलाहरू हरेक कामको लागि सक्षम भएको उल्लेख गर्दै घरको चुलोचौको सँगसँगै राजनीतिक, सामाजिक रूपले पनि परिपक्व हुनुपर्ने विचार राख्नुभयो ।
उहाँले महिलाहरूको भेटघाट नियमित गर्नु भनेको एक आपसमा नयाँ नयाँ कुरा बुझ्ने र जान्ने अवसर भएको विचार व्यक्त गर्नुभयो ।
नयाँ पुस्ताको आन्दोलनपछि बनेको सरकार पनि असक्षम भएको चर्चा गर्दै उहाँले आन्दोलनमा दोषीहरूलाई अनुसन्धानको दायरामा ल्याई कडा सजाय गर्नुपर्नेमा सरकारले त्यसो गर्न नसकेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले महिला दिदीबहिनीहरू शासक दलले गरेका देशघाती र जनविरोधी कामको बारेमा जानकारी राख्नुपर्ने कुरा औँल्याउनुभयो । उहाँले घरका आफ्ना सन्तानलाई इमानदार र असल व्यक्ति बनाउनमा महिलाहरूको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ टोखा नगर समितिका अध्यक्ष गणेशमाया श्रेष्ठ डंगोलको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेक्रामसङ्घ काठमाडाँै जिल्ला समितिका सदस्य बिन्द्रा महर्जन, नेक्रामसङ्घ टोखा नगर समितिका कृष्णमाया डंगोल र मीना डंगोलले पनि बोल्नुभएको थियो ।