सामुदायिक स्कूल पनि राम्रो भन्ने सन्देश प्रवाह गर्न जरुरी

नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरबाट विभिन्न जिल्लामा गई अध्यापनरत शिक्षकहरूको भेला गरियो ।
विश्वका विभिन्न कम्युनिस्ट आन्दोलन र नेताहरूको जीवनी अध्ययन गर्न जोड

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेता–कार्यकर्तामा समर्पणको भावना नहुनु, गहिराइमा सिद्धान्तको ज्ञान नहुनु तथा बलियो राजनीतिक सङ्गठनहरू नहुनाले नेपालमा कम्युनिस्ट आन्दोलन अगाडि बढ्न नसकेको बताउनुभयो ।
पुँजीवादी व्यवस्थामा जनताले उपभोग गर्ने वस्तुमा बढी कर लगाइने

देशको नीति नियम बनाउने जिम्मा पाएको सांसदलाई सरकारले बजेटको व्यवस्था गर्नु उपयुक्त होइन । भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा छुट्याएको सांसद विकास बजेटको हामीले त्यसैबेला नै विरोध गरेका थियौँ ।
ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको संस्मरणमा शिक्षक भेला

नेपाल क्रान्तिकारी शिक्षक सङ्घ जिल्ला समिति भक्तपुरको आयोजनामा साउन २ र असार १९ को ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको संस्मरणमा शिक्षक भेला भयो ।
सरकारी र सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरिदिने प्रधानमन्त्री, मन्त्री, अधिकारी सबैसँग बयान लिएर मुद्दा चलाउनु जरुरी

नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले सरकारी र सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराउने प्रधानमन्त्री, मन्त्री, अधिकारी सबैसँग बयान लिएर मुद्दा चलाउनु जरूरी भएको बताउनुभयो ।
शासक पार्टीहरूको भ्रष्टाचार र कमिसनतन्त्रका कारण पुँजीवादी प्रजातन्त्र जनताबिच बदनाम

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सभा सदस्य प्रेम सुवालले प्रधानमन्त्री र मन्त्रीहरू भ्रष्टाचारी भए देश र जनतालाई दुःख हुने बताउँदै बहुदलीय प्रजातन्त्र पुनः स्थापनायता पाँच पटक मन्त्री भएकाले अर्बाैँ रुपैयाँ भ्रष्टाचार गरेको उल्लेख
“विद्यार्थीहरू देशमै पढेर असल, योग्य र इमानदार नागरिक बन्नुपर्छ”

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको शैक्षिक इतिहासबारे बताउँदै उच्च शिक्षा हासिल गर्ने नगरवासी विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था गर्दै आइरहेको अवगत गराउनुभयो ।
गर्न सकिने र गर्न हुने काम भोलिलाई नराखौँ

“हामी स्वस्थ भएकै बेला जनताको पक्षमा जति काम गर्न, लेख्न र बोल्न सकिन्छ सबै गर्नुपर्छ ।”
देशको सम्पत्ति विदेश लैजान नपाउने नीति आवश्यक

समाजमा राम्रा काम गर्ने हाम्रा साथीहरूविरूद्ध विरोधीले अनेक षड्यन्त्र गर्न सक्ने हुँदा सचेत भएर अगाडि बढ्नुपर्ने
देश र जनताको पक्षमा सङ्घर्ष गर्ने मात्र देशभक्त पार्टी

देश र जनताको पक्षमा आन्दोलन र सङ्घर्ष गर्ने पार्टी मात्र साँचो देशभक्त पार्टी हो । नेपालका ठूला भनाउँदा पार्टीहरूले देश र जनताको पक्षमा काम गरिरहेका छैनन् । नेमकिपाले देशघाती नागरिकता विधेयक प्रमाणीकरण, देशघाती एमसीसी सम्झौता, एसपीपी साझेदारी र सीमा मिचेको विरोधमा सङ्घर्ष गर्दै आइरहेको छ ।